www.deltrox.com

माघ ८ भित्रै संविधान आउन असम्भव प्रायः नेम्वाङ

प्रकाशित मिति :

subash-nemwang-sambidhanकाठमाडौं। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सार्क सम्मेलन अघी दलहरु सहमतिमा नपुगे माघ ८ भित्रै संविधान बन्न नसक्ने बताउनुभएको छ। आफ्नै कार्यकक्षमा संवाददाताहरुसँग कुरा गर्दै नेम्वाङले मिलेर सहमतिमा नआए माघ ८ भित्र संविधान जारी हुन असम्भव नै भएको बताउनुभयो। दलहरु छलफलमा रहेको उल्लेख गर्दै नेम्वाङले अब पनि दलहरु सहमतिमा नआए संविधान जारी गर्ने भनिएको मितिमा संविधान जारी गर्न नसकिने प्रष्ट गर्नुभयो। दलहरु सहमतिमा आए संविधान निर्माणको आन्तरिक कार्यतालिका परिवर्तन गरेर र केहि खारेज गरेर भएपनि संविधान माघ ८ मै जारी गर्न सकिने उहाँको भनाइ थियो। संसदमा रहेका प्रमुख दलका नेताहरुले दुई घण्टामा कुरा मिल्छ भनेर आफूलाई आश्वास्त पारेपनि अहिलेसम्म त्यो दुई घण्टा नआएको उहाँले बताउनुभयो। संविधानसभाले राजनीतिक संवाद तथा सहमति समितिलाई दिएको निर्देशन र जिम्मेवारी अनुसार काम गर्न असफल भएको नेम्वाङको टिप्पणी थियो। प्रमुख दलका शिर्ष नेताहरु संवाद समितिमा जिम्मेवारी पाएकाहरुलाई संविधान जारी नभएसम्म राजधानीमै रहन गरेको आग्रहलाई समेत नटेरेकोमा उहाँले असन्तुष्टी प्रकट गर्नुभयो। संविधान निर्माणको आन्तरिक कार्यतालिका अनुसार काम हुन नसकेकोमा चिन्तित देखिनुभएका नेम्वाङ अब सो कार्यतालिका कायम रहन नसक्ने बताउनुहुन्छ। उहाँको भनाइ थियो "अब कार्यतालिका केहि संशोधन हुनैपर्छ केहि खारेजै हुनुपर्छ।" सधै तोकिएको समयमै संविधान जारी हुन्छ भन्दै अभिव्यति दिने नेम्वाङको यो स्वकारोक्तिले माघ ८ भित्रै संविधान आउने कुरामा शंका उत्पन्न गराएको छ।

Scroll To Top