समसामयिक

एक्काइस मानव कङ्काल भेटियो

२०७२ असोज २५ सोमबार, रसुवा । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि आएको हिमपहिरोले लाङ्टाङ क्षेत्रमा पुरिएर हराएकामध्ये २१ जनाको कङ्काल भेटिएको छ ।  जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार भेटिएका कङ्कालहरु लाङ्लाङबासीको भएको बताइएको छ । ती कङ्कालमध्ये पहिचान भएका १५ वटा कङ्काल स्थानीयबासीलाई बुझाइएको र पहिचान हुन नसकेको छवटा कङ्काल डिएनए परीक्षणका लागि काठमाडौँ पठाएने भएको छ ।  लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नारायण दलका गणपति बिक्रम ग ... बाँकी अंश»

प्रधानमन्त्री ओलीसहित अन्य मन्त्रीद्वारा सपथ

२०७२ असोज २५ सोमबार, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा ओलीले ‘ईश्वरका नाममा’ नभई ‘जनताका नाममा’ सपथ लिएका हुन् । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्री तथा माओवादी नेता हरिबोल गजुरेल, र एमालेबाट अग्नी खरेल, सोमलाल स ... बाँकी अंश»

विष्णु पौडेल अर्थ मन्त्री, अरु टुंगो लागेन

२०७२ असोज २५ सोमबार, काठमाडौं । नेकपा एमालेले पार्टीका उपमहासचिव विष्णु पौडेललाई अर्थमन्त्रीका रुपमा आज मन्त्री पदको सपथ ग्रहण गराउने भएको छ । यसअघि रक्षा मन्त्रालयको समेत पद सम्हालिसकेका पौडेलको अर्थ मन्त्रालय नयाँ कार्यभार हो । प्रधानमन्त्री ओलीबाहेक अन्य शीर्ष नेता माधवकुमार नेपाल र झलनाथ खनालले आफ्ना तहका नेतालाई मन्त्री बनाउन व्यापक लबिङ गरिरहेक पनि अन्य मन्त्रीको नाम भने फाइनल भईसकेको छैन । स्रोतका अनुसार बरिष्ठ नेता नेपालले सोमप्रसाद पाण्डेलाई, झलना ... बाँकी अंश»

माओवादीबाट मन्त्री बन्दै गजुरेल

२०७२ असोज २५ सोमबार, काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टी सदस्य हरिबोल गजुरेल हाललाई सरकारमा पठाउने निर्णय गरेको छ । केही समय अघि सकिएको पदाधिकारी बैठकले तुरुन्तै मन्त्रीमण्डल गठन गर्नुपर्नै भएकाले अहिलेलाई गजुरेललाई मात्र पठाउने निर्णय गरेको हो । स्रोतका अनुसार गजुरेलले पार्टीको नेतृत्व् गर्ने भने छैनन् । बाँकी मन्त्रीहरुका सम्बन्धमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भेटेर छलफल पछि टुंगो लगाउनेछन् । बैठकमा सहभागी एक स ... बाँकी अंश»

बैरीहरुले एक साथ भने ‘भारत भक्त सुशील हारे, विरोधी ओली जिते’ (टिप्पणी)

२०७२ असोज २४ आइतबार, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीले तत्काल सबै पक्षसँग वार्ता गरी देशमा विद्यमान समस्या समाधानको प्रयास थाल्ने बताए । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद भवनबाट बाहिरिनेक्रममा संचारकर्मीसंग ओलीले तराई मधेशमा जारी आन्दोलन, संविधान संशोधन र आपूर्ति ब्यवस्था सहज बनाउने विषयमा नेपाली काँग्रेससँग समेत छलफल गरी अघि बढ्ने धारणा राखे । ओलीले नयाँ संविधानको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहयोग प्राप्त हुने विश्वास समेत गरे ... बाँकी अंश»

ओलीलाई मोदिको भारत भ्रमणको निम्तो

२०७२ असोज २४ आइतबार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बहुमतले प्रधानमन्त्रीमा निर्वाचित भएलगतै भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले बधाई दिदै भारत भ्रमणको निम्तो दिएका छन् ।     ओलीलाई फोन गरी भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएको भारतीय प्रधामन्त्री कार्यालयको अाधिकारिक ट्वीटर पेजमा उल्लेख गरिएको छ। भारतीय प्रधानमन्त्री कार्यालयको आधिकारिट ट्वीटर पेजमा ओलीसँगको फोन सम्बादमा मोदीले भारत भ्रमणको निम्तो  दिइएको समेत जानकारी दिइएको छ ।   व्यवस्थ ... बाँकी अंश»

केपी ओलीः झापा विद्रोहदेखि प्रधानमन्त्रीसम्म

२०७२ असोज २४ आइतबार, प्रकाश सिलवाल, काठमाडौँ । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा ९एमाले०का अध्यक्ष खड्गप्रसाद शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल भएका छन् ।  छैटौँ वाम प्रधानमन्त्री  मुलुकको दोस्रो ठूलो दल नेकपा ९एमाले० संसदीय दलका नेता ओलीले प्रमुख दलको सहकार्यमा नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गर्नु भएको थियो । उनी पहिलो ठूलो दल नेपाली काँग्रेसबाहेक अन्य दलको समर ... बाँकी अंश»

केपी बने ३८ औं प्रधानमन्त्री

२०७२ असोज २४ आइतबार, काठमाडौं । व्यवस्थापिका संसदमा प्रधानमन्त्री पदका लागि आइतबार भएको निर्वाचनमा नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदका उम्मेद्वार केपी शर्मा ओली ३ सय ३८ मत ल्याई विजयी भएका छन् । उनको विजयसँगै नेपालले ३८ औं प्रधानमन्त्री पाएको छ । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइराला २ सय ४९ मत पाई पराजित भए ।  ओलीका पक्षमा एनेकपा माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, नेपाल मजदुर किसान पार्टी ... बाँकी अंश»

एमाले र माओवादीलगायतले सहमति तोडे–कोइराला

२०७२ असोज २४ आइतबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाले एमाले र एमाओवादीलगायतका दलहरु प्रति लक्षित गर्दै उनीहरुले नै सहमति तोडेको आरोप लगाएका छन् । संसदमा उम्मेद्वारी प्रस्तुत गर्दै कोइरालाले १६ बुँदे गर्दा कुनै भद्र सहमति नभएको खुलाए । ‘तीन दलको सहमतिअनुसार सरकारले ल्याएको संविधान संशोधन विधेयक पास गर्न सहयोग गरेनन् र पुनःनिर्माण प्राधिकरणसम्वन्धी अध्यादेश असफल पारियो, त्यसकारण आधिकारिक सहमति पालना नगर्नेल ... बाँकी अंश»

काँग्रेसले समर्थन र प्रस्तावक नगर्दा आफुलाई कस्तो लागेको छ–ओली

२०७२ असोज २४ आइतबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेद्वार केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफुलाई समर्थन र प्रस्तावक नगर्दा आफुलाई कस्तो कस्तो लागेको बताएका छन् । प्रधानमन्त्री पदको निर्वाचनका लागि व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्दै उनले नेपाली काँग्रेससँगै सहकार्य गर्दै अघि बढिरहेको स्मरण गर्दै काँग्रेसलाई उम्मेद्वारी फिर्ता लिएर समर्थन गरिदिन आग्रह गरे । ‘जुन पार्टीसँग सधैं रह्यो, सधै रहेर संविधान निर्माण ग¥यौं, आज ने ... बाँकी अंश»

यसरी हुँदैछ प्रधानमन्त्रीको निर्वाचन

२०७२ असोज २४ आइतबार, काठमाडौ । नयाँ संविधान जारीपछि पहिलोपटक छानिन लागिएको प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसबाट पूर्व प्रधानमन्त्री सुशिल कोइराला र नेकपा एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेद्वारी दिएका छन् । केही बेरपछि बस्ने व्यवस्थापिका ससदको बैठकले नयाँ प्रधानमन्त्री चुन्दैछ । त्यसका लागि सचिवालयले कार्यसूची पनि सार्वजनिक गरेको छ । जस अनुसार सभामुख सुवासचन्द्र नेम्बाङले राष्ट्रपति डा। रामबरण यादवले पठाएको व्यहोरा पत्र वाचन गर्नेछन ... बाँकी अंश»

नयाँ प्रधानमन्त्रीको चयन एकछिनपछि सुरु हुँदै

२०७२ असोज २४ आइतबार, काठमाडौँ । नेपालको नयाँ संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री पदको निर्वाचन अहिले केही बेरमा व्यवस्थापिका–संसद् भवन बानेश्वरमा सुरु हुँदैछ ।  सो पदको प्रतिस्पर्धामा संसद्मा सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काँग्रेसका सभापति सुशील कोइराला र दोस्रो दल नेकपा ९एमाले०का अध्यक्ष केपी ओली उत्रेका छन् । गत मङ्सिर महिनामा सम्पन्न संविधानसभाको निर्वाचनमा पहिलो दलमा नेकाँ र दोस्रो दलमा नेकपा ९एमाले०लाई जनताले निर्वाचित गराएका थिए ।  नयाँ सं ... बाँकी अंश»

सभामुखद्वारा बाबुरामको राजीनामा स्वीकृत

२०७२ असोज २४ आइतबार, काठमाडौं । नेपालको नयाँ संविधान बनेपछि सभासद पदबाट राजीनामा दिउका तत्कालिन एकीकृत माओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको संसद सदस्य परित्यागको राजीनामा पत्र संसद सचिवालयले स्वीकृत गरेको छ ।  सविचालयका सहपव्रक्ता सुदर्शन कुँइकेलका अनुसार उनको राजीनामा आइतबार स्वीकृत गरिउको हो । संवैधानिक संवाद समितिका सभापति समेत रहेका भट्टराईले संविधान जारी भएपछि असन्तुष्ट मधेशीका माग नसमेटेको भन्दै पार्टी परित्यागसागै संसद सदस्यब ... बाँकी अंश»

एमाले उम्मेदवारलाई सहयोग गर्ने एमाओवादी संसदीय दलको निर्णय

२०७२ असोज २३ शनिबार, काठमाडौँ। एकीकृत नेकपा (माओवादी) संसदीय दलको बैठकले नेकपा (एमाले) का उम्मेदवारलाई भोलि हुने चुनावमा प्रधानमन्त्रीमा बिजयी गराउन सहयोग गर्ने भएको छ ।   सो दलको आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सर्तसहित एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।   संसदीय दलको बैठकले एमाले उम्मेदवारलाई सर्वसम्मत रुपमा सहयोग गर्ने निर्णय गरेको सांसद अमनलाल ... बाँकी अंश»

शक्ति बाँडफाँड गोप्य रहेको १४ बुँदेमा के छ ?

२०७२ असोज २३ शनिबार, काठमाडौं । नयाँ सरकार गठनबारे एमाले र एमाओवादीबीच १४ बुँदे सहमति भएको छ । एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमति पत्रमा तराई–मधेसमा आन्दोलनरत दलहरु, थारु समुदाय र विभिन्न रुपमा आफ्ना मुद्दा र आवाज उठाइरहेका आदिवासी, जनजातिलगायत अन्य उत्पीडित समुदायसँगको प्रतिवद्धता र समस्या वार्तामार्फत किनारा लगाउने उल्लेख छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, देशको हित र स्वाभीमानको पक् ... बाँकी अंश»

कैलाली भन्सार नाकाबाट सात ट्याङ्कर डिजेल भित्रियो

२०७२ असोज २३ शनिबार, धनगढी। भारतीय पक्षले लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक कैलाली भन्सार नाकाबाट यसअघिका दिनभन्दा बढी आज सातवटा डिजेलका ट्याङ्कर धनगढी भित्रिएका छन् ।   आज २० हजार लिटर क्षमताका छ वटा र १२ हजार लिटर क्षमताको एक ट्याङ्कर भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडेलले बताउनुभयो ।   आज भारतीय आयल निगमका कर्मचारीले पेट्रोल दिन भने नमानेको बताइएको छ । आज पेट्रोल दिन मानेन्, चालकलाई उद्धृत गर्र्दै पौडेलले भन्नुभयो– “ ... बाँकी अंश»

दलबीच सहमति र सहकार्यको अझै आवश्यकता छ : प्रम कोइराला

२०७२ असोज २३ शनिबार, काठमाडौँ । नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएपछि नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले दलहरुबीच सहमति र सहकार्यको अझै आवश्यकता रहेको बताउनुभएको छ ।    उहाँले पार्टीको निर्णयअनुसार लोकतन्त्रको मूल्यमान्यता अनुरुपनै आफू प्रधानमन्त्रीको उम्मेदवार बनेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीका अर्का उम्मेदवार केपी ओलीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “चुनौती छ, मिलेर जानुपर्छ, उहाँ र म दुई अलग÷अलग होइ ... बाँकी अंश»

केपीलाई समर्थन नगर्दा खड्काद्वारा राजीनामा

२०७२ असोज २३ शनिबार, काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएकोमा असन्तुष्ट जनाउँदै पार्टीका सहमहामनत्री पूर्णबहादुर खड्काले शनिबार पदबाट राजीनामा दिएका छन्।  ‘अरु दलसँग विगतमा भएका सहमति र सहकार्य कांग्रेसले तोडेकोले मैले राजीनामा दिएको हुँ ।’ उनले भन् । खड्काले कोइरालाको उम्मेद्वारी दिने कांग्रेसको निर्णयप्रति उनले आफ्नो ‘नोट अफ डिसेन्ट‘ रहेको जनाए ।  खड्काले पार्टीले केपी ओलीलाई प्रधानमन्त्रीमा स ... बाँकी अंश»

एमाओवादी पार्टीको निर्णयप्रति तीस जना केन्द्रीय सदस्यको विमति

२०७२ असोज २३ शनिबार, काठमाडौँ । एकीकृत नेकपा (माओवादी)का ३० जना केन्द्रीय सदस्यले नेकपा (एमाले) लाई प्रधानमन्त्री चयनको निर्वाचनमा नि सर्त समर्थन गर्ने आफ्नो पार्टीको निर्णय प्रति विमति जनाउनुभएको छ । आज एक विज्ञप्ति प्रकाशित गरी उहाँहरुले ठोस र भरपर्दो आधार विना एमाले नेतृत्वमा बहुमतीय सरकारलाई समर्थन गर्ने पार्टीको निर्णयले देशमा विद्यमान समस्या झन गहिरिएर जाने उल्लेख गर्नुभएको छ ।  विमति राख्नेहरुमा देवेन्द्र पौडेल, नवराज सुवेदी, गंगा श्रेष्ठ, महेन्द्र पासवा ... बाँकी अंश»

प्रधानमन्त्रीका लागि कोइरालाको उम्मेदवारी दर्ता

२०७२ असोज २३ शनिबार, काठमाडौँ। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नयाँ प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वर पुगेर उहाँले प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता गराउनुभएको हो । कोइरालाको प्रस्तावकमा वरिष्ठ नेता शेरबहादुर देउवा हुनुहुन्छ भने समर्थकमा उपसभापति रामचन्द्र पौडेल हुनुहुन्छ ।    नेपाली काँग्रेसका सांसदहरु पनि साथमा सहभागी हुनुहुन्थ्यो । यस्तै उम्मेदवारी दर्ता गराउँदा महामन्त्रीद्वय ... बाँकी अंश»

नयाँ