www.deltrox.com

सार्कका कारण वीरमा भाँडभैलो

प्रकाशित मिति :

Bir-Hospitalकाठमाडौं। सार्क सम्मेलनका कारण नेपाल यतिखेर सार्कमय भइरहेको छ। सार्कमा आउने सातै देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखका कारण देशका सबै अंगहरु अहिले व्यस्त रहेका छन्। सुरक्षाका कारण पनि सार्क सम्मेलन निकै चर्चामा रहेको छ। सार्कलाई नै लक्षित गरि अचानक भएका विकास तथा भएका पूर्वाधारको मर्मत सम्भारका कारण काठमाडौंले कस्मेटीक काठमाडौंको विशेषण पाएको छ।

सार्कमा कतिपय गर्नैपर्ने कामहरु सरकारका लागि गर्नैपर्ने वाध्यता थियो। यसका लागि सरकारले आफ्नो स्थायि संयन्त्रहरु परिचालन गरेको छ। सुरक्षाका लागि चारै संयन्त्रहरु परिचालित भएका छन्। खाना तथा पेय पदार्थको जाँचको लागि अलग संयन्त्रहरु परिचालित छन्। सञ्चारका लागि सरकारी सबै संयन्त्रहरु परिचालित रहेका छन्। तत्काल आइपर्ने स्वास्थ्य समस्याका लागि सरकारले आफ्ना संयन्त्रहरु परिचालित गरेको छ। यसको लागि सरकारले नेपालकै पुरानो अस्पताल वीर अस्पताललाई जिम्मा दिएको छ। यसका लागि वीरले आइतवारदेखि नै आफ्नो तर्फबाट चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु वैठकस्थलमा खटाएको छ। सचिवस्तरीय बैठकपछि मन्त्रीस्तरिय बैठकसम्म बैठकस्थल सोल्टी होटेलमा खटिइने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु १० र ११ गते राष्ट्रिय सभागृहमा खटिनेछन्। सात गतेदेखि प्रत्येक दिन ४ जनाको दरले ११ गतेसम्म २० जना चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु सार्कका लागि खटिने वीर अस्पतालले प्रवन्ध मिलाएको छ।

तर सार्कमा जाने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको कारण भने वीर अस्पतालमा अहिले ववाल भएको छ। वीर अस्पतालका निर्देशक डा स्वयंप्रकाश पण्डितले नियमित रुपमा उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीहरुलाई नपठाएर प्रसासनमा काम गर्नेहरुलाई पठाएपछि अहिले वीर अस्पतालका स्वास्थ्यकर्मीहरु आक्रोशित भएका छन्। खरीद इकाइमा काम गर्ने अहेवस्तरका कर्मचारी टिकाराम पनेरुको डिजाइनमा पनेरुले अधिकांश प्रसासनमा काम गर्दै आएकाहरुलाई सार्कको स्वास्थ्य टोलीमा पठाएपछि आकस्मिक कक्षमा काम गर्दै आएका स्वास्थ्यकर्मीहरुले आइतवार निर्देशक पण्डितलाई आइतवार भेटेर आफ्नो असन्तुष्टी जनाएका छन्। आकस्मिक कक्षमा काम गर्दै आएका दिनेश जयसवाल, पाण्डव वराल, कालु सिंह, अरुण महतो लगायतका स्वास्थ्यकर्मीहरुलाई पठाइने भनिएपनि पनेरुले आफू अनुकुल निर्णय गर्दा स्वास्थ्यकर्मीहरु आक्रोशित भएका हुन्। उनिहरुले आफ्नो आक्रोश निर्देशक पण्डितसँग राख्दै आकस्मिक कक्ष वन्द गर्नेसम्मका चेतावनी दिएका छन्। तर सार्कमा पठाइएका सबैको पास समेत वनेर आएको भन्दै पण्डितले स्वास्थ्यकर्मीहरुलाई थामथुम वनाउनेप्रयास गरेका थिए। तर आफूहरुलाई पनेरुको डिजाइनमा निर्देशक पण्डितले वाइपास गरेको भन्दै उनीहरुले विरोध गरेको एक स्वास्थ्यकर्मीले जनाए।

paneru

स्वास्थ्य ऐन अनुसार एक महिना भन्दा बढी काज बस्न नपाइने व्यवस्था भएपनि पाँचौ तहका अहेव टिकाराम पनेरु विगत पाँच वर्षदेखि सोर्स फोर्समा वीर अस्पतालमा काजमा कार्यरत रहेको कर्मचारीहरुको आरोप छ। आकस्मिक कक्षमा आएका बिरामीलाई अस्पतालमा बेड हुँदाहुदै पनि नीजि अस्पतालमा पठाई कमिशन खाने दाग लागेका उनी वीर अस्पतालका निर्देशक डा. स्वयप्रकाश पण्डितलाई समेत गुमराहमा राखि सार्कका लागि अस्पताल वरीपरि रङ्गरोहन गर्ने काम समेत आफू निकटलाई दिन सफल भएको कर्मचारीहरुको भनाइ छ। सार्क सम्मेलनको तयारीको लागि रङ्गरोगन र सरसफाईको लागि साथै भिआईपि कक्ष निर्माणको लागि सरकारले तीन करोड दिएको थियो। तर टिकाराम पनेरुले निर्देशक पण्डितलाई यो आकस्मिक कार्य हो टेन्डर गर्नु पर्दैन भन्दै कोटेशनको भरमा आफू निकटलाई काम दिलाएको चर्चा छ। पनेरु आकस्मिक कक्षमा बस्दा अस्पतालको ल्याबमै हुने दिशा, पिसाव, रगत, पिटिआई, आईएनआर, एलएफटि नजिकको महाबौद्ध क्लिनिकमा पठाई मासिक रुपमा ठूलो रकम बुझ्ने गरेको आरोप उनिमाथि लागेको छ। अस्पतालमा आईसियु बेड खाली हुँदाहुँदै वीर अस्पतालमा बेड खाली छैन भनि सहिद मेमोरिएल अस्पताल कलंकी, लाईफ केएर सुन्धारा, भेनस बानेश्वर, महेन्द्रनारायण निधी गौशाला पठाई प्रति विरामी रु पाँचहजार कमिसन बापत लिने गरेको पनि अस्पतालका कर्मचारीको आरोप छ।

Scroll To Top