www.deltrox.com

माओवादी र मधेसी मोर्चालाई वार्तामा आउन आग्रह

प्रकाशित मिति :

Ram Chandra Poudelदमौली । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा(माओवादी) र संयुक्त लोकतान्त्तिक मधेसी मोर्चालाई वार्तामा आई संविधान निर्माणमा साथ दिन आग्रह गर्नुभएको छ । यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले एमाओवादी र मधेसी मोर्चाले संविधानसभा बहिष्कार गर्नु हतास मनस्थितिको उपज हो भन्दै नेता पौडेलले भन्नुभयो,“संविधान निर्माण गर्ने कार्यमा अब हामी प्रक्रियाबाट पछि हट्ने छैनौँ, उहाँहरुलाई पनि साथै लैजान चाहन्छौँ ।” विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मअनुसार संविधान बनाउने तयारीमा रहेको उल्लेख गर्दै उहाँले विपक्षी वार्तामा आए काँग्रेस र एमालेले ल्याएका नौबुँदेमा पनि सुधार र परिमार्जन गरी लचकताका साथ प्रस्तुत हुने सोच आफूहरुले बनाइरहेको बताउनुभयो ।

Scroll To Top