समसामयिक

पुनःनिर्माणमा बेइमानी, राजनीतिक संयन्त्र र सीडीओले औंला उठाउन नपाउने

२०७३ असार १ बुधबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमै जेठ मसान्तभित्र सबै भूकम्प पीडितलाई छानामुनि ल्याउने उद्घोष एक पटक हैन बारम्बार गरे । यद्यपि, जेठ मसान्त घर्कियो । असार सुरु भइसक्दा समेत उनको त्यो दलिल पुरा हुन सकेन ।    यस्तै, माओवादीले नयाँ सरकार गठनको कुरा झिकेकै भोलीपल्ट सदनमा गरेको सम्बोधनमा समेत ओलीले भूकम्प पीडितको पुनःस्थापनाको काम तीब्र गतिमा अघि बढेको बताएका थिए । विपक्षीप्रति कटाक्ष गर्दै ओलीले ‘हामीले मागेर ल्या ... बाँकी अंश»

भूकम्पपीडितको नाममा बैंकहरूलाई पोस्न यस्तो चलखेल

२०७३ असार १ बुधबार, काठमाडौं । आजको १२ दिन पछि नेपालमा विनाशकारी भूकम्प गएको ठीक १४ महिना पुग्दैछ । सरकारले भूकम्प गएपछि मात्रै दुई आर्थिक वर्षको लागि बजेट विनियोजन गरिसकेको छ । तर, भूकम्पले घरबार बिहीन बनेका ५ लाख भन्दा बढी घरपरिवार अझै पनि सरकारको दुई लाखको राहत खोजेर बाटो कुरिबसेका छन् । तर केन्द्रीय स्तरमा भने राजनीतिले थिलोथिलो बन्न पुगेको कारण भूकम्पपीडितहरूले भने यो बर्खामा पनि राहत पाउने आशा मारेपनि हुने अवस्था सिर्जना भएको छ ।   सरकारले एक महिना अगाडिदेख ... बाँकी अंश»

अब के गर्छ काँग्रेसले संसद्मा ?

२०७३ असार १ बुधबार, काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस अहिले राज्य सत्ता भन्दा बाहिर बसेर प्रमुख प्रतिपक्षी दलको भूमिकामा काम गरिरहेको छ । नयाँ संविधान बनेको एक वर्ष पनि नपुगेको अवस्थामा नेपाली काँग्रेसले राज्य सत्ताका विभिन्न महत्वपूर्ण पदहरू आफ्नो हातबाट गुमाएपछि सिंगो प्रतिपक्षीको रूपमा बसेको काँग्रेस एकातिर प्रधानमन्त्री निर्वाचनको समयमा भारतीय रोजाईको पात्र बनेको भनेर आलोचनाको पात्र बन्नु पर्‍यो भने त्यसपछि यता बजेट निर्माणको पूर्व सन् ... बाँकी अंश»

पुनःनिर्माणका लागि एक लाख बढी घरधनीसँग सम्झौता

२०७३ असार १ बुधबार, काठमाडौँ। भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख २७२ घरधनीसँग अनुदान सम्झौता गरेको छ।   भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचिवबीच अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ।   सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार २०७३ साल जेठ ३२ गतेसम्म गोरखामा १७ हजार ६६८, धादिङमा चार हजार ८२४, नुवाकोटमा एक हज ... बाँकी अंश»

गुल्मीका ठेकेदारहरुको एकाधिकार तोडियो, तत्काल छानविन गर्न अख्तियारसँग माग

२०७३ असार १ बुधबार, गुल्मी । विकास निर्माणका काममा गुल्मी जिल्लामा लामो समय देखि भईरहेको एकलौटी र अनियमितता तोडिएको छ । काँग्रेसका युवा नेता तथा सांसद चन्द्र भण्डारी, एमालेका सचिव तथा सांसद गोकर्ण विष्ट, पुर्वमुख्य सचिव लिलामणी पौडेल, साना निर्माण व्यवसायी र आम नागरिकको सक्रियतामा केही निर्माण व्यवसायीहरुको एकाधिकार तोडिएको हो ।    उनीहरुको एकाधिकार तोडिएपछि हर्षित र भावकु हुदै सांसद भण्डारीले आफ्नो फेसवुकवालमा लेखेका छन्, “गुल्मेली जनताको सजगता, कर्मचारी ... बाँकी अंश»

नेविसंघ निर्वाचन २३–२५ साउनमा काठमाडौंमा हुने, के–के भए १९ बुँदे निर्णय ?

२०७३ जेठ ३२ मंगलबार, काठमाडौं । नेपाल विद्यार्थी संगठनको महाधिवेशन आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको संगठनको केन्द्रीय समितिको बैठकले आगामी महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा गर्ने निर्णय समेत गरेको छ ।    पटकपटक स्थगित हुँदै आएको नेविसंघ महाधिवेशन गर्ने विषयमा झण्डै सात दिनदेखि बसेको केन्द्रीय समितिको बैठकले यससँगै विभिन्न १९ बुँदे निर्णय पनि गरेको छ । नेविसंले शिक्षा क्षेत्रको सुधारसँगै महंगी नियन्त्रणको विषयमा पनि निर ... बाँकी अंश»

‘सरकार परिवर्तनवारे एमाले–माओवादीवीच जुहारी चलिरहेको छ, हामी रमाईलो हेर्दैछौं’

२०७३ जेठ ३२ मंगलबार, काठमाडौं। नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले काँग्रेस केपी ओली नेतृत्वको सरकारमा कुनै हालतमा सहभागी नहुने स्पष्ट पारेका छन्।    मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता निधिले भने,‘अहिलेकै अवस्थामा हामी ओली नेतृत्वको सरकारमा जाँदैनौं, सरकार परिवर्तनवारे एमाले र माओवादी केन्द्रवीच जुहारी भैइरहेको छ, हामी रमाईलो हेर्दैछौं।’   साक्षात्कारमा निधिले वर्तमान् सरकार भूकम्प पीडितहरुको ... बाँकी अंश»

एसिया प्रशान्त क्षेत्रका दुरसञ्चार क्षेत्रका बिज्ञहरु नेपालमा

२०७३ जेठ ३२ मंगलबार, काठमाडौँ। एसिया प्रशान्त क्षेत्रका दुरसञ्चार क्षेत्रका बिज्ञहरु नेपालमा भेला भएका छन्। आजबाट चार दिनसम्म चल्ने कार्याशालाबाट दुरसंचार क्षेत्रमा बिश्वब्यापी रुपमा एकरुपता ल्याउँन अहिलेसम्म यस क्षेत्रमा भएको प्रगति तथा भावी दिनमा कसरी जान सकिन्छ भनेर छलफल हुने बताइएको छ। छलफलबाट आएको निचोडलाई अक्टोवरमा ट्युनेसियाका हुने कार्याशालामा बिश्वभरीबाट आएका बिज्ञहरुले छलफल गरी दुरसंञ्चार क्षेत्रको एकरुपता अपनाउन कार्यदिशा तयार गरी लागू गर्ने बत ... बाँकी अंश»

राराको डीलमा जय बहादुरको सुस्केरा

२०७३ जेठ ३२ मंगलबार, रारा, मुगु। स्वर्गकी अप्सराको उपमा पाएको ठाउँ हो रारा। यहि अप्सरालाई आफ्नो काखमा राखेर मुगुले अहिले धेरैलाई लोभ्याउन थालेको छ। पहिले पहिले आक्कल झुक्कल पुग्ने आन्तरिक र वाह्य पर्यटकहरु सडक मार्गले मुगुलाई छोएपछि अहिले ह्वात्तै बढ्न थालेका छन्। दैनिक भिडभाड हुन्छ। बस्ने खाने ठाउँको पर्याप्त व्यवस्था हुन नसकेपनि कर्णाली अनि रारा पुग्ने सपनालाई साकार पार्न दैनिक दर्जनौ व्यक्तिहरु रारा पुग्ने गरेकाछन्। जति पुग्छन उनीहरु राराको मोहक र मादक रुपमा ... बाँकी अंश»

नयाँशक्ति पनि अन्ततः कम्युनिष्ट धारमै

२०७३ जेठ ३२ मंगलबार, काठमाडौं । नेपालको राजनितिक क्षेत्रमा नयाँ पार्टीको रुपमा घोषणा गरिएको नयाँशक्ति नेपाल पार्टी कुन धार तिर लाग्ला भन्ने अहिले धेरैलाई जिज्ञासा र कौतुहलताको विषय बनेको छ । बाम वा गैरबाम मध्ये कुन धार तर्फ लाग्ला भन्ने जिज्ञासा भईरहेकाहरुलाई पार्टी घोषणाका लागि आयोजित कार्यक्रमको झलकले पनि केही छनक दिएको छ ।    रातो रङलाई क्रान्तिको रङ मानिन्छ, नेपालमा त्यसलाई कम्युनिष्टहरुले आफ्नो पार्टीगत रङ जस्तो छाप पारेका छन् । राता झण्डा, व्यानर र क्याप ... बाँकी अंश»

बन्दसत्रमा बाबुराम चकित, छलफलमा ३ प्रतिवेदन

२०७३ जेठ ३१ सोमबार, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई चकित भएका छन् । उनले बन्दसत्रमा देखिएको व्यापक सहभागिता र उत्साहपूर्ण बहसलाई आश्चर्य मान्दै नयाँ शक्ति सही अर्थमा नयाँ बन्ने संकेत मिलेको समेत बताएका छन् ।    भट्टराईले छलफलकैबीचमा यसो भनेका हुन् । छलफल अझै नसकिएको केन्द्रीय परिषद् सदस्य रामचन्द्र झाले जानकारी दिए । झाले छलफल आजै सकिने र भोली सुझाव सहित पारित हुने बताए । यद्यपि, छलफलबाट बाहिर आएका रमेश भट्टराईले भने छलफल लामै भएकाले आज सकि ... बाँकी अंश»

मलाई साँढेसातको दशा लाग्दैनः प्रम ओली

२०७३ जेठ ३१ सोमबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साँढेसातको दशाग्रहसमेत नलाग्ने दाबी गरेका छन्।   उनले भने “मैले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिन र अब पनि गर्दिनँ, हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो।”   बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम् ... बाँकी अंश»

उपराष्ट्रपति पुनद्वारा चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्ने निमन्त्रणा हस्तान्तरण

२०७३ जेठ ३१ सोमबार, काठमाडौँ । चीनको भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेको पत्र चिनियाँ उपप्रधानमन्त्रीलाई  हस्तान्तरण गरेका छन् ।    उनले सो पत्र चीनका उपप्रधानमन्त्री वाङ याङलाई चीनको युन्नान प्रान्तको कुन्मिङमा भएको भेटमा हस्तान्तरण गरेका हुन् ।    चीन भ्रमणमा रहेको उपराष्टपति पुन नेतृत्वको नेपाली टोलीले आज कुन्मिङका विभिन्न कार् ... बाँकी अंश»

‘दुई ढुङ्गाबीचको तरूल होइन अब नेपाल व्यापारिक हब बन्छ’

२०७३ जेठ ३० आइतबार, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अब नेपाललाई दुई ढुङ्गाबीचको तरूल हुन नदिने घोषणा गरेका छन् । आइतबार राजधानीमा आयोजित नयाँशक्ति नेपालको घोषणा सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले १८ औं शताव्दीको ५५ वटा मुलुक रहेको बेलामा जस्तो अहिले एउटा मुलुक नेपाललाई दुई ढुङ्गाबीचको तरूल भनेर कमजोर मान्न नहुने बताएका हुन् ।    पृथ्वी नारायण शाह र भीमसेन थापाले ८० वर्ष लगाएर एकीकृत गराएको मुलुकलाई आर्थिक दृष्टिल ... बाँकी अंश»

‘नयाँ शक्तिले एमाले बाहेक अरू पार्टीलाई धक्का दिन सक्छ’

२०७३ जेठ ३० आइतबार, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार घोषणा भएको नयाँशक्ति नेपालले एमाले बाहेक अरू पार्टीलाई धक्का दिनसक्ने भएपनि एमालेलाई केही गर्न नसक्ने ठोकुवा गरेका छन् । आइतबार राजधानीमा आयोजित नयाँशक्ति नेपालको घोषणा शभामा शुभकामना दिन पुगेका प्रधानमन्त्री ओलीले धेरै पार्टी दर्ताभएपनि नेपाली जनाताको काम गर्ने र संविधान सभामा प्रतिनिधित्व कम भएकोले पार्टीले जनताको मन जित्नेतर्फ लाग्न पनि सुझाव दिएका छन् ।    ... बाँकी अंश»

स्वदेशी र विदेशी लगानी आकर्षित गरेर मुलुक विकास गर्नुपर्छ: देउवा

२०७३ जेठ ३० आइतबार, काठमाडौं । नेपाली काँग्रसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब मुलुकको आर्थिक विकास गर्ने बेला भएको बताएका छन् । आइतबार राजधानीमा भएको नयाँ शक्ति नेपालको घोषणा सभालाई शुभकामना व्यक्त गर्दै सभापति देउवाले नयाँ शक्ति नेपालको ‘अबको निकाश आर्थिक विकास’ भन्ने नारा सान्दर्भिक रहेको भन्दै यस्ूतो जायज नाराबाट नयाँ शक्तिले पनि मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।    मुलुकको आर्थिक विकासको ... बाँकी अंश»

बेनी डुबान

२०७३ जेठ ३० आइतबार, म्याग्दी।म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबार राती आएको बाढीले एक सय भन्दा बढी घर डुबानमा परेका छन्। राती १० देखि १२ बजेसम्म मेघगर्जन सहित आएको मुसलधारी बर्षाले बेनी–पाखापानी सडकको स्तरोन्नतिका लागि खनिएको र निकालिएका माटो र ढुँगा बगाएर ल्याएको थियो ।  बस्ती माथि बाट आएको बाढीले क्याम्पसचोक र मंगलाघाटका १ सय भन्दा बढी घर डुबानमा परेका हुन् । ... बाँकी अंश»

यस्तो चर्चा छ नयाँ शक्तिको

२०७३ जेठ ३० आइतबार, काठमाडौं । औपचारिक घोषणाको तयारीमा रहेको नयाँ पार्टी नेपालको घोषणा हुनु अगाडी नै अनेकखालका चर्चा हुन थालेको छ । काठमाडौंबाट प्रकाशित हुने सवैजसो पत्रपत्रिकाहरुको अघिल्लो पेज पुरै विज्ञापन छपाएकाले यसको चर्चा थप बढेको छ । विज्ञापनकै विषयलाई लिएर आज विहानै देखि सामाजिक संजालहरुमा सयौं स्टाटस तथा कमेण्टहरु लेखिएका छन् ।    कृष्ण भण्डारीले तपाईको मनमा छाउला वा नछाउला तर देशका प्रमुख पत्रिकाको पहिलो पृष्ठमा छायो नयाँ शक्ति भनेर लेखेका छन् । त ... बाँकी अंश»

पढ्नका लागि बालश्रमिक !

२०७३ जेठ ३० आइतबार, काठमाडौँ । राजधानीमा गरिएको एक अध्ययनले ६४ प्रतिशत घरेलु बालश्रमिकले राम्रो शिक्षाका लागि आफू बालश्रमिक बनेर साहुको घरमा काम गरिरहेको देखाएको छ । कुल बालश्रमिकमध्ये ९६ प्रतिशत विद्यालय जाने गरेको पाइएको छ । समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस)ले काठमाडौँका चार हजार ८६ घरधुरीमा गरेको अध्ययनअनुसार ४४ प्रतिशत बालश्रमिकले पढाइ पूरा गर्नकै लागि आफूहरु तत्काल घर फर्किन नचाहेको बताएका थिए । बाँकी २४ प्रतिशतले त घर फर्केमा राम्रो शिक्ष ... बाँकी अंश»

फोर्ब्सले शक्तिशाली मान्यो राष्ट्रपति भण्डारीलाई, सूचीमा अरु को-को छन् ?

२०७३ जेठ २९ शनिबार, काठमाडौँ । विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोर्ब्सले हालै विश्वका प्रख्यात एवम् शक्तिशाली एक सय जना महिलाको सूची प्रकाशन गरेको छ र यस सूचीको संसारमा नै यतिखेर निकै चर्चा पनि भइरहेको छ । यस पटक यो चर्चा नेपालमा पनि छाएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको नाम पनि यस सूचीमा समेटिएकोले यस सूचीको बारेमा नेपालमा पनि यतिखेर चर्चा हुन पुगेको हो । आ आफ्ना क्षेत्र वा व्यवसायमा महिलाको शक्ति, प्रभाव र सफलताका आधारमा यस पत्रिकाले ती महिलाको छनौट गर्न ... बाँकी अंश»

नयाँ