www.deltrox.com

श्रोत पुस्तकालय सञ्चालन हुन नसकदा ओझेलमा

प्रकाशित मिति :

District-70-Bajura-hamrakuraप्रेम रौले,बाजुरा । कोल्टीमा रहेको सामुदायिक श्रोत पुस्तकालय आर्थिक अभावका कारण ओझेलमा परेको छ । सामुदायिक पुस्तकालय आर्थिक अभाव र उचित व्यवस्थापन नहुँदा ओझेलमा परेको हो । निराक्षरलाई साक्षर र साक्षर व्यक्तिहरुलाई विभिन्न क्षेत्रसँग सम्बन्धीत पुस्तकहरु सहज रुपमा उपलब्ध गराई उनीहरुलाई ज्ञान सिप र क्षमता प्रदान गर्ने लक्ष्य पुस्तकालयले लिएको थियो । पु्स्तकालय सञ्चालनका लागि व्यवस्थापन समिति र आर्थिक संकलन समिति पनि गठन गरिएको थियो । आर्थिक रुपमा पुस्ताकालयलाई बलियो बनाउन नसक्दा समस्या भएको व्यवस्थापन समितिका अध्यक्ष जयलाल कार्कीले बताउनु भएको छ । पुस्ताकालय २०६२ सालमा रेड नेपालको आर्थिक सहयोग र मानव संसाधन केन्द्र एचआरसी बाजुराको पहलमा स्थापना गरिएको हो । पुस्तकालयमा हाल चार हजार दुई सय बढी विभिन्न क्षेत्रसँग सम्बन्धीत पुस्तकहरु छन् । तर ती सबै पुस्तकहरु प्रयोग विहिन बनेका छन् । १२ कोठे पुस्तकालयको आफ्नै भवन मध्ये चार कोठा व्यापारीलाई भाडामा दिइएको छ । अन्य कोठाहरु भने प्रयोग विहिन बनेका छन्, । तालिम हल सञ्चालन गर्ने, पुस्तक प्रदर्शनी मेला सञ्चालन गर्ने र जिल्लाकै ठुलो अनि नमुना पुस्तकालय बनाउने लक्ष्य पुरा भएको छैन । तालिमहलको पनि व्यवस्थापन हुन सकेको छैन । पुस्तकहरु पनि दराजमा थन्काएर राखिएका छन् । स्थापनाको ११ वर्ष पुरा भईसक्दा पनि औपचारिक रुपमा उद्घाटन गरिएको छैन । हाल व्यवस्थापन समितिको कमजोरीका कारण बन्द जस्तै भएको छ । पुस्तकालय सञ्चालनमा २४ लाख बढी रकम खर्च भईसकेको छ । श्रोत पुस्तकालय व्यवस्थापनका लागि गठन गरिएको ११ जनाको कार्य समिति मध्ये अध्यक्ष बाहेकका कुनै पनि पदाधिकारीले चासो नदेखाएको स्थानीय जमन धामीले बताउनु भएको छ । समितिका अनुसार आगामी फागुनमा पुस्तकालय औपचारिक रुपमा उद्घाटन गर्ने तयारी गरेको बताएको छ । जिल्लाकै श्रोत पुस्तकालयका रुपमा विकास गर्नु पर्ने समितिको माग रहेको छ । गाउँमा सञ्चालन भईरहेका सामुदायिक अध्यायन केन्द्रको रकमलाई पनि श्रोत पुस्तकालय मार्फत खर्च गर्न अनुरोध गर्दा जिल्ला शिक्षा कार्यालयले नियम नमिल्ने भन्दै सहयोग गर्न नसकिने बताएको अध्यक्ष कार्कीले बताउनु भएको छ । ्पुस्तकालय सामाजिक रुपान्तरण र शैक्षिक जागरणका लागि पवित्र सोच लिएर स्थापना गरिए हो । व्यवस्थापन, आवश्यक परामर्श र समन्वय विना पुस्तकालयको महत्व घट्न थालेका छ । शिक्षा कार्यालयले पुस्तकालयको विकास प्रवद्र्धनका लागि कुनै पहल र चासो नै दिएको छैन् । स्थापनाको लामा अवधिसम्म पनि गतिलो काम गर्न नसक्दा पुस्तकालय भवनका रुपमा मात्र सिमित छ ।

Scroll To Top