समसामयिक

सरकार गोप्य रुपमा राजपाका माग पूर्ति गर्दै, लुकाएर ९ जना शहीद घोषणा

२०७४ श्रावण १५ आइतबार, काठमाडौँ । सरकारले राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई चुनावमा सहभागि गराउनका सरकारले गोप्य रुपमा निर्णय गर्न थालेको छ । साउन १२ गतको मन्त्रिपरिषद बैठकले नौजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । ... बाँकी अंश»

प्रदेश र केन्द्रको चुनाव एकै पटक गर्न संविधानले रोक्दैन : नभए पहिले तल्लो सदनको चुनाव गर्नु उत्तम

२०७४ श्रावण १५ आइतबार, काठमाडौं। सरकारले राजनीतिक दलसँग प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव एकै पटक गरिनुपर्ने छलफल चलाएको छ। यद्यपि, निर्वाचन आयोगले संविधान र कानुनले एकै पटक चुनाव गर्न नदिने बताइरहेको छ । संविधान अध्येयताहरुले भने संविधानले कुनै बाधा नगर्ने बताएका छन् । संविधान अध्ययता विभार्जुन आचार्य भन्छन्, ‘निर्वाचन आयोगले भनेको जस्तो संविधानले रोक्ने भन्नु कुरै हुँदैन । आयोगले प्राविधिक रुपमा कठिनाई हुन्छ भन्न सुहाउँछ ।’ ... बाँकी अंश»

ओलीले सुनाए तिब्बतमा चिनियाँ नेतासँग भएका गफ

२०७४ श्रावण १५ आइतबार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटीलाई तिब्बत भ्रमणको उपलब्धि सुनाएका छन् । ... बाँकी अंश»

प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ, सरकारले तयारी गरिसक्योः मन्त्री विश्वकर्मा 

२०७४ श्रावण १५ आइतबार, काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावलाई एक÷दुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको स्पष्ट पारेका छन्।  उनले भने,‘अब संशोधन प्रस्तावलाई टुँगो लगाउने निश्कर्षमा पुगिसकेका छौं, राजपाले अब परिणाम स्विकार्न तयार हुनुपर्छ, ... बाँकी अंश»

विराटनगर पुगेर काँग्रेस नेता अर्जुननरसिंह केसीले यसो बताए

२०७४ श्रावण १५ आइतबार, विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि रहेको र अब यसलाई पूर्णता दिनका लागि सबैलाई एकजुट हुनुपर्ने बताएका छन् । ... बाँकी अंश»

एकताबद्ध भएर क्रियाशील बन्नुपर्नेमा रामचन्द्र पौडेलको जोड

२०७४ श्रावण १५ आइतबार, पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घ र प्रदेशको आसन्न निर्वाचनका लागि एकताबद्ध भएर क्रियाशील बन्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । ... बाँकी अंश»

काँग्रेसभित्रको आगो : सांसदलाई नै पार्टीबाट निकाल्न सिफारिस

२०७४ श्रावण १४ शनिबार, कैलाली । नेपाली काँग्रेस गोदावरी नगर कार्य समितिले स्थानीय तह निवार्चनमा अर्न्तघात गरेको भन्दै सांसदलाई समेत पार्टीको साधारण सदस्य नरहने गरी निस्कासन गर्न सिफारिस गरेको छ । ... बाँकी अंश»

देउवा र ओलीले टेलिफोनमा वातमारे, के हामी भेट्न सक्छौँ ?

२०७४ श्रावण १४ शनिबार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन वार्ता गरेका छन् । ... बाँकी अंश»

स्याङ्जामा स्वाईन फ्लुको त्रास, रोग तथा नियन्त्रण महाशाखाको टोलीले के गर्‍यो ?

२०७४ श्रावण १४ शनिबार, स्याङ्जा । स्याङ्जामा एक हप्ता अगाडी स्वाईन फ्लुका कारण मृत्यू भएको खवर सार्वजनिक भएपछि सर्वसाधरणमा त्रास फैलिएको छ । जिल्लामा स्वाईन फ्लु भएको खवर रोग तथा नियन्त्रण महाशाखामा पुगेपछि टोली समेत आइपुगेको छ । टोलीले वालिङ र आसपासका ग्रामिण क्षेत्रको अध्ययन अवलोकन र मौसमी रोग लागेका विरामीहरुको परिक्षणका लागि रगत र खकार संकलन गर्ने काम समेत गरेको छ । दैनिक ज्वरो, रुघाखोकी, टाउको दुख्ने लक्षण देखिएका बिरामीहरुको चाप र केही दिन अगाडी स्वास्थ्य केन्द्रमा उपचार पछि पोखरा हुदै काठमाण्डौमा उपचार गरिरहेका स्थानीयको मृत्यू भएपछि स्वाईन फ्लुको रोगथामको उपाय अगाडी बढाइएको छ । ... बाँकी अंश»

भोजपुरको विकासका लागि अर्थमन्त्रीको यस्तो छ योजना

२०७४ श्रावण १४ शनिबार, काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरको विकासका लागि कुनै कसर बाँकि नराख्ने भन्दै पूर्व र उत्तरी क्षेत्रमा आफ्नै पहलमा विद्युतिकरण भएको र अब हतुवागढी घोरेटार लगायतका क्षेत्रमा पनि चाँडै विजुली बाल्ने उद्घोष गरेका छन् ।उनले मध्यपहाडी लोकमार्ग अन्तर्गतको लेगुवा भोजपुर सडक खण्डमा गुणस्तरीय र व्यवस्थित रुपले कालोपत्रे गर्ने काम द्रुत गतिमा अघि बढाई नियमित रूपमा त्यसको प्रगति विवरण आफूलाई पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताएँ । ... बाँकी अंश»

म्याग्दीमा यो एक वर्षमा ११८ विवाहित जोडीको सम्बन्धविच्छेद

२०७४ श्रावण १४ शनिबार, बाबियाचौर (म्याग्दी) । पछिल्ला केही वर्षयता सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । पारिवारिक मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो । जिल्लामा आव २०७३÷७४ मा ११८ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । जिल्ला अदालतमा गत आवमा १३० को सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा ११८ को फस्र्योट भएको र १२ वटाको चालू आव २०७४÷७५ मा जिम्मेवारी सरेको छ ।  ... बाँकी अंश»

डा केसीसँगको वार्ता निष्कर्षविहीन,  शनिबार फेरि वार्ता हुने

२०७४ श्रावण १३ शुक्रबार, काठमाडौँ। चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै अनसनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच शुक्रबार भएको वार्ता शनिबार पुनः वार्ता गर्ने गरी सकिएको छ ।  ... बाँकी अंश»

आयोगले भन्यो, 'प्रदेश तहको निर्वाचनको लागि कानून छिटो चाहियो'

२०७४ श्रावण १३ शुक्रबार, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचनको लागि समयमा नै कानून बनाईदिन सरकारसँग आग्रह गरेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव तथा आयुक्तहरूसँगको भेटमा आयोगका पदाधिकारीहरुले बताएका हुन् ।   ... बाँकी अंश»

पाँचथरमा टाटा सुमो दुर्घटना, १४ जना घाईते, ३ को अवस्था गम्भिर

२०७४ श्रावण १३ शुक्रबार, जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ सारान्थामा शुक्रबार भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुनेमा फालेलुङ गाउँपालिका–५, का ३१ वर्षिया रमिला खपाङगी, उनकी ३ बर्षीय बच्चा, फालेलुङ गाउँपालिका ४ का ५२ वर्षिय तेज बहादुर गुरुङ र उनका छोरा १३ बर्षीय समिप गुरुङ, हिलिहाङ ७ का २७ वर्षीया मिरा तामाङ, ६ का हेमराज खनाल रहेका छन् । ... बाँकी अंश»

काँग्रेसका कारण राजपाले दोस्रो चरणको चुनावमा भाग नलीएको ओलीको आरोप

२०७४ श्रावण १३ शुक्रबार, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताएका छन् ।  ... बाँकी अंश»

खोलामा पुल नहुँदा बर्खामा सधैं रोकिन्छ पढार्इ

२०७४ श्रावण १३ शुक्रबार, जाजरकोट । साउन ५ गतेदेखि जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ शुरु भएसँगै समस्या पनि थपिएको छ । जिल्लाका दुर्गम गाउँमा रहेका विद्यालयमा आउन र जान साना बालबालिकालाई खोलानालामा पानी बढेका कारण समस्या भएको हो । वर्षायाममा खोलामा पानी बढ्ने तर पुल नभएका कारण विद्यालय आउन र जान समस्या भएको जिकुवास्थित पञ्चभयार माविका शिक्षक दलबहादुर खत्रीले बताए ।  ... बाँकी अंश»

पाँचौंपटक नाग पञ्चमीका दिन देशभर रक्षाबन्धन गरिँदै 

२०७४ श्रावण १३ शुक्रबार, काठमाडौं । लिखित इतिहासको सुरुवात भएपछि पहिलो अहिलेसम्म पाँचौं पटक शुक्रबार देशभर नागपञ्चमीको दिन रक्षा बन्धन गरिँदै छ । शास्त्रीय विधिपूर्वक दियो कलश र गणेश स्थापना गरेर ताम्रपत्रमा विधिपूर्वक पूजागरी रक्षा बन्धनलाई ग्रहण गर्ने गरिएको छ । ... बाँकी अंश»

नागपञ्चमी, उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन मनाइँदै

२०७४ श्रावण १३ शुक्रबार, काठमाडौँ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । ... बाँकी अंश»

प्रधानमन्त्रीले भने–प्रदेशसभा र प्रतिनिधिसभा चुनावको तयारी थाल्नुस्

२०७४ श्रावण १२ बिहिबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताका मत बदर नहुनेगरी मतदान प्रक्रियामा सुधार गरेर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी थाल्न आयोगका पदाधिकारीहरुलाई अनुरोध गरेका छन् । ... बाँकी अंश»

मन्त्रिपरिषद् बैठक : गोविन्द केसीको माग सम्बोधन गर्न वार्ता टोली गठन

२०७४ श्रावण १२ बिहिबार, काठमाडौं । सरकारले आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग सम्झौता गर्न वार्ता टोली गठन गरेको छ । मन्त्रिपरिषद् विस्तार भएकै भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । ... बाँकी अंश»

नयाँ