www.deltrox.com

सुनकोसी पीडितलाई अष्ट्रेलियावासीको सहयोग

प्रकाशित मिति :

4काठमाडौँ।माङखा जुरे पहिरो र सुनकोशी पिडितहरुको पुस्थापना, राहात आदिको लागि अस्ट्रेलियाको नेपाली समुदायको पुरानो नेपाली संस्था नेप्लीज अस्ट्रेलियन डेमोक्र्याटिक फोरम (एनएडिएफ)का तर्फबाट पाँच लाख सहयोग प्रदान गरियो ।

संस्थाका महासचिब डा ज्ञानेन्द्र रेग्मीका अनुसार एनएडिएफले जम्मा गरेको सो रकम नेपाली राजनीतिका सर्वमान्य नेता एवं नेपाली कांग्रेसका लौहपुरुष स्व। गणेशमानसिंह श्रेष्ठको निवास चाक्शीबारीमा एक कार्यक्रम आयोजना गरि उपप्रधान मन्त्री तथा संघियमामिला स्थानिय विकास मन्त्री एवम् नेपाली काङग्रेसका महामन्त्री प्रकाशमान सिंहलाई हस्तान्तरण गरियो।

उक्त रकम हस्तान्तरण कार्यक्रममा नेप्लिज अस्ट्रेलियन डेमोक्रयाटिक फोरमको तर्फबाट संस्थाका सल्लाहकार नारायण प्रसाद काफ्लेले सो रकमको चेक उपप्रधान मन्त्री सिंहलाई हस्तान्तरण गर्नुभयो भने सिंहले सो चेक जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली र सहसंयोजक स्थानिय विकास अधिकारी युवराज कट्टेललाई हस्तान्तरण गर्नुभयो ।

समारोहमा मन्त्री सिंहले सुनकोसी पीडितका लागि राहत पुनःस्थापना एवम् क्षति पुगेको पूर्वाधारको पुनः निर्माणकार्यलाई सरकारले उच्च प्राथमिता दिएर काम गरेको बताउनुभयो।उहाँले विपत्तिमा परेकाहरुको सहयोगका लागि अष्टेलियामा बसोबास गरिरहेका नेप्लिज डेमोक्रयाटिक फोरममा आबद्ध सम्पूर्ण महानुभावलाई धन्यवाद व्यक्त गर्नुभयो ।

एनएडिएफका अध्यक्ष बालचन्द्र भट्टराई तथा महासचिब डा। ज्ञानेन्द्र रेग्मीले नेपाली दिदीबहिनी दाजुभाईलाइ परेको बिपतमा एनएडिएफ पहिलेदेखि नै सहयोग गरिरहेको र जहिले पनि सहयोग गर्न अग्रसर रहने छ भन्दै यस् अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण अष्ट्रेलियाबासी नेपाली दिदीबहिनी दाजुभाई तथा संघ संस्थाहरु प्रती आभार प्रकट गर्दै एनएडिएफ परीवार हार्दिक धन्यवाद दिन चाहन्छ भनि पठाउनु भएको संदेश संस्थाका सल्लाहकार काफ्लेले पढेर सुनाउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता तथा नेपाल पत्रकार महासंघका पुर्व सभापति तारानाथ दाहालले यस वर्षको वर्षाले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोमा पुगेको र पीडितहरुका राहतका लागि जिल्लाका काँग्रेसका नेता तथा कार्यकर्ता परिचालनबाट अधिकतम सहयोग र परिचालन गरिएको बताउनुभयो।

उहाँले पीडितहरको पुर्नःवासका लागि ठोस कार्यक्रम शीघ्र लागू गर्न र नजिकिँदै गरेको चारबाड मनाउन पीडितलाई विशेष सहयोग प्रदान गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो।प्रजिअ पराजुलीले अझै पनि ११ वटा शवको पहिचान हुन नसकेको र १४६ शव फेला नपरेको एवम् प्डित १२४० घरमध्येलाई क्षतिको आधारमा क ख ग र घ वर्गमा विभाजन गरी राहत वितरण गरिएको जानकारी दिनुभयो ।

Scroll To Top