www.deltrox.com

गायक रमेशराजले सपना भिलेजसगै चेपाङ्गलाई राहत बाँडे

प्रकाशित मिति :

rahat-chepangराजेन्द्र आचार्य, सिद्धि। गृह जिल्लामा आई भुकम्प पिडितहरुलाई राहत प्रदान गर्न यतिवेला कलाकारदेखि गायिक गायिकाहरु अघिसरेका छन्। राष्ट्रलाई परेको महाविपत्तिमा कलाकारदेखि गायक गायिकको सानो प्रयासले पनि ठुलो राहत संकलन हुने भन्दै उनीहरु राहत संकलन अभियानमा जुटिरहेका हन्। यसैविच काठमाडौंमा भुकम्पबाट पिडित बनेपनि नवलपरासी घर भएका चर्चित गायक रमेशराज भटराई चितवनका चेपाङ्गलाई राहत वितरण गर्न आइपुगेका छन्। गायक भटराईले आफू र आफ्नो परिवारको तर्फबाट ४७ हजार ५ सय रुपैया सहयोग गरेको बताए । उनले पर्यटकीय नगरी सौराहामा रहेको सपना भिलेज सोसल ईम्फ्क्याटसँगं सहकार्य गरि चितवनको विकट पहाडी गाविस सिद्धिमा राहत बाडेको बताए। सपना भिलेजले सुरु भुकम्प पिडित र अनिकाल लागेको चेपाङ्गलाई राहत प्रदान गर्ने अभियान अन्तर्गत बिहिबार र शुक्रबार गिरी ३ सय परिवारलाई उनी र सपना भिलेज सोसल ईम्फ्याक्टका अध्यक्ष धुव्र गिरी सहितको टोलीले राहत बाडेका हुन्। चेपाङ्ग गाउँमा नै पुगेर भुकम्प पिडित र अनिकाल लागेका चेपाङ्ग समुदायलाई सहयोग गर्न पाउदा निकै खुसी लागेको उनले बताए। साथै उनले विभिन्न ठाउं राहत संकलन कार्य जारी राखेको समेत बताए।

Scroll To Top