समसामयिक

उपनिर्वाचनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउँछ : प्रचण्ड

२०७६ कार्तिक २२ शुक्रबार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउने बताएका छन्। ... बाँकी अंश»

डा. केसीको जीवनरक्षाको माग गर्दै डडेल्धुराबासी सडकमा

२०७६ कार्तिक २२ शुक्रबार, ज्ञापन पत्र बुझाइ सके पश्चात कोण सभाको आयोजना समेत गरिएको थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधीकारी पौडेलले डा. केसीको मागप्रति एक्यबद्धता जनाउदै माग सम्बोधन गराउनका लागि आफुले सक्दो पहल गर्ने बताए । स्वास्थ्य अवस्था प्रतिकुल हुदै गएका सत्याग्रही डा. केसीका सबै मागहरु न्यायोचित रहेकाले उहाँको जीवन रक्षा गर्नु राज्यको दायित्व भएको नागरिक समाजका अगुवाहरु बताउछन । प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको मागगर्दै दाबाबमुलक र्‍याली निकालिएको र सरकारले माग सम्बोधन गर्न वेवास्ता गरेमा कडा आन्दोलनमा उत्रिने र्‍यालीमा सहभागी स्थानीय समाजसेवी पदमा गुरुङले बताइन । दबाब र्‍यालीमा सुदूरपश्चिम प्रदेशका सासंद तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ल समेत सहभागी थिए । बिहिबार पनि नागरिक समाजको अगुवाइमा डडेल्धुरा सदरमुकाममा र्‍याली निकालिएको थियो । ... बाँकी अंश»

'सिमा बारे बोल्नुपर्दा प्रधानमन्त्री चुक्नुहुन्छ, वक्तव्य जारी गर्ने सरकारका कर्मचारीले नाम र पद पनि लेख्दैनन्'

२०७६ कार्तिक २२ शुक्रबार, उनले सिमा विवादबारे आफ्नो पार्टीले विगत लामो समयदेखि बोल्दै आएको पनि सुनाए । उनले भने,‘नेपाली राजनीतिक दल, यसका नेताहरुले बोल्दा एकमत हुनुपर्छ । हाम्रो पार्टी सभापतिले पार्टीगत रुपमा अग्रसरता लिनुभएको छ । ... बाँकी अंश»

संचार सचिव गुरुङको अवकाश, को होला सचिव बढुवा ?

२०७६ कार्तिक २२ शुक्रबार, काठमाडौं। सूचना तथा संचार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बुधबारबाट अवकाश पाएका छन्। उनको अवकाशसँगै संचार मन्त्रालयको सचिव पद रिक्त भएको छ। गुरुङको अवकाशपछि अब रिक्त सचिवमा सहसचिवहरु बालकृष्ण घिमिरे, दिनेश भट्टराई र बाबुराम पौडेलमध्ये एकको बढुवा हुनेछ। ... बाँकी अंश»

औषधिको गुणले युक्त तुलसीको पूजा गरी हरिबोधिनी एकादशी मनाइँदै    

२०७६ कार्तिक २२ शुक्रबार, तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।      ... बाँकी अंश»

प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा ६५ उम्मेदवार, कतै गठबन्धन कतै बागी

२०७६ कार्तिक २२ शुक्रबार, काठमाडौँ । निर्वाचन आयोगले तय गरेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्रका तर्फबाट कूल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ... बाँकी अंश»

मन्त्रिपरिषद् निर्णय : कूटनीतिक नियोगमा कार्यरत कूटनीतिक कर्मचारीका सदस्यलाई रोजगारका लागि अनुमति

२०७६ कार्तिक २१ बिहिबार, नेपाल र जर्मनीबीच कूटनीतिक नियोगमा कार्यरत कूटनीतिक कर्मचारीको परिवारका आश्रित सदस्यलाई रोजगारका लागि अनुमति दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए । साथै मन्त्रिपरिषद् बैठकले नेपाल र रूसी महासङ्घबीच सम्पन्न सरकारी तथा कूटनीतिक राहदानी वाहकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतापत्रलाई नोट आदानप्रदानमार्फत संशोधन गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ । ... बाँकी अंश»

कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री

२०७६ कार्तिक २१ बिहिबार, मन्त्री ज्ञवालीले वर्षौदेखि कुराकानी भइरहेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने सहमति भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी आधाआधा हुन्छ, सहमतिमा नै जोड दिएका छौँ ।” भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि भारत सहमति नजिक रहेको पनि उहाँले जानकारी गराउनुभयो । ... बाँकी अंश»

भारतीय राजदुतसँग सभापति देउवाको टेलिफोन संवाद

२०७६ कार्तिक २१ बिहिबार, देउवाले बिहिबार भारतीय राजदुत पुरीसंग यसबारेमा टेलिफोन संवाद गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । टेलिफोन संवादमा देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउंदै उनले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेको तथ्य स्मरण गराएका छन् । ... बाँकी अंश»

नेपाली सीमा क्षेत्रको नक्सा हेरफेर गरिएको छैन:भारत

२०७६ कार्तिक २१ बिहिबार, काठमाडौं। नेपालले दाबी गरे अनुसार भारतको नयाँ नक्सामा नेपाली सीमाक्षेत्रको नक्सामा कुनै हेरफेर नगरिएको भारतीय दावी सार्वजनिक भएको छ। कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेको भन्दै नेपालमा बिरोध भैरहेको छ। ... बाँकी अंश»

'रबिन्द्रका अधुरा सपना पूरा गर्न उम्मेदवारी'

२०७६ कार्तिक २१ बिहिबार, राजनीतिबाट विचलन नभइकन जनता र मुलुकको समृद्धिका लागि भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले स्व अधिकारीका अधुरा सपना पूरा गर्न आफ्नो उम्मेदवारी भएको स्पष्ट पारिन् । ... बाँकी अंश»

कांग्रेस नेता भँडेलको बाजागाजासहित उम्मेदवारी दर्ता

२०७६ कार्तिक २१ बिहिबार, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापालगायतको समूह कमल विनायकबाट बाजागाजासहित कार्यालय आइपुगेको थियो । सो दलका तर्फबाट पूर्व क्षेत्रीय सभापति कृष्णलाल भँडेलले उम्मेदवारी दर्ता गराए । ... बाँकी अंश»

नेपाली भूभागमाथि भारतीय अतिक्रमणको शान्ति समाजद्वारा निन्दा

२०७६ कार्तिक २१ बिहिबार, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले नेपाली भूभागमाथि भारतीय अतिक्रमणको निन्दा गरेको छ । कालापानी, लिपुलेक लगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी भारतले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति प्रकट गर्दै निन्दा गरेको हो । ... बाँकी अंश»

कार्यसम्पादन सम्झौता, चर्चा बढी प्रगति सून्य

२०७६ कार्तिक २१ बिहिबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन १५ गते एउटा अनौठो र नयाँ काम गरे, त्यसको प्रचार प्रसार पनि निकै ठूलो भयो। प्रधानमन्त्रीले आफ्नै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरे। सरकारमा रहेको सबै मन्त्रीसँग एक वर्षकोलागि छुट्टाछुट्टै कामको सम्झौता गरे। उनले यती मात्र गरेनन, मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरे पछि आ–आफ्ना मन्त्रालयका सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्न मन्त्रीहरूलाई निर्देशन दिए।  ... बाँकी अंश»

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, यस्तो छ स्थानीय तहको तालिका    

२०७६ कार्तिक २१ बिहिबार, काठमाडौँ । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदको उपनिर्वाचनको तयारीका लागि विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ... बाँकी अंश»

यी हुन् प्रतिनिधिसभा र प्रदेशसभाका कांग्रेस उम्मेदवार 

२०७६ कार्तिक २० बुधबार, काठमाडौं । नेपाली कांग्रेसले निकै अबेर गरी प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि एक प्रतिनिधिसभा र तीन प्रदेशसभा गरी ५२ स्थानको चुनाव हुँदैछ । ... बाँकी अंश»

कांग्रेसले टुंगायो उम्मेदवार, कास्कि-२ मा खेमराजले पाए टिकट

२०७६ कार्तिक २० बुधबार, काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा तर्फ उपनिर्वाचन हुने एउटै मात्र निर्वाचन क्षेत्र कास्कि-२ का लागि स्थानीय नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लामो सकसकाबीच एक साता लामो बैठकपछि उपनिर्वाचनका लागि कास्की, बाग्लुङ, दाङ र भक्तपुरमा उठाइने उम्मेदवारबारे कांग्रेसले निर्णय लिएको हो।  ... बाँकी अंश»

उपनिर्वाचनलाई निष्पक्ष, तटस्थ र भयरहित तुल्याउन आयोग प्रतिबद्ध : प्रमुख निर्वाचन आयुक्त

२०७६ कार्तिक २० बुधबार, उनले भने, “सङ्ख्यात्मक हिसाबले त्यति ठूलो होइन, मतदाताको सहभागिताको दृष्टिकोणले पनि त्यति ठूलो सहभागिता होइन तर यसको महत्व र राजनीतिक अर्थ भने निकै महत्वपूर्ण छ भन्ने आयोगको बुझाइ छ, उपनिर्वाचनलाई निष्पक्ष, तटस्थ र भयरहित तुल्याउन आयोग प्रतिबद्ध छ ।” ... बाँकी अंश»

कालापानी क्षेत्र नेपालको भूभाग हो : सरकार

२०७६ कार्तिक २० बुधबार, काठमाडौं । नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको हो । ... बाँकी अंश»

भारतलाई विद्यार्थीको प्रश्न, तिमी हाम्रो छिमेकि मात्र हौकी मित्र राष्ट्र पनि हौ?

२०७६ कार्तिक २० बुधबार, सभाका क्रममा नेबिसंघका निबर्तमान उपाध्यक्ष सागर परियारले अस्पतालको सैयामा ढलिराखेको सरकारको खोक्रो राष्ट्रवाद नेपाली जनताले देखिसकेको उल्लेख गर्दै यो प्रकरणमा सरकारको धारणा निकालेर लाज छोप्प्नेकि अझै लाज पचाउने भनि सोधेका थिए? उनले भारतलाई छिमेकि मात्र हौकी मित्र राष्ट्र पनि हौ भनेर समेत सोधे? ... बाँकी अंश»

नयाँ