समसामयिक

संघीयता र राजसंस्थामा जनमत संग्रह, सेरेमोनियल राजा राख्दा फरक पर्दैन : खुमबहादुर

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौं । कांग्रेस नेता खुमबहादुर खड्काले देश राजनीतिक अस्थिरताले अस्तव्यस्त भइसकेकाले अब सेरेमोनियल राजा राख्दा फरक नपर्ने बताएका छन्  । काठमाडौंमा आयोजित हिन्दु राष्ट्र अभियानको एक कार्यक्रममा नेता खड्काले अहिले राजनीतिक दलहरुप्रति जनताको विश्वास घटेको भन्दै स्थिरताका लागि नाम मात्रको राजा भएपनि राख्नुपर्ने तर्क गरेका हुन् । गिरिजाबाबुले समेत बेबी किङ्गको कुरा गरेका थिए, उनले भने, ‘आज पूर्व राजा ज्ञानेन्द्र शाह देशको जुनसुकै ठाउँम ... बाँकी अंश»

'आफैं गठबन्धन फुटाउँदै उपेन्द्र यादव'

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौं । संघीय समाजवादी फोरमले सरकारले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने बताएपछी गठबन्धन फुटको संघारमा पुगेको छ । संघीय गठबन्धनका संयोजक समेत रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवको द्वैद्व चरित्रले गठबन्धन फुटको संघामा पुगेको नेताहरुले बताएका छन् । अध्यक्ष यादवले गठबन्धन र आफ्नै दलका नेताहरुलाई ठगेका छन् । मंगलबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन संयोजक यादवसँग निर्वाचनमा जाने सहमति भएकाले संशो ... बाँकी अंश»

संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म एमालेले संसद चल्न नदिने

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौं । प्रमुख विपक्षी एमाललेले विहिबारबाटै संसद चल्न नदिने निर्णय गरेको छ । वुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको संविधान संशोधन विधेयकविरुद्ध संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । बैठकबाट बाहिरिँदै एमाले सचिवसमेत रहेका सांसद भीम आचार्यले हाम्राकुरासँग भने, ‘सामूहिक  रुपमा संशोधन विधेयकको विरोध गर्ने निर्णय भयो । विहिबारबाटै संसद अवरुद्ध गर्ने भनेका छौं । संशोधन विधेयक फिर्ता नलिएसम्म सदन चल्न दिँदैनौं ।’ सचिव आचार ... बाँकी अंश»

एमालेले पत्रकारसँग गर्‍याे गोप्य बैठक

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको सशक्त प्रतिवाद गर्ने बताइरहेको विपक्षी एमाललेले पत्रकारसँग गोप्य छलफल गरेको छ । वुधबार बिहान पार्टी कार्यालयमा एमालेले आफु निकटका पत्रकारहरुलाई बोलाएर अनौपचारिक छलफल गरेको हो । पत्रकारहरुसँगको छलफलमा एमाले संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ, उपाध्यक्ष भीमरावल, सचिव प्रदीप ज्ञवाली लगायत थिए । बैठकमा पार्टी अध्यक्ष केपी ओली भने सहभागि नभएको बताइएको छ । छलफलमा सहभागि सचिव ज्ञवालील ... बाँकी अंश»

प्रदेश नम्बर पाँच टुक्रयाउने गरी भएको संविधान संशोधन दर्ताले प्यूठानमा सबै दलको आक्रोश

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौं । सरकारले सहमति नगरी संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट बनेका जिल्लामा आगो बल्न थालेको छ । प्रदेश नम्बर ५ टुक्रयाउने संशोधन दर्ता भएपछि प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, रुकुम र रोल्पामा विरोध चर्किएको छ ।    ती जिल्लाहरुमा शीर्ष तीन दलसंगै अन्य दलहरु पनि विरोधमा उत्रिएका छन् । प्यूठान र रोल्पाले त मिलेरै केही दिनदेखि संयुक्त आन्दोलन चलाएका छन् । ती जिल्लाहरुमा बन्दसमेत आब्हान गरिएको छ ।    आक्रोश कार्यकर्ताले ठ ... बाँकी अंश»

मुलुकको राजनीतिक सरगर्मी एकाएक बढ्यो, एमाले बैठक बस्दै

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौं । सरकारले दलहरुबीचको सहमति बिना नै संविधान संशोधन प्रस्ताव दर्ता गरेसंगै राजनीतिक सरगर्मी एकाएक बढेको छ । दलहरुबीचकै इच्छाको विरोधमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि आन्तरिक किचलोसमेत हुने देखिएको छ ।    सत्ता सहयात्री दलहरुबीच पनि मनमुटाव बढ्ने देखिएको छ । यसैबीच संविधान संशोधनको विरोधमा रहँदै आएको नेकपा एमालेसमेत गम्भीर स्थितिमा देखिएको छ ।    एमालेले आफ्नो धारणा बनाउन संसदीय दलको बैठक डाकेको छ । बैठक संसद भव ... बाँकी अंश»

शीर्ष तीन दलका नेताहरु पाँच नम्बर प्रदेश टुक्रयाउने निर्णयको विरोधमा

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौं । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसंगै सबैभन्दा बढी आक्रोश पाँच नम्बर प्रदेश टुक्राउने खेलप्रति पोखिएको छ । पहाड र तराईलाई छुट्टाएर नेपाललाई विधिवत् रुपमा विखण्डनको बाटोसमेत खोलिएको प्रतिक्रिया नेताहरुले दिएका छन् । पाँच नम्बर प्रदेश टुक्राउनेबारेको प्रस्ताव दर्ता भएपछि विशेषगरी गुल्मी, अर्घाखाँची, पाल्पासहितका जिल्लाका नेपाली काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रकै नेताहरु क्रुद्ध बनेका छन् ।    उनीहरुले आफ्नो पा ... बाँकी अंश»

यस्तो छ सरकारले ल्याएको संविधान संशोधन विधेयक (पूरा विवरणसहित)

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं । सरकारले तयार गरेको संविधान संशोधन विधेयक मन्त्रिपरिषद्बाट पारितभएसँगै संसद सचिवालयमा दर्ता भएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विधेयक पारित गरेको हो । विधेयक मंगलबारै राती ९ बजेपछि संसद सचिवालयमा दर्ता भएको छ । संधोधन दर्ता गर्न भनि बालुवाटारबाट कानुनमन्त्री अजयशंकर नायक आफै हिँडेपनि पछि कानुन मन्त्रालयका सहसचिवले दर्ता गराएका छन् । संसद सचिवालयका सूचना अधिकारीले दिएको जा ... बाँकी अंश»

केसीको स्वास्थ्य जोखिममा : रेजिडेन्ट चिकित्सकले इमर्जेन्सीबाहेक अन्य सेवा नदिने

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको नेशनल रेजिडेन्ट डाक्टरहरु वुधबारबाट आकस्मिक बाहेकका कुनै पनि सेवामा सामेल नहुने बताएका छन् । १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधनमा दबाब त्रिवि शिक्षण अस्पतालको नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएशनले वुधबारबाट रेजिडेन्टहरु आकस्मिक बाहेकका कुनै सेवामा पनि सहभागी नहुने जनाएको हो । संगलबार बसेको एशोसियशन बैठकले आन्दोलनलाई थप कडा बनाउने निर्णय गरेको एशोसियशन अध्यक्ष डा. लिजन महर्जनले बताए । उनले भने, & ... बाँकी अंश»

काँग्रेसका १० राज्यमन्त्रीको नामावली र जिम्मेवारी यस्तो छ

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं। नेपाली काँग्रेसले सरकारमा पठाउने १० जना राज्यमन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सरकारमा काँग्रेसका तर्फबाट नेतृत्व गरिरहेका उपप्रधानमन्त्री विमलेन्द्र निधीले प्रचण्डलाई ति नाम दिएका हुन्। नेपाली काँग्रेस पार्टी सभापति शेर बहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा पठाउने राज्यमन्त्रीहरुको नाम टुङगो लगाइ निधीलाई ति नाम दिएका थिए। सम्भवत बुधवार राज्यमन्त्रीहरुको सपथ हुने स्रोतको दावी छ।    राज्यम ... बाँकी अंश»

माओवादी पोलिटब्यूरोको निर्णय : संविधान संशोधनबारे शीर्ष तहमा छलफल गर्ने

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं । सत्ताधारी माओवादी केन्द्रले संविधान संशोधनबारे शीर्ष तहमा  छलफल गर्ने निर्णय गरेको छ ।   मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकले संविधान संशोधनबारे साँझ बस्ने मन्त्रिपरिषद्मा समेत छलफल गराउने धारणा तय गरेको पार्टी प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् । यस्तै, बैठकमा सहभागि ऊर्जामन्त्री जनादर्शन शर्माले बैठकको एजेण्डाबारे छलफल नभएको र संविधान संशोधनबारे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ... बाँकी अंश»

केसीका मागबारे मन्त्रीपरिषद् बैठकमा कुरा गर्छुः थापा

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं। स्वास्थ्यमन्त्री गगन थापाले अनसनरत डा. गोविन्द केसीलाई भेटि साँझ बस्ने मन्त्रीपरिषदको वैठकमा केसीको माग सम्वोधन गर्ने बारेमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन्। अनशनस्थल शिक्षण अस्पतालमा पुगेका मन्त्री थापाले साँझ ५ वजे बस्ने मन्त्रीपरिषदको वैठकमा प्रधानमन्त्रीसँग बिशेष समय लिएर केसीको मागको बारेमा कुरा गर्ने बताएका हुन्।     स्वास्थ्य शिक्षाको सुधार र त्रिवि उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान आईओए ... बाँकी अंश»

खाँडले भने, ' प्रदेश ५ टुक्याउनु हुन्न भन्दा मन्त्रीबाट हटाइए भोग्न तयार छु '

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं। नेपाली काँग्रेसका नेता तथा सरकारका रक्षा मन्त्री बालकृष्ण खाँडले प्रदेश नम्वर ५लाई टुक्रयाउने पक्षमा आफू नरहेको जानकारी काँग्रेस सभापति शेर बहादुर देउवालाई गराइसकेको बताएका छन्। पार्टी सभापतिलाई पटक पटक प्रदेश ५लाई छुट्टयाउने नहुने बारेमा आफूले प्रष्ट पारेको जनाउँदै यो विषयलाई मन्त्रीपरिषदको वैठकमा समेत राख्ने बताए। प्रदेश पाँचलाई छुट्ट्याउन भइरहेको सरकारी प्रयासमा असहमती राख्दै आएका काँग्रेसकै साँसदहरुसँग कुरा गर्दै खाँडले आ ... बाँकी अंश»

चिकित्सक केसीको अवस्था थप गम्भीर, कुनै पनि बेला शक दिन पर्ने हुन सक्छ –डा लिजन महर्जन

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं । आमरण अनसनरत प्राडा गोविन्द केसीको स्वास्थ्य स्थिति थप गम्भीर बनेको छ । अहिलेसम्मकै कीर्तिमानी १७ पटक आरमण अनसनमा बसेका केसीको कुनै पनि बेला तलमाथि हुन सक्ने भन्दै शक दिने सामग्रीसमेत तयारी अवस्थामा राखिएको छ । उपचारमा संलग्न डा. लिजन महर्जनले कुनै पनि बेला इमरजेन्सी शक दिन पर्ने भएकाले तयारी अवस्थामा राखिएको बताए ।   उनले भने, ‘यसअघि सरले (डा. केसी) १६ दिनसम्म आमरण अनसन बसेकाले त्यतिबेलासम्मको मात्र अनुभव थियो, १७ दिनको अनुभव नभएकाल ... बाँकी अंश»

अशोक राईलाई प्रश्न : हिजो जलाउनेलाई अहिले अन्तरिम संविधानको व्यवस्था किन चाहियो ?

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौं । संघीय गठबन्धन एवं संघीय समाजवादी फोरमका नेता अशोक राईले आफुहरुले अन्तरिम संविधानको व्यवस्था खोज्नुको जवाफ दिएका छन् । उनले हाम्राकुरासँग भने, ‘पहिले हामीले अन्तरिम संविधान स्वीकारेका थिएनौं । पछि अन्तरिम संविधानको भाग १८–राज्यको ढाँचा र स्थानीय स्वायत्त शासन अन्तर्गतको प्रावधान, धारा १३८ राज्यको अग्रगामी पुनर्संरचनाः (१) थपिएपछि स्वीकारेका हौं ।’ धारा १३८ मा के छ ? भाग १८ राज्यको ढाँचा र स्थानीय स्वायत्त शासन १३८ राज्यको अग ... बाँकी अंश»

न संशोधन दर्ता, न आन्दोलन घोषणा

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौं । सत्ताधारी र संविधान संशोधनको मुद्दा उठाइरहेका दलहरुबीचको अन्तर्विरोधले संविधान संशोधनको राप घटेको छ । केही दिन यता राजनीतिक माहोल संशोधनले तातिएको थियो । सत्ताधारी दुई ठूला दलभित्रै अन्तर्विरोध भएपछि संविधान संशोधनको रटानमा रहेका मधेसी तथा जनजाती दलहरु पनि सेलाएका छन् । संघीय गठबन्धनले सरकारलाई संविधान संशोधन प्रस्ताव दर्ताका लागि दिएको समय सीमा सकिएको छ । आफुहरुले दिएको अल्टिमेटम सकिएकै दिन आन्दोलनका कार्यक्र घोषणा गर्ने बता ... बाँकी अंश»

संशोधन प्रस्ताव दर्ता अन्योलमा : यस्ता छन् माओवादीका तीन विकल्प

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौं । सत्ताधारी माओवादी केन्द्रले प्रस्ताव पारित हुने अवस्थामा मात्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने अडान लिएको छ । संविधान संशोधनको माग गर्ने र प्रस्ताव ल्याउन कसरत गर्नेहरुबीचमै सहमति जुटन नसकि संशोधन दर्ता अन्योलमा रहेका बेला माओवादी केन्द्रले पारित हुने अवस्थामा मात्र अघि बढाउने अडान लिएको हो । माओवादीले संशोधन प्रस्ताव पारित गर्ने र दर्ता गर्ने विषयमा छलफल जारी रहेको जनाउँदै संशोधनका तीन विकल्प अघि सारेको छ । न्यूनतम ... बाँकी अंश»

संविधान संशोधनबारे कांग्रेसनै विभाजित

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौं । सत्ताधारी नेपाली कांग्रेसको बैठकमा प्रदेश पाँच टुक्र्याउन नहुने र एमालेलाई बाहिर राखेर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने नहुने विषय उठेको छ । सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकमा यस्तो विषय उठेको हो । पार्टी सभापति शेरबहादुर देउवाले विपक्षी र सरकारलाई समर्थन गर्ने विभिन्न दलहरुसँग परामर्श गरेपनि आफ्नै पार्टीभित्रको मत विभाजन मिलाउन सकेका छैनन् । योसँगै संशोधन प् ... बाँकी अंश»

प्रचण्डलाई भेटेर बाबुराम कहाँ पुगे उपेन्द्र,यस्ताे छ संयुक्त वक्तव्य

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौं । संविधान संशोधनको विषयलाई लिएर नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले मोर्चाबन्दीको औपचारिक सुरुवात गरेका छन् । नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै संशोधनबारे एउटै धारणा सार्वजनिक गरेका छन् । भट्टराई र यादव नेतृत्वका दुई पार्टी एकीकरण हुन लागेको चर्चा चलिरहेकैबेला संयुक्त वक्तव्य आएको हो ।   संशोधनमा राष्ट्रिय पहिचान, अधिकार सम्पन्न संघीयता, पूर्ण समान ... बाँकी अंश»

जटिलता समाधानका लागि सबै दलको सहयोग आवश्यक छ: सभामुख घर्ती

२०७३ मङ्सिर १३ सोमबार, पर्सा। सभामुख ओमसरी घर्तीमगरले राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने बताउनुभएको छ ।    वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को आज समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले वर्तमान राजनीतिक जटिलताको निकास सबै दलको सहमतिमै निस्कने विश्वास व्यक्त गर्नुभयो ।    उहाँले दलकै सहमतिमा नेपाल अग्रगामी राजनीतिक पाइला चाल्न सफल भएको र विगतको अनुभवलाई उपयोग गर्दै वर्तमान जटिलताको समाधान खोजिने ... बाँकी अंश»

नयाँ