www.deltrox.com

वरफ बन्ने मौसमका कारण एयरएसियाको दुर्घटना भएको आशङ्का

प्रकाशित मिति :

पाङकालान वन (इन्डोनेसिया)। एयरएसियाको उडान ८५०१ को विमान दुर्घटना हुनुको पछाडि मौसममा परिवर्तन भई बरफ जम्ने अवस्था सिर्जना हुनु र त्यसले इन्जिनलाई क्षति पुर्याउनु रहेको हुनसक्ने इन्डोनेसियाली अधिकारीहरूले अनुमान गरेका छन् । हाल दुर्घटनाग्रस्त क्षेत्रमा खराब मौसमका कारण थप शव तथा डुबेको भग्नावशेष खोजी कार्य प्रभावित भएको बताइएको छ ।

air-asia-planeएयरबस ए३२०–२०० विमान एक साता अगाडि जाभा जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो भने उक्त समयमा उक्त विमानमा १६२ याुत्र रहेका थिए । उक्त विमान सुराबायाबाट सिङ्गापुरतर्फ उडेको थियो । हाल खोजी समूह उक्त विमानको ब्ल्याक बक्स फेला पार्न प्रयास गरिरहेका छन् ।

इन्डोनेसियाको मौसमविज्ञान सम्बन्धी संस्था बीएमकेजीले उक्त विमान आँधीयुक्त बादलमा पसेको देखिएको र त्यस समयको मौसम नै उक्त दुर्घटनाको कारण बनेको अनुभव गरिएको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । उक्त संस्थाले इन्फ्रारेड स्याटलाइटको चित्रबाट त्यस समयमा बादलको तापक्रम माईनस ८० देखि माइनस ८५ डिग्री सेल्सियस भएको देखिएको जानकारी दिएको छ ।

यस्तो बरफ बन्ने परिस्थितिमा इन्जिनमा प्रभाव परेको हुनसक्ने र यो एक सम्भावित कारण बन्नसक्ने उक्त संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तो अवस्थामा उक्त मार्गमा रहेका अन्य विमान किन प्रभावित नभएको भन्ने स्पष्ट भएको छैन भने दुर्घटनाका विषयमा पर्याप्त सूचना प्राप्त नभएको अर्का विश्लेषकले बताएका छन् ।

हालसम्म बोर्निया द्वीपवरपर एयरबस ए३२०–२०० को पाँच प्रमुख भाग फेला परेका छन् । रासस÷एएफपी

Scroll To Top