www.deltrox.com

ज्वाइँले अण्डकोषमा हान्दा ससुराको मृत्यु

प्रकाशित मिति :

गौशाला। महोत्तरीको मनरा गाविसमा आज बिहान आफ्नै दाजुको ज्वाइँले अण्डकोषमा हान्दा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरा गाविस–३ बस्ने भरत ठाकुर बरही रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारत विहार राज्यको सीतामढी जिल्लाको रिगा शिवनगर घर भएका दाजुको ज्वाइँ विकास ठाकुर ससुराली मनरा आएका बेला आज बिहान ३ बजेको समयमा सबैजना सुतिरहेका बेला काका ससुरा भरत ठाकुरको घरमा चोरी गर्न पसेका थिए । चोरी गर्दै गरेको अवस्थामा विकासलाई काका ससुरा भरतले रङ्गेहात पक्राउ गर्न खोज्दा विकासले हान्दा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । घटनापश्चात् परिवारजनले विकासलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका छन् भने प्रहरीले विकासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ । साथै मृतक भरतको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Scroll To Top