www.deltrox.com

संविधान बन्न नदिने षड्यन्त्र भइरहेको छ – उपसभापति पौडेल

प्रकाशित मिति :

[caption id="attachment_156421" align="alignleft" width="400"]फाईल तस्विर। फाईल तस्विर।[/caption]

चितवन। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशमा संविधान बन्न नदिन प्रपञ्च भइरहेको हँुदा त्यसलाई रोक्न पत्रकार जगतसंग आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन चितवनद्वारा स्थापित चिजकुमारी—विष्णुकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई आज नारायणगढमा सम्बोधन गर्दै उहाँले लोकतन्त्र बलियो भएको देख्न नचाहने शक्ति भ्रम फैलाएर संविधान बन्न नदिने खेलमा लागेको भन्दै त्यसलाई रोक्न प्रेस जगतसँग आग्रह गर्नुभयो ।

नेपाली जनतामा संविधान नबन्ने होकी भन्ने आशङ्का भइरहेको भन्दै उहाँले देशमा संविधान बन्ने कुराको निश्चित गराउन आग्रह गर्नुभयो ।

चैत २३ गते बस्ने संविधानसभाको बैठकले संविधान निर्माणको काम अघि बढाउने भन्दै उहाँले सहमति वा प्रक्रियाबाट सविधान बन्ने दाबी गर्नुभयो ।

सडकबाट संविधान नआउने हुँदा लाठी देखाएर आन्दोलन गर्नुको सट्टा सहमतिबाट संविधान बनाउनतिर लाग्न उहाँले विपक्षीलाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा उहाँले गत मङ्सिर ४ गते प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीमाथि साङ्घातिक आक्रमण गर्ने दोषी पत्ता लगाएर कारबाही गर्न मागसमेत गर्नुभयो ।

कार्यक्रममा पत्रकारद्वय कविर राणा र धर्मेन्द्र झालाई रु २५ हजार ५५५ राशिको चिजकुमारी—विष्णुकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी, प्रेस युनियन चितवनका सल्लाहकार दिनेशकुमार थपिलयालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर बिरही, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले र मुरारी शर्मा, युनियनका उपाध्यक्ष ईश्वरी ओझा, महासचिव अजयबाबु शिवाकोटीलगायतले बोल्नुभएको थियो । रासस

Scroll To Top