www.deltrox.com

महेन्द्रनगरमा काजक्रियाको मौका छोपेर लाखौँको चोरी

प्रकाशित मिति :

भीमदत्तनगर। बाबुको काजक्रियाका लागि भारत गएका बेला कञ्चनपुरको महेन्द्रनगरका एक व्यापारीको घरमा लाखौँ रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको छ । हिजो राति महेन्द्रनगर बजारमा व्यापारी प्रमोद जजोदियाको घरबाट रु ८० लाख बराबरको गरगहना र रु तीन लाख ५० हजार चोरी भएको हो । भारतीय मूलका व्यापारी प्रमोद बाबुको काजक्रियाका लागि स–परिवार भारतको पटना गएका छन् । घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले घटनाको छानविन सुरु गरेको छ । जजोदियाको घरमा रहेको सुन र हीराका बहुमूल्य गरगहनाका साथै नगद तीन लाख ५० हजार चोरी भएको प्रहरीले जनाएको छ ।

Scroll To Top