समसामयिक

विराटनगरको विरासत जोगाउनेमा निश्चिन्त काँग्रेस, विरासत उल्टिनेमा ढुक्क एमाले

२०७४ असार ८ बिहिबार, काठमाडौं । नेपाली काँग्रेसको जन्मभूमि हो मोरङ । त्यसैमाथि पनि मोरङको विराटनगर त झनै काँग्रेसको उद्भव थलोको रुपमा चिनिन्छ । वि।सं। २००३ साल फागुन २० गते नेपालको इतिहासमा नै पहिलोपल्ट विराटनगरका औद्यौगिक मजदूरहरूले बिहान सवा सातबाट सुरु गरेको ऐतिहासिक हड्तालबाट नै नेपालमा प्रजातन्त्रको सुरुवात भएको थियो ।  ... बाँकी अंश»

भोट माग्ने नयाँ शैली : धान रोपिरहेको खेतमै पुगे नवलपरासीका उम्मेदवारहरु 

२०७४ असार ८ बिहिबार, नवलपरासी । उम्मेदवारहरु चुनाव आएपछि के मात्रै गर्दैनन् उम्मेदवारहरु भन्ने कुरा हिजो आज नवलपरासीमा देखिन थालेको छ । उनीहरु मतदातालाई आफ्नै पक्षमा प्रभाव पार्नको लागि अहिले फरक शैली अपनाउन थालेका छन् ।  ... बाँकी अंश»

'सरकारले जनतालाई धेरै अन्यौलमा पार्‍याे, अब जनताले एमालेबाहेक कसैलाई पत्याउँदैनन्'

२०७४ असार ८ बिहिबार, पाँचथर । नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुबास नेम्बाङले तिनै चरणको चुनाव सम्पन्न भएपछि मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् ।  ... बाँकी अंश»

कानूनी कमजोरी : नगरप्रहरीले स्थानीय कर्मचारीको निर्देशन मान्नु नपर्ने !

२०७४ असार ८ बिहिबार, काठमाडौं । नेपालको संविधानले अहिले स्थानीय तहलाई भरपुर अधिकार दिने क्रममा नगरपालिकाहरुले आफ्नो क्षेत्रभित्रको सुरक्षाको लागि विना हतियार नगरप्रहरी राख्न सक्ने व्यवस्था संविधानमा नै उल्लेख गरेको छ । यस अघिमने भन्दा पृथक यस व्यवस्थालाई संविधानको अनुसूचीमा राखेर नगरप्रहरीको महत्वलाई अझ बढाईएको छ ।  ... बाँकी अंश»

फोरम वडाध्यक्षका उम्मेदवार प्यानल सहित काँग्रेसमा प्रवेश

२०७४ असार ७ बुधबार, बाँके। संघिय समाजबादी फोरमबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष सहितको ५ जनाको प्यानल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रबेश गर्नेहरुमा संघिय समाजबादी फोरमबाट वडा नं १२ का वडा अध्यक्ष पदका उम्मेदवार फरहान हुसेन खाँन , वडा सदस्यका उम्मेदवार महिला सदस्य मुन्नी देवी बर्मा , सदस्य किस्मतुल खाँ, डेढराम अहिर र समशुल  भङगी सहितका छन् ।  ... बाँकी अंश»

सिकायत नआउने ढङ्गबाट काम गर्नुस् : प्रमुख आयुक्त डा यादव

२०७४ असार ७ बुधबार, काठमाडौं। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्तामा देखिएको सहभागिता उच्च प्रशंसनीय रहेको बताएको छ। स्थानीय तह निर्वाचनमा सुक्ष्म अनुगमनकर्ता अभिमुखीकरणको निर्वाचन आयोग परिसरमा आज शुभारम्भ गर्दै उनले भने– “उम्मेदवारी मनोनयन दर्ता निकै शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ।” ... बाँकी अंश»

भीम रावलको गृह जिल्लामा काँग्रेसले उम्मेदवारी फिर्ता लिएपछि एमालेका ५ जना निर्विरोध

२०७४ असार ७ बुधबार, अछाम । एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछाममा पाँच जना निर्विरोध भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मैदानमा रहेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन पछि पाँच वडा सदस्य निर्विरोध भएका हुन् । मंगलसेन नगरपालिकाका विभिन्न वडामा एमालेका तर्फबाट ५ जना वडा सदस्य निर्विरोध भए । ... बाँकी अंश»

विराटनगर, इटहरी र धरानमा झण्डा गाड्न काँग्रेसले बनायो यस्तो योजना 

२०७४ असार ७ बुधबार, इटहरी । असार १४ गतेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले विराटनगर महानगरपालिकासँगै इटहरी र धरान उपमहानगरपालिकामा काँग्रेसको झण्डा गाड्न विशेष योजना बनाएको छ । ... बाँकी अंश»

आधिकारिक उम्मेदवारलाई जिताउन कांग्रेसका बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

२०७४ असार ७ बुधबार, कृष्णपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । ... बाँकी अंश»

काठमाडौंको महानगरले टेरेन केन्द्र सरकारको निर्देशन, बढाइछाड्यो बृद्धभत्ता 

२०७४ असार ६ मंगलबार, काठमाडौं । जेठ १८ गते सरकारले स्थानीय तहलाई दिएको निर्देशन विपरित काठमाडौं महानगरपालिकाले बृद्धभत्ता बढाउने निर्णय गरेको छ । मंगलबार बसेको महानगरको नगरकार्यपालिकाको बैठकले विगत वर्षहरु देखि ८८ वर्ष उमेर पुगेका बरिष्ठ जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप वार्षिक रु. १० हजार महानगर भत्ता एकमुष्ठ प्रदान गर्दै आएकोमा चालु आर्थिक वर्ष २०७३।७४ का लागि उक्त भत्ता रकममा वृद्धि गरी रु. १२ हजार पुर्याउनेर सो भत्ता रकम तत्काल वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।  ... बाँकी अंश»

युवा स्वरोजगार कोषबाट कार्यकर्ताको भरणपोषण, सरकारको आधा कर्जा जोखिममा 

२०७४ असार ६ मंगलबार, काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा युवाहरुलाई स्वरोजगार बनाउने युवा स्वरोजगार कोषको नाममा कार्यालयीय खर्च लगायतको लागिमात्रै ८ करोड ९७ लाख ३६ हजार रुपैयाँ विनियोजन गरेको छ । २०६५ सालमा युवाहरुलाई विना धितो पैसा दिएर स्वरोजगार बनाउने उद्देश्यले गठन भएको सो कोषको आफ्नै प्रतिवेदन अनुसार पनि उसले अहिलेसम्म झण्डै एक दशक पूरा हुनै लाग्दा ३१ हजार ४ सय ४० जनालाई रोजगार बनाएको तथ्यांक छ ।  ... बाँकी अंश»

भरतपुर मतगणना प्रकरण : सर्वोच्चले माग्यो सक्कल कागजात

२०७४ असार ६ मंगलबार, काठमाडौं । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान वा पुनःमतगणना भन्ने विवाद निरुपण गर्न सर्वोच्च अदालतले निर्वाचन आयोगबाट सक्कल कागजात मागेको छ । ... बाँकी अंश»

एमाले उम्मेदवारको चुनावी एजेण्डा : सुत्केरीलाई विशेष सुविधा 

२०७४ असार ६ मंगलबार, तुलसीपुर । तुलसीपुर उप महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार घनश्याम पाण्डेले सुत्केरी महिलाहरुका लागि विशेष आरक्षणको कार्यक्रम अगाडि बढाइने बताएका छन् । घरमै सुत्केरी गराउँदा महिला तथा बच्चाको ज्यान जोखिममा पर्ने भएकोले यस्तो कुरालाई निरुत्साहित गर्नका लागि हरेक सुत्केरी महिलालाई पाँचहजार रुपैयाँ प्रोत्साहन स्वरुप भत्ता दिइने बताएका छन् ।  ... बाँकी अंश»

डा शेखर कोइरालको दूरदृष्टि बोलीः अबको निर्वाचनमा काँग्रेस पहिलो 

२०७४ असार ६ मंगलबार, पाँचथर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अब हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । ... बाँकी अंश»

सरकारी मर्यादाक्रम : के-के हुन् महानगरको मेयर भन्दा ठूला ५० पद ?

२०७४ असार ५ सोमबार, काठमाडौं । अहिले संविधानले शक्तिशाली बनाएको स्थानीय तह र त्यसको पनि सबैभन्दा ठूलो श्रेणी महानगरपालिकाका जननिर्वाचित प्रमुख राष्ट्रिय मर्यादा क्रममा कति पछाडि होलान् ? गृहमन्त्रालयले जेठ २४ गते जारी गरेको सूचना अनुसार सरकारी मर्यादा क्रममा काठमाडौं महानगरपालिकाका मेयरको भन्दा अगाडि ५० वटा पद रहेको छ । मर्यादा क्रमको सूचीमा भने महानगरपालिका मेयर १८ औं स्थानमा रहेका छन् ।  ... बाँकी अंश»

संघीयताको कार्यान्वयनमा सरकारकै भूमिका शंकास्पद

२०७४ असार ५ सोमबार, काठमाडौं । नेपालको संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा उल्लेख गरिएका केन्द्र, प्रदेश तथा स्थानीय तहका अधिकारहरुको सूची तयार पार्नको लागि सरकारद्वारा गठित संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समन्वय समितिले एउटा प्रतिवेदन दियो । मुख्यसचिव सोमलाल सुवेदीको संयोजकत्वमा गठित सो समितिको प्रतिवेदनलाई स्वीकृत गर्दै मन्त्रिपरिषद्ले स्थानीय तहको अधिकारको सूचीहरुलाई विस्तृतीकरण गर्‍यो । जसमा कुन् स्थानीय तहले कति अधिकार पाउने भन्ने कुरा उल्लेख गरिएको छ । ... बाँकी अंश»

उपेन्द्र यादवले सरकारसँग पैसा लिएका छन्ः मनिष सुमन 

२०७४ असार ५ सोमबार, काठमाडौं। राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन्। ... बाँकी अंश»

संवैधानिक परिषद्को बैठक अनिर्णित, गोपाल पराजुलीलाई सिफारिस गर्ने प्रयास विफल

२०७४ असार ५ सोमबार, काठमाडौँ । प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । ... बाँकी अंश»

झापामा तीन हजार ३ सय ३६ जनाको मनोनयन दर्ता

२०७४ असार ५ सोमबार, काँकडभिट्टा (झापा)। दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा १२९ जना र ... बाँकी अंश»

उम्मेदवारी दर्तापछि चुनाव हुनेमा पश्चिम तराईका आममतदाता ढुक्क

२०७४ असार ५ सोमबार, नेपालगन्ज। आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै अब चुनाव हुन्छ भन्नेमा बाँकेका आममतदाता ढुक्क भएका छन्। स्थानीय तहको निर्वाचनका लागि हिजो भएको उम्मेदवारी दर्ता बाँकेमा धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो। ... बाँकी अंश»

नयाँ