www.deltrox.com

प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र दलका नेतासंग दाता सम्मेलनबारे छलफल गरे, ठोस योजनाको खाँचो

प्रकाशित मिति :

PM-Sushil koirala-NC-Congressकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार राजधानीमा हुने दाता सम्मेलनबारे पूर्व प्रधानमन्त्री र दलका नेतासंग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्व प्रधानमन्त्रीहरुले पुनःनिर्माणको कार्य नेपालीले नै गर्ने वातावरण मिलाउन र दाताबाट सहयोग मात्र लिन सुझाव दिए । दाताको सहयोगमा मात्र जोड नदिई कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउने गरी ठोस योजना बनाउन सरकारलाई पूर्व प्रधानमन्त्रीहरुले आग्रह गरे । छलफलमा एकिकृत माओवादी नेताहरुले संसद रहेकै बेला अध्यादेशबाट पुनःनिर्माण प्राधिकरण बनाउन नहुने भन्दै सरकारको आलोचना गरेका थिए । यद्यपि, सत्तारुढ दलहरुले सम्मेलन अघि नै दातालाई आश्वस्त पार्न प्राधिकरण जस्ता संरचना आवश्यक रहेको कुरा विपक्षीलाई बुझाउको अर्थमन्त्री डा.रामशरण महतले सुनाए । छलफलमा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री महत र योजना आयोगका उपाध्यक्ष डा.गोविन्द पोखरेलले दाता सम्मेलनको तयारीबारे पूर्व प्रधानमन्त्री तथा दलका नेताहरुलाई जानकारी गराए । सरकारले दाता सम्मेलनको तयारी पूरा भएको जनाएपनि तयारीको विषयलाई लिएर विभिन्न टिप्पणीहरु भइरहेका छन् । मंगलबार बिहानसम्म ५३ वटा दातृ संस्थाका २ सय २३ जना विदेशी प्रतिनिधि नेपाल आउने पक्का भएको बताइएको छ । शुशासन समितिको बोलावट संसदको सुशासन समिति बैठकले दातृ सम्मेलनलाई उपलब्धिमूलक बनाउन ठोस अवधारणासहित प्रस्तुत हुन सरकारलाई निर्देशन दिएको छ । सिंहदरवारमा बसेको समितिको बैठकले भूकम्पले क्षति पुगेका वस्तीलाई भौगोलिक अवस्था अनुसार पुनःनिर्माण गर्न विज्ञहरुको राय–सुझाव लिन समेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बैठकमा सांसदहरुले भविष्यमा विपद्बाट हुनसक्ने क्षति न्यूनिकरणका लागि पूर्व तयारी गर्न सरकारलाई आग्रह गरे ।

Scroll To Top