समसामयिक

महानिर्देशक जोशीका नाममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भनिदै

२०७६ कार्तिक २६ मंगलबार, काठमाडौं । सामाजिक संजालमा अनर्गल प्रचार गर्नेहरुले राष्ट्रियता जस्तो संवेदनशील बिषयमा अनर्गल प्रचार गरेको पाइएको छ । कालापानी क्षेत्रभित्रका कालापानी, लिपुलेक र लिम्पियाधुरा निर्विवाद ढंगले नेपालका भूभाग हुन् । ... बाँकी अंश»

हेलिकप्टर चार्टर गरेर पनि उम्मेदवारी फिर्ता नगरेका शेरमानलाई ‘क्लिप’ र सन्तोषलाई ‘चिम’

२०७६ कार्तिक २५ सोमबार, नेकपाका नेता शेरमान घर्तिको बागी उम्मेदवारी फिर्ता गराउने अन्तिम प्रयास आईतबार असफल भएको छ । असफल भए पश्चात उनले नेकपाको कार्यालयमा पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी रहेपनि बामगठबन्धनका साझा उम्मेदवार शाहीलाई सर्मथन गर्ने बताएका थिए । घर्तिको उम्मेदवारी फिर्ता गराउनका लागि हेलिकप्टर चार्टर गरेरै ल्याएपनि निर्वाचनमा तोकिएको समय सकिएको हुँदा उम्मेदवारी भने फिर्ता हुँन सकेको थिएन । ... बाँकी अंश»

निजगढ विमानस्थलको इआइ कागजात पेश गर्न सर्वोच्चको आदेश

२०७६ कार्तिक २५ सोमबार, वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सो क्षेत्रका रुख कटानी गर्दा वन्यजन्तुलाई अपूरणीय क्षति हुने भएकाले रुख बिरुवा काट्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा गत भदौ २२ गते रिट निवेदन दायर गरेका थिए। वन तथा वातावरण मन्त्रालयले ८० वर्गकिलोमिटर क्षेत्रफलमा निर्माण हुन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन विसं २०७४ चैतमा स्वीकृत गरेको थियो । ... बाँकी अंश»

शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजिनामा दिलाएर ओलीले मुख्य सल्लाहकार बनाउने

२०७६ कार्तिक २५ सोमबार, काठमाडौं। प्रधानमन्त्री केपी ओलीको चाहनामा प्रदेश नम्वर ५का मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदवाट राजीनामा दिने भएका छन्। ... बाँकी अंश»

ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा संवाद थाल्न सुझाव

२०७६ कार्तिक २५ सोमबार, बैठकमा पूर्व प्रधानमन्त्रीसमेत रहेका समिति सदस्य माधवकुमार नेपालले राष्ट्रिय अडान र तथ्य प्रमाणका साथ प्रस्तुत भई भारतसँगको सीमा विवाद समष्टिगत रुपमा हल गर्नुपर्ने बताए । नेपालका विभिन्न समिति र आयोगका प्रतिवेदनमा उल्लेख तथ्यले पनि सो क्षेत्रको सीमानाका बारेमा स्पष्ट पारेको उल्लेख गर्दै उनले सीमा विवाद समाधान सम्बन्धमा मुलुकमा हाल कायम भएको आमसहमतिलाई सरकारले अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे । ... बाँकी अंश»

नेपाल आउने राष्ट्रपति हमिदको यस्तो छ सुरक्षाव्यवस्था

२०७६ कार्तिक २५ सोमबार, मङ्गलबार अपराह्न काठमाडौँ आइपुग्नु हुने राष्ट्रपति हमिदका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बस्ने होटल तथा भेटघाटस्थलमासमेत आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । उहाँले उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र र पोखराको समेत भ्रमण गर्नुहुने भएकाले ती क्षेत्रमा समेत आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । ... बाँकी अंश»

कांग्रेस कम्युनिष्टलाई जितायौ भने मनपरितन्त्र, ब्रम्हलुट, बिकृतिको नै मनोबल बढ्छ : कमल थापा

२०७६ कार्तिक २५ सोमबार, कास्की -२ को चुनाबी अभियानमा सहभागी हुँदै थापाले कास्कीको निर्वाचन परिणामले सरकार ढल्ने वा कांग्रेस बढ्ने अबस्था नभएकोले परिबर्तनको सन्देश दिन राप्रपालाई जिताउन आग्रह गरे । कांग्रेस कम्युनिष्टलाई जितायौ भने मनपरितन्त्र, ब्रम्हलुट, बिकृतिको नै मनोबल बढ्ने हुदा अराजक प्रवृत्तिको अन्त्यको लागि राप्रपालाई मतदान दिन थापाले आग्रह गरे । ... बाँकी अंश»

भारतले आफ्नो रवैया तत्काल सच्याई असल छिमेकीको कर्तव्य पूरा गरोस्

२०७६ कार्तिक २५ सोमबार, कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सि.पि. मैनालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आउँदा नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुराका बारेमा बैठक बस्ने भनेतापनि आजसम्म बैठक बस्न नसकेकोमा गुनासो पोखे । उनले नेपालको ७१ वटा सीमामा अतिक्रमण भएको र ३७१ क्षेत्रफलमा रहेको नेपाली भूमी भारतले कब्जा गरेको दाबी गरे । उनले भने,‘नेपालको आफ्नो जग्गा संरक्षणका लागि हामी सरकारको साथमा छौँ । अहिले भारतको नक्सामा कैद भएका ती भूभाग नेपालको हो ।’ उनले भारतले कब्जा गरेको जमिनलाई फिर्ता गर्न सरकारसँग आग्रह गर्नुका साथै सामाजिक न्यायका आधारमा सामाजिक पूँजीलाई संरक्षण गर्न देशभक्तहरुलाई आग्रह गरे । ... बाँकी अंश»

अपहरण शैलीमा केसीलाई लिन गएको हेलिकप्टर डडेल्धुराबाट रित्तै फर्कियो

२०७६ कार्तिक २५ सोमबार, डा. केसीलाई राजधानी लैजान सोमबार हेलिकोप्टर पठाइएको हो । डडेल्धुरा सदरमुकामदेखि ५ किलोमिटर दुरीमा रहेको दहस्थित नेपाली सेनाको गणमा हेलिकोप्टर ल्याण्ड गरिएको थियो । स्थानीय प्रशासनले डा. केसीलाई होलिकोप्टर मार्फत राजधानी लैजाने तयारी गरेपछि डा. केसीले इन्कार गरेका थिए भने डा. केसीको समर्थनमा आन्दोलित डडेल्धुराबासीले अवरोध पुगाएका थिए । ... बाँकी अंश»

रुखलाई भारतले सीमा स्तम्भ नं २०० दाबी गर्दै

२०७६ कार्तिक २५ सोमबार, भारतीय बसही बजारतर्फ जाने सीमा क्षेत्रको नेपाली भूमिमा कल्भर्ट निर्माणका क्रममा झण्डै चार वर्षअघि भारतीय सुरक्षाकर्मीको गोली लागेर स्थानीयवासी गोविन्द गौतमले शहादत प्राप्त गरेका थिए। कल्भर्ट निमार्णस्थल छेउमै रहेको डुङ्ग्रीको रुख सीमा मान्दै आएका एसएसबीले घटनापछि उक्त सीमा क्षेत्रमा निगरानी बढाएको स्थानीयवासी पदम शाहीले बताए । ... बाँकी अंश»

अनुशासन आयोगको अध्यक्षमा बोहरा

२०७६ कार्तिक २५ सोमबार, प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा तथा सचिवमा अशोक रोकाय र केन्द्रीय लेखापरीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल तथा सचिवमा टेकनाथ आचार्यलाई चयन गरेको जानकारी दिइयो । ... बाँकी अंश»

कास्की क्षेत्र नं २ मा चुनावी प्रचारमा तीव्रता

२०७६ कार्तिक २५ सोमबार, कास्की । कास्की क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार तीव्र तीव्र भएको छ । उम्मेदवारको अन्तिम नामावली आइतबार सार्वजनिक भएपछि चुनावी प्रचार प्रसारले तीव्रता लिएको हो । ... बाँकी अंश»

सीमा विवादबारे भारतसँग कुटनीतिक पहल शुरु

२०७६ कार्तिक २५ सोमबार, काठमाडौं। नेपाल-भारत बिच कालापानी सीमा विवाद अन्त गर्न कुटनीतिक प्रयास शुरु भएको छ। भारतकालागि नेपाली राजदुत निलाम्बर आचार्यले भारतीय बिदेश सचिव बिजय गोख्लेसँग भेटवार्ता गरेका छन्। ... बाँकी अंश»

'डा. केसी सिङ्गो देश कालापानी र लिपुलेकमा केन्द्रित छ अनशन तोड्नुस्'

२०७६ कार्तिक २५ सोमबार, मन्त्री पोखरेलले भने, “अहिले सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको अवस्थामा अनशन तोडेर राष्ट्रियताको विषयमा केन्द्रित हुन आग्रह गर्दछु ।” ... बाँकी अंश»

'भारतको हेपाह प्रवृतिको अन्तर्राष्ट्रिय स्तरमा कुरा उठाउनुपर्छ'

२०७६ कार्तिक २५ सोमबार, मोरङ क्षेत्र नं.२ स्तरीय तरुण युवासंग नेपाली कांग्रेस अन्तरक्रिया कार्यक्रमा सहभागी हुने क्रममा संचारकर्मीसंग कुराकानी गर्दै डा.रिजालले सबै प्रमाण सहित पुराना नक्सा प्रष्ट हुदा हुदै भारतले नेपाली जमिन अतिक्रमण गरेर अहिले आफनै जमिन हो भनेर नक्सा देखाउनु कार्य बारे सरकारले भारतसंग कुटनितिक पहल गर्दै घटना बारे सरकारले नेपालको पक्षमा अन्तराष्ट्रिय जनमत बनाउनु पर्ने विचार व्यक्त गरेका हुन्। ... बाँकी अंश»

नेकपा सचिवालय बैठक शुरु

२०७६ कार्तिक २५ सोमबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । ... बाँकी अंश»

उपनिर्वाचनमा सकारात्मक परिणाम ल्याउन मन्त्रीहरु फेर्ने योजनामा प्रधानमन्त्री ओली

२०७६ कार्तिक २५ सोमबार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषदका अधिकांश सदस्यको कामकार्वाही सन्तोषजनक हुन नसकेपछि ओलीले उपनिर्वाचनलाई ध्यानमा राखेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बुझिएको छ । ... बाँकी अंश»

प्रधानमन्त्री ओली र मोदीबीच वार्ता गरि सिमा विवाद मिलाउनुु पर्छः संग्रौला

२०७६ कार्तिक २४ आइतबार, बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ डा डिला संग्रौलाले भारतसँगको सिमा विवाद दुई देशका प्रधानमन्त्रीबीच ‘वान टु वान’ बार्ताबाट समाधान गर्नुपर्ने बताएकी छन्। ... बाँकी अंश»

सीमा अतिक्रमणको विरोधमा राँके जुलुस निकाल्नेलाई प्रहरीको लाठी

२०७६ कार्तिक २४ आइतबार, काठमाडौं। भारत सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ नक्सामा राखेको विरोधमा नेविसंघका विद्यार्थीहरुले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।   ... बाँकी अंश»

पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई ‘युनिफिकेशन ट्रेल’ का रुपमा संरक्षण

२०७६ कार्तिक २४ आइतबार, उनले भने, “नेपाल एकीकरणको अभियानमा प्रयोग भएका देशभरी ऐतिहासिक पदमार्ग ती सबै पदमार्गलाई जोडेर ‘युनिफिकेशन ट्रेल’को अवधारण प्रस्तुत गरिएको र चाँडै कार्यान्वयन हुनेछ ।” उप्रधानमन्त्रीले पोख्रेलले सिन्धुलीगढीको पुनःनिर्माण गर्ने जानकारी दिए । ... बाँकी अंश»

नयाँ