समसामयिक

शेरबहादुरका शिक्षक भन्छन्, ‘स्कुलमा विद्यार्थीलाई ‘लिड’ गर्थे’

२०७२ फाल्गुण २५ मंगलबार, काठमाडौं। शेरबहादुर पढ्नलाई ठिकै थिए । राजनीतिमा पहिले देखिनै चाँसो । स्कुलमा विद्यार्थीको नेतृत्व ‘लिड’ गर्थे । खेलकुद त्यति साह्रै नहुने भएकाले खेलकुदमा त्यति साहै्र चाँसो थिएन । अतिरिक्त कृयाकलापमा सहभागि हुन उनी खप्पिस थिए । ७७ वर्षीय लोकराज पन्तले हाम्राकुरासंग भने, ‘उनी पुस्तकालय व्यवस्थापन, सामूहिक कार्यमा बढी जोड दिन्थे, बोल्ने कार्यक्रममा बढी सरिक हुन्थे, साथीहरुलाई सामूहिक काममा हौस्याउँथे ।’ पन्त नव निर्वाचित कांग्रेस सभापति ... बाँकी अंश»

शब्दचित्रमा नवनिर्वाचित काँग्रेस सभापति शेर बहादुर देउवा

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं। शेरबहादुर देउवा अब कांग्रेस बरिष्ठ नेतामै सिमित रहेनन्। पहिलो पटक उनको हातमा देशकै मुख्य पार्टीको नेतृत्व आएको छ। उनको तेस्रो पटकको अथक प्रयास अन्ततः जिम्मेवारीमा बदलियो। समयले उनकै पाल्टामा कांग्रेस पार्टीको नेतृत्व हालिदियो। यद्यपि, उनले दोस्रो चरणको निर्वाचनको सामना गरे। पहिलो चरणमा ११ मतले उनलाई सभापति निर्वाचित हुन रोकेको थियो।  उनी तेस्रो पटक पार्टी नेतृत्वका लागि निर्वाचन लडेपनि पहिलो पटक देउवा प्रमुख दावेदारको रुपमा उभिए ... बाँकी अंश»

नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौ। नेपाली कांग्रेसको सभापति पदका लागि सोमबार भएको दोस्रो चरणको निर्वाचनको मतगणना शेरबहादुर देउवा भारी मतले विजयी भएका छन्। मतपरिणाम अनुसार शेरबहादुर देउवाले  १८२२ मत र रामचन्द्र पौडेलले १२९६  मत ल्याएका छन् भने २२ मत बदर भएको छ। दोस्रो चरणको मतदानमा सभापति पदका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल चुनावी मैदानमा थिए। पहिलो चरणमा ३१ सय ४८ मत खसेकामा दोस्रो चरणमा पहिलो भन्दा ४८ मत कम ३१ सय ४० मत खसेको छ ।  कार्यवाहक सभापति नै पार्टी सभा ... बाँकी अंश»

सभापतिकालागि दोस्रो चरणको निर्वाचनको मतगणना शुरु

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि सोमबार भएको दोस्रो चरणको निर्वाचनको मतगणना शुरु भएको छ। करिब ३ घण्टामा मतगणना सकिने केन्द्रिय निर्वाचन समितीले जानकारी दिएको छ।   मतपेटिकामा नमुना मतपत्र र निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्रसँगै कागजका डल्लाहरु  भेटिएपछि अन्यौल सृजना भएको थियो। त्यस्ता मतपत्रहरु मानविय त्रुटीका कारणले हुन सक्ने हुनाले हस्ताक्षर नभएका मतपत्रहरुलाई बदर घोषित गर्ने निर्णयसँगै अन्तिम पटक मतपत्र रुजु हु ... बाँकी अंश»

काँग्रेस महाधिवेशनले प्रभावित पशुपतिको शिवरात्री !

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौँ। भृकुटीमण्डपमा नेपाली काँग्रेसको सभापतिका लागि निर्णायक मतदान चलिरहँदा यता पाशुपत क्षेत्र महाशिवरात्रि पर्वमा व्यस्त थियो ।    तर त्यो व्यस्तता सधँैका वर्षभन्दा पातलिएको देखिन्थ्यो । नाकाबन्दी र भूकम्पबाट पीडित हिन्दुधर्माअलम्बीका कारण विशवरात्रिको रौनकमा कमी ल्याएको भएपनि काँग्रेस महाधिवेशनको पनि प्रभाव परेको बताउने पनि कम थिएनन् ।    राजनीतिसँग खासै रुचि नभएका एक नेपाली बाबा शिवनारायण दास बैरागीसमेत काँग्रेस महाकुम ... बाँकी अंश»

पहिलो चरणभन्दा ८ कमले गरे मतदान

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं । कांग्रेसको मूल नेतृत्वका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । राष्ट्रिय सभागृहमा भएको निर्वाचनमा पहिलो चरणभन्दा ८ कम कुल ३१ सय ४० मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा कुल मतदाता मध्ये १३ कम ३१ सय ४८ मत खसेको थियो । जसमा सभापतिका लागि तीन उम्मेद्वारबीच भएको स्प्रर्धामा कुनैले पनि आवश्यक मत ल्याउन नसकेपछि पुनःमतदान भएको हो ।    दोस्रो चरणमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भयो । पुन ... बाँकी अंश»

एकताको आह्वान र सिटौलाका घुम्तीहरु ? (२०३६ देखिको कांग्रेस यात्रा)

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिका तेस्रो उम्मेद्वारको रुपमा देखा परेका कृष्णप्रसाद सिटौला अन्ततः तेस्रो नै भए । सिटौलाले पहिलो चरणको निर्वाचनमा कुल खसेको मध्ये ३ सय २४ मत पाए । कुल खसेको ३ हजार १ सय ४८ मध्ये सिटौलाले ३ सय २४ मत ल्याएका हुन् । पहिलो चरणको निर्वाचनमा देउवा पहिलो स्थानमा देखिए । तर, उनलाई ११ मतले पहिलो चरणमै सभापति निर्वाचित हुनबाट रोक्यो । अर्का प्रत्यासी रामचन्द्र पौडेल दोस्रो ठहरिए । दोस्रोचरणको निर्वाचनमा सघ ... बाँकी अंश»

दुई घण्टाभित्रै सिटौलाका दुई वक्तव्य (पछिल्लो वक्तव्यमा के छ?)

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं। नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपाली काँग्रेसको महाधिवेशनको सन्दर्भमा दुई घण्टा भित्रै दुईवटा विज्ञप्ती निकालेका छन्। पहिलो चरणको चुनावको मतपरिणामलाई सम्मान गर्दै पार्टी एकताको लागि गरिएको प्रयास सफल हुन नसकेपछि सिटौलाले दोस्रो चरणको वक्तव्य निकालेका हुन्। सिटौलाले भनेका छन "पार्टी एकताको सकारातम्क सन्देश गर्न दोस्रो चरणको निर्वाचन प्रक्रियामा जानु अगावै सबैको भावना समेट्ने गरि पार्टी एकताका लागि अग्रसर हुन मै ... बाँकी अंश»

पार्टी एकताको लागि कृष्ण प्रसाद सिटौलाको आह्वान (विज्ञप्ती सहित)

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशनमा दोस्रो चरणको चुनाव हुने भएपछि काँग्रेस सभापतिका उमेद्वार समेत रहेका नेता कृष्ण प्रसाद सिटौलाले एक वक्तव्य निकाली पार्टी एकताको लागि आह्वान गरेका छन। सिटौलाले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस प्रकार छ।  विज्ञप्तीको पूर्ण पाठ  प्रेस विज्ञप्ती नेपाली काँग्रेसको १३ औं महाधिवेशन भव्यताका साथ सम्पन्न भइरहेको छ। २०७२ फागुन २३ गते आइतवार सम्पन्न मतदानमा सहभागी भई हामीलाई सहृदयपूर्वक मतदान गर्नुहुन ... बाँकी अंश»

पौडेल र देउवा सहयोग माग्न पुगे सिटौला निवास, आन्तरिक बैठकपछी सिटौलाले विज्ञप्ती जारी गर्ने

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं । कांग्रेसको जारी १३औ महाधिवेशनको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि सभापतिका प्रत्यासी रामचन्द्र पौडेल र शेरबहादुर देउवा सहयोगका लागि पहिलो चरणका उम्मेद्वार कृष्ण प्रसाद सिटौलाको निवास पुगेका छन् । विहान सार्ढ ७ बजे रामचन्द्र पौडले सिटौला निवास धुम्वाराही पुगे । पौडेल निस्केको आधा घण्टा नवित्दै शेरबहादुर देउवा सिटौला निवास छिरे । दोस्रो चरणको चुनावमा सहयोग गर्न भन्दै दुबैले सिटौलालाई आग्रह गरे । शेरबहादुर देउवाले स ... बाँकी अंश»

सभापतिकालागि दोस्रो चरणको निर्वाचन आज दिउँसो २ बजेदेखि

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं। नेपाली काँग्रेसको सभापतिकालागि दोस्रो चरणको निर्वाचन सोमबार दिउँसो २ बजेदेखि शुरु हुने भएको छ।  पहिलो चरणमा आवश्यक मत कुनै उम्मेद्वारले ल्याउन नसकेको स्थितिमा निर्वाचन दोस्रो चरणमा  प्ररवेश गरेको हो। सबै तयारी पुरा गरेर निर्वाचन गर्दा केहि समय लाग्ने भएकाले २ बजेको समय तोकेको निर्वाचन समितीका सचिव प्रदिप पराजुलीले हाम्राकुरालाई बताएका छन्।    पहिलो चरणमा भएको निर्वाचनमा नेता शेरबहादुर देउवाले सबैभन्दा बढी मत प्राप्त गरेको ... बाँकी अंश»

काँग्रेस महाधिवेशन: सभापति पदकालागि दोस्रो चरणको प्रतिस्पर्धा हुने, ११ मतले देउवा रोकिए

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं। नेपाली काँग्रेसको १३औं महाधिवेशनमा सभापति पदकालागि भएको निर्वाचनमा कसैले ५०% + १ मत नल्याएको कारणले पुन: नेता शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेल बिच  सभापति पदकालागि निर्वाचन हुने भएको छ।  ११ मतको कमीले देउवा पहिलो चरणमै सभापति हुनबाट बञ्चित भएका हुन्।    सभापति पदकालागि निर्वाचित हुन कम्तिमा १ हजार ५ सय ७५ मत प्राप्त गर्नु पर्ने स्थितीमा देउवाले १५६४ मत मात्र प्राप्त गर्दा निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरण ... बाँकी अंश»

कांग्रेस सभापतिमा देउवा बिजय नजिक

२०७२ फाल्गुण २४ सोमबार,   काठमाडौ । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आइतवार भएको निर्वाचनको मतगणना जारी छ । शेर बहादुर देउवा बिजय उम्मुख देखिएका छन् । हालसम्म २७०० मत गणना हुदा सभापतिका प्रत्यासी मध्ये शेरबहादुर देउवाले १३४७ प्रात्त गरेका छन । त्यसैगरी रामचन्द्र पौडेलले १०१८ मत प्रात्त गरेका छन् भने कृष्ण सिटौलाले २७८ मत प्रात्त गरेका छन । ३१६१ मत मध्ये ३१४८ मत खसेको छ । अव ४४८ मत गन्न बाकी रहेको छ । गन्न बाकी रहेको मतको  शेर वहारदुर देउवाले २२८ मत प्रात्त गर्न सके ... बाँकी अंश»

काँग्रेस अधिवेशन: सभापति पदको मतगणना

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं। नेपाली काँग्रेसको आसन्न महाधिवेशनको सभापतिकालागि भएको निर्वाचनको मत गणना शुरु भएको छ। केहि समयको विवाद पछि केन्द्रिय निर्वाचन समितीले मतगणना शुरु गर्ने निर्णय गरेको हो।  केन्द्रिय निर्वाचन समीतिले निर्वाचन आचारसंहिता तयार गरेपछि मतगणना कार्य शुरु भएको हो। म   नोनयनमा परेका ३० जनाले मतदान गर्न नपाएपछि भएको बिवादले मतगनना ढिलो गरि शुरु भएको हो। मतगणनाको जानकारि प्रत्येक ३०० मत गणना पछि दिइने केन्द्रिय निर्वाचन कार्यलले जनाएको छ ... बाँकी अंश»

काँग्रेश महाधिवेशन: सभापति पदको मतगणना शुरु

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं। नेपाली काँग्रेसको आसन्न महाधिवेशनको सभापतिकालागि भएको निर्वाचनको मत गणना शुरु भएको छ। केन्द्रिय निर्वाचन समीतिले निर्वाचन आचारसंहिता तयार गरेपछि मतगणना कार्य शुरु भएको हो। मनोनयनमा परेका ३० जनाले मतदान गर्न नपाएपछि भएको बिवादले मतगनना ढिलो गरि शुरु भएको हो। मतगणनाको जानकारि प्रत्येक ३०० मत गणना पछि दिइने केन्द्रिय निर्वाचन कार्यलले जनाएको छ। ... बाँकी अंश»

मनोनित ३० जनाले मतदान गर्न नपाउने, मतगणना केहि बेरमा शुरु

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन निर्वाचन समितीले ३० जना महाधिवेशन प्रतिनिधीको मत खसाल्ने बारे केन्द्रिय निर्वाचन समितीले मतदान गर्न नपाउने निर्णय गरेको छ। विवादित बिषय भए पनि मतपेटिकामा सिल लगाईसकिएको र उक्त विवादको निर्णय केन्द्रिय समितिले गर्नुपर्ने हुँदा विवादलाई अन्त गर्दै मतदान गर्न नपाउने निर्णय गरेको हो।  सभापति पदकालागि भएको निर्वाचनको मतगणना अब केहि बेरमा शुरु हुने हाम्रा संवाददाताले बताएका छन्।    तत्कालिन पार्टी सभ ... बाँकी अंश»

काँग्रेश महाधिवेशन: मतगणना केही बेरमा शुरु हुँदै

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौं। नेपाली काँग्रेशको आसन्न महधिवेशनमा भएको निर्वाचनको मत गणना केही बेरमा शुरु हुने भनिए पनि निर्वाचन समितीको बैठक बसिरहेकाले केही ढिलो हुने भएको छ। पहिला १० बजेबाट मतगणना गर्ने भनिए पनि निर्वाचन समितीले सभापति उम्मेद्वारका प्रतिनिधीहरु राखेर मतगणना बिधी बारे छल फल भएपछि मात्र मतगणना शुरु हुने भएको छ।    शेरबहादुर देउवा र रामचन्द्र पौडेलका प्रतिनिधी मतगणना स्थलमा प्रवेश गरिसकेका छन् भने कृष्ण प्रसाद सिटौलाका प्रतिनिधी आएपछि मतगणन ... बाँकी अंश»

कांग्रेस महाधिवेशन : सभापति र महामन्त्रीतर्फको मतदान सकियो

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनको सभापति र महामन्त्री तर्फको मतदान सकिएको छ । सभापति र महामन्त्रीमा ३ हजार १ सय ४७  मत खसेको छ । बाँकी १४ मत खसेन । निर्वाचन समितिका अनुसार खुल्ला र प्रदेश तर्फको अझै दुई सय मत खस्न बाँकी रहेको छ । एक सय ५० जनाले फम लिन बाँकी रहेको र ५० जना बढी यसअघि फम लिएर लाइनमा बसेको बताइएको छ ।   सभापतिको मतदान सकिएपनि हुरीले बुँतको टेन्ट उडाएपछि मतदान स्थगित भएकामा फेरि सुरु भएको छ । लाइनमा बसे ... बाँकी अंश»

सुशीलले मनोनयन गरेका ३० प्रतिनिधि विवादमा, देउवा पक्ष मतदान गर्न नदिने पक्षमा

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौँ। नेपाली काँग्रेसको १३औँ महाधिवेशनको मतदान जारी रहँदा सभापति सुशील कोइरालाले गत साउनमा मनोनयन गर्नुभएका ३० जना महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयको विवादको टुङ्गो लाग्न सकेको छैन । यस विषयमा निर्वाचन समितिका सदस्यबीचमै विवाद रहेको छ । एकथरिले पार्टीको विधानअनुसार नै सभापतिले महाधिवेशन प्रतिनिधि मनोनयन गर्नुभएकाले मतदान गर्न पाउनुपर्ने तर्क गरेका छन् भने अर्काथरिले १२औँ महाधिवेशन सकिएको एक वर्षभित्रमा मनोन ... बाँकी अंश»

काँग्रेस महाधिवेशन: पार्टीभन्दा उम्मेदवारको प्रचार खर्च बढी

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौँ । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले अपत्यारिलो रुपमा करोडौँ खर्च गरेको बन्दसत्रस्थलमा देख्न सकिन्छ । उम्मेदवारले महँगा फ्लेक्स प्रिन्ट, भिजिटिङ कार्ड, नव वर्ष विसं २०७३ को गोजी पात्रो, पर्चा, पम्प्लेट, व्यक्तिगत घोषणापत्र, नीति तथा कार्यक्रम, अपिल, ब्याच, तुल, श्रव्यदृश्य प्रचार, माइकिङ, गीत–सङ्गीत लगायत प्रचार सामग्री प्रयोग गरेका हुन् । काभ्रेपलाञ्चोक जिल्लाबाट आउएका  महाधिवेशन ... बाँकी अंश»

नयाँ