www.deltrox.com

पाँचथरका नागरिकहरु प्रारम्भिक मस्यौदा नै नहेरी राय सल्लाह सुझाव दिँदै

प्रकाशित मिति :

जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरमा अहिले पनि संविधान–२०७२ को प्रारम्भिक मस्यौदाको प्रति पाउन नसकेको भन्दै नागरिकले गुनासो गरेका छन् । सरकारले प्रत्येक नेपालीको हातमा संविधानको खाका पुर्‍याउने भने पनि जिल्लाका नागरिकले अहिलेसम्म मस्यौदा पाउन नसकेको गुनासो गरेका हुन् । मस्यौदाको प्रति कम छापिएकाले प्रत्येक नेपालीको हातमा पुग्न नसकेको संविधान सुझाव समितका प्राविधिक अधिकृत जिवन निरौलाले बताए । संविधानसभाले देशभरका लागि २ लाख प्रति मस्यौदा किताब छपाइ गरे पनि छपाइ प्रक्रिया ढिला भएका कारण जिल्लामा पुर्‍याउन कठीनाइ भइरहेको संविधान सुझाव समितिले जनाएको छ । करिब २ लाख जनसंख्या भएको पाँचथरमा १५ सय प्रति मात्र मस्यौदा किताब आइपुगेको समितिका प्राविधिक अधिकृत निरौलाले जानकारी दिए । यसैविच नागरिकले मस्यौदा नै नहेरी राय सल्लाह सुझाव दिनुपरेकोमा चिन्ताब्यक्त गरेका छन् । जिल्लाको क्षेत्र नम्वर १ स्थित गोपेटार उच्च मावि र क्षेत्र नम्वर २ को यासोक स्थित यासोक जनभवनमा आज संविधानसभा सदस्यहरु तथा सुझाव समितीलाई नागरिकले मौखिक र लिखित रुपमा सुझाव दिँदै छन् ।

Scroll To Top