समसामयिक

कांग्रेस निर्वाचन निर्देशिका पारित, सर्वोत्कृष्ठ अर्थमन्त्री महतलाई बधाई

२०७२ पौष २६ आइतबार, काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आसन्न १३औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको निर्देशिका पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकले “नेपाली कांग्रेस निर्वाचन निर्देशिका —२०७२” पारित गर्नु अघि निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले आरणा राखे ।    बैठकमा पार्टी उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य महेश आचार्यले पछिल्लो विकसित राजनीतिक घटनाक्रम ... बाँकी अंश»

पृथ्वीनारायण बन्दै दाहाल (टिप्पणी)

२०७२ पौष २६ आइतबार, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्प कमल दाहालले आत्मनिर्भर, स्वाधीन र स्वन्त्र राष्ट्र निर्माण सम्भव रहेको बताएका छन् । पार्टीको प्रादेशिक समिति बैठक र कार्यकर्ता भेटघाटका लागि दाङ पुगेका दाहालले आफुसंग आत्मनिर्भरताको शुत्र रहेको जिकिर गरेका हुन् । दाहालले पार्टी कार्यकर्तालाई जनता, पार्टी र विचारप्रति निष्ठावान बन्न निर्देश समेत गरेका छन्  कम्युनिष्ट सत्ता गठबन्धनको दोस्रो ठूलो शक्ति एमाओवादी अध्यक्ष दाहालले यसअघि पनि बारम्बार आत्मनिर्भर ... बाँकी अंश»

सेनाको हेलिकोप्टरले राहत लैजाने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

२०७२ पौष २६ आइतबार, काठमाडौं । भूकम्पीडित हिमाली क्षेत्रमा हिमपात भएपछि प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले हिमपातपछी समस्यामा परेका भूकम्प पीडित जिल्लामा सेनोको  हेलिकोप्टरबाट राहत तथा उद्धार सामग्री पठाउने निर्णय गरेको छ । हिमपात भएका क्षेत्रमा तत्काल सरकारी टोली परिचालन हुने भएको छ ।   बैठकपछि सेनाले गोरखामा आइतबार (आजै) राहत लाने भएको छ । मौसम परिवर ... बाँकी अंश»

मोर्चाका नेताको दोहोरो चरित्र

२०७२ पौष २६ आइतबार, काठमाडौं । आन्दोलनरत मधेशी मोर्चाका नेताहरुले भित्र एउटा र वाहिर अर्को कुरा गर्ने गरेको पाईएको छ ।     प्रमुख दलहरुका नेता र मोर्चाका नेता सहभागी कार्यदलको बैठकमा सकारात्मक छलफल भएको बताएका नेताहरुले बैठक चलिरहेकै बेला आन्दोलन घोषणा गरेर दोहोरो भुमीका व्यवहारमै प्रर्दशन गरेका छन् ।    केहीदिनअघि भएको कार्यदलको बैठकबाट निस्कीएपछि सकारात्मक छलफल भएको भन्दै आन्तरिक छलफलका लागि समय मागेका मोर्चाका नेताहरुले कार्यदलको अर्को बैठक नवस्द ... बाँकी अंश»

काँग्रेस बैठकमा दुवै पक्ष खरो रुपमा प्रस्तुत हुने

२०७२ पौष २६ आइतबार, काठमाडौं । क्रियाशिल सदस्यता संवन्धी विवाद टुङग्याउने गरी छलफल हुन लागेको केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने भनेर काँग्रेसका दुवै पक्षका नेताहरुले तयारी गरेका छन् ।    संस्थापन पक्षका नेताहरुले सवै विवादित जिल्लाका सदस्यता स्थगित गरी १२औं महाधिवेशनको सदस्यताका आधारमा १३औ महाधिवेशन गर्नु पर्ने अडानलाई दोहोर्याउने भएका छन् भने बरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरुले सवै ठाउको सदस्यतालाई मान्यता दिनु पर्ने जिकिर गर्ने तया ... बाँकी अंश»

‘सिंहदरवार देशकै सवैभन्दा ठूलो मूर्दाघर’

२०७२ पौष २५ शनिबार,   काठमाडौ ।  नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले सिंहदरवार देशकै सवैभन्दा ठूलो मूर्दाघर रहेको बताएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओली जनजीविकाका समस्या हल गर्ने भन्दा पनि भाषण गरी जग हसाइरहको बताए ।  शनिबार  इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको विशेष कवि गोष्ठीमा बोल्दै वैद्यले भारतको नाकाबन्दले जनजीवन चौपट भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली ठट्टामा व्यस्त रहेको बताए । ‘कहिले हावामा बिजुली निकाल् ... बाँकी अंश»

मधेसी मोर्चाले कार्यकर्तालाई वृत्तचित्र देखाउने

२०७२ पौष २५ शनिबार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ आन्दोलनको घोषणा गरेको छ । मोर्चाको पौष २२ देखि २४ गतेसम्म राजधानीमा सम्पन्न बैठकले विभिन्न आन्दोलनको घोषणा गरेको हो । मोर्चाले शनिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै ६ वटा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलन अनुसार मोर्चाले सम्मेलनमा जारी विज्ञप्ति अनुसार पौष २८ गते मंगलबार प्रत्येक जिल्ला सदरमुकाममा विशाल जुलुस प्रदर्शन र विरोधसभा गर्ने, पौष ३० गते जिल्ला सदरमुकाम तथा प्र ... बाँकी अंश»

गणतन्त्र खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन

२०७२ पौष २५ शनिबार, काठमाडौं । राप्रपा नेपालका प्रवक्ता विष्णु भट्टराईले प्रमुख राजनीतिक दलहरु विदेशीको एजेण्डामा बिक्दा मुलुकको राष्ट्रियता नै खतरामा परेको आरोप लगाएका छन् । राजधानीमा शाही युवा शक्तिले आयोजना गरेको बृहत्त  र्‍यालीको कोणसभालाई सम्बोधन गर्दै प्रवक्ता  भट्टराईले विदेशी शक्तिले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता एजेण्डा लादेकोले नेपालको अस्तित्व नै समाप्त पार्ने खेल भएको आरोप लगाएका हुन् ।    शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्क ... बाँकी अंश»

थाक्यो मोर्चा, नेताहरुको बैठकै बैठक

२०७२ पौष २५ शनिबार, काठमाडौं । लामो समय देखिको मधेश आन्दोलनका कारण जनता नै आजित भएपछि मधेशी मोर्चाका नेता आन्दोलन अन्त्य गर्न बैठकहरुमा व्यस्त हुन थालेका छन् ।    प्रमुख तिन दल र मधेशी मोर्चाका नेताहरु सम्मीलित कार्यदलसंग पहिलो छलफल गरेपछि आन्तरिक छलफलमा जुटेका मोर्चाका नेताहरुले आज निर्णायक छलफल गर्ने भएका छन् ।    मोर्चाको बटम लाईनका बारेमा निर्णय गरेपछि मोर्चाका नेताहरुले आजै कार्यदलमा छलफल गर्ने तयारी गरेका छन् । दुवै बैठक अपराहन्न हुने भएको छ । ... बाँकी अंश»

‘ए होर भाई कस्ले, कुन् नेताले, के भने ?’

२०७२ पौष २४ शुक्रबार, चन्द्र धामी, काठमाडौं । सर्वोच्चको फैसलाले निकै खुसी छु । परिवारमा धेरै वर्षपछि दुःख भुल्ने रंग आएको छ । न्यायको ढोका बन्द हुँदो रहेनछ । कारबाही हुनेमा आशावादी भएका छौं । दुई दाजुभाईको हत्याले विभत्स सावित्रीले हाम्रा कुरासंग कुरा गर्दै गइन्–,‘हामीलाई कारबाही नहोला भन्ने ठूलो डर थियो ।’ ढिलै भएपनि आम माफीविरुद्ध मैले पेश गरेको रिट निवेदनको सुनुवाई भयो ।    सावित्रीलाई सर्वोच्चले गरेको फैसलाको एकिकृत माओवादी नेताले स्वागत गरेको कुरा थाह ... बाँकी अंश»

वेलायतका राजकुमार ह्यारी नेपाल आउने

२०७२ पौष २४ शुक्रबार, काठमाडौं । वेलायतका राजकुमार ह्यारी नेपाल आउने भएका छन् । केनसिनटोन प्यालेसले ट्वीट गर्दै राजकुमार ह्यारी नेपाल आउन लागेको जानकारी गराएको हो । आगामी वसन्त ऋतुमा ह्यारीको औपचारिक भ्रमण हुनेछ । राजकुमार ह्यारीको यो पहिलो औपचारिक भ्रमणहुने पनि बताइएको छ । केनसिनटोन प्यालेसले ट्वीट गर्दै भनेको छ, ‘राजकुमार ह्यारीले यो स्प्रिङमा नेपालको अफिसियल भ्रमण गर्ने छन्, उनको पहिलो नेपाल भ्रमण हुनेछ।’ यस अघि पनि बेलायतबाट नेपालमा धेरै पटक राजकीय भ्रमण ... बाँकी अंश»

खस आर्यलाई समोवशी सूचिबाट हटाए आन्दोलन गर्ने चेतावनी

२०७२ पौष २४ शुक्रबार, काठमाडौ। संयूक्त खश क्षत्री नेपालले मधेसको समस्या समाधान गर्ने बहानमा संविधानको समावेशी समानुपातिकको सूचिमा रहेको खस आर्यलाई हटाउने गरी संविधान संसोधन गर्न खोजिएको भन्दै त्यसका विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।  शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर सस्थाले नेपाली काग्रेसले मधेसको माग संबोधन गर्ने भन्दै पुष २२ गते दर्ता गराएको संसोधनले नेपालका आदीबासी खस क्षत्री एवम खस आर्य समूदायको ऐतिहासिक पहिचान र अधिकारलाई संबैधानिक एवम कान ... बाँकी अंश»

काँग्रेस नेताहरु लागे पूर्वतिर

२०७२ पौष २४ शुक्रबार, कुमुद अधिकारी, विराटनगर/ गोपाल पोखरेल, उदयपुर। नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिकिदै गर्दा केन्द्रीय नेताहरुको जिल्ला दौडाहा व्यापक भएको छ। जिल्ला तहका नेताहरु गाउँ तहमा खटिइरहँदा केन्द्रीय नेताहरु जिल्ला तहमा सक्रिय भएका छन्। केन्द्रदेखि गाउँसम्म काँग्रेस नेता कार्यकर्ता पुग्दै गर्दा माहौल काग्रेसको महाधिवेशनमय हुँदै गएको छ।    काँग्रेस नेताहरु विभिन्न नाम र काम लिएर स्थानिय नेता कार्यकर्तासँग पुगेका छन्। काँग्रेसका प्रभावशाल ... बाँकी अंश»

भगौडाले मच्चाए जनकपुर वितण्डा, दाई सांसद भएपछि विग्रिए हिरा.....

२०७२ पौष २४ शुक्रबार, धनुषा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आफ्ना नेताका सवारी जलाउने व्यापारी कांग्रेस एमालेका एजेन्ट रहेको भन्दै आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन् । उनीहरुले आन्दोलनमा भएको घुसपैठ विरुद्ध शुक्रबार पनि आन्दोलन चर्काएका छन् । मोर्चाका कार्यकर्ताले लाठी र भाटासहितको जुलुस निकालेर सबै क्षेत्र ठप्प पारेका छन् । खुला रहेका शैक्षिक संस्था समेत उनीहरुले पूर्ण रुपमा बन्द गराएका स्थानीय पत्रकार प्रविण साहले जानकारी दिए ।   अहि ... बाँकी अंश»

अशान्त जनकपुरमा भाटे जुलुस (फोटोसहित)

२०७२ पौष २४ शुक्रबार, जनकपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरमा आन्दोलन सशक्त बनाएका छन् । विहिबार मोर्चाका नेताको मोटरसाइकलमा भएको आगजनी र कुटपीटको विरोधमा मोर्चाकार्यकर्ताले शुक्रबार कडाई गरेका हुन् । मोर्चाका कार्यकर्ता लाठी र भाटा बोकेर उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय र शैक्षिक संस्था बन्द गराउँदै हिडेका छन् । विद्यालयमा शुक्रबार हुने भनिएको परिक्षा समेत स्थगित भएको छ ।    जनकपुरको जानकी मन्दिर वरपरका पसलहरु केही दिन ... बाँकी अंश»

आन्दोलन अन्त्य गर्ने मोर्चाको तयारी

२०७२ पौष २४ शुक्रबार,   काठमाडौ । लामो समयदेखि तराई मधेशमा आन्दोलन गर्दै आईरहेको मधेशी मोर्चाले आन्दोलनलाई टङग्याउने उपायको खोजी गर्न थालेको छ ।    आन्दोलनमा जनसहभागीता लाजमर्दो हुदै गएको र आन्दोलनले मधेशी जनतालाई नै सकस पारेकाले आफुहरुप्रतिको वितृष्ण बढ्दै गएको ठानेर मोर्चाले आन्दोलन अन्त्य गर्ने वाहनाको खोजी गर्न लागेको हो ।    मोर्चाका अधिकाँश नेताले आन्दोलनका कारण मधेशका जनताको जनजीवन कष्टकर भएको र प्रमुख दलसँगको वार्ता पनि सकारात्मक रुपमा अगाडि ... बाँकी अंश»

दिल्लीबाट के ल्याए पौडेलले

२०७२ पौष २४ शुक्रबार, काठमाडौँ । भारतको दिल्लीमा विभिन्न दलका वरिष्ठ नेता एवम् मन्त्रीसँगको भेटवार्तापछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल गएराति स्वदेश फर्किएका छन् ।    ती भेटवार्तामा उपसभापति पौडेलले दुई देशबीचको सहज सम्बन्धमा पछिल्लो समयमा देखिएको कठिनाइ र नेपालीले भोगिरहेको समस्याबारे अवगत गराई आपूर्ति व्यवस्थालाई सहज तुल्याई समस्याको छिटो निकास दिनुपर्नेमा जोड दिएका थिए ।  सामानहरु सहज आपूर्ति हुन नसक्दा नेपालमा देखिएको कठिनाइबारे भारत ... बाँकी अंश»

दुर्बल शासकको घातक अवगुण : छिमेकीलाई ढुंगा

२०७२ पौष २३ बिहिबार, काठमाडौं । संविधान जारी गर्ने वातावरण तयार भए देखि असोज ३ सम्मको राजनीतिक विकास क्रम र असोज ३ पछी धमिलिएको राजनीति तथा परराष्ट्र सम्बन्धबारे निकै तर्क वितर्क भइरहेका छन् । स्वभाविक तर्ककाबीच नेपालको परराष्ट्र सम्बन्ध अस्वभाविक बन्ने खतरा बढेको छ । संविधान जारीपछी असन्तुष्ट बनेको छिमेकी भारत नेपालको पछिल्लो व्यवहार ठिक नभएको प्रतिक्रिया दिइरहेको छ। छिमेकी भारतले नेपालमा भारतविरोधी गतिविधि बढेकोमा चिन्ता जनाउँदै आएको छ । परनिर्भर नेपाल आत्मनि ... बाँकी अंश»

गिरिजाबाबुको मन्त्रले सुजाता 'हिट'

२०७२ पौष २३ बिहिबार, माया नेपाल, काठमाडौं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला अहिले पश्चिम नेपालको भ्रमणमा छिन। सुदुरपश्चिमको दार्चुलादेखि पूर्वको भ्रमणमा निस्किएकी कोइराला बिहिवार रुकुमको भ्रमण सकाएर दाङ झर्दै थिइन। रुकुमको भ्रमण सकाउँदै गर्दा उनले १३ जिल्लाका स्थानीय नेता कार्यकर्ताहरुसँगको अन्तर्क्रिया सकाएकी थिइन। सुजाता जहाँजहाँ गइन स्थानीय सभासद र काँग्रेसका केन्द्रीय तहका स्थानीय नेतालाई सँगै लिएर गएकी थिइन। महाधिवेशनको मुखमा जिल्ला दौडाहामा निस ... बाँकी अंश»

जनकपुर घटनाले दंगाको रुप लियो, मोटरसाइकल जलाउने व्यापारीका पसलमा ताला

२०७२ पौष २३ बिहिबार, जनकपुर । धनुषाको जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले उग्र रुप लिएको छ । जनकपुरमा विहिबार हाल सम्म तराई मधेसमा भएका आन्दोलनमा नघटेको घटना घटेको छ । दिउँसो व्यापारिसंग झडप गरेका मोर्चा कार्यकर्ताले साँझ आफ्ना नेताको मोटरसाईकल जलाउने व्यापारीको नाम ठेगाना खोजी–खोजी पसलमा ताला लगाई दिएका छन् । मोर्चा कार्यकर्ताले जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष विजय शाह र व्यापारी अनन्त मिश्रको कपडा पसलमा ताला लगाएका जनकपुरबाट स्थान ... बाँकी अंश»

नयाँ