समसामयिक

नेविसंघ महाधिवेशनः पौडेल पक्षको नाराबाजी, देउवा पक्ष छलफलमा, कुन्दन तयार

२०७३ श्रावण ३१ सोमबार, काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मनोनयन दर्ता प्रक्रिया जारी छ । नेपाली काँग्रेसको पार्टी कार्यालयमा सोमबार बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु भएको हो ।    अहिलेसम्म स्वतन्त्र उम्मेदवारलेमात्र मनोनयन दर्ता गरिरहेका छन् ।    रामचन्द्र पौडेल पक्षका विद्यार्थीहरुले विधिवत् महाधिवेशन प्रतिनिधि नभएको भन्दै मनोनयन प्रक्रियालाई अवरुद्ध गर्ने प्रयास गरिरहेको छ । राजनीतिक सहमतिको रुपमा भएको प्रति ... बाँकी अंश»

नेविसंघ चुनावी मैदानमा डिग्री टपर सचिता

२०७३ श्रावण ३१ सोमबार, काठमाडौं। नेपाल विद्यार्थी संघको जारी ११ औं महाँधिवेशनमा उम्मेदवारी घोषणा गरेकाहरुलाई यतिबेला चुनावी चटारोले भ्याइनभ्याइ छ। विभिन्न गुट र उपगुटले भिजेको नेविसंघमा स्वच्छ उमेदवारी गर्नेदेखि दाइदिदीको घर धाउनेसम्मका उम्मेदवार देखिएका छन्। तन्किदो यस महाधिवेशनमा भर्खरै क्याम्पस राजनीति सुरु गरेकादेखि डिग्री हासिल गरेका अनुहारसम्म मैदानमा छन् । यसै मध्येकी एक हुन् नुवाकोटकी सचिता कुइँकेल।   वि.सं.२०५७ सालताका स्कुल धाउँदै गर्दा राजन ... बाँकी अंश»

नेविसंघ चुनावमा होमियोः मनोनयन दर्ता जारी

२०७३ श्रावण ३१ सोमबार, काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालयमा सोमबार बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु भएको हो । कोही पनि नछुटुन् भन्ने उद्धेश्य राखेर मनोनयन दर्ता गर्ने समय सोमबार दिउँसो १ बजेसम्मका लागि गरिएको निर्वाचन समितिका सदस्य अरुणकुमार पञ्जियारले जनाएका छन् ।    यसअघि ८ बजेदेखि ११ बजेसम्मको समय तोकिएको थियो । पञ्जियारले भने ‘असन्तुष्टले गर्दा ... बाँकी अंश»

देउवाले दाहाललाई फोन गरेपछि धनीरामले सपथ खाएकै दिन मन्त्रालय पाएनन्

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पाँच मन्त्री र चार राज्य मन्त्रीलाई सपथ दिलाए । सपथ लिएका पाँच मन्त्री मध्ये एक मन्त्री विना विभागीय रहे । मन्त्रिपरिषद् गठन देखि चर्चामा रहेका धनीराम पौडेल अन्ततः विना विभागीय मन्त्रीको सपथ लिन बाध्य भए । यसअघि उनी शिक्षा मन्त्री हुने चर्चा थियो । पार्टीको केन्द्रीय कार्यालय बैठकले समेत पौडेलकै नाम स्वीकृत गरेको उनी निकट नेताहरुले बताएका छन् ।   यद्यपि, अन्तत ... बाँकी अंश»

टिका लगाउनुपर्ने अवस्था दोहोर्‍याउनु नपरोस्, सभापतिजी चुप लागेर बस्नुहुन्न : प्रकाशशरण

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । नेविसंघ महाधिवेशन विवाद समाधान निर्देशन समितिका संयोजक तथा नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले  महाधिवेशन कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन् ।    आइतबार रिपोर्टर्स क्लबमा महतले भने,‘महाधिवेशन कुनै हालतमा रोकिँदैन, सोमबार मनोनयन हुन्छ, संगलबार चुनाव हुन्छ ।’ उनले अहिले आरोप–प्रत्यारोपमा उत्रिने समय नभएको भन्दै महाधिवेशन सफल पार्ने अभियानमा लाग्न आग्रह समेत गरे । महतले फर्जी प्रतिनिधि छनोट गरिएको भनेर हल्ला चलाइएप ... बाँकी अंश»

नेपाल–चीनबीच केरूङ सुधारदेखि 'सी जिनपिङ'को मास्टर प्लानसम्मका सहमति

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । केरूङ सबैको आसलाग्दो र नेपाल नाकाबन्दीले प्रताडित बनेको बेलामा नेपालको पीडा विर्साउन प्रयास गर्ने एउटा बाटो हो । अहिले पनि पत्रपत्रिका र विभिन्न  सञ्चारमाध्यमहरू केरूङबाट एउटा गाडी नै किन नआओस् ब्रेकिङ हालिहाल्ने परिस्थिति बनेको छ । यद्यपि, यसलाई सधैंका लागि सञ्चालन गर्ने विषयमा भन्सार विभागले आवश्यक पहल गर्दै आएको छ ।    एक साता अघिमात्रै यसै विषयमा छलफल गर्नको लागि चिनियाँ भन्सार अधिकारी र नेपाली भन्सार अधिकारीबीच वार्ता भय ... बाँकी अंश»

प्रहरीको कुटाइ खाएका नेविसंघका राकेशलाई सिटी स्क्यान गर्न लगियो

२०७३ श्रावण ३० आइतबार, काठमाडौं। नौ वर्षपछि भएको महाधिवेशनको चुनावमा प्रतिनिधीहरु उत्सुकतापूर्वक सहभागि हुन पार्टी कार्यालयमा आएका बेला अचानक पार्टी कार्यालयमा भएको ढुङगामुढा पछि प्रहरीसँग भएको मुठभेडमा घाइते भएका विद्यार्थी नेता राकेश श्रेष्ठलाई थप उपचारका लागि सिटी स्क्यान गर्न लगिएको छ। घाइते अवस्थामा ललितपुरको स्थानिय स्टार अस्पतालमा उपचार गरिरहेका श्रेष्ठले वान्ता गरेपछि थप उपचारका लागि उनलाई सिटी स्क्यान गर्न लगिएको हो। सो स्पतालमा सिटी स्क्यानको सुविध ... बाँकी अंश»

फेरि विवाद : नामावली सच्याउन भन्दै मनोनयन दर्ताको मिति सारियो

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । नेविसंघको महाधिवेशनमा नयाँ नेतृत्वको लागि गर्न लागिएको निर्वाचनको लागि उम्मेदवारी मनोनयनको काम फेरि सारिएको छ ।    मतदाताको विषयमा कुरा नमिलेपछि समय सारिएको भएपनि निर्वाचन समितिले भने आधिकारिक रूपमा मतदाता नामावलीमा समावेश भएकाहरूको नामावलीमा केही सच्याउनु पर्ने भएकोले स्थगित गरिएको बताएको छ ।    समितिका सदस्य अरूण कुमार पञ्जियारले मनोनयन दर्ताको काम सोमबारसम्मको लागि स्थगित भएको जानकारी दिए । उनले मतदाताको नाम र थर भि ... बाँकी अंश»

नेविसंघका ७ अध्यक्षका प्रत्यासी उत्रिए सभापति देउवा विरुद्ध

२०७३ श्रावण ३० आइतबार, काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने नेविसंघको अध्यक्षका प्रत्यासीहरुले नेविसंघको महाधिवेशन प्रतिनिधीमा असन्तुष्टी जनाउँदै पार्टी नेतृत्वका विरुद्ध उत्रिएका छन्। उनीहरुले महाधिवेशन प्रतिनिधीको नामावली व्यापक धाँधली गरेको र फर्जी मतदाता थपिएको आरोप समेत लगाएका छन्।    मतदाता नामावली उपर दावी विरोधको समय समेत नराखेर धाँधलीलाई वैधता दिन खोजिएको उनीहरुले गम्भिर आरोप लगाएका छन्। अध्यक्षका उमेद्वार पद्मर ... बाँकी अंश»

कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप, केही घाइते

२०७३ श्रावण ३० आइतबार, काठमाडौं। कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् । नौ वर्षपछि भएको महाधिवेशनको चुनावमा प्रतिनिधीहरु उत्सुकतापूर्वक सहभागि हुन पार्टी कार्यालयमा आएका बेला अचानक पार्टी कार्यालयमा ढुङगा प्रहार भएको विद्यार्थीहरुले बताएका छन्। प्रतिनिधी कार्ड र झोला वितरणको प्रक्रिया चलिरहेको अवस्थामा महाधिवेशन वहिष्कार गर्ने घोषणा गरेको बरिष्ठ नेता रामचन्द्र पौडेल निक ... बाँकी अंश»

लोकमानको सम्पति विवरण माग्नेहरुलाई भ्यानमा कोचेर लछार-पछार

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको सम्पति विवरण माग गरी निवेदन दर्ता गर्न खोज्नमाथि धरपकड भएकाे छ ।    निवेदन दर्ताका लागि अख्तियार कार्यालय पुगेका ९ जनालाई निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले भ्यानमा कोचेर कार्यालय परिसर भन्दा टाढा लगेर लछार्दै जबरजस्ती ओराल्यो ।    दिउँसो निवेदन दर्ता गर्न गएका मध्येकी एक खिमा भट्टराईले भनिन्, ‘हामीलाई एक एक गरी निवेदन दिन जान पनि दिइएन । सामूहिक रु ... बाँकी अंश»

प्रतिनिधि विवाद मिलाएपछि महाधिवेशन हुनेमा महत ढुक्क

२०७३ श्रावण ३० आइतबार, काठमाडौं। प्रत्येक २–२ वर्षमा हुनुपर्ने भएपनि यो पटक नेपाल विद्यार्थी संघको अधिवेशन झण्डै १० वर्षपछि हुँदैछ। यसले गर्दा नेविसंघ विद्यार्थीमाझ जति गतिशिल, जति सक्रिय र जति लोकप्रिय हुनुपर्ने हो त्यो हुन सकेको छैन। माउ पार्टीको नेतृत्वमा पनि कहीं न कहीं नेविसंघभित्र आफ्नो प्रभाव कायम राखि राख्ने चाहनाले पनि समयमै अधिवेशन सम्पन्न नगर्ने माहौललाई मलजल गरेको छ। नेविसंघ मार्फत् नेपाली काँग्रेसभित्र आफू बलियो हुन खोज्ने नेताहरुको पार्टीमा कमी छैन ... बाँकी अंश»

पार्टीमा युवा, विद्यार्थी पाका, महतलाई भयो फलामका च्युरा

२०७३ श्रावण ३० आइतबार, काठमाडौं। गएको फागुन महिनामा माउ पार्टी नेपाली काँग्रेसको महाधिवेशन ताका एउटा समाचारले निकै ठूलो चर्चा पायो, नेपाली काँग्रेसको महाधिवेशनमा युवाको प्रतिनिधित्व नाटकीय रुपमा बढ्यो।    त्यस समयमा दिइएको तथ्यांकमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुमा ३० वर्ष मुनिका प्रतिनिधिको संख्या कम्तीमा पनि एक तिहाई छ, र यो संख्या यसअघिका महाधिवेशनेहरुको तुलनामा दोब्बर भन्दा बढी हो।    त्यो प्रतिनिधित्व हुनुमा पार्टीले गरेको गल्तीलाई तर् ... बाँकी अंश»

प्रचण्डले आफ्नो पार्टीबाट पाँच मन्त्री थप्दै, प्रभु साहको ठाउँमा अजयशंकर

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालले प्रधानमन्त्री निर्वाचित भएको १० दिन पछि मन्त्रिपरिषद्मा पाँच सदस्य थप्दै छन् । दाहालले आफ्नो दलको भागमा परेका ८ जना मन्त्री मध्ये पाँच जना थप गर्न लागेका हुन् । यसअघि ३ जना मन्त्रीले दहालसंगै सपथ ग्रहरण गरेका थिए ।   दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण गर्नेहरुमा राम कार्की सूचना तथा संचार, जनार्दन शर्मा ऊर्जा, हितराज पाण्डे स्थानीय विकास, धनीराम पौडेल  विना विभागीय र अजयशंकर नायक कान ... बाँकी अंश»

फर्जी मतदाता भित्र्याईएको भन्दै पौडेल पक्षका नेविसंघ नेताद्वारा नाराबाजी

२०७३ श्रावण ३० आइतबार, काठमाडौं। नेविसंघको जारी महाधिवेशनमा शनिबार प्रकाशित गरिएको मतदाता नामावलीमा फर्जी विद्यार्थी राखिएको भन्दै नेपाल विद्यार्थी संघको एउटा पक्षले आन्दोलन सुरू गरेको छ।  रामचन्द्र पौडेल पक्षीय विद्यार्थीहरूले मध्यान्हतिर काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट नाराबाजी गर्दै काठमाडौंको भृकुटीमण्डपमा जाने तयारी गरिरहेको नेविसंघ नेताहरूले जानकारी दिएका छन्।    उनीहरूले भृकुटीमण्डपमा पुगेर पत्रकार सम्मेलन गर्ने तयारी पनि गरिरहेको बताएक ... बाँकी अंश»

नेविसंघ महाधिवेशनः परिचयपत्र नबाँडी रोकियो

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा फेरि अर्को लफडा भएको छ । बल्लबल्ल महाधिवेशन निर्देशन समितिले तयार गरेको महाधिवेशन प्रतिनिधिलाई नौ वर्षदेखि तदर्थ समितिमा चलेका अध्यक्ष रञ्जित कर्ण पक्षले फेरि अडेको थापेको छ ।    फर्जी प्रतिनिधि बनाएको विरोधमा उत्रिएको कुन्दन काफ्ले समूहलाई माथ खुवाउँदै रामचन्द्र पौडेल पक्षका अध्यक्ष रञ्जित कर्णको समूहले निर्देशन समितिले तयार गरेका प्रतिनिधि छानबिन गर्न माग गरेको छ ।    पौडेल समू ... बाँकी अंश»

मन्त्री परिषद विस्तार हुँदै

२०७३ श्रावण ३० आइतबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।  साउन १९ गते बुधबार प्रधानमन्त्रीमा निर्वाचित भएका दाहालले १० दिन बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना सुरु भएपछि प्रधानमन्त्री विस्तारको तयारी गरेका हुन् ।      राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार भएको भेटवार्तामा पनि सरकार विस्तारको विषयमा नै कुराकानी भएको र मुलुकका विद्यमान समस्या समाधान गर्नका लागि ... बाँकी अंश»

उद्घाटनको एक सातापछि नेविसंघको निर्वाचन तालिका सार्वजनिक, ३२ गते चुनाव

२०७३ श्रावण २९ शनिबार, काठमाडौं। साउन २३ गतेदेखि काठमाडौंमा सुरू भएको नेपाल विद्यार्थी संघको ११ महाधिवेशनको सातौ दिन आएर निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। नेपाल विद्यार्थी संघ केन्द्रीय निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन्। खरेलले साउन २९ गते साँझ महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गर्नेदेखि ३२ गते विहान ७ वजेदेखि मतदान गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेका हुन्। हिजो नै मतदाताको अन्तिम नामावली सार्वजनिक ग ... बाँकी अंश»

संगठनलाई भागबण्डा र षडयन्त्रको जन्जालमा पारियो : काफ्ले समूह

२०७३ श्रावण २९ शनिबार, काठमाडौं । नेविसंघ नेता कुन्दन काफ्ले समूहले नेविसंघ महाधिवेशन उद्घाटन भएको सातौं दिनसम्म पनि मतदाता नामावली सार्वजनिक नहुनु लज्जाको विषय रहेको बताएको छ । सो समूहले शनिबार विज्ञप्ति जारी गर्दै ६ महिनामा अधिवेशन गर्ने जिम्मेवारी लिएर साढे चार वर्षसम्म अधिवेशनको तयारी समेत नगरी नेतृत्वमा टाँसिदै संगठनलाई भागबण्डा र षडयन्त्रको जन्जालमा पार्ने कलुसित मानसिकता बोकेर नेतृत्व अघि बढेको आरोप समेत लगाएको छ ।    काफ्ले समूहले  २ वर्ष अघिनै नेवि ... बाँकी अंश»

कर्णले थपे ३ सय प्रतिनिधि, कूल प्रतिनिधि बन्यो ३७ सय ५८ जना

२०७३ श्रावण २९ शनिबार, काठमाडौं। नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको लागि एकाएक ३ सय प्रतिनिधि थपिएको छ। ३४ सय जनाको प्रतिनिधिमा यस अघि सहमति जनाईएको भएपनि नेविसंघ अध्यक्ष रञ्जित कर्णले नामावली निर्देशन समितिलाई बुझाउने बेलामा तीन सय भन्दा बढी प्रतिनिधि थप गरी ३७ सय ५८ जनाको नामावली बुझाएपछि नेविसंघको शनिबार प्रकाशित गर्ने भनिएको नामावली समेत तोकिएको समयमा प्रकाशन नहुने संकेत देखिएको छ।   अहिले सहमति भएको भन्दा बढी प्रतिनिधिक ... बाँकी अंश»

नयाँ