www.deltrox.com

पत्रकार क्षेत्रीको सहयोगार्थ प्रेस युनियन काठमाडौँद्धारा १५ हजार आर्थिक सहयोग

प्रकाशित मिति :

Press-Union-Logoकाठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले नेपाल प्रेस युनियनका केन्द्रिय सचिव तथा काठमाडौँ शाखाका साधारण सदस्य सुर्यकुमार क्षेत्रीको उपचार सहयोगार्थ तत्कालका लागि १५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । ब्रेन ट्युमरबाट पिडित क्षेत्रीको नेपालको उपचारपछि थप उपचारकालागी भारतमा लगिएको छ । त्यस्तै शाखाले काठमाडौँ प्रेस युनियनमा आवद्ध साधरण सदस्यसँग १ सय रुपैयाँ र पार्शदसँग ५ सय रुपैयाँ संकलन गर्ने निर्णय पनि गरेको छ । साथै दलहरुले पुर्व निर्धारण गरेको समयमा संविधान नबन्ने खतरा बढेको भन्दै संविधान निर्माण कार्यलाईै दबाब दिने विभिन्न कार्यक्रमहरु समेत आयोजना गर्ने भएको छ । शाखाले संविधान निर्माणका लागी प्रेस युनियन काठमाडौँमा आवद्ध ५४ जना महिला सदस्यहरुको भेला डाक्ने समेत निर्णय गरेको छ । काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालका प्रस्ताबमा उपाध्यक्ष देवी सापकोटा, सचिव महेश गौतम,सह सचिव खगेन्द्र भण्डारी, कोषाध्यक्ष भाग्वत भट्राई, सदस्यहरु सुदिप रेग्मी, अच्युत रेग्मी, सुमन सापकोटा, सबिना कार्की, पुष्पा शर्मा, अर्जुन अधिकारीले आ आफ्नो धारणा राखेका थिए । बैठकले प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित छलफल गर्ने समेत निर्णय गरेको छ ।

Scroll To Top