www.deltrox.com

न्याय माग्दा मृत्यु पुरस्कार

प्रकाशित मिति :

shivaraj_bhandariशिबराज भण्डारी। द्वन्द्वकालमा मारिएका छोराका हत्यारालाई कारवाहीको माग गर्दै ३ सय ३० दिन देखी आमरण अनसनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएको छ । २०६१ सालमा चितवनमा तत्कालीन विद्रोही नेकपा माओवादीद्वारा हत्या गरिएका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै लामो समयदेखी अनसनमा बसेका नन्दप्रसाद अन्ततः न्याय नपाई बिदा भएका हुन्। लामो समयदेखी वीर अस्पतालमा भर्ना भएपनि अस्पतालमै अनसन जारी राखेका अधिकारीको निधन भएको हो भने अनसनमै रहेकी नन्दप्रसादकी श्रीमती गंगामाया अधिकारीको अवस्थापनि अत्यन्तै गम्भीर रहेको छ। पोष्टमार्टमका लागि नन्दप्रसादको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। अधिकारी दम्पत्ति यसअघि पनि ४७ दिन सम्म आमरण अनसनमा बस्नु भएको थियो । उहाहरुको लामो समय सम्मको आमरण अनसनका कारण तत्कालिन खिलराज रेग्मी नेतृत्वको सरकारले केही आरोपीहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको थियो । तर माओबादी नेताहरुको चर्को विरोधका कारण सरकारले कारवाही प्रक्रिया अगाडी बढाउन सकेको थिएन । आरोपीहरुलाई पक्रेको विरोधमा माओबादीले त्यतिवेला बन्दको आह्वान नै गरेको थियो भने एकिकृत माओबादीका नेता डा वावुराम भट्टराइले आफुलाई पक्रेर कारवार्ही गर्न चनौति दिनु भएको थियो । माओबादीले चितवनमा विदा मनाउन गएका बेला २०६१ साल जेठ २४ गते अपहरण गरेर १७ बर्षका कृष्णप्रसाद अधिकारीको हत्या गरेका थिए । अधिकारी दम्पत्तिले किटानी जाहेरि सहित पटक पटक कारवाहीका लागि आग्रह गर्दा पनि माओबादी अवरोधका कारण कारवाही हुन सकेको थिएन । गणतन्त्र आयो अब सुख शान्ति न्याय पाउँछौ भन्ने लाग्थ्यो तर ठिक उल्टो सावित हुँदै छ । निकै चुर्की फुर्की गर्ने नेताको भाषण चुनाव अगाडी चुनाव नि भयो कथित गणतन्त्र पनि आयो तर पाऔ हिंसा बलत्कारी असुरक्षा महंगी गुण्डागर्दी देश दोही राजाजनीतिक अस्थिरता मज्जाले पायौँ । कति मिठा सपना देखाए नेताले जनतालाई आखिर दिए रित्तो हात न्यायको त कुरै छोडौ । प्रसंग निर्दोष नन्द पसाद अधिकारी सँग जोड्न चाहन्छु कानुनको राज्य नरहेको अनुभूति हुदैछ मलाई किनकी मानवअधिकार पनि पुर्ण रूपमै ध्वस्त नै भैसकेको रहेछ देशमा, सर्वोच्च अदालतले पटक पटक ताकेता नगरेको हैन अधिकारीलाई तर राजनीतिक रूपमा खेलौना बनाएको अनुभुति हुदै छ । अनसनमा रहेका अधिकारी दम्पति मध्ये नन्द प्रसाद अधिकारीको मृत्यु भएको सुन्दा मेरो देशमा शासन गर्ने शासक तत्कालीन बाबुराम सरकार , खिलराज रेग्मी सरकार र अहिले रहेको नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकारले नैतिक जिम्मेवारी लिनुको बिकल्प छैन । अन्यायमा परेर न्याय खोज्दा सरकारले उनलाई मर्न बाध्य बनायो अनि सर्वसाधारण जनतामा प्रष्ट भयो कि गरिबको लागि न्याय छैन यसैको कारण नन्द प्रसाद अधिकारी न्याय नपाएरै अन्यायको आगोमा दन्किएर प्राण गयो म अर्थहिन हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । नन्दप्रसाद अधिकारीको निधन मानवअधिकार र कानुनी राज्यका लागि कालो दिनको महसुस गरेको छु । आखिर लोकतान्त्रिक गणतन्त्रको सासन प्रणाली के रैछ भन्ने यसै घटना ले प्रष्ट हुन्छ । कानुन भनेको के हो ? आन्दोलनको अन्तिम रुप आमरण अनसन हो ईतिहासको पानामा दर्ज यो घटना र यो पुस्ताले भावी पुस्ता र अन्त रास्ट्रीय जगतलाई कस्तो सन्देश देला ? इतिहास कहिल्यै मर्दैन समस्या त आयो तर सामाधानको बाटो कहिल्यै पनि अपनाइएन अधिकारीको माग कतिसम्म ठिक हो बेठीक हो त्यो अदालतले नै छुट्याउने थियो । म हाम्रो देशको सरकार अनि धन्न नेपालका जनवादी, प्रजातन्त्रवादी, राष्ट्रवादी भन्ने राजनैतिक दलहरू, नेपालका विभिन्न राजनीतिक दलका भातृसंगठन जस्तै गरी व्यवहार देखाउने मानव अधिकारवादीहरू। धन्य ? भन्छु अरू के नै भन्न सक्छुर टुलुटुलु हेरेर बस्न बाध्य हुन्छु । जति सोच्यो उति गम्भिर हुन मन लाग्यो केही बेर देशको स्थिति र नन्दलालको जीवनीमा चिन्तन गरे आशु झार्न बाध्य भए थाम्न सकिन १ सबैको समस्या आफ्नै समस्या सरह हो तर न सरकार सुन्छ नत मानवअधिकार यदि गल्ति गरेको हो भने सबैले त्यसको बिरोध गर्नु पर्छ भन्ने भावना राख्न सक्नु पर्छ हैन भने न्याय खोज्दा खोज्दै ज्यान नै गुमाउनु भनेको कहि नभएको जात्रा हाडिगाउमा भनेजस्तॉ हो यो सबैले बुझ्न जरूरी छ । अन्तमा, नन्द प्रसाद अधिकारी तपाईले लड्नु भयको न्यायको लडाइँमा हामीले बल पुर्याउन सकेनौ, केही गर्नै हैसियत थिएन हामीसँग हामी मुक दर्शक भएर टुलुटुलु हेर्ने बाहेक अरू कुनै बिकल्प छानेनौ भनिन्छ नि गोहिले आशु झार्न चाहन्न राज्यको झोलीबाट न्यायको भीख माग्दा माग्दै पहिल्यै आत्मिक मृत्यु भैसकेका नन्द प्रसाद अधिकारीको भौतिक मृत्यु फेरि अरूका लागि खेतीपाती गर्ने मेसो नबनोस । म तपाईलाई सधै वीर गोर्खालो जो आफु मरेर पनि अन्यायको बिरूद्द लडिरहने उनै पुर्खाको बिर शहिद नै सम्झिरहने छु मृत आत्माले चिर शान्ति पाओस हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।

Scroll To Top