समसामयिक

कमल थापालाई बाबुराम भट्टराईको झटारो 

२०७६ भदौ ६ शुक्रबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापामाथि समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले झटारो हानेका छन् । ... बाँकी अंश»

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मोत्सव

२०७६ भदौ ६ शुक्रबार, काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ... बाँकी अंश»

व्यवस्थापनको नाममा सरकार युट्यूबलाई तह लगाउने तयारीमा

२०७६ भदौ ५ बिहिबार, काठमाडौं । सरकारले युट्यूब व्यवस्थापनको नाममा युट्यूबलाई तह लगाउने तयारीमा लागेको छ । सञ्चारमन्त्री बाँस्कोटाले युट्यूब च्यानलमा उत्तेजना फैलाउने र अप्रिय घटना निम्त्याउने किसिमका सामग्री प्रसारण भइरहेको तिनलाई व्यवस्थित गर्नेपर्ने बताएका छन् । ... बाँकी अंश»

१६ सचिवको सरुवा, को–कहाँ ?

२०७६ भदौ ५ बिहिबार, काठमाडौं । सरकारले १६ सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ... बाँकी अंश»

‘सबैले सम्माननीय प्रधानमन्त्रीको पुर्ण स्वास्थ्यलाभको कामना गरौं’

२०७६ भदौ ५ बिहिबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिब्या सिंह मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेकी छिन् । ... बाँकी अंश»

घाँस काट्दै गरकी रामकलीमाथि बाघको आक्रमण, लग्यो जंगलभित्र

२०७६ भदौ ५ बिहिबार, गुलरिया,बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । ... बाँकी अंश»

पशुपतिनाथको चन्दन लगाएर राष्ट्रपति भण्डारीलाई भेट्न पुगे जयशंकर

२०७६ भदौ ५ बिहिबार, काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्कर पशुपतिनाथको चन्दन लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका छन् । बिहिबार पशुपतिनाथको दर्शन गरेपछि उनलाई मुल भट्टले चन्दन लगाइदिए । नेपालमा जस्तै भारतमा समेत पशुपतिनाथलाई आराध्यदेवको रुपमा पुजिन्छ । दक्षिण भारतको खासगरि तामिलनाडुमा अझ पशुपतिनाथ प्रति विशेष श्रद्धा पाइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आफ्नो नेपाल भ्रमणको बेलामा पशुपतिनाथमा बिशेष पुजा गर्ने गरेका थिए । ... बाँकी अंश»

माधवकुमार नेपालको प्रस्ताव नेकपा सचिवालयमा अस्विकृत, नेपाल निरिह हुदाँ गौतम भए शक्तिशाली

२०७६ भदौ ५ बिहिबार, नेता गौतमले एकतापछि केन्द्रीय विभाग गठन भएकाले अब अन्य साङ्गठनिक कामले पनि गति लिने जनाए। उनले आफूलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान संशोधनपछि मात्र कार्यान्वयनमा आउने स्पष्ट गरे । गत साउन ३१ गतेको सचिवालय बैठकले गौतमलाई पार्टीमा उपाध्यक्ष बनाउन स्थायी कमिटीमा प्रस्ताव गर्ने निर्णय गरेको थियो । नेता गौतमले एकतापछि केन्द्रीय विभाग गठन भएकाले अब अन्य साङ्गठनिक कामले पनि गति लिने जनाए। ... बाँकी अंश»

 हल्लायो भूकम्पले 

२०७६ भदौ ५ बिहिबार, काठमाडौँ । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । ... बाँकी अंश»

रवि लामिछानेका दुई दर्जन समर्थकविरुद्ध अभद्र दुर्व्यवहार मुद्दा 

२०७६ भदौ ५ बिहिबार, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी टेलिभिजन प्रस्तोता रवि लामिछानेका दुई दर्जन समर्थकविरुद्ध चितवन प्रहरीले अभद्र दुर्व्यवहार अन्तर्गत मुद्दा चलाएको छ । ... बाँकी अंश»

रविसँगै पक्राउ परेकी अस्मिताको लागि वकालत गर्न आइन् निमा गिरी

२०७६ भदौ ५ बिहिबार, काठमाडौं। शालिक राम पुडासैनीको मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेलसँगै पक्राउ परेकी स्वास्थ्य परिचारिका अस्मिता कार्की रुकुको पक्षबाट वकालत गर्न अधिवक्ता निमा गिरीले चासो देखाएकी छिन्। ... बाँकी अंश»

पशुपतिको दर्शनपछि जयशंकर राजनीतिक भेटघाटमा व्यस्त

२०७६ भदौ ५ बिहिबार, दक्षिण भारतको खासगरि तामिलनाडुमा अझ पशुपतिनाथ प्रति विशेष श्रद्धा पाइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आफ्नो नेपाल भ्रमणको बेलामा पशुपतिनाथमा बिशेष पुजा गर्ने गरेका थिए । ... बाँकी अंश»

 यसरी सकियो नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक 

२०७६ भदौ ४ बुधबार, काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक द्विपक्षीय साझेदारी र सहकार्यका विविधि कार्यविवरण अर्थात् ‘मिनेट्स्’मा हस्ताक्षर गर्दै बुधबार राति सम्पन्न भएको छ । ... बाँकी अंश»

नेकपा र कांग्रेसबीच यस्तो बन्यो सहमति 

२०७६ भदौ ४ बुधबार, काठमाडौँ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबीच शान्ति प्रक्रियाको सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम छिटोभन्दा छिटो पूरा गर्नेमा सहमति भएको छ । ... बाँकी अंश»

रवि लामिछानेले भने हिरासतमा प्रहरीबाटै असुरक्षित महशुस गरिरहेको छु

२०७६ भदौ ४ बुधबार, काठमाडौं। शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा हिरासतमा रहेका रवि लामिछानेले प्रहरीसँगै नै आफू असुरक्षित भएको महसुश भएको बताएका छन्। ... बाँकी अंश»

राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा छ : चित्रबहादुर केसी

२०७६ भदौ ४ बुधबार, पार्टीले जारी गरेको विज्ञप्तीमा पूर्वराजा, राजावादी र नेपाली कांग्रेसका नेताहरुले समेत धर्मनिरपेक्षताको विरोध गरेको कुरा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ,‘यदि धर्मनिरपेक्षता समाप्त भयो भने नेपाल हिन्दूराष्ट्र घोषणा हुनेछ र त्यस आधारमा राजतन्त्र पुनःस्थापना हुन सक्ने खतरा छ । तर, जनताको संगठित आवाजबाट प्रतिगमन दोहोरिन नदिन हामी प्रतिबद्ध छौं ।’ ... बाँकी अंश»

नेकपाले ओली सिङ्गापुर जानुअगावै पार्टी एकताको काम टुङ्गो लगाउने, दुई दलको छुट्टै बैठक

२०७६ भदौ ४ बुधबार, प्रवक्ता श्रेष्ठले नेता नेपालको असहमतिका विषयमा छलफल गर्नुपरे छुट्टै प्रस्तावमा छलफल गर्न सकिने बताए । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुअगावै पार्टी एकताको काम टुङ्गो लगाउने तयारी गरिएको छ । ... बाँकी अंश»

सैनिक ब्यारेकमा कामदार मृत भेटिए

२०७६ भदौ ४ बुधबार, बुधबार महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरीले नायब उपरीक्षक रेवतीरमण पोखरेलले नेपाली सेनाको उक्त ब्यारेक भवनमा टायल मार्बलको काम गर्ने भारत मोतिहारी घर भई हाल सोही ब्यारेक भवनमा बस्दै आएका १९ वर्षीया प्रदीपकुमार हजामको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए । ... बाँकी अंश»

'नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने प्रधानमन्त्री मोदीको दृढता'

२०७६ भदौ ४ बुधबार, प्रधानमन्त्री ओलीले पारस्परिक विश्वासको वातावरण बनेको तथा नेपालको विकास प्रयासलाई केन्द्रमा राखेर आफूले देशलाई समृद्धिको मार्गमा उन्मुख गराइरहेको बताएका थिए । भारतले नेपालप्रति दर्शाएको सद्भावप्रति उनले आभार व्यक्त गरे। सो अवसरमा भारतीय बाह्यमामिलामन्त्री जयशङ्करले द्विपक्षीय सम्बन्ध अझ विस्तृत एवं गहिरो बन्दै गएको र त्यसलाई नयाँ उचाइमा पुर्‍याउने दृढता प्रधानमन्त्री मोदीले व्यक्त गरेको जानकारी दिएका थिए । ... बाँकी अंश»

भारतका विदेशमन्त्री काठमाडौंमा

२०७६ भदौ ४ बुधबार, काठमाडौं। भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका छन्।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन उनी आज बङ्गलादेशको ढाकाबाट राजधानी आइपुगेका हुन्।  ... बाँकी अंश»

नयाँ