www.deltrox.com

३ थान बन्दुक बरामद; अबैध रुपमा खेति गरिएको अफिम नष्ट

प्रकाशित मिति :

Zone-10-Raptii-hamrakuraसुरेश श्रेष्ठ, तुलसीपुर । जिल्ला प्रहरी कार्यालय सल्यानले ३ थान बन्दुक बरामद गरेको छ भने अबैद्य रुपमा खेति गरिएको अफिमलाई नष्ट गरेको छ । अञ्चल प्रहरी कार्यालय राप्तीले तुलसीपुरमा आज शनिबार पत्रकार सम्मेलनको आयोजना गरी अबैद्य रुपमा राखेका ३ थान बरुवा बन्दुक बरामद गरीएको जानकारी दिइएको हो ।

प्रहरीले सल्यानको फालाबाङ र सारीबाङ गर्पाबाट ती हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख,प्रहरी नायब उपरिक्षक भोला रावलले जानकारी दिनुभयो । अबैद्य हतियार राखेको आरोपमा बाफुखोला ९ का चक्रबहादुर वलीलाई पक्राउ गरिएको छ भने अन्य २ जना फरार रहेका डिएसपी रावलले बताउनुभयो । यस्तै अबैद्य रुपमा खेति गरिएको लागु औषध अफीमलाई सल्यान प्रहरीले नष्ट गरेको छ।

प्रहरीका अनुसार सल्यानको मर्मपरीकाँडा, रागेचौर, देबस्थल, डाँडाकटेरी, सीमखोली, ढाकाडाम लगायतका स्थानमा करिव ७० हेक्टरमा ब्यबसायीक रुपमा गरिएको अफिम खेति नष्ट गरिएको छ ।

यस्तै सल्यानका बिभिन्न स्थानमा चोरी गरि राखेको सामान सहित २ जना युवालाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ल्यापटप १ थान,डेक्सटप कम्प्युटर २ थान,सोनी एलसीडि टिभी १ थान,कम्प्युटरको सीपियू १ थान,डिप फ्रिज १ थान र रुस्लान भोड्का मदिरा १ सय ६४ बोतल बरामद गरेको छ । ति सामानहरु मध्ये कम्प्युटर श्रीनगर स्थीत एक बिद्यालय र डिप फ्रिज र मदिरा होटलबाट चोरी भएको प्रारम्भीक अनुसन्धानमा अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख,बरिष्ठ प्रहरी उपरिक्षक रमेश कुमार पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै कागजात नभएको आसंकामा सल्यान प्रहरीले ५ थान मोटरसाईकल र २ वटा जीपलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले जानकारी दिनुभयो ।

Scroll To Top