www.deltrox.com

माथिल्लो कर्णालीको पिडिएविरुद्ध सर्वोच्चमा रिट

प्रकाशित मिति :

Upper Karnaliकाठमाडौँ। माथिल्लो कर्णाली परियोजना विकास सम्झौता(पिडिए) विरुद्ध सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता भएको छ । आयोजनास्थलका स्थानीय ३६ जनाको तर्फबाट डम्बर रावलले सम्झौता नेपालको अन्तरिम संविधान, प्रचलित ऐन, नियमविरुद्ध भएकाले बदर गरी पाउँ भन्दै रिट निवेदन दर्ता गराउनुभएको हो । माथिल्लो कर्णाली जलविद्युत् विकास सम्झौता, सम्झौता कार्यान्वयनका लागि गठन गर्ने भनिएको कार्यदलको गठन र सोसँग सम्बन्धित निर्णयसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनि निवेदनमा माग गरिएको छ । उत्प्रेषण, परमादेश, प्रतिषेधलगायत जुनसुकै आदेशबाट उक्त सम्झौता खारेजीको माग गरिएको निवेदनको असोज २६ गतेका लागि पेशी तोकिएको निवेदक रावलले जानकारी दिनुभयो । ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रवद्र्धक जिएमआर र नेपाल सरकारको तर्फबाट लगानी बोर्डबीच आयोजना विकास सम्झौता (पिडिए) मा असोज ३ गते शुक्रबार हस्तक्षार भएको थियो ।

Scroll To Top