समसामयिक

ओली सरकार र विद्रोहीलाई कांग्रेसको गम्भीर अपिल    

२०७६ असार २६ बिहिबार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भोजपुरमा आज प्रहरी जवान सञ्जीव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएको र नेत्र विक्रम चन्दले नेतृत्व गरेको समूहका कार्यकर्ता निरकुमार राई मारिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । ... बाँकी अंश»

झुठ बोल्ने ओली सरकारलाई अदालतको झड्का, विषादी परीक्षण नरोक्न आदेश    

२०७६ असार २६ बिहिबार, काठमाडौँ । सर्वोच्च अदाललते भारतबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । ... बाँकी अंश»

शिक्षकको कुटाइबाट खुट्टा भाँचिएका माधवको मृत्यु, चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी

२०७६ असार २५ बुधबार, प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई मङ्गलबार राति नै नियन्त्रणमा लिएको जनाएको छ । “शव भारतबाट आइसकेपछि परीक्षणलगायतका प्रक्रिया अघि बढ्छ”, भट्टले भने, “पीडित पक्षको जाहेरीका आधारमा कारवाही अघि बढ्छ ।” ... बाँकी अंश»

प्रहरी समायोजन : प्रदेश प्रमुखमा डिआइजी रहने

२०७६ असार २५ बुधबार, काठमाडौं । नेपाल प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहने छन् । प्रहरी समायोजन भएर जाँदा प्रदेश प्रहरी प्रमुखमा डिआइजी राख्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यबीच यस्तो सहमति जुटेको हो । प्रदेश प्रमुखको पदको नाम भने निक्र्योल भइसकेको छैन । ... बाँकी अंश»

काकडभिट्टाबाट सोलु जादै गरेको रात्री बस ओखलढुंगामा दुर्घटना

२०७६ असार २५ बुधबार, काकडभिट्टाबाट सोलु जादै गरेको मे.१ ख १८९१ नम्बरको मातृभाग्यरेखा बस बुधबार विहान ४ बजे ओखलढुंगा जिल्ला मानेभञ्ज्याङ गाउपालिका –६ स्थित डडुवामा दुर्घटना भएको हो । मृत्युहुनेहरुमा बसचालक झपाका ४५ बर्षीय कृष्ण बहादुर बस्नेत, दुधकुण्ड नगरपालिका ५ सोलुका ५२ बर्षीया माया थापा र सिन्धुली कमलामाइ नगरपालिका अन्दाजी ३० बर्षीय लालबहादुर धामी रहेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

'अचानक विप्लव समूहले गोली प्रहार गरेपछि जवाफी फायरमा ओखलढुङ्गा इञ्चार्जको मृत्यु'

२०७६ असार २५ बुधबार, काठमाडौं ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् । ... बाँकी अंश»

प्रहरी र विप्लव समूहबीच भिडन्त, एक प्रहरीसहित दुई जनाको ज्यान गयो

२०७६ असार २५ बुधबार, भोजपुर । नेपाल प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भोजपुरमा भिडन्त भएको छ । भिडन्तमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

वर्षा नै वर्षा, सचेतना दुई दिनसम्म बढी

२०७६ असार २५ बुधबार, काठमाडौं । देशभर भारी वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले दुई दिन बढी सतर्क हुनुपर्ने मौसमविद् विभूति पोखरेलले बताएकी छिन् । ... बाँकी अंश»

वर्षाले उपत्यकामा समस्या, यस्तो छ उपत्यकाको ट्राफिक

२०७६ असार २५ बुधबार, काठमाडौं । भारी वर्षाका कारण काठमाडौ उपत्यकामा पनि असर परेको छ । वर्षाकै कारण केही सडकको दुरावस्था भएकाले सवारीमा असर परिरहेको छ । ... बाँकी अंश»

पत्रकारको नाकको डाँडी भाच्ने भनेर चर्चामा आएका मेयरले आफ्नै घरमा लगाए डोजर

२०७६ असार २४ मंगलबार, इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन् । ... बाँकी अंश»

सरकारले ल्याएको सूचना प्रविधि विधेयक अहिलेसम्मकै खतरनाक : गगन थापा

२०७६ असार २४ मंगलबार, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले संसदमा दर्ता गराएको विधेयक मध्ये सूचना प्रविधि विधेयक अहिलेसम्मकै सबैभन्दा खतरनाक रहेको बताएका छन् ।  ... बाँकी अंश»

शिवपुरी निकुञ्ज विस्तार गर्न मानवबस्ती सार्ने तयारी

२०७६ असार २४ मंगलबार, काठमाडौ । यो कुनै दुर्गम जिल्लाको कथा होइन, संघीय राजधानी काठमाडौ जिल्लाकै कुरा हो । अझ देशको प्रशासनिक मूख्यालय सिंहदरबार भन्दा करीब २० किलोमिटर दुरीमा रहेको गोकर्णेश्वर नगरपालिका वडानम्बर १ स्थित ओख्रेनी गाउँको कथा र व्यथा दुवै हो । जहाँका स्थानीय समुदायहरु आफनो पुख्यौली भूमि कतिखेर छोड्नु पर्ने हो, अहिलेसम्म त्रासमा बाचीरहेका छन् । ... बाँकी अंश»

तारम्तार बोलाईएको मन्त्रिपरिषद् बैंठकले सिंहदरबारका कर्मचारीमा हल्लीखल्ली

२०७६ असार २४ मंगलबार, काठमाडौं । सोमबारदेखि तारम्तार बोलाईएको मन्त्रिपरिषद्को बैंठकले प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारका उच्च पदस्थ कर्मचारीहरुबीच नै हल्लीखल्ली सुरु भएको छ । ... बाँकी अंश»

खुमलटारसँग किन तर्सिन्छ बालुवाटार ?

२०७६ असार २४ मंगलबार, काठमाडौं। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं नेकपाका नेता विष्णु रिमालले पूर्वमाओवादीका नेताहरुलाई लक्षित गर्दै अमर्यादित ट्वीट गरेपछि नेकपाभित्रको विवाद सतहमा आएको छ। ... बाँकी अंश»

'जिल्ला इन्चार्ज पौडेलले प्रहरी देख्नेबित्तिकै फायर गरे'

२०७६ असार २४ मंगलबार, प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पुर्‍याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको स्पष्ट गरे । उनले भने “ कथित जिल्ला इन्चार्ज पौडेलले प्रहरी देख्नेबित्तिकै फायर गरेको र प्रहरीले जवाफी फायर गर्दा ‘मिस फायर’ भई उनको निधन भयो ।” ... बाँकी अंश»

प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र

२०७६ असार २४ मंगलबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिचयपत्र पाएका छन् । ... बाँकी अंश»

ओली सरकारमा देखिँदै लिच्छविकालीन द्वेध शासनको परिस्कृत स्वरुप 

२०७६ असार २४ मंगलबार, काठमाडौं । द्वेध शासनको अर्थ शब्दैले स्पष्ट हुन्छ जहाँ राज्यको शासन दुई वटा पदबाट हुन्छ त्यो नै द्वेध शासन हो । एउटा मूल कार्यकारी पदका मानिसहरुलाई कमजोर बनाएर वा ... बाँकी अंश»

दूतावासको एक पत्रले ओलीको घुँडामा परेको प्वाल 

२०७६ असार २४ मंगलबार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रवादका नाममा धेरै नै नौटंकी गरेको पछिल्ला गतिविधिले अझ बढी छर्लङ्ग पार्दै गइरहेको छ । ... बाँकी अंश»

मनसुनले मौसम बिगार्दै, जताततै सचेत रहनु पर्ने 

२०७६ असार २४ मंगलबार, उपत्यकामा घाम पनि लाग्ने र वर्षा पनि भइरहने भएको छ । त्यसैगरी हावा पनि लागिरहेकाले मौसमविद्हरु यो राम्रो संकेत नभएको बताउँछन् ।  ... बाँकी अंश»

पूर्व श्री ५ लाग्नेजति एकैठाउँमा, पूर्वराजपरिवारको हात्तीवनमा जमघट

२०७६ असार २४ मंगलबार, काठमाडौं । २३ असारको जन्मोत्सव नमनाएका पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार फर्पिङस्थित हात्तिवन रिसोर्टमा पुगेका छन् । ... बाँकी अंश»

नयाँ