समसामयिक

काँग्रेसका नेता तथा पूर्वमन्त्री रामहरि ढुंगेल कोठामै भेटिए मृत

२०७३ चैत ३ बिहिबार, [अपडेट] काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व सहायक मन्त्री रामहरि ढुंगेलको निधन भएको छ । उच्च रक्तचाप, ग्यास्ट्राइटिस लगायतको समस्याबाट पीडित ढुंगेल दिल्लीबजारस्थित आफ्नै कोठामा सुतेको अवस्थामा मृत भेटिएका हुन् । रामेछापका पूर्व सांसद उनी बिहान अबेरसम्म नउठेपछि कोठा खोलेर हेर्दा मृत अवस्थामा भेटिएको बताइएको छ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलका अनुसार उनी बुधबार साँझ हिमाल अस्पतालमा उपचारका लागि गएका थिए । उनी विस्तारामा सुते ... बाँकी अंश»

पहिलो पटक एसईई परीक्षा सुरु, जाँच लिनुपर्ने बोर्डले लियो नियन्त्रण कार्यालयले

२०७३ चैत ३ बिहिबार, काठमाडौं ।  एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) सुरु भएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको हो ।    परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी हुँदैछन् ।  ... बाँकी अंश»

विवेकशीलको 'कुकुर' रहला कि नरहला ?

२०७३ चैत २ बुधबार, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको हैसियतमा २०७० सालमा निर्वाचन नलडेकाहरुलाई दलको हैसियतमा निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गरेको छ । संविधान सभा सदस्य निर्वाचन २०७० मा समानुपातिक निर्वाचन प्रणालीमा भाग नलिएका दलको उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र रुपमा खडा भएको उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरिएका निर्वाचन चिन्हको समूहबाट तोकिए बमोजिम निर्वाचन चिह्न प्रदान गर्ने आयोगले प्रष्ट पारेको छ ।   आयोगले स्था ... बाँकी अंश»

मन्दिर र गुम्बामा चुनावी प्रचार गरे कारबाही, अरु के-केमा छ बन्देज ?

२०७३ चैत २ बुधबार, काठमाडौं । स्थानीय तहकाे निर्वाचन आउँदैछ । तपाईँ वा तपाईँका कुनै आफन्त स्थानीय तह आगामी बैशाख ३१ गते हुन गर्इरहेको निर्वाचनमा  कुनै पदमा उठ्दै हुनुहुन्छ भने प्रचारप्रसारको लागि ध्यान दिनुहोला । तपाईँको सानो प्रचारप्रसारको गल्तीले तपाईको उम्मेदवारी खारेजीसम्मको कारबाहीको भागेदार बन्न सक्नुहुनेछ ।    निर्वाचन आयोगले २०७२ सालमा जारी गरेको निर्वाचन आचारसंहिता २०७२ले उम्मेदवारले कहाँ र कसरी ज्ञिापन गर्न पाउने र कहाँ नपाउने भन्ने विषयमा न ... बाँकी अंश»

कञ्चनपुरमा सीमा रक्षाका लागि लड्नेलाई सरकारकै बेवास्ता

२०७३ चैत २ बुधबार, पुनर्बास । गत साता भारतीय सीमा सुरक्षा बल एसएसबीको कुटाईबाट गम्भीर भएका टीकाराम चापागाई अहिले पनि अस्पतालमा छन् । उनको अहिले शरीरका अधिकांश अंग चलाउन पनि नसक्ने गरी शिथिल भएका छन् । तर, त्यसको उपचार गराउने आफूसँग पैसा छैन ।    त्यसो त सोही लडाईंमा ज्यान गुमाएका गोविन्द गौतमको बारेमा राष्ट्यि अन्तराष्ट्रिय सञ्चार माध्यममा समाचार आईरहँदा उनी पनि असह्य पीडा बोकेर अस्पतालको शैयामा सुतिरहेका थिए । उनी अहिलेसम्म पनि अस्पतालमा नै छन् ।    गौत ... बाँकी अंश»

बंगलादेशमा हुने एसीसी इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा

२०७३ चैत २ बुधबार, काठमाडौं । बंगलादेशमा हुन गइरहेको एसियाली क्रिकेट काउन्सिलको कार्यतालिका अनुसारको एसीसी इमर्जिङ नेसन्स कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट भएको छ । १५ सदस्यीय नेपाली टोलीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् ।   पारस खड्काको शल्यक्रियापछि अझै खेल्न सक्ने अवस्था नभएकाले ज्ञानेन्द्रले नै टिमको नेतृत्व सम्हाल्ने छन् । १५ जनाको टिममा उपकप्तानको जिम्मा शरद भेषवाकरलाई दिइएको छ । त्यस्तै अन्य खेलाडीमा विनोद भण्डारी, सागर पु ... बाँकी अंश»

खुद्रा पसलबाट सूर्तीजन्य पदार्थ बिक्रीमा रोक, गर्भवती महिलाले खरीदबिक्री गर्न नपाउने

२०७३ चैत २ बुधबार, काठमाडौँ । कतै तपाईंको पहुँच भएको वरिपरिको खुद्रा पसलबाट सूर्तीजन्य पदार्थको बिक्री वितरण भएको त छैन ? छ भने त्यो गैरकानुनी हो । किनकि सरकारले खुद्रा पसलबाट सूर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाएको छ ।   मङ्गलबारदेखि सरकारले जुनसुकै स्थानबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएपछि यो विषय चोटिलो बनेको हो ।  सूर्तीजन्य पदार्थ बिक्री वितरणका लागि आन्तरिक राजस्व कार्यालयबाट छुट्टै इजाजतपत्र लिनुपर्ने हुन्छ ।    साथसाथै सूर्तीजन्य ... बाँकी अंश»

कमल थापालाई सरकारमा ल्याउनुको औचित्यबारे काँग्रेसमा गम्भीर छलफल

२०७३ चैत १ मंगलबार, काठमाडौं। काँग्रेस बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा ल्याउनुको औचित्यबारे गम्भीर छलफल भएको छ । सभापति शेरबहादुर देउवाले डाकेको पदाधिकारीहरुको बैठकका सहभागीहरुले थापालाई सरकारमा ल्याउनुको औचित्यबारे गम्भीर छलफल भएको हो ।    बैठकमा सहभागी भएका तराई मधेशका नेताहरुले संविधान संशोधन प्रस्तावलाई पारित गराएर मधेशी मोर्चालाई पनि निर्वाचनमा लैजानुपर्नेमा जोड दिएका छन् । उनीहरुले संसद्मा दर्ता गराईएको संविधा ... बाँकी अंश»

मोर्चाले सरकारको साथ छोड्ने समर्थन नछोड्ने !

२०७३ चैत १ मंगलबार, काठमाडौं। सातदिन भित्र आफ्ना मागहरु पूरा नगरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने पूर्व निर्णयबाट मधेशी मोर्चाले पछि हट्ने संकेत देखाएको छ । मोर्चाले दिएको अल्टिमेटम मंगलबार सकिँदैछ । त्यसपछि स्वतः सरकारबाट बाहिरिने जनाएको मोर्चाका नेताहरुले भने तोकिएको समयसीमा सकिँदा सरकार छाड्ने कि नछाड्ने भन्ने सवालमा फरकफरक अभिव्यक्ति दिन थालेका छन् । उनीहरुले अप्रत्यक्ष रुपमा सरकारको साथ छाड्ने तर समर्थन भने फिर्ता नलिने संकेत देखाएको हो ।    सद्भा ... बाँकी अंश»

गगन थापाको पक्षमा उभिए नेता विश्वप्रकाश र रविन्द्र

२०७३ चैत १ मंगलबार, झापा। नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्मा काँग्रेस नेता तथा स्वास्थ्यमन्त्री गगन थापाको पक्षमा उभिएका छन्। कुनै समय नेविसंघको अध्यक्ष बन्दा उपाध्यक्ष रहेका गगन थापाले स्वास्थ्य मन्त्रीको हैसियतमा गरेका कामको प्रसंसा गर्दै शर्माले उनलाई मन्त्रीबाट फिर्ता बोलाउने चर्चा गलत भएको भएको बताएका छन्।    सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन्, 'थापालाई मन्त्रीबाट फिर्ता बोलाउने हल्ला गलत मात्र भनेनन यदि त्यस्तो सल्लाह हु ... बाँकी अंश»

महासंघ हाँक्ने यी हुन् १७ भाइ !

२०७३ चैत १ मंगलबार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले रहिले स्वर्ण वर्ष पार गरिरहेको छ । वि सं २०२२ सालमा एउटा सानो कोठामा गठन भएको २१ सदस्यीय तदर्थ समितिबाट यावत उतारचढाव बेहोर्दै आजको दिनसम्म आईपुगेको महासंघ आजको दिनमा धनीहरुको संस्था, आर्थिक क्षेत्रको सबैभन्दा ठूलो संस्था, अर्थतन्त्रको समानान्तर सरकार आदि इत्यादि यावत नामले चिनिने गरेको छ ।    यो संस्था अहिले पनि अन्य संस्था भन्दा भिन्न रहेको छ । राष्ट्रिय निर्देशन ऐन अन्तर्गत् चलेको यो संस्थालाई अर ... बाँकी अंश»

मंगलबारदेखि नै नयाँ संरचनाबाट कामगर्न स्थानीय मन्त्रालयको निर्देशन

२०७३ चैत १ मंगलबार, काठमाडौं । सरकारले नयाँ संरचनाबाट व्यक्तिगत घटना दर्ताको काम गर्न सरोकारवाला स्थानीय तहलाई निर्देशन दिएको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयको सोमबार बसेको बैठकले सबै निकायलाई निर्देशन दिने निर्णय गरेसँगै सो बारे मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन गरिसकेको जनाएको छ ।    फाल्गुन २७ गते राजपत्रमा प्रकाशित भएको ७ सय ४४ वटा स्थानीय तहको संरचना यो निर्देशनसँगै कार्यान्वयनमा आएको छ । सरकारले यस अघि नै सबै गाउँविकास समिति र पुराना न ... बाँकी अंश»

देउवाले सिटौलालाई भने गगनलाई हटाउने कुरा भएकै छैन

२०७३ चैत १ मंगलबार, काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी नेता कृष्ण प्रसाद सिटौलासँग सरकार विस्तारको चर्चाका क्रममा स्वास्थ्यमन्त्री गगन थापाको जिम्मेवारी फिर्ता लिने कुनै चर्चा नभएको प्रष्ट पारेका छन् । नेपाली काँग्रेसका तर्फबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री थापाको जिम्मेवारी मुक्त गर्नेगरि कुनै छलफल नभएको देउवाले नेता सिटौलालाई प्रष्ट पारेका हुन्।    काँग्रेस सभापति देउवासँग सरकार विस्तारको चर्चाका ... बाँकी अंश»

झलनाथ खनाललाई किन दिने २ करोड ?

२०७३ फाल्गुण ३० सोमबार, काठमाडौं। पूर्व प्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले मागेको दुई करोड किन उपलव्ध गराउने भन्दै राष्ट्रिय योजना आयोगले रोक्न भनेको छ । स्वास्थ्य मन्त्रालयमा २ करोड अनुदानका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग गरेको छ । झलनाथ प्रतिष्ठान र यस्तै खालका निजी प्रतिष्ठान तथा संस्थाले पनि अनुदान माग गरेपछि त्यस्ता प्रस्ताव आगामी बजेटमा नल्याउन आयोगले स्वास्थ्य मन्त्रालयलाई भनेको हो ।   ... बाँकी अंश»

वडाबाट मात्रै ६६ सय ८० जना नेता बन्दै

२०७३ फाल्गुण ३० सोमबार, काठमाडौं । लामो समय पछि सरकारले गर्न लागेको स्थानीय तहको निर्वाचनमा कूल ६ हजार ६ सय ८० जना वडा अध्यक्ष बन्ने भएका छन् । आसन्न निर्वाचनमा वडाबाट मात्रै सो संख्यामा वडाबाट प्रतिनिधि (अध्यक्ष) चयन हुने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए ।    सोमबार निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७४ को पर्यवेक्षण निर्देशिकाका सम्बन्धमा निर्वाचन पर्यवेक्षण गर्दै आएका सरोकारवाला संस्थाहरूसँग कान्तिपथस्थित आयोगमा गरेको अन्तरक्रिया का ... बाँकी अंश»

'७ दिन कुरेको भए कमल थापा प्रधानमन्त्री !'

२०७३ फाल्गुण ३० सोमबार, काठमाडौं । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले आफूलाई आफ्ना शुभचिन्तकहरुले ७ दिन कुरेको भए आफू प्रधानमन्त्री बन्ने सम्भावना रहेको भए पनि उपप्रधानमन्त्री बनेर हतार गरेको टिप्पणी गरेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लवमा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले शुभचिन्तकहरुले यस्तो बताएको भएपनि आफूलाई पदको मोह नभएकोले तोकिएकै मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नको लागि आफू सरका ... बाँकी अंश»

केन्यामाथि नेपालको ७ विकेटको कीर्तिमानी जीत

२०७३ फाल्गुण ३० सोमबार, काठमाडौं। आइसीसी वल्ड क्रिकेट लिग च्याम्पिनयसिपमा नेपालले शानदार जित हासिल गरेको छ । नेपालले केन्यामाथि ७ विकेटको जित हासिल गरेको हो। कीर्तिपुरस्थित त्रिविविको मैदानमा भएको खेलमा नेपालले १५६ रनको चुनौती नेपालले ३०.२ ओभरमै ३ विकेटको क्षतिमा विजय हासिल गरेको हो। ज्ञानेन्द्र मल्लले ६४ तथा दीपेन्द्र सिंह ऐरीले ६२ रन जोडे। यसअघि केन्याले ४६।१ ओभरमा अलआउट हुँदै १५५ रन बनाएको थियो । एक दिवसीयमा नेपालले पहिलो पटक केन्यालाई हराएको हो। यो जितसंगै ८ टिम स ... बाँकी अंश»

अब चुनाव कसैले रोक्न सक्दैन्ः प्रमुख आयुक्त यादव

२०७३ फाल्गुण ३० सोमबार, काठमाडौं। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बैशाख ३१ गते गर्ने स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन÷कानून प्राप्त भएकोले चुनाव अब कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन्। सोमबारको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरि आयोगले आफ्नो कामलाई तिव्रता दिईरहेकोले चुनावको लागि वातावरण बनाउनको लागि सबै राजनीतिक दलहरुलेपनि आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वा ... बाँकी अंश»

पशुपतिमा भट्टबाटै यस्तो भ्रष्टाचार ! १७ वर्षसम्म किन सरुवा हुँदैनन् प्रहरी ?

२०७३ फाल्गुण ३० सोमबार, काठमाडौं । पशुपतिका मूल भट्टहरु, पेसाले उनीहरु सम्मानित छन् । आराध्यदेव पशुपतिनाथको चरणमा बसेर दुनियाँलाई मुक्तिको बाटो देखाउने भट्टहरु नै भ्रष्टाचारको फोहोरी खेलमा चुर्लुम्म डुवेका छन् भन्ने सुन्दा तपाईँपनि अचम्ममा पर्नुहोला । तर, अचम्म मान्नु पर्ने कारण नै छैन ।    पशुपतिमा मूल पुजारीका रुपमा रहेका मूल भट्ट र सहायक भट्टहरुको मिलेमतोमा पशुपति प्रवेशको विषयमा नै ठूलो आर्थिक चलखेल हुने गरेको छ । नेपाल प्रहरीका ४ जना प्रहरी र भट्टहरुको मिले ... बाँकी अंश»

भूकम्पले घर ढले अनुदानले परिवार

२०७३ फाल्गुण ३० सोमबार, काठमाडौ । दोलखा जिल्लाको नेवार बस्ती गणेशटोल यतिखेर पारिवारिक कचिङ्गलको भुमरीमा छ । यहाँका थुप्रै परिवारका सदस्य बीच सम्बन्ध ‘पानी बाराबार’ को अवस्थामा छ । संयुक्त परिवार नेपाली ग्रामीण समाजको चरित्र नै हो, जहाँ परिवारका धेरै सदस्यले पुस्तौं पुस्तासम्म पनि कानूनी रूपमा अंशबण्डा गरेका हुँदैनन् । तर, भूकम्पपछिको राहत र अनुदान रकमले यो मान्यतालाई नराम्ररी हल्लाइदिएको छ ।   पुस्तौंदेखि एउटै भान्सामा चाडपर्व मनाउँदै आएका गणेशटोलका नेवार पर ... बाँकी अंश»

नयाँ