www.deltrox.com

बाबुको करणीबाट छोरीको सात महिनाको गर्भ

प्रकाशित मिति :

rape-woman-3गाईघाट (उदयपुर)। उदयपुर जिल्लाको पूर्वी क्षेत्रको ३५ वर्षका बाबुले आफ्नै १४ वर्षीया छोरीलाई पटक–पटक करणी गर्दा छोरीले सात महिनाको गर्भ बोक्न बाध्य भएकी छिन् ।

कक्षा ५ मा गाउँको एक विद्यालयमा अध्ययन गर्दै आएकी उक्त बालिकालाई बाबुले घरमा श्रीमती नभएको मौका पारेर लामो समयदेखि करणी गर्दै आएको फलस्वरुप छोरीले सात महिनाको गर्भ बोकेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

गर्भ बोकेका ती किशोरी विद्यालयको कक्षा कोठामा बिरामी पर्न थालेपछि यो भेद खुलेको हो ।

गाउँलेको मौखिक जाहेरीपछि गर्भवती भएकी छोरीलाई जिल्ला अस्पताल उदयपुरमा ल्याएर स्वास्थ्य परीक्षण गर्दा गर्भ बोकेको पुष्टि भएको हो ।

छोरीलाई गर्भवती बनाउने बाबुलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेर आइतबार नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको पनि जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक डिल्ली चौहानले बताउनुभएको छ ।

छोरीलाई आफ्नो कर्तुुत अरुलाई भने ज्यानमार्ने धम्की दिँदै आएको पनि पीडितले प्रहरीसँगको बयानमा भनेकी छिन् ।

अहिले छोरीलाई भने प्रहरीकै संरक्षण राखिएको छ । बाबुविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक चौहानले बताउनुभयो ।

Scroll To Top