समसामयिक

सहमतिबिना विकास असम्भवः नेता सिटौला

२०७३ बैशाख २५ शनिबार, वालिङ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति र सहकार्यबिना संविधानको कार्यान्वयन असम्भव रहेको बताए।   नेपाल शिक्षक सङ्घको स्थापना दिवसको सन्दर्भमा आज स्याङजा जिल्लाको वालिङमा आयोजित जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेता सिटौलाले कुनै पनि दलले एकलौटीरुपमा संविधान कार्यान्वयन गर्न नसक्ने बताउँदै यसका लागि सरकारमा रहेका दलसहित प्रमुख प्रतिपक्षी दल तथा अन्य संसद बाहिर रहेका दलहरूको एकता हुनु आवश्यक रहेको बताए।   “स ... बाँकी अंश»

प्रहरी सङ्घीय ढाँचामा परिवर्तन हुन आवश्यक : प्रधानमन्त्री ओली

२०७३ बैशाख २५ शनिबार, काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले  देश सङ्घीय संरचनामा गएकाले नेपाल प्रहरी पनि त्यसै ढाँचामा परिवर्तन हुन प्रहरीका वरिष्ठ अधिकारीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्   । “हामी सङ्घीय ढाँचामा गएका हौँ । यसलाई राष्ट्रै अर्को भयो भनेर बुझ्नु हुँदैन” प्रधानमन्त्री ओलीले भने  – “सङ्घीय प्रहरीको कार्यक्षेत्र कति के भन्ने कुरा ऐनमा स्पष्ट हुन्छ, त्यसैअनुसार काम गर्नुपर्छ ।”      प्रहरी प्रधान कार्यालयको निरीक्षण कार्य ... बाँकी अंश»

ओली सरकारले नै स्थानीय चुनाव गराउँछ: उपप्रधानमन्त्री थापा

२०७३ बैशाख २५ शनिबार, काठमाडौ। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेकपा एमाले र एकीकृत नेकपा माओवादीवीच भएको नौ बुँदे सहमतिमा जे लेखिएको छ त्यहीमात्रै भएको भन्दै त्यसकै आधारमा सरकार अघि बढ्ने स्पष्ट पारेका छन।    दुई दलवीच बजेट ल्याएपछि सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा भद्र सहमति भएको भनि बाहिर चर्चा चलिरहेको बेला सत्तागठबन्धनको तेस्रो ठूलो दलको अध्यक्ष समेत रहेका थापाले भने,‘ नौ बुँदामा जे लेखिएको त्यो मात्रै सहमति हो, त्यसकै आधारमा सरकार अघि बढ् ... बाँकी अंश»

सशस्त्रको एआइजी बन्न खनाल र पुनको सिफारिस

२०७३ बैशाख २५ शनिबार, काठमाठौं। सशस्त्र प्रहरीमा दुईजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय सुक्रबार बसेको बढुवा सिफारिस समितिले गरेको महानिरीक्षक दुर्ज कुमार राई द्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ।     नायव महानिरीक्षक (डीआईजी) शैलेन्द्र खनाल र जितबहादुर पुनलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस गरेको हो। तर यस अघि बरियातामा दुई नम्बरमा भएका उत्तम खड्का भने सिफारिसमा परेका छैनन्। बरियातामा तीन नम्बरमा रहेका शैलेन्द्र खनालल ... बाँकी अंश»

प्रहरीद्वारा घाईते बनाएकी वालिकाको उपचार गर्न महिला तथा बालवालिका कार्यालयको पहल

२०७३ बैशाख २५ शनिबार, बर्दिया। पौने दुई वर्ष अघि प्रहरीको गाडीले ठक्कर दिई घाईते भएकी भुरीगाउँ निवासी एघार वर्षिया वालिका लाई उपचारको लागि महिला तथा वालवालिका कार्यालय बर्दियाले पहल गरेको छ। लामो समय देखि खुट्टामा चोट लागेर दीर्घ घाईते भएकी विन्दु मल्लको अप्रेसन विग्रिएपछि  सहयोग जुटाएर उपचारका लागि पहल गरेको हो।   महिला तथा बालवालिका कार्यालयको कोषबाट १० हजार रुपैया उपलब्ध गराईएको महिला तथा बालवालिका कार्यालय बर्दियाकी प्रमुख गिरा वस्नेतले वताईन् । कार्या ... बाँकी अंश»

राजदूत उपाध्याय माथी प्रम ओलीको असह्य हर्कत

२०७३ बैशाख २५ शनिबार, काठमाडौं। भूकम्प लगत्तै नेपालमा सहयोग जुटाउन र नाकाबन्दी खुलाउन प्रशंसनीय भूमीका खेलेका भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यय माथी प्रधानमन्त्री केपी शर्मा ओलीले असह्य हर्कत गरेको खुलासा भएको छ।    ओलीले व्यक्तिगत रिसीईवीका आधारमा झोंकका भरमा गैरराजनीतिक र गैरकुटनीतिक तरिकाले उपाध्यायलाई फिर्ता गराएपछि उनले गरेका हर्कत सार्वजनिक भएका हुन्।    ओलीले राजदूत उपाध्यायलाई काठमाडौंमा भएको बेला ओली सरकार परिवर्तनको खेलमा संलग्न ... बाँकी अंश»

सरकार परिवर्तन प्रयासको प्रभाव: राजदुत फिर्ता

२०७३ बैशाख २४ शुक्रबार, काठमाडौं। प्रम केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई समर्थन फिर्ता र २४ घण्टा नबित्दै फेरि समर्थन गरेर बचाएको एमाओवादीको कदम पछि नेपाली राजनीतिमा भारतसँग सम्बन्धित दुई तरंग उत्पन्न भएको छ।    पहिलो राष्ट्टरपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित भएको छ भने भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाईएको छ।    यि दुवै घट्ना सरकार खस्ने र बस्ने भएपछि भएका छन्। सरकार परिवर्तनको प्रयास भारतको सकृय सहभागिता रहेको आंकलन ग ... बाँकी अंश»

राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ – प्रचण्ड

२०७३ बैशाख २४ शुक्रबार, भक्तपुर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने बताएका छन् ।    एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा उनले देशको समस्या समाधानका लागि सबै मिली राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए । नेता दाहालले भने , “पुँजीवाद, दलाल, सामन्तवादको अन्त्य गर्नुपर्ने अहिलेको स्थिति हो । हामीले सिर्जना गर्ने साहित्य पनि राष्ट्रिय एकता र सम ... बाँकी अंश»

सफल बजेट बनाउन यी हुन् जगदिशचन्द्रका ५ सुझाव

२०७३ बैशाख २४ शुक्रबार, काठमाडौं। नेपाली काँग्रेस तथा नेकपा एमाले नेतृत्वको सरकारको पालामा समेत योजना आयोगका उपाध्यक्ष बनेका जगदिशचन्द्र पोखरेल आठ वर्ष राष्ट्रिय योजना आयोगमा काम गरेका व्यक्ति हुन्।   लोकतन्त्र प्राप्ति पछिमात्रै दुई वटा सरकारको पालामा योजना आयोगको उपाध्यक्ष बनेका उनले योजना आयोगको हर्ताकर्ताको रूपमा झण्डै साढे दुई वर्षसम्म काम गरे। तात्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारको समय र त्यसपछि नेपाली काँग्रेसको समर्थनमा बनेको म ... बाँकी अंश»

राष्ट्रपतिको भारत भ्रमण स्थगित

२०७३ बैशाख २४ शुक्रबार, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले २७ बैशाख गर्ने भनिएको प्रस्तावित भारत भ्रमण  हाललाई स्थगित भएको जनाएको छ। मन्त्रीपरिसदले समयमा निर्णय नगर्दा स्थगित भएको  जनाइएको छ।    राष्ट्रपति भण्डारी २७ बैशाख देखि ५ दिने भ्रमणमा भारत जाने गरी परराष्ट्र र भारतीय बिदेश मन्त्रालयले तयारी गरे पनि पछिल्लो राजनैतिक घटनाक्रमले गर्दा उनको भ्रमण हुने या नहुने दुविधा बढेदै गएको थियो । राष्ट्रप्रमुखको बिदेश भ्रमण गर्नु पूर्व मन्त्रीपरिसदले अनुमो ... बाँकी अंश»

नेपालको राजनीतिमा भारत खस्किदै, चीन उदाउँदै

२०७३ बैशाख २४ शुक्रबार, काठमाडौं। निरन्तर नेपालको राजनैतिक बृतमा सिधा हस्तक्षेप गरिरहेको भारत नेपालमा सरकार परिवर्तन गर्न असफल भएपछि भारतमा तरंग उत्पन्न भएको छ। पछिल्लो घटनाक्रमले नेपालको राजनीति आफ्नो पकड गुम्दै गएको आभाष भएपछि ओली सरकारलाई जसरी भए पनि गिराउने खेलमा भारतले खुलेर नै अघि बढेको धेरैको बुझाइ रहदै आएको छ।   संबिधान निमार्ण प्रक्रियामा अनावश्यक हस्तक्षेप गरेको भारतको दवदवा चिर्न ओलीले पनि चीनको साथ लिन थालेपछि भारत आत्तिएर नाकाबन्दी सम्मको हर्कत दे ... बाँकी अंश»

राष्ट्रिय स्वाभिमानप्रति ध्यान पुर्‍याउन प्रमको आग्रह

२०७३ बैशाख २४ शुक्रबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमान, राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, एकता, शान्ति र सामाजिक सद्भावलाई कायम राख्नेतर्फ सिङ्गो सञ्चार जगत्ले ध्यान दिने विश्वास व्यक्त गरेका छन्।   प्रथम राष्ट्रिय पत्रकारिता दिवस (वैशाख २४) का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले पत्रकारले इतिहासप्रति गौरव गर्न सकून् र चुनौतीको सामना गर्दै जनउत्तरदायी पत्रकारिताको माध्यमबाट जनतालाई निष्पक्ष र स्वतन्त्ररुपमा सू ... बाँकी अंश»

पुनर्निर्माण सरकारको प्राथमिकता नभएको पुष्टी (प्रमाण सहित)

२०७३ बैशाख २४ शुक्रबार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पुनर्निमाणलाई बेवास्ता गर्यो भनेर सर्वत्र आलोचना भईरहेका बेला प्रमुख सत्ता साझेदार एमाले र एमाओवादीले त्यसको पुष्टी गरेका छन् । पुनर्निर्माणलाई ओली नेतृत्वको सरकाले प्राथमिकतामा नपारेको भन्दै भईरहेको आलोचनालाई उनीहरुले मौखिकरुपमा खण्डन गरेपनि लिखित र व्यवहारमा भने प्राथमिकतामा छैन भन्ने पुष्टी गरेका हुन् । उनीहरुको सूचीमा पुनर्निमाणको काम सवै भन्दा अन्तीममा रहेको छ । हरेक दृष्टीको ... बाँकी अंश»

एमाले-एमाओवादीले गरे ९ बुँदामा लेनदेनको समझदारी (पत्र सहित)

२०७३ बैशाख २३ बिहिबार,   काठमाडौं। सत्तारुढ दलहरु नेकपा एमाले र एनेकपा माओवादी बिच ९ बुँदे समझदारी भएको छ। सत्ता गठबन्धन धरापमा परेको स्थितीमा नाटकिय ढंगबाट बचेको साझेदारीलाई ९ बूँदे समझदारीले बचाउने प्रयास गरिएको छ।    प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र एमाओवादी बीच उक्त समझदारी भएको हो। पछिल्लो समयमा नेपाली राजनैतीक आकाशमा धेरै कयौं बुँदे समझदारीहरु भएका छन् तर कार्यन्वयनमा खासै प्रगति भएको पाईदैन्। यो ९ बुँदेले कता पुर्‍याउँछ त्यो त समयले बताउने छ।& ... बाँकी अंश»

ओली–दाहाल लेनदेन : वामदेब–नारायणकाजीहरुले बनाए ११ बुँदे ‘रोडम्याप’

२०७३ बैशाख २३ बिहिबार, काठमाडौं । वर्तमान केपी शर्मा ओली सरकार ढल्नबाट जोगिएसंगै नेपाली राजनीतिक पृष्ठभमि फेरिने भएको छ । एकाएक सरकार परिवर्तनको सरगर्मी बढिरहेकै बेला एमाओवादीले एमालेको गोप्य प्रस्तावमा सहमति जनाएसंगै राजनीतिक पृष्ठ भूमि बदलिन लागेको हो ।  सम्बन्ध फाटेको दुई दिन नवित्दै सत्तारुढ दुई दल एमाले र एमाओवादीले नयाँ ‘रोडम्याप’ तयार गरी सम्बन्ध सुधारर्ने प्रयास गरेका छन् ।   वुधबार विहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको नेतृत्व ... बाँकी अंश»

मन्त्रीमण्डल अझै ठूलो बनाउन मिल्छ, तर अब बनाउँदिन : ओली

२०७३ बैशाख २३ बिहिबार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार वर्तमान संविधानको संक्रमणकालिन व्यवस्था अनुसार गठन भएकाले आफु प्रधानमन्त्रीको निर्वाचन लडेदेखि संविधान कार्यान्वयनको चरणमा गएको बताएका छन् । ओलीले नयाँ संविधानको व्यवस्था अनुसार नै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयन भएको सुनाउँदै संविधान कार्यान्वयनका सन्दर्भमा सरकारले कामै नगरेको भन्ने ठाउँ कति नरहेको सुनाए । विहिबार व्यवस्थापिका संसदमा सम्बोधन गदैै प्रधानमन्त् ... बाँकी अंश»

धारे हात लाएर गाली गर्ने अधिकार दिने, ‘यो संविधान राम्रो छैन त ?’ : ओली

२०७३ बैशाख २३ बिहिबार, काठमाडौं । ‘सरकार निष्फिक्री छ, त्यस कारण सफल छ ।’ सरकारबारे उठेका विभिन्न विषयको म जवाफ दिन्न, तथ्य मात्रै भन्न उभिएको छुँ, हो राष्ट्रिय सहमति चाहिन्छ, ‘तर तीब्र विकासका लागि, शान्ति र स्थायित्वका लागि ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै भने ।        ओलीले जालझेल गरेर, अध्यारो कोठमा छलफल गरेर अरुलाई अफ्ठ्यारामा पार्न सकिँदैन भनेका छन् । ओलीले आफ्नो सरकार ‘डिजाइन सम वेयर एल्स’ र मेडिन समय वेयर एल ... बाँकी अंश»

ओलीको सम्बोधन : ‘यो द्वापर युग होइन, लोकतान्त्रिक युग हो’

२०७३ बैशाख २३ बिहिबार, काठमाडौं । पछिल्लो राजनीतिक घनाक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संबोधन गरेका छन् । ओलीले विषेश समय मागेर सम्बोधन गरेका हुन् । दिउँसो तीन बजे भनिएकामा ढिलो गरी सम्बोधन सुरु भएको थियाे ।  ओलीले सबै सांसदहरुलाई स्वागत गरे ।    संसदले कसरी काम गर्छ भन्ने विषयमा जनता चिन्तित छन्, ओलीले भने, ‘बजेट कस्तो आउँछ, संसद कसरी अघि बढ्छ भन्नेमा जनताको ध्यान छ ।’  सरकार परिवर्तन गर्ने नगर्ने विषयमा चर्चा भइरहेकैबीचमा ओलीले सम्बोधन गरिरहे ... बाँकी अंश»

झलनाथ-बामदेवले कसरी फकाए प्रचण्डलाई, एमाले-एमाओवादीको संयुक्त वक्तव्य आउँदै

२०७३ बैशाख २३ बिहिबार, काठमाडौं । सरकारको नेतृत्वकर्ता एमालेले माओवादीले उठाएका मुख्य मुद्दाहरु कार्यसूची सहित सम्बोधन गर्ने आश्वासन दिँदै एमाले नेताहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल मनाएका छन् । वुधबार मात्रै आफ्नो पार्टीको नेतृत्वमा सहमतिको सरकार गठनका लागि आह्वान गरेका दाहाल एमालेबाट ठूलै आश्वासन आएपछि ‘युटर्न’ भएका छन् ।    दाहाललाई मनाउन जिम्मा पाएका एमाले बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले दाहाललाई मनाएका हुन् । एमालेको वुधबार सा ... बाँकी अंश»

‘प्रचण्डले खुट्टा छोडे, अडान फेरेर धोका दिए’

२०७३ बैशाख २३ बिहिबार, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बोली फेरेका छन् । दाहालले  तत्काल आफ्नो नेतृत्वमा सरकार बनाउन सम्भव नभएको कांग्रेस नेताहरुलाई सुनाएका छन् । दाहालको निवास लाजिम्पाटमा नयाँ सरकार गठनबारे छलफल गर्न पुगेका कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, विमलेन्द्र नीधि र रमेश लेखक लगायतका नेताहरुसंग दाहालले प्रस्तावका लागि कांग्रेसलाई धन्यवाद भन्दै तत्काल आफ्नो नेतृत्वमा सरकार गठन हुन नसक्ने बताए ।     दाहालले बोली फेरे ... बाँकी अंश»

नयाँ