समसामयिक

फेरि पनि मण्डले राष्ट्रवादका विम्ब र झुण्डकै बग्गी ‘राजा आऊ देश बचाऊ’

२०७२ पौष २७ सोमबार, काठमाडौं । गणतन्त्र बहालीपछि एकपटक पृथ्वीजयन्तीको लहर देखियो । यद्यपि, राज्यले अझै राष्ट्रिय महत्व दिन सकेन । कारण पृथ्वीनारायणप्रति फेरि पनि भ्रम । २९४औँ जन्मजयन्तीमा उपत्यकासहित देशभर विभिन्न झाँकीहरु निस्कीए, बग्गीमा पृथ्वीनारायणको तस्वीर राखेर तामझामका साथ शालिकमा माल्यार्पण भयो । त्यो पनि भ्रमकाबीच ।  पृथ्वीनारायणको योगदान किनारा लगाउने मण्डले राष्ट्रवादका विम्ब र झुण्ड फेरि पनि राजा आऊ देश बचाऊ, पारस आऊ शासन गर, हिमानी आऊ प्रजातन्त्र ... बाँकी अंश»

सुशीलले गरेको निर्णय देउवाले मानेनन्

२०७२ पौष २७ सोमबार, काठमाडौं । आसन्न १३ औं महाधिवेशको तयारीमा जुटेको कांग्रेसले पार्टी भित्रको क्रियाशील सदस्यता विवाद सुल्झाएको छ । सोमबार पार्टी सभापति सुशील कोइरालाको निवासमा बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यताको विवाद टुंग्याएको हो । नरहरी आचार्य संयोजकोत्वको क्रियाशील सदस्यता छानविन समितिले दिएको प्रतिवेदनलाई केही फेरबदल गरी विवाद टुंगो लगाइएको नेताहरुले बताएका छन् । यद्यपि,  देउवा पक्ष समितिको प्रतिवेदन विपरितको निर्णय भएको भन्दै असन्तुष्ट देखि ... बाँकी अंश»

बाबुरामले पार्टी मात्र होइन ‘सव कुछ’ त्यागे : दाहाल

२०७२ पौष २७ सोमबार, काठमाडौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली समाज वैधानिक रुपमा नै समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको बताएका छन् ।  पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले सो क्रान्ति पूरा गर्न सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको जर्गेना गर्नुपर्नेमा जोड दिए ।    अध्यक्ष दाहालले भने, ‘एमाओवादीलाई समाजवादी क्रान्ति गर्न लायक पार्टी निर्माण गर्ने बेला भ ... बाँकी अंश»

ज्ञानेन्द्रलाई ओलीको जवाफ : दरबार होइन घरवार जमाउन पाइन्छ

२०७२ पौष २७ सोमबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको अगुवाइमा राष्ट्र निर्माणका लागि भएको एकीकरणको महत्व र योगदानलाई कसैले पनि अस्वीकार गर्न नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २९४औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले गणतन्त्रमा इतिहासमा योगदान गरेको व्यक्तिको सान्दर्भिकता हुँदैन भन्ने होइन भने ।    एकता दिवसको पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द् ... बाँकी अंश»

नेपाली फुटबल माथि उठाउने अनेक उपाय

२०७२ पौष २७ सोमबार, चन्द्र धामी, काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीको तथ्याङ्कमा दक्षिण एसियामा फुटबल लहरमा नेपाल सबैभन्दा अघि छ । नतिजा, उमेर समूह बाहेक शून्य प्रायः छ । उमेर समूहमा नेपालले धेरै पछि –साफ यु–१९ को उपाधि जितेर इतिहास रच्यो । राष्ट्रिय टोलीको प्रदर्शन र स्तरवृद्धि हुन सकेको छैन । अखिल नेपाल फुटबलसंघ एन्फा र राज्यले फुटबलमा आवश्यक ध्यान दिन सकेको छैन ।    हाल सम्म देशका ४५ जिल्लामा मात्र फुटबलसंघ गठन भएका छन् । कतिपय जिल्लामा सांगठनिक संरचनाम ... बाँकी अंश»

सिंहदरबार अगाडिका राजा पृथ्वीनारायण रत्नपार्कमा हत्यारा (फोटो फिचर)

२०७२ पौष २७ सोमबार, काठमाडौं । हातमा राष्ट्रिय झण्डा, शरीरमा पहेलो ज्याकेट, काँधमा सयपत्रीको ठूलो माला बोकेर झण्डै ५० बढी युवादेखि वृद्धवृद्धा सिंहदरबारको मूल गेट अगाडि गणतन्त्रविरोधी नारा लगाउँदै सडकमा देखिए । पहेलो ज्याकेटमा डमरु र त्रिशुल चिन्ह अंकित शिव सेना नेपालको टिसर्ट लगाएका युवा जमात गणतन्त्र विरोधी र राजतन्त्र समर्थित नारा लगाएर भद्रकालीदेखि सिंहदरबारको बीचमा निस्कँदा सडकमा हिँडिरहेका पैदल यात्रुदेखि गुडिरहेका सवारीसाधन एका–एक जाममा परे ।    ... बाँकी अंश»

कार्यदल बैठक : ‘अहिले सबैकुरा भन्न मिल्दैन’

२०७२ पौष २७ सोमबार, काठमाडौं । मधेस समस्या समाधान र प्रदेश सिमाङ्कन हेरफेरमा तीन दल र मधेसी मोर्चाको कार्यदलले आधिकारिक धारणा तय गर्न गोप्य रणनीति अपनाएको छ । कार्यदलले लिखित सहमति नहुँदा सम्म बैठकका सूचना नचुहाउने शर्तमा सिमाङ्कन हेरफेरको विषय टुंगो लगाउने गोप्य रणनीति लिएको हो । आइतबार अपरान्ह डेढ घण्टा छलफल हुँदा निष्कर्षमा पुग्ने नसकेको कार्यदलले सोमबार दिउँसो समेत छलफल गर्दैछ ।    बैठकबारे जानकारी दिँदै कार्यदल सदस्य एवं कांग्रेस सांसद महेश आचार्यले प् ... बाँकी अंश»

के के हुदैछ आज पृथ्वीजयन्तीमा

२०७२ पौष २७ सोमबार, काडमाडौं । सरकारीस्तरबाट बेवास्ता गरिएपनि आज नागरिकस्तरबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरी पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाईदै छ ।    लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको हो । सरकार पृथ्वी जयन्तीको पक्षमा नदेखिएपनि सरकारमै रहेका कतिपय दलहरु भने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान  संझनामा उनी जन्मेको दिन आज राष्ट्रिय एकता दिवस मनाउनु पर्नेमा जोड दिएका छन् ।    उपप्रधानमन्त्री तथा राप्रपा न ... बाँकी अंश»

उमेशजंग भन्छन ' लिभर ट्रान्सप्लान्ट पछि पुनर्जन्म पाए '

२०७२ पौष २७ सोमबार, भारत। नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री उमेसजंग रायमाझी यतिखेर उपचारका लागि भारतमा छन्। अत्यन्तै महंगो उपचारका क्रममा उनी भारत गएका थिए। 'लिभर ट्रान्सप्लान्ट' नै गर्नुपर्ने उपचार चानचुने आँट र खर्चमा हुने कुरा पनि थिएन। उपचार नै गर्न खर्च वन्दोवस्ती गर्नसकेपनि लिभर पाउनुपर्ने र पाएपनि अप्रेसन पछि सफल हुनेहोकी नहुने भन्ने खतरा कायम हुन्थ्यो।    तर भगवान दाहिना भए भन्नुपर्‍यो। उनी पनि त्यस्तै सोच्छन। उनको उपचार खर्चमा लाग्ने रकमक ... बाँकी अंश»

ज्ञानेन्द्रले किन सम्झिए पृथ्वीनारायण शाह ?

२०७२ पौष २६ आइतबार, काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान किनारा लागिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको ‘आधारको भार’ नत्यागेको प्रस्ट्याएका छन् । २९४औं पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्रले एकता र सदाशयताको आव्हान गर्दै नेपाली जनताले शासकको दायित्व र भरोसा चाहिसकेको उल्लेख गरेका छन् । पूर्व राजा ज्ञानेन्द्रको तर्फबाट जारी सन्देशमा ‘अब नेपाली जनताले को कसबाट कस्तो दायित्व भुमिका र भरोसा चाहेका छन् खुलस्त हु ... बाँकी अंश»

सत्ताधारीहरु प्रदेश संख्या बढाउने मानसिकतामा, पूर्वका ६ जिल्लाको छुट्टै प्रदेश

२०७२ पौष २६ आइतबार, काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजयकुमार गच्छदारले अहिलेको सात प्रदेशलाई बढाएर आठ प्रदेश बनाउने र मधेसमा तीन प्रदेश निर्माण गरिए अहिलको समस्या समाधान हुने बताएका छन् ।  मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका मन्त्री गच्छदारले  मन्त्रालयमै रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र उदयपुरको छुट्टै प्रदेश निर्माण गरिनुपर्ने र पश्चिममा कैलालीको केही भ ... बाँकी अंश»

नेपाली काँग्रेसले यस्तो बनायो निर्वाचन निर्देशिका

२०७२ पौष २६ आइतबार, काठमाडौं । नेपाली काँग्रेसले निर्वाचन निर्देशिका बनाएको छ। काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा ३५ र नेपाली काँग्रेसको नियमावली २०६८ को नियम ३९ ले दिएको अधिकार प्रयोग गरी केन्द्रीय निर्वाचन समितिको पौष १४ गते बसेको बैठकले पार्टीका सबै तहका निकाय र पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्न गराउन तुरुन्त लागू हुने गरी तेह्रौ महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिका बनाइ जारी गरेको हो। र्देशिका नेपाली काँग्रेस केन्दी ... बाँकी अंश»

कांग्रेस निर्वाचन निर्देशिका पारित, सर्वोत्कृष्ठ अर्थमन्त्री महतलाई बधाई

२०७२ पौष २६ आइतबार, काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आसन्न १३औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको निर्देशिका पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकले “नेपाली कांग्रेस निर्वाचन निर्देशिका —२०७२” पारित गर्नु अघि निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले आरणा राखे ।    बैठकमा पार्टी उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य महेश आचार्यले पछिल्लो विकसित राजनीतिक घटनाक्रम ... बाँकी अंश»

पृथ्वीनारायण बन्दै दाहाल (टिप्पणी)

२०७२ पौष २६ आइतबार, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्प कमल दाहालले आत्मनिर्भर, स्वाधीन र स्वन्त्र राष्ट्र निर्माण सम्भव रहेको बताएका छन् । पार्टीको प्रादेशिक समिति बैठक र कार्यकर्ता भेटघाटका लागि दाङ पुगेका दाहालले आफुसंग आत्मनिर्भरताको शुत्र रहेको जिकिर गरेका हुन् । दाहालले पार्टी कार्यकर्तालाई जनता, पार्टी र विचारप्रति निष्ठावान बन्न निर्देश समेत गरेका छन्  कम्युनिष्ट सत्ता गठबन्धनको दोस्रो ठूलो शक्ति एमाओवादी अध्यक्ष दाहालले यसअघि पनि बारम्बार आत्मनिर्भर ... बाँकी अंश»

सेनाको हेलिकोप्टरले राहत लैजाने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

२०७२ पौष २६ आइतबार, काठमाडौं । भूकम्पीडित हिमाली क्षेत्रमा हिमपात भएपछि प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले हिमपातपछी समस्यामा परेका भूकम्प पीडित जिल्लामा सेनोको  हेलिकोप्टरबाट राहत तथा उद्धार सामग्री पठाउने निर्णय गरेको छ । हिमपात भएका क्षेत्रमा तत्काल सरकारी टोली परिचालन हुने भएको छ ।   बैठकपछि सेनाले गोरखामा आइतबार (आजै) राहत लाने भएको छ । मौसम परिवर ... बाँकी अंश»

मोर्चाका नेताको दोहोरो चरित्र

२०७२ पौष २६ आइतबार, काठमाडौं । आन्दोलनरत मधेशी मोर्चाका नेताहरुले भित्र एउटा र वाहिर अर्को कुरा गर्ने गरेको पाईएको छ ।     प्रमुख दलहरुका नेता र मोर्चाका नेता सहभागी कार्यदलको बैठकमा सकारात्मक छलफल भएको बताएका नेताहरुले बैठक चलिरहेकै बेला आन्दोलन घोषणा गरेर दोहोरो भुमीका व्यवहारमै प्रर्दशन गरेका छन् ।    केहीदिनअघि भएको कार्यदलको बैठकबाट निस्कीएपछि सकारात्मक छलफल भएको भन्दै आन्तरिक छलफलका लागि समय मागेका मोर्चाका नेताहरुले कार्यदलको अर्को बैठक नवस्द ... बाँकी अंश»

काँग्रेस बैठकमा दुवै पक्ष खरो रुपमा प्रस्तुत हुने

२०७२ पौष २६ आइतबार, काठमाडौं । क्रियाशिल सदस्यता संवन्धी विवाद टुङग्याउने गरी छलफल हुन लागेको केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने भनेर काँग्रेसका दुवै पक्षका नेताहरुले तयारी गरेका छन् ।    संस्थापन पक्षका नेताहरुले सवै विवादित जिल्लाका सदस्यता स्थगित गरी १२औं महाधिवेशनको सदस्यताका आधारमा १३औ महाधिवेशन गर्नु पर्ने अडानलाई दोहोर्याउने भएका छन् भने बरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरुले सवै ठाउको सदस्यतालाई मान्यता दिनु पर्ने जिकिर गर्ने तया ... बाँकी अंश»

‘सिंहदरवार देशकै सवैभन्दा ठूलो मूर्दाघर’

२०७२ पौष २५ शनिबार,   काठमाडौ ।  नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले सिंहदरवार देशकै सवैभन्दा ठूलो मूर्दाघर रहेको बताएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओली जनजीविकाका समस्या हल गर्ने भन्दा पनि भाषण गरी जग हसाइरहको बताए ।  शनिबार  इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको विशेष कवि गोष्ठीमा बोल्दै वैद्यले भारतको नाकाबन्दले जनजीवन चौपट भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली ठट्टामा व्यस्त रहेको बताए । ‘कहिले हावामा बिजुली निकाल् ... बाँकी अंश»

मधेसी मोर्चाले कार्यकर्तालाई वृत्तचित्र देखाउने

२०७२ पौष २५ शनिबार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ आन्दोलनको घोषणा गरेको छ । मोर्चाको पौष २२ देखि २४ गतेसम्म राजधानीमा सम्पन्न बैठकले विभिन्न आन्दोलनको घोषणा गरेको हो । मोर्चाले शनिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै ६ वटा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलन अनुसार मोर्चाले सम्मेलनमा जारी विज्ञप्ति अनुसार पौष २८ गते मंगलबार प्रत्येक जिल्ला सदरमुकाममा विशाल जुलुस प्रदर्शन र विरोधसभा गर्ने, पौष ३० गते जिल्ला सदरमुकाम तथा प्र ... बाँकी अंश»

गणतन्त्र खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन

२०७२ पौष २५ शनिबार, काठमाडौं । राप्रपा नेपालका प्रवक्ता विष्णु भट्टराईले प्रमुख राजनीतिक दलहरु विदेशीको एजेण्डामा बिक्दा मुलुकको राष्ट्रियता नै खतरामा परेको आरोप लगाएका छन् । राजधानीमा शाही युवा शक्तिले आयोजना गरेको बृहत्त  र्‍यालीको कोणसभालाई सम्बोधन गर्दै प्रवक्ता  भट्टराईले विदेशी शक्तिले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता एजेण्डा लादेकोले नेपालको अस्तित्व नै समाप्त पार्ने खेल भएको आरोप लगाएका हुन् ।    शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्क ... बाँकी अंश»

नयाँ