www.deltrox.com

न्युजिल्याण्डको म्यूजियमले सच्चायो गौतम बुद्धबारेको तथ्य

प्रकाशित मिति :

Buddha1प्रदीप घिमिरे। केही दिन अगाडि मैले न्युजिल्याण्डकै प्रमुख शहर क्राईसचर्चको क्यान्टरवरी म्यूजियम भ्रमण गरेको थिए। म्युजियम भ्रमण गर्नुभन्दा पहिले मैले उक्त म्यूजियमको आधिकारिक वेभसाइट पनि हेरेको थिए । वेभसाइटमा गौतम बुद्धबारे एउटा पेजनै थियो जुन पेजमा गौतम बुद्धबारे केही जानकारी लुकाइएको थियो । गौतम बुद्धको जन्मदेशको बारेमा केही व्याख्या गरिएको थिएन तर २५०० वर्ष पहिले भारतमा बस्ने गरेका भनेर कुरा भारतमुखी बनाइएको थियो । दैनिक हजारौं स्वदेशी र विदेशी पर्यटकले भ्रमण गर्ने म्युजियम र म्यूजियमको वेभसाइटले यसरी दिनु पर्ने जानकारी लुकाएर वेग्लै किसिमले जानकारी दिइराखेको थियो ।

हरेक पर्यटकले बुद्ध र नेपालको सम्बन्ध थाहानपाई बुद्धलाई सिधै भारतसँग जोडेर जाने गर्दर्थे जुन म्यूजियमले गरेको लापरवाहीको उपज हो। यो कुरा मलाई कत्ति पनि चित्त बुझेन र मैले म्यूजियम सञ्चालक सँग इमेल मार्फत कुरा गरें र उनीहरुले म्यूजियमका भएका बुद्धबारे जानकारी र आधिकारिक वेभसाइट परिवर्तन गर्ने आश्वासान दिए। केही समयपछि उनीहरुले यो काम गरेर पनि देखाए अनि म सफल भए।

विदेशमा बसेर मैल आफ्नो देशको लागी यति गर्नपाएकोमा खुसी छु र यो सारा देशको लागी खुसीको कुरा हो किनभने न्यूजिल्याण्डले आज खुलेरै बुद्ध नेपालमा जन्मेको कुरा दैनिक हजारौँ पर्यटकलाई सम्प्रेषण गरिरहेको छ र यो कुरा इतिहास बन्नेछ। क्राईसचर्चको यो क्यान्टरवरी म्यूजियक २०० वर्षभन्दा पुरानो हो त्यसैले पनि यो कुराले अब धेरे महत्व राख्छ।

पोखरा, कास्की हाल न्यूजिल्याण्ड

Scroll To Top