समसामयिक

धनराज गुरुङले पनि उठाए सीमाङ्कन हेरफेर स्वीकार नगर्ने कुरा

२०७३ माघ २२ शनिबार, काठमाडौं । संविधान संशोधनको विषयले निर्वाचनको मिति घोषणा हुन नसकिरहेका बेला मुख्य सत्ता साझेदार काँग्रेसका अर्का एक नेताले सीमाङ्कन हेरफेरमा प्रश्न उठाएका छन् । काँग्रेस केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले ‘जातीय र क्षेत्रीय द्वन्द निम्त्याउने गरी प्रादेशिक सिमाङ्कन हेरफेर गर्ने कुरा स्वीकार गर्न सकिन्न भनेका हुन् । राष्ट्रिय मगर संघले पार्टी केन्द्रीय कार्यालयमा गरेको प्रशिक्षण कार्यक्रममा नेता गुरुङले सीमाङ्कन हेरफेरलाई संवेदनश ... बाँकी अंश»

देउवाले भने-सोलुको जिल्ला अधिवेशनबारे छानबिन हुन्छ

२०७३ माघ २२ शनिबार, काठमाडाैं । काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस जिल्ला समिति, सोलुखुम्बुको एक वर्षअघि सम्पन्न अधिवेशनबारे छानबिन हुने बताएका छन् । जिल्ला अधिवेशनको मिति घोषणा गर्न माग गर्दै विगत २० दिनदेखि पार्टीको केन्द्रीय कार्यालय, सानेपामा रिले अनशन बसिरहेका असन्तुष्ट पक्षका नेताकार्यकर्तासँग भेट गर्दै सभापति देउवाले तीन दिनभित्रमा समिति बनाई जिल्ला अधिवेशनका सम्बन्धमा छानबिन सुरु गर्ने आश्वासन दिएको अनशनमा सहभागी काँग्रेस सोलुखुम् ... बाँकी अंश»

अनाैठाे पीडा : रुँदैे ईटाभट्टा पुगेको एक बालक‍‍‍‍‍‍......

२०७३ माघ २२ शनिबार, रोल्पा । गैरीगाउँ ५ तितिम रोल्पाका दीपक डाँगी तीन वर्षअघि ११ वर्षकै उमेरमा रुँदैरुँदै ईटाभट्टा पुगे । मृत्युसँग लडिरहेका बाबुको सल्लाहमा पेट पाल्नकै लागि उनी ईटाभट्टा पुग्न बाध्य भए । डाँगीका अनुसार उनलाई आफ्नी आमाको माया, ममता र स्नेह त के ? झझल्को समेत थाहा छैन । दीपक एक वर्षको हुँदा आमाको मृत्यु भयो । बुबा भारतको सिमलामा करिब २० वर्ष पहिलेदेखि टिप्पर चलाउने काम गर्थे । आमाको निधनपछि बुबाले दोश्रो विवाह गरे । जन्म दिने आमा नभएपनि कान्छि आमाबाट डा ... बाँकी अंश»

सरकार कुनै पनि बेला अफ्ठ्यारोमा पर्न सक्छ : ओली

२०७३ माघ २२ शनिबार, विराटनगर । एमाले अध्यक्ष केपी ओलीले मुलुकलाई संवैधानिक तथा राजनीतिक संकटबाट जोगाउन निर्वाचन आवश्यक रहेको बताएका छन् । प्रेस चौतारको १९औं स्थापना दिवसमा आयोजित कार्यक्रममा ओलीले निर्वाचन गराउन सरकार गम्भीर नभएको बताए । सरकारले निर्वाचनलाई पछाडी लैजान खोजिरहेको छ भन्दै ओलीले आफुहरु त्यसो हुन नदिने बताए ।   पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आगामी २०७४ साल माघ महिना भित्र तीनै तहको निर्वाचन नभए मुलुक गम्भीर संकटमा फस्ने भएकाले निर्वाचनको वि ... बाँकी अंश»

कमल थापा निर्विरोध निर्वाचित

२०७३ माघ २२ शनिबार, हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं ३ बाट पार्टी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।  त्यसैगरी क्षेत्रीय सदस्यमा क्षेत्र नं १ बाट सांसद गणेश थापा, केन्द्रीय सदस्य नवराज विष्ट र प्रलिता थापा निर्विरोध निर्वाचित भएका छन् ।    क्षेत्र नं २ बाट पनि केन्द्रीय सदस्य राजाराम बर्तौला, क्षेत्र नं ३ बाट केन्द्रीय सदस्य दीपक सिंह र मधु अधिकारी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।   त्यसैगरी क्षेत्री ... बाँकी अंश»

डिस्कोबाट बालन जोगाउने अभियान

२०७३ माघ २२ शनिबार, पोखरा । पछिल्लो वर्षमा डिस्को, दोहोरी र पप ब्यान्डले युवा पुस्तालाई आकर्षित गरेका अवस्थामा प्राचीनकालदेखि सञ्चालन हुँदै आएको बालन जोगाउने अभियानको यहाँ थालनी गरिएको छ । विशेष गरी पश्चिम नेपालका कास्की, तनहुँ, स्याङ्जा, बाग्लुङ, पर्वतलगायत जिल्लाको मौलिक संस्कृतिका रुपमा रहेको बालन आधुनिक नृत्य एवम् बाद्यवादनको विकाससँगै लोप हुने अवस्थामा पुगेका कारण यसको जगेर्नाका लागि अभियान सुरु गरिएको छ ।    कास्की एवम् तनहँुका बासिन्दाको सक्रियतामा ब ... बाँकी अंश»

हेटौंडा विवादमा कमल थापाको मध्यमार्गी प्रस्ताव

२०७३ माघ २१ शुक्रबार, हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले हेटौँडामा सुरु गरिएको २५मिटर फराकिलो अभियानलाई परिमार्जन गर्दै १६ मिटर मात्र फराकिलो पार्नुपर्ने बताएका छन् । हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले १६ मिटर फराकिलो पारेर हेटौँडाको सुन्दरतालाई थप मजबुद बनाउँदै लानुपने बताएका हुन् । लामो समयदेखि सडक बिस्तारको विषयलाई लिएर स्थानीय प्रशासन र स्थानीयबीच तनाव चुलिईरहेको बेलामा थापाले मध्यमार्गी प्रस्ताव गरेका हुन् । अर्काे प्रसंगमा अध्यक्ष  था ... बाँकी अंश»

कालोबजारी बन्द नगरे सुन व्यवसायी आमरण अनसन बस्ने !

२०७३ माघ २१ शुक्रबार, काठमाडौं । सबैले सुनचाँदीमा कालोबजारी भन्ने वित्तिकै व्यवसायीहरुलाई आरोप लगाउने गर्दछन् । विक्री गर्ने विक्रेताले क्रेतालाई कालोबजारी गरी बढी भाउमा विक्री गर्ने हो भन्ने सामान्य बुझाईको विपरित हुने गरी सुनचाँदी व्यवसायीहरुले भने सरकारले कालोबजारी अन्त्य नगरे त्यसको विरुद्ध आमरण अनसन बस्ने चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन नै गरेर सुन चाँदी व्यवसाय पीडित संघर्ष समितिले सुनमा भएको कालोबजारी अन्त्यका नगरे आमरण अनसन बस् ... बाँकी अंश»

विद्युत् प्रवाहमा देखिएको समस्या समाधान, वैकल्पिक प्रसारण लाइन निर्माण

२०७३ माघ २१ शुक्रबार, काठमाडौँ । नेपालको विद्युत् प्रसारण प्रणाली एकीकृत हुन नसक्दा भोल्टेजलगायतका समस्या व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । खिम्ती–ढल्केबर र हेटौ‌डा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन प्राधिकरणको केन्द्रीय प्रसारण लाइनसँग जोडिएपछि भोल्टेजमा देखिएको उतारचढाव कम भएको छ । ढल्केबरबाट आयात भएको विद्युत् प्रवाहका लागि विभिन्न चारवटा प्रसारण लाइन एकीकृत रुपमा सञ्चालनमा आएपछि भोल्टेजको समस्या समाधान भएको हो । ढल्केबरबाट खिम्ती जोडिएको छ भ ... बाँकी अंश»

विप्लव माओवादीको गृहमन्त्रीलाई चेतावनी, मन्त्रिपरिषद्मा कुरा काटेको आरोप

२०७३ माघ २१ शुक्रबार, काठमाडौं । बिहीबारको मन्त्रिपरिषद्मा आफ्नो कुरा काटेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओबादीले गृहमन्त्रीलाई चेतावनी दिएको छ । मन्त्रिपरिषद्मा विप्लव माओबादीको कारण मुलुकको सुरक्षामा चिन्ता बढेको चर्चा चलेको समाचार सार्वजनिक भएपछि शुक्रबार विप्लवद्वारा जारी विज्ञप्तीमा आफ्नो पार्टी विरुद्ध राज्यले केही समयदेखि धरपकड, दमन र भ्रामक प्रचार गर्दै आएको आरोप पनि लगाएको हो । शुक्रबार राज्य विखण्डनको माग राख्दै आएका सिके राउत प ... बाँकी अंश»

द डिप्लोम्याट भन्छ : नाकाबन्दी गरी भारतले चीनलाई नेपालमा भित्र्यायो

२०७३ माघ २१ शुक्रबार, काठमाडौं । द डिप्लोम्याट्सले नेपाल भारतको पञ्जाबाट उम्किएर चीन तिर ढल्किँदै गएको विश्लेषण गरेको छ । एशिया प्रशान्त क्षेत्रका विविध घटनाहरुको विश्लेषणत्मक समाचार प्रस्तुत गर्ने जापानी अनलाईन द डिप्लोम्याटले नाकाबन्दी पछि नेपालमा चीनको प्रभाव बढ्दै गएको भन्दै नाकाबन्दी भन्दा पहिलेको अवस्थामा फर्किन भारतलाई निकै मस्किल पर्ने विश्लेषण समेत गरेको छ । भारतले गरेको नाकाबन्दी भारतको लागि प्रत्युत्पादक बनेको विषयलाई समेटेर डिप्लोम्याट्सले अघिल ... बाँकी अंश»

औषधि अभाव : केन्द्रबाट पैसा जान्छ, जिल्लामा भने छैन औषधि

२०७३ माघ २१ शुक्रबार, काठमाडौं । शुक्रबार मात्रै सरकारले निःशुल्करुपमा स्वास्थ्य संस्थामार्फत् वितरण गर्ने औषधि खरिद नगर्दा  सल्यानमा समस्या आएको भनेर समाचार आयो । स्वास्थ्यमन्त्री गगन थापाले पटकपटक औषधिको समस्या हुन नदिने अभिव्यक्ति दिईरहेको बेलामा आएका यस्ता समाचारहरुले एउटा प्रश्न पनि सिर्जना गरेको छ कि स्वास्थ्यमन्त्री थापाको अभिव्यक्ति अनुरुप किन रोकिएन औषधिको समस्या ? पक्कै पनि धेरै जिल्लामा औषधिको अभाव रहेको कुरा स्वीकार गर्न सकिने विषय हो । तर, केन्द् ... बाँकी अंश»

निर्वाचनको माहौल बढ्योेः धमाधम दल दर्ता

२०७३ माघ २१ शुक्रबार, काठमाडौँ । निकट भविष्यमा हुन गइरहेका स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा दल दर्ता भएका छन् । कास्की– जिल्ला निर्वाचन कार्यालय, कास्कीमा २३ दल दर्ता भएका छन् । जिल्लामा विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा २६ दलले भाग लिएको कार्यालयका प्रमुख गङ्गा सुवेदीले जानकारी दिए ।    अघिल्लो निर्वाचनमा भाग लिएका हरियाली पार्टी, सङ्घीय गणतान्त्रिक र नेपाल मजदुर किसान पार्टीले भने यस पटक निर्वाचन कार ... बाँकी अंश»

हेटौंडाको सडक विस्तार पक्षधरहरुले जिते न्यायिक लडाईँ

२०७३ माघ २० बिहिबार, काठमाडौं । हेटौंडाको मूल बजारमा रहेको अबैध घर भत्काएर सडक विस्तार गर्नुपर्ने पक्षमा वकालत गर्ने हेटौंडाबासीहरुको न्यायिक जीत भएको छ । सडक विस्तारको क्रममा मुआब्जाको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षले सडक विस्तारको काम रोक्न माग गर्दै दायर गरेको रिट माथि उच्च अदालत हेटौंडाले सडक विस्तारको काम रोक्नु नपर्ने बताएको हो ।    उच्च अदालतका न्यायाधीसद्वय बाबुराम रेग्मी र नागेन्द्रलाभ कर्णको संयुक्त इजलासले बिहीबार यस्तो आदेश गरेको हो । ... बाँकी अंश»

काठमाडौं कुरुप बनाउने दुई इन्स्टिच्युटलाई नाटकीय शैलीमा पक्राउ गर्‍यो महानगरले

२०७३ माघ २० बिहिबार, काठमाडौं । विद्यार्थीबाट पैसा लिएर विदेश पठाउने कुनैपनि इन्स्टिच्यूटका सञ्चालकहरुले सोचेका पनि हुँदैनन् होला त्यस्ता विद्यार्थीले नै आफैंलाई पक्राउ गरेर उल्टै आफ्नै पैसा नोक्सान गराईदिन्छ भन्ने । तर, काठमाडौंका विभिन्न स्थानमा रहेको विजुलीको पोलमा विज्ञापन गरेर काठमाडौंलाई कुरुप बनाउने दुई इन्स्टिच्यूटका सञ्चालकहरुलाई भने महानगरपालिकाको राजश्व विभागले पठाएको नगरप्रहरीको टोलीले भने यस्तो पनि हुन्छ भन्ने कुरा सावित गराईदिएको छ ।    ... बाँकी अंश»

संविधान संशोधनमा एमालेले सघाउनु पर्छ : देउवा

२०७३ माघ २० बिहिबार, काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले प्रकाशित गरेको पुस्तक ‘चिन्तन’को लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका हुन् । देउवाले भने , ‘सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ ।’ पूर्व प्रधानमन्त्री देउवाले मधेसी दलकोे भावनालाई समेट्नका लाग ... बाँकी अंश»

दशगजामा निर्माण गरेको पक्की सडक र नाला भत्काउन भारतको निर्देशन

२०७३ माघ २० बिहिबार, गौशाला । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन् ।    भारत विहारको मधुवनी जिल्लाको जयनगर सहरमा अवस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४८ ‘बी’ बाहिनीमा आयोजित ‘भारत नेपाल सीमा सत्यापन एवम् मर्मत कार्यशाला’ मा भारत मधुवनी जिल्लाका डिएम गिरवर दयाल सिंहले भारतीय पक्षद्वारा दशगजा क्षेत्रमा नि ... बाँकी अंश»

स्थानीय तह निर्वाचनको मिति आजै घोषणा हुने सम्भावना

२०७३ माघ २० बिहिबार, काठमाडौं । मन्त्रीपरिषदको बिहीबार बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ । सोही अनुसार तयारी भइरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार निर्वाचनको घोषणा गरे पनि मिति तोक्ने विषयमा अझै अन्योल कायमै छ ।    मन्त्री परिषद बैठक अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।    सरकारले आगामी जेठ २० गतेसम्ममा चरणबद्ध गरी निर्वाचन गर्न तथा त्यसका लागि आवश्यक सबै तयारी गर्न निर्वाचन आयोगलाई पत्र दिन लागे ... बाँकी अंश»

काँग्रेसी कर्मचारीमा तात्यो चुनावी माहोल, सर्वसम्मत चुनिएला नेतृत्व ?

२०७३ माघ २० बिहिबार, काठमाडौं । काँग्रेस निकट कर्मचारीहरुको संगठन निजामती कर्मचारी युनियन (संघ) यतिबेला चुनावी माहोल होमिएको छ । आउँदो फाल्गुन २२ र २४ गते चितवनमा गर्ने तयारी भईरहेको महाधिवेशन र विशेष गरी महाधिवेशनमा नेतृत्वको लागि हुने निर्वाचनको लागि यतिबेला केन्द्रीय उम्मेदवारका आकांक्षीहरु देश दौडाहामा हिँड्न थालिसकेका छन् भने जिल्ला तथा विभागीय कार्य समितिको नेतृत्वका आकांक्षी पनि यतिबेला खुलेर प्रचारप्र्रसारमा लागिरहेका छन् ।    प्रजातान्त्रिक विचा ... बाँकी अंश»

नक्सा र भवन सम्वन्धी अनियमितता राेक्न महानगरद्वारा कार्यदल गठन

२०७३ माघ १९ बुधबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण तथा नक्सा स्वीकृतिको विषयमा छानविन गर्नको लागि कार्यदल गठन गरेको छ । बुधबार हाम्राकुरा डटकमले महानगरपालिकाले जारीगरेको भवन निर्माण सम्पन्न प्रमाणपत्र र प्रमाणपत्रमा उल्लेख गरिएको भन्दा ३ तल्ला बढी रहेको घरको तस्वीर सहित समाचार प्रकाशित गरेपछि समिति गठन गरेको हो ।    यस विषयमा देखिएका समस्याहरुको विषयमा छानविन गर्न भवन निर्माण इजाजत महाशाखा प्रमुख राम थापाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल ग ... बाँकी अंश»

नयाँ