www.deltrox.com

बर्दिया निकुञ्जमा खर काट्ने क्रममा जंगली हात्तीको आक्रमणमा परी एकको मृत्यु

प्रकाशित मिति :

badrya-national-parkयादव आचार्य।बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जको वरपर मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुलाई खरखडाई काट्न तिन दिनको लागि निकुञ्ज खुला गरिएको छ । परम्परागत रुपमा घर छाउन, डोरी वनाउनका साथै अन्य आवस्यकता पूर्तिका लागि प्राकृतिक श्रोतमा निर्भर समुदायलाई निकुञ्ज खुला गरिएको हो ।

पुष २१, २२ र २३ गते सम्मका लागि २५ रुपैया राजस्व तथा १० रुपैया संरक्षण शुल्क गरी ३५ रुपैया खरखडाई शुल्क तोकिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी वताए । मध्यवर्ती क्षेत्रका करिव ४० हजार उपभोक्ताहरुले खर काट्ने निकुञ्जको अनुमान छ।

खर काट्ने क्रममा धधवार गाविस निवासी ५० बर्षिय दुखाहा थारुको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । स्थानिय उपभोक्ताहरुले घर छाउनका लागि खर, डोरी वनाउनका लागि वावियो एक वर्षका लागि निकुञ्ज भित्र काट्ने गरेका छन् ।

Scroll To Top