समसामयिक

सप्तरी घटनामा ज्यान जानेको संख्या फेरि थपियो, संख्या पुग्यो ५

२०७३ फाल्गुण २७ शुक्रबार, काठमाडौं । सप्तरी घटनामा ज्यान जानेको संख्या फेरि एक जना थपिएको छ । शुक्रबार उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत जमुनी मध्यपुरा बस्ने ५७ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएपछि घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको प्रहरीले जनाएको छ ।    स्थानीय पत्रकार सञ्जीव विक्रम शाहले दिएको जानकारी अनुसार उक्त घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । यस अघि घटनास्थलमै ज्यान गुमाएका सञ्जन मेहेता बाहेक विरेन्द्र म ... बाँकी अंश»

जाँदाजाँदै हितराज पाण्डेले खारेज गरे गाविस र पुराना नगरपालिका !

२०७३ फाल्गुण २७ शुक्रबार, काठमाडौं । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका निवर्तमान मन्त्री हितराज पाण्डेले जाँदाजाँदै स्थानीय तहको नयाँ संरचनामा हस्ताक्षर गरेका छन् । बिहीबार आफ्नो यस पटकको कार्यकालको अन्तिम हस्ताक्षरको रुपमा गरेको पुराना गाविस तथा नगरपालिका खारेज गर्ने निर्णय सहितको प्रतिवेदन शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।   प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले निवर्तमान मन्त्री पाण्डेले जाँदाजाँदै गरेको हस्ताक्षर सहितको उक्त प्रति ... बाँकी अंश»

पुनर्वास घटनाको बिरोधमा आमहड्ताल, सत्यतथ्य छानबिन नहुँदासम्म पुनर्वास नाका सिल गरिने

२०७३ फाल्गुण २७ शुक्रबार, कञ्चनपुर। पुनर्वास सीमा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागि एक नेपालीको मृत्यु भएको बिरोधमा नेकपा (माओवादी) केन्द्र प्रदेश नंं. ७ ले शुक्रबार आम हड्ताल गरेको छ । माओवादी केन्द्रको ७ नं. प्रदेशका प्रचार विभाग प्रमुख ओम विक्रम भाट (सरल)ले भारतीय पक्षबाट नेपालीमाथि भएका ज्यादतीको विरोधमा बन्द आव्हान गरिएको बताए ।    उनले बन्दका क्रममा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न दिने बताए । बिहीबार भएको उक्त घटना नेपा ... बाँकी अंश»

जाजरकोट बस दुर्घटनाः मृतक २६ मध्ये २० को सनाखत, घाइतेको उपचार हुँदै, केही गम्भीर

२०७३ फाल्गुण २७ शुक्रबार, जाजरकोट । जाजरकोटमा बिहीबार अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । १५ जनाको घटनास्थलमा र ११ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।   मृतकमध्ये २० जनाको मात्र सनाखत भएको छ । लहँ गाविसका रामबहादुर बस्नेत, साल्मका नन्दलाल जैसी, सीमाका मदन पुन, भेरीमालिका नगरपालिकाका सन्तोष राना, गोपाल सुनार, शर्मिला सुनार, नविन चन्द, गणेश बोहरा, सन्त सुनार, दशेरा–१ का डिलबहादुर बुढा, रुकुम चौरजहारी–४ का कृष्ण गिरी, दशेरा&nda ... बाँकी अंश»

संघीय गठबन्धनको नेपाल बन्द आब्हानले काठमाडौं उपत्यकामा आंशिक प्रभाव, तराई भने ठप्प

२०७३ फाल्गुण २७ शुक्रबार, काठमाडौं । सप्तरीमा गत सोमबार भएको घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले आव्हान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा सवारी साधन तुलनात्मक रुपमा कमै गुडेका छन् । विद्यालय भने त्रासकै कारण बन्द गरिएका छन् ।    तर तराईका जिल्लामा भने सवारी साधन चलेका छैनन् । सोमबार सप्तरीमा प्रहरीको गोलीबाट चार जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चासहितको संघीय गठबन्धनले नेपाल बन्द आव्हान गरेको हो । घट ... बाँकी अंश»

[अपडेट] जाजरकोट बस दुर्घट्ना: मृत्यु हुनेको संख्या २६ पुग्यो, घाईतेहरुलाई सुर्खेत-नेपालगञ्ज लगिंदै

२०७३ फाल्गुण २७ शुक्रबार, जाजरकोट। सदरमुकामबाट साल्मा–५ खारातर्फ गइरहेको ना३ख २२७९ नंको यात्रुवाहक बस आज दुर्घटनामा पर्दा २६ यात्रुको निधन भएको छ ।    मृत्यु हुनेहरुमा १९ जनाको घट्नास्थलमा मृत्यु भएको थियो । त्यसैगरि ७ जनाको उपचारको क्रममा जाजरको अस्पतालमा मृत्यु भएको हो।    दुर्घट्नाका घाईते मध्य ८ जनाको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ। त्यसैगरि १० जनाको अवस्था गंभिर भएकोले सुर्खेत-नेपालगंज लगिएको छ। थप २९ जनालाई पनि सुर्केत-नेपालगञ्ज लाने प्रयास जारी र ... बाँकी अंश»

कञ्चनपुर घट्नामा भारतीय पक्षबाट नेपाली नागरिकको हत्या खेदजनक: देउवा

२०७३ फाल्गुण २६ बिहिबार, काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुर जिल्लाको आनन्दबजार नजिक भारतीय सुरक्षाकर्मीको गोलीबाट स्थानीय गोविन्द गौतमको मृत्यु भएको घट्ना प्रति ध्यान गंभिर ध्यानाकर्षण भएको जानएका छन्।    भारतीय पक्षले एकतर्फी रुपमा पनर्वास नगरपालिकामा निर्माण भएको कल्भर्ट भत्काएपछि भएको बिवादमा गोली प्रहार हुनु दुखद र खेदजनक भएको बाएका छन्।    'एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको नागरिक भारतीय पक्षको गोली प्रहारब ... बाँकी अंश»

उपप्रधानमन्त्रीमा कमल थापाले लिए सपथ

२०७३ फाल्गुण २६ बिहिबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । बिहीबार साँझ राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको उपस्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।    बुधबारसम्म कुनैपनि चर्चा समेत नचलेको उनको एक्कासी बिहीबार दिउँसो हाम्राकुराले समाचार प्रकाशन गरेपछि मात्रै मन्त्री बन्ने विषयमा बाहिर चर्चा भएको थियो । सप्तरी घटनापछि राष्ट्रिय ... बाँकी अंश»

भारतीय प्रहरीलाई यसरी धपाए नेपालीले, भारतीय बन्दूक विरुद्ध गुलेली हाबी (भिडियो सहित)

२०७३ फाल्गुण २६ बिहिबार, कञ्चनपुर। बन्दूक बोकेर नेपालीमाथि आक्रमण गर्न आएका भारतीयहरुलाई कञ्चनपुरका स्थानीयले गुलेलीले हानेर भगाएका छन् । नेपालीमाथि हतियार सहित आईलागेका एसएसबीमाथि स्थानीयले ढुंगामुढा गरेपछि एसएसबी भाग्न बाध्य भएको थियो । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा कलभर्ट निर्माणको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ५ नेपाली प्रहरीलाई समेत जबरजस्ती कुटपिट गर्न थालेपछि स्थानीयले समेत ढुंगामुढा गरेका थिए ।    भिडियोमा पनि देख्न ... बाँकी अंश»

कञ्चनपुरमा भारतीयहरु निशानामा, आक्रमण हुनथालेपछि प्रहरीले गरायो सचेत

२०७३ फाल्गुण २६ बिहिबार, कञ्चनपुर । स्थिती तनावग्रस्त बन्दै गएपछि स्थानीय प्रहरीले कञ्चनपुरमा भारतीय नागरिकलाई सडकमा ननिस्कन सचेत गराएको छ । स्थानीय प्रहरीले बिहीबार साँझ सूचना जारी गर्दै भारतीय नागरिक र भारतीय सवारी साधनहरु स्थानीयको आक्रमणको निशानामा पर्नसक्ने भन्दै सडकमा ननिस्कन सचेत गराएको हो ।  प्रहरी नायव उपरीक्षक नैन सिंह कार्कीले बिहीबार साँझ सूचना जारी गर्दै सचेत गराएका हुन् ।    कञ्चनपुरमा संयुक्त विद्यार्थीहरुले आन्दोलन गरी मृतकलाई शहीद घोषणा गर् ... बाँकी अंश»

नेपालीले भारत टेक्न मानेनन्, भारतीय पनि आएनन् : वार्ता दशगजामा

२०७३ फाल्गुण २६ बिहिबार, काठमाडौं। बिहीबार भएको घटनाको विषयमा नेपाल र भारतबीच दशगजामा बैठक जारी रहेको छ । दुबै पक्षले अर्काेको भूमिमा जान नमानेपछि दशगजामा बैठक बसेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए ।    नेपालबाट स्थानीय प्रशासनको तर्फबाट प्रजिअ खनालसहित, सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँवर, सशस्त्रका एसपी इन्द्रराज कार्की, अनुसन्धानका नन्दकुमार धिताल, जनपथका एसपी प्रकाश बहादुर चन्द सँगै सम्पूर्ण राजनीतिक दलका नेताहरुको संलग्नता रह ... बाँकी अंश»

एसएसबीको ज्यादती विरुद्ध कञ्चनपुर आक्रोशित, महेन्द्रनगरमा मशाल जुलुस

२०७३ फाल्गुण २६ बिहिबार, काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादती विरुद्ध कञ्चनपुरका स्थानीय आक्रोशित भएका छन् । बिहीबार स्थानीय एक युवकको ज्यान भएको र आधा दर्जन प्रहरी समेत कुटिँदा पनि स्थानीय प्रशासनले केही गर्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।    उनीहरुले अहिले कञ्चनपुरको महेन्द्रनगरमा अहिले मशााल जुलुस सुरु हुन लागेको छ । उनीहरुले स्थानीय प्रशासन विरुद्ध नै नाराजुलुस गरिरहेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा कलभर्ट नि ... बाँकी अंश»

भारतीय प्रहरीको नेपाली सुरक्षाकर्मीमाथि समेत ज्यादती, ५ सुरक्षाकर्मी घाईते

२०७३ फाल्गुण २६ बिहिबार, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा सीमा विवादमा नेपाली प्रहरी समेत निर्घात रुपमा कुटिएका छन् । एक जना नेपालीको मुत्यु समेत हुनेगरी एसएसबीले सशस्त्रमाथी ज्यादती गरेको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा कलभर्ट निर्माणको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ५ नेपाली प्रहरीलाई समेत जबरजस्ती कुटपिट गर्न थालेपछि स्थानीयले समेत ढुंगामुढा गरेका थिए ।    नेपाली भूमिमै आएर एसएसबीले  नेपाल प्रहरी र सशस्त्र प्रहरीक ... बाँकी अंश»

राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री हुँदै, ६ बजे सपथ

२०७३ फाल्गुण २६ बिहिबार, काठमाडौं। वर्तमान सत्तारुढ गठवन्धनमा रहेको राप्रपाका अध्यक्ष कमल थापा सरकारको पूनर्गठनमा उपप्रधानमन्त्री सहित सरकारमा सहभागि हुने भएका छन् । राप्रपाका तर्फबाट सरकारमा नेतृत्व गरेर जाने थापाले उपप्रधानसहित स्थानिय विकास मन्त्रालयको जिम्मेवारी पनि पाउने भएका छन्।    सप्तरी घटनापछि राष्ट्रिय राजनीतिमा उतारचढाव आइरहँदा राप्रपाले मेची महाकाली यात्रालाई स्थगित गरेको थियो । सप्तरी घटनापछि मधेश केन्द्रित राजनीतिक दलहरुले सरकारलाई दिएको स ... बाँकी अंश»

भारतीय प्रहरीले लियो नेपालीको ज्यान, उपचारका लागि ल्याउँदै गर्दा गौतमको मृत्यु

२०७३ फाल्गुण २६ बिहिबार, काठमाडौं । कञ्चनपुरको आनन्द बजारमा पुल निर्माणको विषयमा नेपाली र भारतीय पक्षबीच विवाद हुँदा भारतीय सीमा सुरक्षाबल एसएसपीले गोली चलाउँदा घाइते भएका नेपालीको उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको छ । भारतीय सीमा सुरक्षाबल एसएसपीले प्रहार गरेको गोली लागि घाइते भएका कन्चनपुर, पुनरवास ८ का गोविन्द गौतमको उपचारका लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो। उनलाई कैलालीमा उपचारका लागि ल्याइदै गरेको कैलाली प्रहरीका उच्च अधिकारीले जनाएका छन्। ।   ... बाँकी अंश»

भारतीय पक्षले गोली चलाएपछि दशगजामा तनाव, ढुंगाकै भरमा जाईलागे नेपाली

२०७३ फाल्गुण २६ बिहिबार, काठमाडौं । कञ्चनपुरको आनन्द बजारमा पुल निर्माणको विषयमा नेपाली र भारतीय पक्षबीच विवाद हुँदा भारतीय सीमा सुरक्षाबल एसएसपीले गोली चलाएको छ । प्रहरीले दिएको जानकारी अनुसार कच्चि पुल बनाउने भन्ने सहमति भएकोमा इटाराखेको आरोप लगाउँदै भारतीय पक्षले नेपाल तर्फ ताकेर गोली चलाएपछि स्थिती तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी प्रकाश बहादुर चन्दले जानकारी दिए ।    अहिले नेपाल प्रहरीका एसपी चन्द सहित प्रमुख जिल्ला अधिकारीको टोली त ... बाँकी अंश»

प्रमुख तीन दलका शीर्ष नेताको बैठकः सप्तरी घटनापछि राजनीतिक उतारचढाव

२०७३ फाल्गुण २६ बिहिबार, काठमाडौँ । सोमबार सप्तरीमा भएको घटनालगायत समसामयिक राजनीतिक विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच बुधबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, सरकारमा सहभागी नेपाली काँग्रेस र सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा सप्तरी घटनापछिको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प् ... बाँकी अंश»

मोर्चाको बटमलार्इन : स्थानीय चुनाव स्थगन र संविधान संशोधन

२०७३ फाल्गुण २५ बुधबार, काठमाडौं । सरकारले मधेशी मोर्चाले ज्ञापनपत्रमा उल्लेख गरेको ५ बुँदे मागमध्ये तीनवटा माग पूरा गर्नको लागि प्रक्रिया अगाडि बढाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सप्तरी घटनाको सत्य तथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ । आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।   बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारल ... बाँकी अंश»

सप्तरी घटनामा ज्यान गुमाएकाको परिवारलाई १० लाख, जाँचबुझ आयोग गठन गर्ने

२०७३ फाल्गुण २५ बुधबार, काठमाडौं । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले सप्तरी घटनाको विषयमा समीक्षा गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।    बैठकले सप्तरी घटनामा परी मृत्यु हुने नेपालीहरुप्रति दुख व्यक्त गर्दै मृतकका परिवारजन दश लाख रुपैयाँ राहत र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय पनि गरेको छ ।  बैठकले घटनामा परी घाइते हुने सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेक ... बाँकी अंश»

सप्तरी घटना पछि अभिव्यक्ति फेर्दै मधेशी मोर्चा

२०७३ फाल्गुण २५ बुधबार, काठमाडौं । मधेशी मोर्चाले पछिल्लो समय आफ्नो अभिव्यक्ति फेर्न थालेको छ । एमालेले सप्तरीमा आयोजनागर्न लागेको कार्यक्रममा अवरोध पुर्याएको आरोप लागेको मधेशीमोर्चाले सप्तरीमा ४ जनाको ज्यान जानेगरी गोली चलेपछि मधेशी मोर्चाले आफ्नो अभिव्यक्ति बदल्न थालेको हो ।    यस अघि सार्वजनिक रुपमा एमालेलाई मधेश छिर्न नदिने बताउँदै आएका मधेशी मोर्चाका नेताहरुले अहिले भने आफ्नो अभिव्यक्ति बदल्न थालेका हुन् । सोमबार घटना घटिसकेपछि बुधबार हाम्राकुरासँगको क ... बाँकी अंश»

नयाँ