www.deltrox.com

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुन सकेन, बैठक निष्कर्षविहीन

प्रकाशित मिति :

[caption id="attachment_25799" align="alignleft" width="277"]सर्वोच्च अदालत सर्वोच्च अदालत[/caption]

काठमाडौँ। सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि आज बसेको न्यायपरिषद्को बैठक निष्कर्षविहीन भएको छ।

नियुक्तिका विषयमा थप छलफल र अध्ययन गर्नुपर्ने आवश्यकता भएकाले बैठकले न्यायाधीश नियुक्त नगरेको न्यायपरिषद्का निमिक्त सचिव कृष्ण गिरीले जानकारी दिनुभयो।

सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि पटक–पटक बैठक बसे पनि न्यायाधीश नियुक्त हुन सकेको छैन।

बैठकमा सर्वोच्च अदातलका प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष रामकुमारप्रसाद साह, सदस्यमा सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठ र खेमनारायण ढुङ्गाना हुनुहुन्थ्यो।

सर्वोच्च अदालतमा संविधानअनुसार १५ जना न्यायाधीश हुने व्यवस्था छ । अहिले १२ जना मात्र न्यायाधीश हुनुहुन्छ भने तीन जना न्यायाधीशको पद खाली छ । न्यायाधीश नियुक्ति हुन नसक्दा आवश्यक न्याय सम्पादनमा ढिलाई भइरहेको छ ।

Scroll To Top