समसामयिक

गगनको भाषण पछि पार्टी प्रवेशमा ताँती

२०७२ चैत २९ सोमबार, मकवानपुर। नेपाली काँग्रेसका नेता गगन थापाले काँग्रेस हुनुमा गर्व गर्दे सकारात्मक कार्यको लागि अगाडी बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। मकवानपूरको थाहा नगरमा आयोजित कार्यक्रमका सम्बोधन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य गगन थापाले अवको दिनमा बिकासमा जोड दिदै अहिलेका उपलब्धिहरुलाई रक्षा गर्दे अघि बढे काँग्रेसलाई सबैतिर विजयी हुन कसैले छेक्न नसक्ने बताए।    थाहा नगरमा भएको कार्यक्रममा एमाओवादी, एमाले तथा राप्रपा परित्याग गरी २ सय ... बाँकी अंश»

वनका कारण ठूला आयोजनामा अवरोध छैन : सचिव ठाकुर

२०७२ चैत २९ सोमबार, काठमाडौ। वनका कारण रोकिएका भनिएका ठुला आयोजनाहरुमा वनले बाधा नपुर्यामएको दावी वन तथा भूसंरक्षण मन्त्रालयले गरेको छ। प्रारम्भिक वातवरणीय मूल्याङकन ( IEE ) र वातावरण प्रभाव मूल्याङन (EIA ) भइसकेका कुनै पनि आयोजनाहरु वन मन्त्रालयको कारण नरोकिएको दावी वन तथा भूसंरक्षण मन्त्रालयका सचिव उदय चन्द्र यादवले गरेका छन।   यस आर्थिक बर्षमा कतिपय ठुला आयोजनाहरुको काम सन्तोशजनक नदेखिएपछि आयोजनाहरुको काम रोकिएको बिषयमा खोजविन हुदा वनको कारण कतिपयको काम रोकिएक ... बाँकी अंश»

नेपालको न्याय क्षेत्रको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्ने कार्की को हुन् ?

२०७२ चैत २८ आइतबार, काठमाडौं । चैत १६ गते बसेको संवैधानिक परिषद् बैठक निर्णयविहिन भएपछि सर्वोच्चको प्रधानन्यायाधीश सिफारिस हुन सकेन । बैठकको श्रृंखला तैत २८ सम्म पुग्यो तीन वटा बैठक निर्णयविहिन भए । अन्ततः आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठकले प्रधानन्यायाधीश बन्ने लाइनमै रहेकी बरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगायो ।   कार्कीबारे अब संवैधानिक व्यवस्थानुसार संसदीय सुनुवाई हुनेछ । तत्काल संसदीय सुनुवाई नभए उ ... बाँकी अंश»

ओली सरकारको रकमान्तरविरुद्ध उत्रियो कांग्रेस, सांसदमार्फत बजेट दिन लागेको रहस्योद्घाटन (विज्ञप्तीसहित)

२०७२ चैत २८ आइतबार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वर्तमान एमाले नेतृत्वको सरकारले आर्थिक वर्षको अन्तिममा मनोमानी तथा एकलौटी तरिकाले रकमान्तर गरी आफ्ना सांसदहरु मार्फत् बजेट वितरण गर्न लागेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।    कांग्रेस सचेतक इश्वरी न्यौपानेले विज्ञप्ती जारी गरेर यसबारे आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल यस्तो कार्य रोकी सरकारले आर्थिक अनुशासन कायम गर्न सचेत गराएकी छन् । सरकारले आर्थिक वर्ष सकिने बेलाम ... बाँकी अंश»

प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस, चौथो बैठकमा लाग्यो टुंगो

२०७२ चैत २८ आइतबार, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा बरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीशमा कार्कीको नाम सिफारिस गरेका हो ।    बैठकमा विपक्षी दलका नेता, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत सहभागि भए । सभामुख ओनसरी घर्तीमगर भने विरामी भएकाले बैठकमा उपस्थित हुन सकिनन् । विरामी समामुख घर्तीलाई भेट्न प्रधानमन्त्री केपी शर्म ... बाँकी अंश»

ओलीलाई रामचन्द्रले भने, ‘हतार नगर्नुस्, नयाँ संरचनापछि मात्रै स्थानिय निकायको निर्वाचन हुन्छ’

२०७२ चैत २८ आइतबार, तनहुँ  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारले नै स्थानीय निकायको चुनाव गराउछ भन्नु पदप्रतिको लोलुपता भएको बताएका छन् ।    तनहुँमा भएको साक्षात्कार कार्यक्रममा नेता पौडेलले वर्तमान सरकारलाई हतार नगर्न भन्दै नयाँ संरचना बनाएर मात्रै स्थानीय निकायको निर्वाचनमा जान उपयुक्त हुने बताए । संचारकर्मीले स्थानीय निकायको निर्वाचन कहिले सम्म होला त ? भनि सोधेकामा पौडेलले  नयाँ संरचना बना ... बाँकी अंश»

अझै सिफारिस हुन सकेन प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम

२०७२ चैत २८ आइतबार, काठमाडौँ । सर्वोच्च अदालतमा भावी प्रधानन्यायाधीशको विषयमा टुंगो लगाउन बसेको संवैधानिक परिषद्को वैठक फेरिपनि निर्णयविहिन भएको छ । तेस्रो पटक समेत न्यायाधीशबारे टुंगो लाग्न नसकेको हो । बरिष्ठताका आधारले प्रधानन्ययाधीशको लाइनमा रहेकी बरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्न बसेको बैठक सभामुख विरामी परेपछि उपस्थित हुन नसक्दा निर्णयविहिन भएको हो ।     सभामुख ओनसरी घर्ती बिरामी भएर अस्पतालमा भर्ना हुनु भएकाले निर्णय हुन नसके ... बाँकी अंश»

को को पर्दैछन् देउवाको मनोनयनमा ?

२०७२ चैत २८ आइतबार, काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन र संसदीय दलको निर्वाचनबाट जिम्मेवारी नपाएकाहरु अव मनोनयनमा पर्न आन्तरिक कसरतमा लागेका छन् । नेताहरुले आ आफ्नो तरिकाले सक्दो प्रयास गरिरहेपनि सभापति शेरबहादुर देउवाको तर्फबाट समेत प्रारम्भिक सुची तयार भएको छ । उनले मनोनयन गर्दा सवै क्षेत्र र समुदायकालाई समेट्ने प्रयास गर्ने भएका छन् भने समुहगत हिसावले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मनोनयन पर्ने सम्भभावना कम छ। बरु उनले सभापतिका प्रत्यासी कृष्णप्रसा ... बाँकी अंश»

काँग्रेसको लक्ष्य सरकार होइन जनताको विकासः पौडेल

२०७२ चैत २७ शनिबार, तनहुँ। नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले सरकारमा जान हतार गर्ने भन्दा पनि सरकार वाहिर वसेर राजनीतिलाई निकास र जनतालाई विकास दिने लक्ष्य बनाउनुपर्ने बताएका छन्। गृह जिल्ला तनहुँको दमौलीमा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले अहिले राजनीति अपमानित भएकोले त्यसलाई सम्मानीत गर्नु आफ्नो एउटा मात्रै लक्ष्य भएको बताए।    बरिष्ठ नेता पौडेलले राजनीतिलाई भष्ट्रचार मुक्त गराई रा ... बाँकी अंश»

वैशाखदेखि सिंहदरबार केन्द्रित आन्दोलन : राजेन्द्र महतो

२०७२ चैत २७ शनिबार, नवलपरासी । सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेशका मागको बेवास्ता गरे वैशाख पहिलो सातादेखि सिंहदरबारमा दबाब केन्द्रित आन्दोलन चल्ने बताएका छन् ।    पूर्व मन्त्रीसमेत रहेका महतोले शनिबार नवलपरासीको परासीमा पत्रकारसँग कुरा गर्दै अब आन्दोलन मधेसमा मात्र नहुने भन्दै अबको आन्दोलन सिंहदरबार केन्द्रित कडा प्रकारको रहने दाबी गरे।    पछिल्लो समयमा गरिएका आन्दोलनले मधेसका जनतालाई मात्र समस्या पारेको भन्दै अबक ... बाँकी अंश»

कमल थापाको असन्तुष्टिले केही फरक पार्दैनः उपप्रधानमन्त्री रायमाझी

२०७२ चैत २७ शनिबार, काठमाडौं। उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझील संघीयता कार्यान्वय गर्न बनेको संघीय आयोगवारे सरकारकै उपप्रधानमन्त्री कमल थापाको असन्तुष्टिले कुनै फरक नपर्ने बताएका छन् । उनले भने, ‘‘सरकारमै बसेर असन्तुष्टी व्यक्त गर्नुको कुनै तुक छैन तर परिवारमा त कहिले असन्तुष्टि हुन्छ, त्यसैले हामी सरकारमा पनि धेरै दल छौं, असन्तुष्टि हुनु स्वभाविक हो ।’    बावुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आफू कुनै पनि हालतमा नजाने ठोकुवा गर्दै उनले ... बाँकी अंश»

एमाओवादी एमालेमा विलय हुने खतरा; झक्कु सुवेदीका छोरा विप्लव माओवादीमा

२०७२ चैत २७ शनिबार, काठमाडौं। क्रान्तिकारी धु्रविकरणले तीव्रता पाइरहेको बेला एकीकृत नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा माओेवादीमा प्रवेश गरेका छन्। शनिबार संवाद डबलीमा माओवादी पार्टीले आयोजना गरेको ‘क्रान्तिकारी ध्रुविकरण कार्यक्रम’मा एमाओवादीका काठमाडौं क्षेत्र नं. ४ का इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ नेकपा माओवादीमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशी प्रयासलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवाद ... बाँकी अंश»

सरकार परिवर्तन गर्ने बेला भईसकेको छैन: उपप्रधानमन्त्री थापा

२०७२ चैत २७ शनिबार, दाङ। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सरकारले शुक्रबार गठन गरेको ‘संघीयता  कार्यान्वयन उच्चस्तरीय समिति प्रति आफ्नो असन्तुष्टि रहेको स्पष्ट पारेका छन ।  रिपोर्टर्स क्लब नेपाल दाङले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले समितिमा स्थानीय विकास मन्त्रालयलाई नसमेटेको भन्दै आफूले त्यसबारेमा प्रधानमन्त्रीसँग कुराकानी गर्ने बताए।    दाङमा भएको साक्षात्कारमा उनले भने,‘हिँजो दश बजे मन्त्री परिषदको बैठक भनेर बोलाइएको थियो तर, ... बाँकी अंश»

“एसएलसीले खायो मेरो नानीलाई”

२०७२ चैत २७ शनिबार, बुटवल । चैत्र अठार गते विहीवार विहान करीव सात बजेको थियो। आफ्नो घरबाट बाहीर हेर्दा हेदै बुटवल नौ दीपनगर निवासी सरिता बमरेलले आंखामा गह भरी आसु लिईन र एक छिन पछि उनी भक्कानिएर रोईन्। तेत्तीकैमा धैरे मान्छे जम्मा भए अनि सरीतालाई धेरैले के भयो? किन रोएकी? भन्दै उनी माथि धेरै प्रश्न नै प्रश्नहरु गरे। उनी रुनुको कारण आज भन्दा दुई वर्ष अगाडिको कुरा थियो। आज भन्दा दुई वर्ष अगाडि उनीको कान्छो छोरा आषिभ बमरेल एसएलसी परीक्षाकै कारण यस संसारमा रहेनन्।    य ... बाँकी अंश»

पिडै पिडामा वित्यो वर्ष २०७२

२०७२ चैत २७ शनिबार, काठमाडौँ । भूकम्प, संविधान, नाकाबन्दीलगायतका महत्वपूर्ण घटनाले २०७२ साल मुलुकका लागि इतिहासमै सबैभन्दा बढी उथलपुथल भएको वर्ष बन्यो । विसं २०७२ सुरुवातसँगै वैशाख २ गते पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भयो ।    यस वर्षको सुरु मै वैशाख १२ गते मध्याह्न करिब ११ बजेर ५६ मिनेट जाँदा गएको ७।८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय र ... बाँकी अंश»

एकल इजलासबाट एकै दिन ५२ मुद्दाको फैसला

२०७२ चैत २७ शनिबार, मोरङ। जिल्ला अदालत मोरङको एक इजलासले एकै दिन ५२ वटा मुद्दाको फैसला गरेको छ ।    अदालतले पुराना मुद्दाको किनारा लगाउने योजनाअनुसार सार्वजनिक मुद्दामा धमाधम फैसला दिन सुरु गरेको हो । मुख्य न्यायाधीश विनोद मोहन आचार्यको एकल इजलासले दुई दिनअघि एकै दिन ५१ वटा मुद्दाको फैसला गरेको हो भने एउटा मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।    सो इजलासले सार्वजनिक अपराधका मुद्दा ४९ वटा, नाता कायम एउटा र एउटा सम्बन्ध विच्छेदको मुद्दामा मि ... बाँकी अंश»

सार्न खोज्दा खोज्दै पनि हुनेभो एक बर्षपछि एमाले केन्द्रीय कमिटीको वैठक

२०७२ चैत २६ शुक्रबार, काठमाडौँ। नेकपा एमालेको पोलिटब्युरोको बैठक नसकिए पनि शनिबार पार्टीको पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। एक वर्षको अन्तरालपछि केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो।    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठकको उद्घाटन भई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन वितरण गर्नुभएपछि पुनः पोलिटब्युरोको बैठकले निरन्तरता पाउने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले जानकारी ... बाँकी अंश»

सिन्धुली भुवनेश्वरीको डढेलोवाट ४५ भन्दा धेरै घरगोठहरु ध्वस्त

२०७२ चैत २६ शुक्रबार, सिन्धुली। सिन्धुलीको भुवनेश्वरी गाविसमा विहान ११ बजेदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। लगातार ७ घन्टादेखि लागेको आगोले ४५ भन्दा बढी घरगोठहरू जलाएर नष्ट गरेको छ। नियन्त्रणको प्रयासका लागि आगलागी क्षेत्रमा ठुलो संख्यमा उदार टोली खटिएको छ। स्थानियवासीहरू निक्कै अत्तालिएका छन्।    आगलागि नियन्त्रणका लागी यतिवेला ठुलो श्रोत र साधनको परीचालन गरिएको छ। करिव ३ वजे नै सिन्धुलीमाढी सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी तारा बहादुर का ... बाँकी अंश»

नेपाल बार असोसिएशनमा ‘जित्ने–हार्ने’ कस्ले कति मत ल्याए ? (सूचीसहित)

२०७२ चैत २६ शुक्रबार, काठमाडौँ । नेपाल बार एसोसिएशनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अन्य पार्टी निकट कानुन व्यवसायीको तुलनामा काँग्रेस निकट व्यवसायीहरुकै वर्चश्व रहयो । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेकामा पदाधिकारीसहित २० सिट लोकतान्त्रिकै भागमा परेको छ । ९ हजार ५सय २२ मतदाता मध्ये सात हजार ८ सय ४५ मतदाताले मताधिकार प्रयोग गरे ।    लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा शेर बहादुर केसी र महासचिवमा खम्म बहादुर खाती ... बाँकी अंश»

देउवाको प्रदेशबाट देउवाकै उमेद्वार पराजित

२०७२ चैत २६ शुक्रबार, काठमाडौं। नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउवाको प्रदेश नं. ७ डडेल्धुराबाट प्रतिनिधित्व गर्छन। उनको प्रभाव अब त्यस क्षेत्रमा मात्र हैन देशभर छ। चुनाव लडेको डडेल्धुरा र कैलाली उनको राजनीतिक साखको क्षेत्र पनि हो। बिहिवार मात्रै उनै देउवाले संसदीय दलको निर्वाचनमा आफ्नो प्रतिष्पर्धी रहेका रामचन्द्र पौडेललाई भारी मतले पराजित गरे ।    तर सोहि क्षेत्रका आफ्नो गुटका र आफूले चुनाव लडेको कैलालीका सांसदलाई भने देउवाले संस ... बाँकी अंश»

नयाँ