समसामयिक

समाजलाई सही गतिमा लैजान सजाय कति हुनुपर्ने हो ? : परराष्ट्रमन्त्री

२०७६ पौष २८ सोमबार, “समाजमा सामाजिक सञ्जालका कारण विभिन्न किसिमका विकृति देखिएको छ”, उनले भने, “समाजलाई सही गतिमा लैजानका लागि कानून जरुरी छ, बरु सजाय कति हुनुपर्ने हो ?, संशोधन गर्नुपर्ने व्यवस्थाका विषयमा संसद्मा बृहत् छलफल हुने नै छ ।” शान्ति प्रक्रिया टुङ्ग्याउने प्रक्रियामा सरकार लागिरहेको जानकारी दिँदै उनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन पाँच सिद्धान्तबाट हेरिएको बताए । ... बाँकी अंश»

सामान्य प्रशासन मन्त्रालयमा सबैभन्दा धेरै भ्रष्टाचार

२०७६ पौष २८ सोमबार, आयोगको प्रतिवेदनअनुसार भ्रष्टाचार हुने सूचीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्ष स्थानमा रहेको छ । सो मन्त्रालयसँग सम्बन्धित २६ दशमलव ८७ प्रतिशत उजुरी परेका छन् । ... बाँकी अंश»

जनतालाई दु:ख दिने कुनैपनि विधेयक पास हुन दिन्नौ: महत

२०७६ पौष २८ सोमबार, नागरिकको फोन ट्यापिङ गरेर दु:ख दिने मनसायले विधेकहरु आएको र ती विधेयकलाई अहिले पास हुन दिए देशमा अधिनायकवाद स्थापित हुने सहमहामन्त्री महतले दावी गरे। नागरिकलाई दु:ख दिन,सामाजिक संजाल प्रयोगकर्तालाई जरिवाना र जेल सजाय गर्नलाई नेकपालाई जनताले मत नदिएको सहमहामन्त्री महतले तर्क गरे। उनले सरकार चरम भ्रष्टाचारमा डुबेको आरोप पनि लगाए। ... बाँकी अंश»

'संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता तुम्बाहाम्फेलाई छैन'

२०७६ पौष २८ सोमबार, अहिलेको संसदको गत्यावरोध खुलाउनको लागि दुई वटा विकल्प रहेको सुनाउँदै गुरुङले भने,‘कि त सर्वोच्च अदालतको फैसला तुरुन्त आउनुपर्यो, या त उपसभामुखले मार्गप्रशस्त गर्नुपर्छ । पार्टीको आग्रह पनि उहाँलाई मार्गप्रशस्त गर्न रहेको छ ।’ संवैधानिक रुपमै सभामुखमा उम्मेद्वारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेद्वार तय नगरेको उनको तर्क छ । उनले भने,‘संवैधानिक संकटको समाधान हुनेबित्तिकै सभामुखमा ए, बि, सि वा डि जो भएपनि उम्मेद्वार तय हुन्छ । पहिला संकट फुकाउनुपर्छ ।’ ढिलो वा चाँडो उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनेमा आफू विश्वस्त रहेको पनि गुरुङको भनाई छ । ... बाँकी अंश»

रामचन्द्र पौडेल अस्वस्थ, गए नयाँ दिल्ली

२०७६ पौष २८ सोमबार, काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली गएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। नयाँदिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्ने स्वकीय सचिव अधिकारीले बताए। ... बाँकी अंश»

प्राधिकरणको म्याद थप्ने-नथप्ने सिफारिस गर्न कार्यदल गठन

२०७६ पौष २८ सोमबार, प्राधिकरणका अनुसार निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सरकारी भवन, सुरक्षा निकायको भवनको पुनर्निर्माण सम्पन्न र जारी गरी समग्रमा ८३ प्रतिशत उपलब्धी हासिल भएको छ । निजी आवासमा पुनर्निर्माण सम्पन्न र जारी गरी ८६ प्रतिशत उपलब्धी हासिल भएको छ । ... बाँकी अंश»

नियन्त्रणमा लिएर गोली हान्ने प्रहरीमाथि कारबाहीको माग

२०७६ पौष २८ सोमबार, मनमायाले आफ्ना पतिलाई कानुन अनुसार कारबाही हुनुपर्ने पक्षमा आफूपनि रहेको तर गोली हान्नेविरुद्ध कानुनी उपचारमा जाने बताइन् । उनले भनिन्, यस्तै हो भने प्रहरीले जोकोहीलाई मार्दै हिंड्नेछ । विष्णु लामालाई गोली हान्न आदेश दिनेमाथि समेत कारबाही हुनुपर्ने उनको माग थियो । श्रीमान बाँचेको भन्दै खुट्टामा गोली लागेपछि बालबच्चाको जिम्मेवारी कस्ले लिने भन्ने प्रश्न गरिन् । दुई बच्चासहित पत्रकार सम्मेलनमा उपस्थित मनमायाले घटनाको छानविन हुनुपर्ने माग गरिन् । ... बाँकी अंश»

नेकपा-राजपा तालमेल कमजोर बनाउन निधि र यादव तराईका कार्यक्रममा

२०७६ पौष २८ सोमबार, कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधिले वर्तमान कम्युनिष्ट सरकार प्रदेशलाई अधिकारविहीन बनाएर संघीयतालाई धरापमा पार्नेतर्फ उद्यत रहेकोले पनि संघीयता पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन अपिल गरेका छन । ... बाँकी अंश»

आचारसंहिता विपरित लगेका परिचयपत्र रातारात वितरण

२०७६ पौष २८ सोमबार, नेपालगञ्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा समावेशी समूहबाट उम्मेदवार भएकाहरुले आचारसंहिता विपरीत एकमुष्ट लिएर गएका मतदाता परिचय–पत्र रातारात वितरण गरेका छन् । ... बाँकी अंश»

मन्त्रालयले टेर्दैनन् समितिको निर्देशन

२०७६ पौष २८ सोमबार, सांसद विमला राई पौडेलले निर्देशन कार्यान्वयन सम्बन्धमा अनुगमन गर्दै बजार अनुगमनलाई पूर्णता दिनुपर्नेमा जोड दिइन्। सांसद कालीबहादुर मल्ल र खिमकुमार विकले बजार अनुगमनसँगै छड्के अनुगनलाई प्रभावकारी बनाउनुपर्ने बताइन्। ... बाँकी अंश»

कमल थापाका हातमा ग्रेटर नेपालको नक्सा

२०७६ पौष २८ सोमबार, अभियन्ता नेपालले पृथ्वीनारायण शाहलाई उच्च सम्मान गर्ने राप्रपाले ग्रेटर नेपालको अवधारणा पृथ्वीनारायण शाहको पुन एकीकरणकै भावनात्मक निरन्तरता भएकाले यसलाई साथ दिन आग्रह गर्दा थापाले पुन एकीकरणको भावना प्रशंसनीय रहेको बताएका थिए । ... बाँकी अंश»

किन चट्टान बन्दैछिन् उपसभामुख तुम्बाहाम्फे ? 

२०७६ पौष २८ सोमबार, काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाम्फे यतिबेला बडेमाको चट्टानको रुपमा प्रस्तुत भएकी छिन् । ... बाँकी अंश»

खोइ त भूमिहीन भूकम्पपीडितको समस्या समाधान गरेको ? 

२०७६ पौष २८ सोमबार, काठमाडौं । भूमिहीन, गुठी, वन, सार्वजनिक जग्गामा बस्ने भूकम्पपीडितको समस्या समाधान गर्न नीतिगत व्यवस्था गर्न उपत्यकाका नगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । ... बाँकी अंश»

मुख्यमन्त्री पौडेलले रोष्ट्रमबाट दिएको धम्की लोकतन्त्रको विरुद्ध छ – विवेकशील नेपाली दल

२०७६ पौष २७ आइतबार, काठमाडौं । विवेकशील नेपाली दलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रमबाट दिएको धम्की लोकतन्त्रको विरुद्धमा रहेको ठहर गरेको छ । ... बाँकी अंश»

जिल्ला न्यायाधीशहरुको नियुक्ति त्रुटीपूर्ण भएको भन्दै निर्णय बदर गर्न रिट

२०७६ पौष २७ आइतबार, काठमाडौं । न्याय परिषद्ले गत मङ्सिर १७ गते गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ति त्रुटीपूर्ण भएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । ... बाँकी अंश»

नविना लामाको रोष, 'नेकपाको नेतृत्वमा भालेवादी चिन्तन...'

२०७६ पौष २७ आइतबार, काठमाडौं। अखिलकी पूर्व अध्यक्ष तथा संघीय सांसद नविना लामाले उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई नै सभामुख बनाउनु पर्ने भन्दै नेकपाको नेतृत्वमा भालेवादी चिन्तन हावी भएको बताएकी छिन्।  ... बाँकी अंश»

फरार अभियुक्त विष्णु लामालाई गोली हानेर पक्राउ

२०७६ पौष २७ आइतबार, काठमाडौं। प्रहरीले गोली हानेर फरार अभियुक्त विष्णु लामा पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नियन्त्रणमा लिन गएको प्रहरीलाई आक्रमण गर्न खोजेपछि घुँडामुनि गोली हानेर लामालाई पक्राउ गरिएको जानकारी दिए। ... बाँकी अंश»

महरा मुद्दामा बकपत्रका लागि विज्ञ झिकाउने आदेश

२०७६ पौष २७ आइतबार, काठमाडौं। काठमाडौँ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योगको मुद्दामा घटना विवरणमा कागज गर्ने व्यक्ति र केन्द्रीय प्रहरी विधिविधान प्रयोगशाला विज्ञलाई बकपत्रका लागि झिकाउने आदेश जारी गरेको छ। न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज महराको अन्तिम सुनुवाइ शुरु गरी बकपत्रका लागि सो व्यक्ति र विज्ञलाई बोलाउने आदेश भएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। ... बाँकी अंश»

कालो पट्टी बाँधेर सूचना प्रविधि विद्येयक सच्याउन माग

२०७६ पौष २७ आइतबार, खोटाङ। नेपाल विद्यार्थी संघ खोटाङले सूचना प्रविधि विद्येयक सच्याउन माग गरेको छ। नागरिकको स्वतन्त्रताको अधिकारमाथि नियन्त्रण गर्नेगरी सूचना प्रविधि विद्येयक ल्याएको भन्दै नेपाल विद्यार्थी संघले मुखमा कालोपट्टी बाँधेर आईतबार प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै विद्येयक सच्याउन माग गरेको हो। ... बाँकी अंश»

राष्ट्र र राष्ट्रियताबारे बुझ्न पृथ्वीनारायणको चरित्र बुझ्नुपर्ने

२०७६ पौष २७ आइतबार, चिप्लेढुङ्गा। राष्ट्र र राष्ट्रियता भनेको के हो भनेर बुझ्न पृथ्वीनारायण शाहको चरित्र बुझ्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन्। दुई सय ९८‌औं पृथ्वीजयन्ती तथा एकता दिवस २०७६ का अवसरमा विश्व हिन्दू महासङ्घले आज आयोजना गरेको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक एवं ब्राम्हण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीले अबका नयाँ पुस्ताले राष्ट्र र राष्ट्रियतालाई माया गर्ने हो भने शाहको सिङ्गो जीवनचरित्र अध्ययन गर्नुपर्नेमा जोड दिए। ... बाँकी अंश»

नयाँ