समसामयिक

चीनले एक करोड युआन बराबरको अनुदानमा इन्धन दिने

२०७२ पौष १४ मंगलबार, काठमाडौँ । चीनले नेपाललाई तत्कालको आवश्यकता परिपूर्ति गर्न एक करोड युआन बराबरको इन्धन अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।  चीनको पाँचदिने औपचारिक भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले आफ्नो भ्रमण उपलब्धिमूलक भएको बताउँदै उक्त जानकारी दिएका हुन् । दुई देशबीच आर्थिक सम्बन्धको दीर्घकालीन रुपरेखा तयार पार्न भ्रमणबाट महत् ... बाँकी अंश»

आँखामा खुर्सानी छर्केर धारिलो हतियारले एमाले नेताको हत्या

२०७२ पौष १४ मंगलबार, काठमाडौं । अज्ञात समूहले सर्लाहीका एमालेका जिल्ला नेता रामनरेश रायको मंगलबार बिहान गरेको छ । सर्लाही जिल्ला कमिटीका सदस्य ६२ वर्षीय रायको मर्निङ वाकको समयमा हत्या भएको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्याराले उनको आँखामा खुर्सानीको धुलो छर्केर धारिलो हतियार प्रहार गरेको बताएको छ । उनको हत्या हेमपुर गाविस वडा नम्बर ७ मा भएको हो ।  स्थानीय बासिन्दाका अनुसार हेमपुर गाविसका दुईपटक निर्वाचित अध्यक्ष तथा जिल्ला विकास समिति सदस ... बाँकी अंश»

[समय सन्दर्भ] : नेपालको संघीय संरचना बाहिरको विषय ‘बहुराष्ट्रिय राज्य’

२०७२ पौष १३ सोमबार, काठमाडौं । सुशील कोइराला नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको पहिलो संशोधन प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ । यद्यपि, मधेस आन्दोलनको सुरक्षित अवतरणबारे कुनै पहल हुन सकेको छैन । मोर्चा निरन्तर सदन र सडकमा विरोध गरिरहेको छ । मोर्चालाई संगै लगेर संविधान संशोधन प्रक्रिया अघि बढाउने दलहरुको प्रयास असफल भइसकेको छ । मोर्चाले सम्वादको एउटै माध्यम ११ बुँदे प्रस्तावमा एकमुष्ट सहमति मात्रै रहेको अडान राख्दै आएको छ ।    मोर् ... बाँकी अंश»

केपी ओली भन्छन ' मधेस समस्या टुङगिएपछि भारत र चीनको भ्रमण '

२०७२ पौष १३ सोमबार, काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस समस्या टुङगिने बिन्दुमा पुग्नै लागेको खुलासा गरेका छन्। मुलुकको विद्यमान समस्या समाधानमा ध्यान आर्कषण गराउन रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उनले भने,‘ छिट्टै परिस्थितिमा सुधार आउँछ । हामीले सघन ढंगले छलफल र संबाद गरिरहेका छौ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा छलफल अझै तिब्रताकासाथ अघि बढछ । आन्दोलनरत पक्षले कुरा बुझ्दै गईरहेका छन । अब सानो तहले बुझेको छैन त्यसलाई पनि हामी बुझाउन लागेका छौ। छि ... बाँकी अंश»

भ्रष्टाचार र करोडौं धरौटी : सम्पत्ति शुद्धीकरणलाई प्रश्न ?

२०७२ पौष १३ सोमबार, चन्द्र धामी, काठमाडौं। अख्तियार दुरुपयोग गर्नेहरुको संख्या बढेसंगै छानविनले तिब्रता पाएको छ । संवैधानिक निकाय तथा नियमनकारी निकायबाट अख्तियार दुरुपयोग गर्नेहरु र अकुत सम्पत्ती आर्जन गर्नेहरु सूची एक पछि अर्को गर्दै सार्वजनिक भइरहेको छ । आरोपीहरु धमाधम धरौटीमा हिरासत मुक्त भइरहेका छन् । यद्यपि, उनीहरुले धरौटी बुझाउन ल्याएको रकम र उनीहरुले अनियमितता गरेपछीको सम्पत्तिकाबारे खोजविन हुने गरको छैन । सम्पत्तिको स्रोत खुल्न सकेको छैन । अख्तियार दु ... बाँकी अंश»

‘तराईमा भईरहेको आन्दोलनमा अगल तराई देशको अभ्यास’–उप–प्रधानमन्त्री केसी

२०७२ पौष १३ सोमबार, निर्मल खत्री, म्याग्दी । जनताको संविधानः जनताकै माझमा’राष्ट्रिय प्रचार अभियानको सोमबार म्याग्दी सदरमुकाम बेनीमा उद्घाटन गर्दै उपप्रधान तथा सहकारी एव्र गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले तराईमा भएको आन्दोलन फगतमा भएको दाबी गरेका छन । उनले तराईमा भएको आन्दोलनले दुई प्रदेश बनाए देश टुक्रिने सम्भावना रहेको बताएका छन । उनले नेपालमा बाह्य तत्वको आखा लागेको दाबी गर्दै आम नेपालीहरु सचेत हुने बेला आएको टिप्पणी गरेका छन । नयाँ संविधानले कुनैप ... बाँकी अंश»

नेपालबाट तराई छुट्ट्याउने योजनामा तराई मधेशमा भइरहेछ यस्तो काम

२०७२ पौष १३ सोमबार, काठमाडौं। लामोसमयदेखि तराई मधेशमा आन्दोलन छ। तराई मधेशका जनतालाई संविधानले संवोधन नगरेको आरोप लगाउने राजनीतिक दलका नेताहरु संविधानमा तराई मधेशलाई विशेष व्यवस्था हुनुपर्ने तर्क पनि गर्छन। तराई मधेशका ति नेताहरु नेपाल बहुराष्ट्रिय राज्य भएकोले यस अर्थमा चाहेको बेला अलग हुनसक्ने तर्क पनि गर्छन। सो कुरा संविधानमा लेखाउनुपर्ने दावी पनि गर्छन। यि त भए वैधानिक रुपमा संसदमा रहेका राजनीतिक दलका नेताहरुे राख्दै आएका भनाइ।    तराई मधेशमा संसद ... बाँकी अंश»

सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षकहरु करिव १० करोड धरौटीमा रिहा

२०७२ पौष १२ आइतबार, काठमाडौँ। सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षकहरू वासुदेव ओली, सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । आर्थिक अनियमितताको अनुसन्धानमा रहेका पूर्व महानिरीक्षकहरुसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बयान नसकिएपछि थुनामा राख्ने निर्णय गरेको थियो ।    सामान खरिद गरी मातहतका युनिटमा ढुवानी गरेको भनी झुटा बिल भर्पाइ तयार गर्नुका साथै ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीको बिलसमेत आफैँले छपाइ गरी, गर्न लगाई सामान ... बाँकी अंश»

राप्रपामा सरकारलाई दिएको समर्थन फिर्ता लिन माग

२०७२ पौष १२ आइतबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको आज बसेको पूर्ण बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माग गरेका छन् । पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा दुई दिनदेखि बसुन्धराको दियालो फुडल्यान्डमा जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले वर्तमान सरकारको कार्यशैलीको आलोचना गरेका थिए ।    बैठकमा बोल्ने सदस्यले लामो समयदेखि गुट–उपगुट रहेको पार्टीमा मेलमि ... बाँकी अंश»

नेपालको केरला यात्रा समाप्त, छवि सुधारको अवसर गुम्यो, गोल खडेरी अन्त्य

२०७२ पौष १२ आइतबार, काठमाडौं । नेपाल भारतको केरलामा जारी ११औं साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । आइतबार साँझ त्रिबेन्द्रममा भएको समूहको अन्तिम खेलमा नेपाल आयोजक तथा उपाधि दावेदार भारतसंग ४–१ ले पराजित भयो । नेपालको ११औं साफ यात्रा समाप्त भएको छ । साफ च्याम्पियनसिप २०१५ को लिग चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्न भारतविरुद्धको खेल जित्नै पर्ने थियो । केरला यात्रा समाप्त भएसंगै खेल मिलेमतोले आचोचित भएको नेपाली फुटबल सुधारको अवसर गुमेको छ ... बाँकी अंश»

पद पाएर मन्त्रालय नपाएका मन्त्रीहरु बेकामे बन्दै

२०७२ पौष १२ आइतबार, पूर्णप्रसाद मिश्र,काठमाडौँ । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले निर्णय गरी थपेका मन्त्रालयको संरचना तयार नहुँदा नवनियुक्त मन्त्रीले चार दिन बित्दा पनि पदभार ग्रहण गर्न पाउनुभएको छैन । मन्त्रिपरिषद्ले सहरी विकास मन्त्रालयबाट खानेपानी तथा सरसफाइ, कृषि विकास मन्त्रालयबाट पशु विकास, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आपूर्तिलाई झिकेर छुट्टै मन्त्रालयको गठन गरेको थियो ।    त्यसैगरी विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको वातावरण र स्वास् ... बाँकी अंश»

सर्वोच्चले अख्तियारलाई सोध्यो कनकलाई किन बोलाएको ?

२०७२ पौष १२ आइतबार, काठमाडौँ, । सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई कानुनविपरीत पत्र दिई बोलाउनुका कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले आज कानुनविपरीत पत्र दिई बोलाउनुका कारण पेस गर्न आदेश दिएको हो ।    सो पत्रमा उल्लेख भएबमोजिम कार्य गर्न अन्तरिम आदेशबाट रोक लगाउनुपर्ने वा नपर्ने भन्नेबारेमा छलफल गर्न पनि सर्वोच्चले आयोगलाई बोलाएको छ । आदेशमा भनिएको छ– “सर्व ... बाँकी अंश»

सशस्त्रका तीन पूर्व महानिरिक्षकसंग १० करोड धरौटी माग, तीनैले थुनामा बस्न इन्कार गरे, बैंक ग्यारेन्टी दिने बयान

२०७२ पौष १२ आइतबार, काठमाडौं । सशस्त्र प्रहरीका तीन पूर्व महानिरिक्षक सशस्त्र प्रहरी घोटाला प्रकरणमा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्व महानिरिक्षक सनतकुमार बस्नेत, वासुदेव ओली र शैलेन्द्र श्रेष्ठसँग ढुवानी अनियमितता प्रकरणमा फर्जि कागजात बनाएको बारे बयान लिने क्रममा १० करोड धरौटी मागेको छ । अख्तियार श्रोतले आइतबार साँझ सम्म धरौटी नबुझाए तीनैलाई हिरासतमा राख्ने तयारी भएको जनाएको छ । अख्तियारले सनतकुमार बस्नेतसँग ८ करोड, शैलेन्द्र श्रेष ... बाँकी अंश»

सशस्त्र प्रहरीका तीन पूर्व महानिरिक्षक अख्तियारमा, धरौटी नबुझाए थुनामा पर्ने

२०७२ पौष १२ आइतबार, काठमाडौं । नक्कली विल भरपाई बनाएर अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरीका तीन पूर्व महानिरिक्षक बयानका लागि अख्तियारमा हाँजिर भएका छन् । अख्तियारको पत्राचारमा बयान दिन जाने पूर्व सशस्त्र महानिरिक्षक सनत बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओली छन् । उनीहरुलाई फर्जि कागजात बनाएकोबारे अख्तियारले बयानका लागि पत्राचार गरेको थियो । बयानका क्रममा अख्तियारले तीनैजनासँग धरौटी मागेको छ । धरौटी नबुझाए तीनै जना थुनामा पर्ने छन् ।    यसअघि, न ... बाँकी अंश»

संसद बैठक स्थगित, कोरम नपुग्दा संविधानको पहिलो संशोधन विधेयक पेश हुन सकेन

२०७२ पौष १२ आइतबार, काठमाडौं । मधेसी मोर्चा आवद्ध दलहरुको विरोधबीच संचालन भएको संसद बैठक सोमबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ । आवश्यक सदस्य संख्या (कोरम) नपुगेपछी संविधानको पहिलो संशोधन विधेयक पेश हुन सकेन ।  प्रस्ताव पेश गर्न कम्तिमा एक चौथाई एक सय ४९ सांसद उपस्थित हुनुपर्दछ । समामुखले घण्टी बजाउँदा एक सय २४ सांसदहरुमात्रै उपस्थित थिए ।   बैठकमा संविधान संशोधन विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची थियो । मोर्चा संवद्ध सांसदले मधेसको माग सम्बोध ... बाँकी अंश»

नाराबाजीबीच संसद चल्यो, सत्ताधारी सांसदबाटै सरकारको चर्को आलोचना, गृहमन्त्रीले जनजीविका विर्से

२०७२ पौष १२ आइतबार, काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध घटकहरुको नाराबाजीबीच व्यवस्थापिका संसद बैठक संचालन भएकोे छ । मोर्चा संवद्ध सांसदले मधेसको माग सम्बोधन गर्नुपर्ने भन्दै नाराबाजी गरेपनि सभामुख ओनसरी घर्तीले संसद बैठकको कारबाही अघि बढाएकी हुन्।बैठकको विशेष समयमा बोल्ने सांसदहरुले सरकार र सरकाले गरेको मन्त्रिमण्डल विस्तारको चर्को आलोचना गरेका छन् ।   सांसदहरुले सरकारले भूकम्पपीडित मृत्युसंग लडिरहँदा सरकार मन्त्रालय फुटाउने ... बाँकी अंश»

अपाङ्ग महासंघको अध्यक्षमा सुबेदी, पोख्रेल र बान्तवा भिड्दै, को कति बलियो ?

२०७२ पौष १२ आइतबार, माधव चम्लागाई, काठमाडौ । राष्ट्रिय अपाङ्ग महासँघ नेपालको ७ औँ महाधिवेशन तथा १६ औँ साधारण सभा सुन्दर नगरी पोखरामा सुरु भएको छ । हिजोबाट सुरु भएको अधिबेशनमा आज मतदान भइरहेको छ । बिभिन्न पदका प्रत्यासीहरु चुनावमा होमिएका छन् । अधिवेशनलाई सूचना संचार तथा प्रबिधि मन्त्री शेरधन राईले आज उद्घाटन गर्नु भयो । देशभरबाट भेला भएका ३५० भन्दा बढी संस्थाका ६५० भन्दा बढी प्रतिनिधिहरु, शुभचिन्तक तथा पर्यवेक्षकहरुले पोखरामा भेला भएका छन् । ३४ जना निर्वाचितलाई यस ... बाँकी अंश»

राजेन्द्र महतोको उपचारबारे सामाजिक संजालमा बहस, मधेसबाटै राेष

२०७२ पौष १२ आइतबार, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले कुटपीट गरेर घाइते बनाएको भन्दै जनकपुर अशान्त छ । जनकपुरका विभिन्न स्थानमा मोर्चा कार्यकर्ताले लाठी र भाटे जुलुस निकालेका छन् । घाइते महतोको उपचारको विषयलाई लिएर सामाजिक संचालनमा समेत निकै टिका टिप्पणी भएका छन् । टाउकोमा चोट लागेको भनिएका महतो अवस्था सुधार भइसकेको छ । विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना भएका महतोको समर्थनमा जनकपुरका मोर्चा कार्यकर्ताले विरोध गरे । जनकपुरका सम ... बाँकी अंश»

महतो बिराटनगरमा स्वास्थ्यलाभ गर्दै; महतोकै समर्थनमा जनकपुरमा तनाव

२०७२ पौष १२ आइतबार, जनकपुर। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले कुटपीट गरेर घाइते बनाएको भन्दै जनकपुर विहानैदेखि तनावग्रस्त भएको छ।    टाउकोमा गम्भीर चोट लागेर विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना महतोको समर्थनमा जनकपुरका मोर्चा सम्वद्ध कार्यकर्ताहरुले प्रदर्शन गरेका छन। उनीहरुले हातहातमा लाठी बोकेर प्रदर्शनमा भाग लिएका छन्। मोर्चाका कार्यकर्ताहरु विहानैदेखि चोकचोकमा लाठी बोकेर प्रदर्शनमा उत्रिएका हुन्।    जनकपुरका सम्पूर् ... बाँकी अंश»

प्रहरी कुटाइबाट टाउकोमा चोट लागेका सद्भावना अध्यक्ष महतो अस्पताल भर्ना

२०७२ पौष ११ शनिबार, विराटनगर। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टाउकोमा गम्भीर चोट लागेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना हुनुभएको छ । विराटनगरको रानी भन्सार अगाडि मालबाहक गाडीलाई अवरोध गर्न मधेसी मोर्चाका कार्यकर्तासहित बसिरहेको अवस्थामा प्रहरीले धर्नास्थलबाट हटाउन खोजेपछि झडप भएको थियो । झडपका क्रममा उहाँको टाउकोमा चोट लागेको छ । प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार उहाँको अवस्था सामान्य रहेको छ । उक्त घटनामा ११ जना मोर्चाका कार्यकर् ... बाँकी अंश»

नयाँ