www.deltrox.com

गङ्गामायाको स्वास्थ्य गम्भीर तर स्थिर

प्रकाशित मिति :

काठमाडौँ । चियाउँदा चियाउँदै आफ्नै आँखा सामुन्ने पति नन्दप्रसाद अधिकारीको मृत्यु देखेकी गङ्गामायाको स्वास्थ्य गम्भीर तर स्थिर रहेको छ ।

आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पती वीर अस्पतालको सघन कक्षमा अनशन नै बस्दै आएको थियो । अनशन बसेको ३३० दिनमा नन्दप्रसादको सोमबार निधन भएको थियो । [caption id="attachment_121519" align="aligncenter" width="500"]भदौ २० मा आइसियूमा गंगामाया अधिकारी। तस्विरः हाम्राकुरा डटकम।  भदौ २० मा आइसियूमा गंगामाया अधिकारी। तस्विरः हाम्राकुरा डटकम।[/caption]

वीर अस्पतालका निर्देशक प्रा डा स्वयंप्रकाश पण्डितका अनुसार पतिको मृत्युपछि गङ्गामायाको स्वास्थ्य अवस्था थप कमजोर बनेको छ । कमजोर स्वास्थ्यस्थितिलाई विशेष ख्याल गरी चिकित्सकले उहाँलाई हाल एन्टिबायोटिक औषधि दिइरहेका छन् ।

“हामी गङ्गामायाको उपचारमा उच्च प्राथमिताका साथ लागिरहेका छौँ, ग्लुकोज खान आग्रह गरिरहेका छौँ”–निर्देशक प्रा डा पण्डितले भन्नुभयो । चिकित्सकको टोलीले गङ्गामायालाई मानवअधिकारकर्मीको रोहबरमा आज ग्लुकोज खान र अनशन अन्त्य गर्न विशेष आग्रहसमेत गरेको थियो । तर गङ्गामायाले अनशन अन्त्य गर्न नमानेको अस्पताल स्रोतले जनाएकोे छ ।

Scroll To Top