समसामयिक

वाग्मती सफाइ महाअभियानको २०० औँ हप्तामा नेपाल सफाइ सम्मेलन

२०७३ फाल्गुण २१ शनिबार, काठमाडौँ। वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताको पूर्वसन्ध्यामा नेपाल सफाइ सम्मेलन आयोजना गरिने भएको छ । विसं २०७० जेठ ४ गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान फागुन २८ गते शनिबार २०० औँ हप्तामा प्रवेश गर्दैछ । यस अवसरमा पशुपति क्षेत्र विकास कोषको आयोजना र सहरी विकास एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा फागुन २७ गते शुक्रबार सफाइ सम्मेलन गरिने सफाइ महाअभियानले जनाएको छ ।    सफाइमा कोषका सदस्य सचिव डा गोविन्द ट ... बाँकी अंश»

एमालेले जनताबाहेक अरूको आदेश मान्दैन : अध्यक्ष ओली

२०७३ फाल्गुण २१ शनिबार, कांकडभित्ता (झापा) । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताएका छन् ।    शनिबारबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताका जागरण ल्याउने अगुवाइ एमालेले गरेको जनाए ।    ओलीले भने, “एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा भएको छ, निर्वाचन गराउनुपर्छ । निर्वाचन नगर्ने र जनतामा अध ... बाँकी अंश»

सुखानीका सहिद सम्झँदै एमालेको मेची महाकाली अभियान

२०७३ फाल्गुण २१ शनिबार, झापा । नेकपा एमालेले ‘सुखानीका सहिद दिवस’ को दिन पारेर शनिबारदेखि मेची महाकाली राष्ट्रिय अभियान प्रारम्भ गर्दैछ । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सदभावका लागि गरिएको सो १५ दिने अभियानका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायत नेता शुक्रबारै झापामा पुगेका छन् ।     स्थानीय ... बाँकी अंश»

राप्रपाको केन्द्रीय समिति बैठक : अहिलेको संशोधन प्रस्तावको विपक्षमा उभिने

२०७३ फाल्गुण २० शुक्रबार, काठमाडौं । राप्रपाको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । राजधानीमा सम्पन्न बैठकले अहिले सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावमा समर्थन नजनाउने निर्णय गरेको केन्द्रीय सदस्य विक्रम पाण्डेले जानकारी दिए ।    उनले अर्को संशोधन सहितको संविधान संशोधन प्रस्ताव दर्ता गरिए सोमा सहमति जनाउन सकिने जनाएको छ । उसले मधेशी मोर्चा सहितको सबै शक्तिहरुलाई राखेर व्यापक छलफल गरेको खण्डमा मात्रै मुलुकले निकास पाउने भन्दै सो विषयमा सरकारले पहल ... बाँकी अंश»

ओली र निधीबीच कुन हल्लाका बारेमा भयो सल्लाह

२०७३ फाल्गुण २० शुक्रबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सरकारका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भेट गरि एक हल्लाको बारेमा सल्लाह गरेका छन्। हालै राजनीतिक वृतमा फिजिएको एक भ्रमको बारेमा दुई नेताबीच सल्लाह भएको हो ।    बिहिबार राति अबेर एमाले अध्यक्ष केपी ओलीसंग उनको बालकोटस्थित निबासमा भएको भेटमा गृहमन्त्री निधिले सिराहाको लाहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले कसैलाई लखेट्ने भन्ने शब्द प्रयोग नगरेको प् ... बाँकी अंश»

काठमाडौंको क्याम्पसमा तालैताला, बाहिरका बिद्यार्थीलाई जीतको माला

२०७३ फाल्गुण २० शुक्रबार, काडमाडौं । अहिले देशभरीका साढे दुई सय भन्दा बढी क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भईसकेको छ । विभिन्न विद्यार्थी संगठनहरुले पनि आआफ्नो विजयी भएको क्याम्पसको संख्या बढाउनमा नै होडबाजी मच्चाईरहेका छन् । यसै सन्दर्भमा विभिन्न विद्यार्थी संगठनले आआफ्नो पक्षमा धेरै जीत भएको दाबी गर्न पनि होडबाजी चलाईरहेका छन् ।    तर यसरी देशभरीका २५० भन्दा बढी क्याम्पसमा निर्वाचन भईसक्दा पनि धेरैको ध्यान भने त्रिविका आंगिक क्याम ... बाँकी अंश»

आरआर क्याम्पसमा विद्यार्थीलाई नै प्रवेशमा रोक, स्थिती तनावग्रस्त

२०७३ फाल्गुण २० शुक्रबार, काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीलाई नै प्रवेशमा रोक लगाईएको छ । केही दिन अघि स्ववियुको मनोनयन दर्ताको क्रममा विद्यार्थीहरुबीच झडप भएर क्याम्पसमा आगजनी समेत भएपछि क्याम्पस अहिले प्रहरीको व्यारेक जस्तै बनेको छ ।    दैनिकजसो क्याम्पसभित्र दर्जन भन्दा बढी प्रहरीहरु बसीरहेका हुन्छन् भने विद्यार्थीहरुलाई भित्र पस्न दिईएको छैन । जसले गर्दा क्याम्पस बाहिर विद्यार्थीहरुको देखिने गरेको छ । विद्यार्थीहरुले पटकपटक ... बाँकी अंश»

स्थानीय वायुको प्रभाव सुरु, पश्चिमी वायु शनिबारदेखि सकिने, हावाहुरीसहितको वर्षा

२०७३ फाल्गुण २० शुक्रबार, काठमाडौं । नेपालका अधिकांश भागमा पश्चिमी वायुको प्रभावले असर पुगेको छ । मौसममा देखिएको पश्चिमी वायुको प्रभाव भने कमजोर भएकाले शनिबार नै पूर्ववत् अवस्थामा फर्किने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले हाम्राकुरालाई बताए ।    तर प्रि–मनसुन सुरु भएकाले अब लगातारजसो हावाहुरीसहितको वर्षा भने हुने उनको भनाइ छ । अब निरन्तर तीन महिनासम्म चलिरहने प्रधानांगले बताए ।    शुक्रबार बिहान उपत्यकामा फाटफुट वर्षा भएको छ । मौसम महाश ... बाँकी अंश»

स्ववियु निर्वाचन : देशभरका १०५ क्याम्पस नेविस‌ंघको कब्जामा (नामावली सहित)

२०७३ फाल्गुण १९ बिहिबार, काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउने क्रम जारी छ । बिहीबार दिउँसोसम्म प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले १०५ क्याम्पसमा जीत हासिल गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले विज्ञप्ती मार्फत् जानकारी दिएका छन् ।  अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा नेविसंघको प्यानलले जीत हासिल गरेको हो ।     स्व.वि.यू. निर्वाचनमा ने ... बाँकी अंश»

‘अनुचित कार्य’ हटाइएपछि ६० प्रतिशत काम अलमलमा

२०७३ फाल्गुण १९ बिहिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्, विकास समितिले सार्वजनिक खरिद नियमावली र स्थानीय निकाय आर्थिक नियमावलीमा बाझिएका पूर्वाधार निर्माणसँग सम्बन्धित विषयमा एकरुपता ल्याउन निर्देशन दिएको छ ।    समितिको बिहीबारको बैठकपछि सभापति रवीन्द्र अधिकारीले पूर्वाधार निर्माणमा एउटा नियमावलीमा उपभोक्ता समितिले डोजर चलाउन सक्ने र अर्काले चलाउन नसक्ने व्यवस्था गरिएकाले द्विविधा रहेको बताए। “दुई वटा नियमावलीमा दुई थरी कुरा भएकाले विकास निर्माणमा असर पर ... बाँकी अंश»

ओलीकै क्षेत्रमा अनेरास्ववियु तेस्रो, झापामा फहरायो नेविसंघले झण्डा

२०७३ फाल्गुण १९ बिहिबार, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीकै क्षेत्रमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले विजय हाँसिल गरेको छ । झापाको क्षेत्र नं ७ मा पर्ने विभिन्न क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमालेहरुको विद्यार्थी अनेरास्ववियुको स्थान तेस्रो स्थानमा पुगेको हो । ती सबै क्याम्पसहरुमा नेविसंघले विजय हाँसिल गरेको छ ।    झापामा रहेका ९ क्याम्पस मध्ये ६ क्याम्पसमा नेबिसंघका उम्मेदवारहरु विजयी भएको बताईएको छ । यसरी नेविसंघले विज ... बाँकी अंश»

स्ववियुमा ६१ मतका कारण गयो नेविसंघकी छात्राको ज्यान

२०७३ फाल्गुण १९ बिहिबार, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनमा विजयी हुन नसकेको पीडामा स्याङ्जाकी एक नेविसंघकी छात्राले आत्महत्या गरेकी छिन् । स्वतन्त्र बिद्यार्थी युनियनको सभापतिमा पराजित भएपछि सिदार्थ बहुमुखी क्याम्पस फेदिखोलाकी उम्मेदवार रिमा क्षेत्रीले आत्माहत्या गरेको उनका साथीहरुले बताएका छन्।     आफ्ना प्रतिद्वन्द्वी अनेरास्ववियुका उम्मेदवारसँग पराजय बेहोरेपछि नेविसघंकी क्षेत्रीले आत्माहत्या गरेकीे उनका नजिकका साथीहरुले जनाएका हुन् । बुधवार स ... बाँकी अंश»

स्थानीय निर्वाचन : अर्काको नाममा भोट हाल्न आउनेलाई के हुन्छ कारबाही ?

२०७३ फाल्गुण १९ बिहिबार, काठमाडौं । नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । सरकारले तोकेको स्थानीय तहको निर्वाचनको मिति बैसाख ३१ को समयसीमा आईपुग्न अब दुर्इ महिना र केहीदिन मात्रै बाँकी छ । अबको समयसीमा भित्र निर्वाचन सम्पन्न गर्नको लागि सहजता भन्दा पनि चुनौतीहरु धेरै रहेका छन् । स्थानीय तहको निर्वाचनको माहोल तातेसँगै यसका विभिन्न प्रावधानहरुको विषयमा पनि चासो बढ्न थालेको छ । यससँगै मतदानको विषयमा फर्जी मतदान गर्नेहरुलाई के कस्तो कारबाही हुन्छ भन्ने विषय पन ... बाँकी अंश»

स्याङ्जाका आठ क्याम्पसमा पाँच नेविसंघको कव्जामा

२०७३ फाल्गुण १९ बिहिबार, स्याङ्जा। स्वतन्त्र विद्यार्थी युनियनको १८ गते भएको निर्वाचनमा स्याङ्जाका आठ क्याम्पस मध्ये पाँच क्याम्पसमा नेपाल विद्यार्थी संघले कव्जा जमाउन सफल भएको छ । १८ गते बुधवार जिल्लाका सात क्याम्पसमा निर्वाचन भएको थियो भने एक क्याम्पसमा १४ गते नै निर्विरोध चयन भएको थियो । सात क्याम्पसमा भएको निर्वाचन अनुसार पाँच क्याम्पसमा नेविसंघले स्ववियु निर्वाचन जितेको छ भने दुई क्याम्पस अनेरास्ववियुले जित हात पारेको छ । वालिङ बहुमुखी क्याम्पसको भने मतदान प्रक ... बाँकी अंश»

हेटौंडाको बजार क्षेत्रका घर तत्काल नभत्काउन अन्तरिम आदेश

२०७३ फाल्गुण १९ बिहिबार, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत् हेटौंडा बजारको सडकखण्डको दायाँ बायाँ सडक फराकिलो पार्दैै आएको डिभिजन सडक कार्यालय हेटौंडालाई रिट दायरगरेकाहरुको घर तत्काल नभत्काउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ । गत माघ ४ गतेबाट कार्यालयले घर भत्काउन डोजर चलाएपछि ६५जना घरधनीहरुले उचित क्षतिपुर्तिको माग गर्दै    सर्वोच्च अदालतमा रिट दायर उपर पटक पटक मिती सार्दै र अपतकालीन  अन्तरिम जारी गर्दै आएको  सर्वोच्च अदालतले फेरी पनि रिट उपर अपतकालीन ... बाँकी अंश»

नेविसंघले जितेका ९० क्याम्पसमा को को भए अध्यक्ष ? (नामावली सहित)

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउने क्रम जारी छ । बुधबार साँझसम्म प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले करिव ९० क्याम्पसमा जीत हासिल गरेको नेविसंघका महामन्त्री सरोज थापाले जानकारी दिएका छन् । उनका अनुसार निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा नेविसंघको प्यानलले जीत हासिल गरेको हो ... बाँकी अंश»

[अपडेट]स्ववियुको मत मतपरिणाम : ७६ क्याम्पसमा नेविसंघ विजयी (नामावली सहित)

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउने क्रम जारी छ । बुधबारसाँझसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले अहिलेसम्म ७६ क्याम्पसमा जीत हाँसिल गरेको नेविसंघ नेताहरुले जानकारी दिए । उनीका अनुसार निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा नेविसंघको प्यानलले जीत हाँसिल गरेको हो ।    नेप ... बाँकी अंश»

[अपडेट] स्ववियुको मत मतपरिणाम : ७४ क्याम्पसमा अनेरास्ववियु विजयी (नामावली सहित)

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउन थालेको छ । बुधबार साँझसम्म प्राप्त मतपरिणाम अनुसार अनेरास्ववियुले अहिलेसम्म ७४ क्याम्पसमा जीत हाँसिल गरेको अनेरास्ववियुले जनाएको छ । निर्वाचनमा मत परिणाम आउने क्रा जारी रहेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा अनेरास्ववियुको प्यानलले जीत हाँसिल गरेको हो ।     अनेरास्ववियुले अहिले सम्म बिजय हासिल गरेका क्याम्पसहरु - ... बाँकी अंश»

मन्त्रीलाई अतिरिक्त गाडी उपलब्ध नगराउँदा ठाडो प्रस्तावमा सचिवको सरुवा !

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौँ। सरकारी सवारी साधनको प्रयोग र उपयोगितामा अराजकता देखिएको निष्कर्ष निकालिएको छ । संसद्को सुशासन तथा अनुगमन समिति मातहतको उपसमितिको बुधबारको बैठकमा मन्त्रालयका सचिवले काम विशेष आवश्यकताका आधारमा भने सवारी साधनको सुविधा निकै कमी रहेको जानकारी दिए।    वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र उपाध्यायले सरकारी सवारी साधन अधिक बिग्रने, आवश्यकता परका बेलामा काम नदिने मात्र होइन, मर्मतमा अधिक खर्च हुने समस्या देखिएको बताए। कतिपय माथिल्लो ओहद ... बाँकी अंश»

एमाले नेता राजेन्द्र पाण्डेका भाइले फुटाए नेविसंघका छात्राहरुको टाउको

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । एमाले नेता एवम धादिङ क्षेत्र नं ३ का सासंद् राजेन्द्र पाण्डेका भाइले ढुगां हानेर ने.वि.संघ र क्रान्तिकारीका ३ कार्यकर्तालाई गम्भीर घाइते बनाएका छन् । जयवागेश्वरी क्याम्पस मलेखु, धादिङको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा आपसी विवाद बढ्दा नेता पाण्डेका भाइ उपेन्द्र पाण्डेले तीन छात्रामाथि आक्रमण गरेका हुन् ।    घाइते हुनेमा क्रान्तिकारीकी सुजता भट्ट र नेविसंघकी छात्राद्वय पार्वती सेडाई, र सुस्मीता रुपाखेती छन् । घाइ ... बाँकी अंश»

नयाँ