www.deltrox.com

दाहाललाई भारतीय गृहमन्त्री सिंहले भने संविधान निर्माणमा नेतृत्व लिनुस

प्रकाशित मिति :

rajnath_shingऋषि धमला, नयाँ दिल्ली। भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र भारतीय गृहमन्त्री राजनाथ सिंहवीच भेटवार्ता भएको छ ।

भेटवार्तामा गृहमन्त्री सिंहले दाहाललाई नेपालको जारी शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व लिएर छिट्टै संविधान जारी गर्न आग्रह गर्दै नेपालमा संविधान निर्माण भएपछि समृद्धिको बाटो खुल्ने बताएका थिए । उनले संविधान निर्माणपछि नेपालमा स्थायीत्व हुने र त्यसपछि पुर्ननिर्माणको कार्य अगाडि बढाउन सकिने भन्दै नेपालको पुर्ननिर्माणमा भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

दाहालले आफू जोखिम बोकेर भएपनि संविधान जारी गर्न लागेको भन्दै छिट्टै संविधान जारी भएर सहमतिको साथ मुलुक निर्माणमा अघि बढ्ने बताएका थिए । भेटमा नेपालको संविधान लेखन प्रक्रिया र त्यसमा भईरहेको विरोध, नयाँ सरकार गठन लगायतका विषयमा दाहालले सिंहलाई जानकारी दिएका थिए ।

Scroll To Top