समसामयिक

सुशील कोइराला र महन्थ ठाकुरबीच भेट, वर्तमान गत्यावरोध हटाउने समझ्दारी

२०७२ मङ्सिर ११ शुक्रबार, काठमाडौं । अमेरिकाबाट उपचार गर फर्केका कांग्रेस सभापति सुशील कोइरालाले नेपाल आएको भोलिपल्ट शुक्रबार साँझ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग भेट गरेका छन् ।    कोइराला बस्दै आएको महाराजगन्जस्थित शशांक कोइराला निवासमा ठाकुर र कोइरालाबीच  छलफल भएको हो । एक घण्टे भेटका क्रममा पुराना सहपाठी ठाकुरसंग कोइरालाले वर्तमान राजनीतिक गत्यावरोध हटाउन छलफल गरे ।    विगत केही दिन यता सरकारी वार्ता टोली, तीन दल र मधेसी मोर्चाब ... बाँकी अंश»

भारतको समर्थनमा मधेस आन्दोलनः नेतृ कोइराला

२०७२ मङ्सिर ११ शुक्रबार, काठमाडौ । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले भारतको समर्थनमा मधेस आन्दोलन भईरहेको दावी गरेकी छिन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन,‘ काग्रेस र एमालेसहितका ठूला दलले गरेको आन्दोलन त उठ्न चार वर्ष लाग्यो भने अहिले मधेसीले भन्ने वित्तिकै आन्दोलन भयो भन्ने मलाई विश्वास लाग्दैन । मलाई मधेसीले आन्दोलन गरे भन्ने लाग्दैन । यसभित्र ठूलो षडयन्त्र छ । भारतको समर्थन विना यसरी आन्दोलन चर्किदैन ।’   क्लबका अध ... बाँकी अंश»

भारतीय परनिर्भरता हटाउँदै जैविक काउली खेती

२०७२ मङ्सिर ११ शुक्रबार, यादव आचार्य । बर्दिया । भारतले नेपालमा अघोषित नाकावन्दी गरिरहँदा बर्दियाको गुलरिया नगरपालिका स्थित वेचैपुर गाउँमा गरिएको जैविक काउली खेतीले भने भारतिय तरकारीको परनिर्भरता हटाएको छ ।गाउँमै थारु समुदायका महिला तथा पुरुषहरु जैविक तरकारी उत्पादन गर्न थालेपछि जिल्लाका विभिन्न हाटबजार लगायत तरकारी पसलहरुमा आउने विषादी युक्त भारतीय तरकारीहरुलाई विस्थापित गर्दै बर्दिया जिल्ला तरकारीमा आत्मनिर्भर बनेको हो ।   पहिले पहिले भारतीय उत्पादनको तर ... बाँकी अंश»

ओली अक्षम भएको एमाओवादीको भित्री ठहर

२०७२ मङ्सिर ११ शुक्रबार, काठमाडौं । सरकारको प्रमुख हिस्सेदार एकिकृत नेकपा माओवादीले आफु सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम भएको भित्री ठहर गरेको छ । प्रधानमन्त्री ओलीले मधेश आन्दोलन साम्य पार्नका लागि आधारभुत कौशलता समेत देखाउन नसकेको र बोली अनुसारको व्यवहार गर्न नसकेको एमाओवादीको ठहर छ ।    एमाओवादी निकट मानिने नयाँपत्रिका राष्ट्रिय दैनिकले मुख्य खवरको रुपमा असफल बन्दै छन् प्रधानमन्त्री भनेर लेख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपय ... बाँकी अंश»

मृत्यु भएको ६ दिनपछि दाह संस्कार हुँदै, मृतकलाई शहिद घोषणाको सिफारिस

२०७२ मङ्सिर ११ शुक्रबार, सप्तरी । सप्तरीमा गएको शनिबार र आइतबार प्रहरीसंगको झडपका क्रममा  गोली लागेर मृत्यु भएकाहरुको शुक्रबार (आज) दाह–संस्कार गरिदैंछ ।  आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको मागमा जिल्ला सुरक्षा समितिले निर्णय गरेर कार्यान्वयनका लागि गृह मन्त्रालय पठाएपछि मृतकहरुको अन्तिम संस्कारको बाटो खुला भएको हो ।    सप्तरीको भारदह, रुपनी र राजविराजमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइते भए ... बाँकी अंश»

सँधै ठट्टा चल्ने साथीहरुले नै पेट्रोल छर्केर आगो लगाए, बब्लु जले–अपराधी फरार

२०७२ मङ्सिर १० बिहिबार, विराटनगर । धेसी मोर्चाका कार्यकर्ताले मोरङमा एकजना युवालाई पेट्रोल छर्केर जिउँदै जलाएका छन् । सीमावर्ती भारतीय बजारबाट जर्किनमा पेट्रोल लिएर आउँदै गरेका मोरङ भातिगन्ज–७ का बब्लु राजवंशीलाई चिनेजानेकै साथीहरुले पेट्रोल छर्केर आगो लगाएका हुन् ।    आफ्नै दाजुको मोटरसाइकल ग्यारेजका लागि जर्किनमा ३० लिटर पेट्रोल ल्याइर फर्किदै गरेका थिए । राजवंशीलाई मोर्चाको आन्दोलनमा लागेका चिनेकै साथीभाईले मोरङ, भातिगन्ज–२ रामजानकी चोकमा रोकेर उनैले ... बाँकी अंश»

भारतीय संसदीय समितिमा नेपाल बहस, कसले के भने ?

२०७२ मङ्सिर १० बिहिबार, काठमाडौ  । नेपाल–भारत सीमामा देखिएको असहजता, नेपालमा उत्पन्न मानविय संकट र मधेस आन्दोलन सहितका विषयमा भारतमा पहिलो पटक संसदीय समितिको बैठकमा छलफल भएको छ । छलफलमा भारत सरकारको तर्फबाट विदेशमन्त्री शुष्मा स्वराजको उपस्थिति रहेको थियो । बैठकमा नेपाल मामिलाको विषयमा स्वराजले सरकारी धारणा राखेकी थिईन ।    बैठकमा कस्ले के भने ? भगत सिंह कोसियारी, सत्तारुढ भारतीय जनता पार्टीका पूर्व उपाध्यक्ष रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको क ... बाँकी अंश»

‘बाँच्न र पढ्न देऊ’ भन्दै बालबालिकाले चक्रपथ घेर्ने

२०७२ मङ्सिर १० बिहिबार, काठमाडौं । भारतको नाकाबन्दी र तराइमा भइरहेको आन्दोलनका कारण नेपाली बालबालिकामा परेको असरलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले आगामी शुक्रबार बालबालिकाले चक्रपथमा मानव साङ्लो बनाई प्रर्दशन गर्ने भएका छन्। 'बाँच्न र पढ्न देऊ' भन्ने मुख्य नाराका साथ शुक्रबार बिहान ११ बजे कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज चक्रपथ, बालाजु, स्वयम्भु हुँदै पुनःकलङ्कीसम्म मानव साङलो तयार गर्ने छन्। करिब ५ लाख विद्यार्थीले सो मानव साङ्लोमा सहभागिता ज ... बाँकी अंश»

भारतीय दूतावासको दादागिरी : ‘गोली लागेकाहरु नेपाली हाेइनन्’

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले सुनसरीमा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले नेपाली भूमिमै प्रवेश गरी निर्दोषमाथि अन्धाधुन्धा गोली चलाएको समाचारबारे असहमति जनाएको छ । भारतले नेपाललाई नाकाबन्दी नगरेको जिकिर गर्दै आएको दूतावास अहिले निकै व्यस्त देखिन्छ । दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै इटहरी घटनाका घाइतेहरु भारतीय नै भएको र घटना समेत भारतीय भूमिमै भएको जिकिर गरेको छ । दूताबासले भाइते नेपाली नागरिक होइनन् भन्दै नेपाली सं ... बाँकी अंश»

गोली चलाउनु भारतीय सुरक्षा बलको गल्ती–प्रजिअ पन्थ

२०७२ मङ्सिर ९ बुधबार, इटहरी । सुनसरी जिल्लाको हरिपुर र भारत विहारको भीमनगर सीमा नाकामा आज बिहान भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले नेपाल भूमिमा प्रवेश गरेर गोली चलाएर चारजना नेपाली गम्भीर घाइते बनाउनु भारतीय सुरक्षाकर्मीका तर्फबाट सिधै गल्ती भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभएको छ । घटनास्थलको स्थलगत अवलोकनसँगै स्थानीयवासी र भारतीय सीमा सुरक्षा बलसँग समेत भेटघाट गरेर घटनाका विषयमा गहन अध्ययनपछि सदरमुकाम इनरुवा आइपुग्नुभएका प्रजिअ पन्थले स्थ ... बाँकी अंश»

‘सरकारले पुनःनिर्माण कार्य द्रुत गतिमा अगाडि बढाउने’–उपप्रधानमन्त्री थापा

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले सरकारले जतिसक्दो चाँडो भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताउनुभएको छ । भूकम्पपश्चातको सन्दर्भमा ‘विपद् जोखिम न्यूनीकरणमा भूमि क्षेत्रका पेसाकर्मी र भौगोलिक सूचना पूर्वाधारको भूमिका’ विषयक तीनदिने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उपप्रधानमन्त्री थापाले भूकम्पपछि अझै पनि जाडोको मौसममा अधिकांश भूकम्पपीडित टहरामै बस्न बाध्य भएको ह ... बाँकी अंश»

नेपालको विषयमा भारतीय संसदमा आवाज उठाउँदै भारतीय दल

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौ । अघोषित नाकाबन्दीको कारण नेपालमा उत्पन्न मानवीय संकटको विषयमा बिहीबारबाट भारतको तल्लो सभा र राज्यसभामा कुरा उठाउने भएका छन ।  नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा भारतीय राष्ट्रबादी काग्रेसका महासचिव डीपी त्रिपाठीले भने,‘ भोलीबाट भारतमा तल्लो सभा र राज्यसभाको अधिवेशन सुरु हुँदैछ हामी त्यहाँ नेपालमा उत्पन्न समस्याको विषयमा विशेष कुरा उठाउँछौ ।’ उनले भाकपा (माक्र्सबादी), भाकपा (माले) र जनत ... बाँकी अंश»

हामी नेपालमा परेको समस्याले चिन्तित छौ– भारतीय गृहमन्त्री सिंह

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौ । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको संविधानसभाले जारी गरेको संविधान भारतले स्विकारेको छैन र त्यसको बर्खिलाफमा छ भन्ने कुरा गलत भएको बताएका छन ।  नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानमा सबैको अपनत्व हुँदा राम्रो हुने मात्र स्मरण गराएको दावी गरे ।  गृहमन्त्री सिंहले मधेसले उठाएको मुद्दा नेपालीको आन्तरिक मामिला भएको भन्दै नेपालकै दलहर ... बाँकी अंश»

सीमा अवरोधबारे बेलायतको चासो

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौं । बेलायतले नेपाल–भारत सीमामा तीन महिनादेखि भईरहेको अवरोधका बारेमा चासो व्यक्त गरेको छ । बेलायतका विदेशमन्त्री ह्यूगो स्वायर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई फोन गरी उक्त चासो व्यक्त गरेका हुन् ।  काठमाडौंस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्ति अनुसार स्वायरले सीमा अवरोधका कारण नेपालमा मानवीय सहायताको वितरणमा परेको प्रभावका विषयमा चिन्ता व्यक्त गरेको जनाइएको छ । ‘जाडो सुरु भएको अवस्थामा यदि तत्कालै समस्या समाधा ... बाँकी अंश»

भारतीय प्रहरीद्वारा नेपालीलाई गोली

२०७२ मङ्सिर ९ बुधबार, इटहरी । सुनसरी जिल्लाको नेपाल–भारत सीमा हरिपुर–७ मा आज बिहान ६ बजे भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाउँदा चार नेपाली घाइते भएका छन् । घाइते हुनेमा अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव छन् ।   उनीहरुको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारार्थ ल्याइएको छ । भारतीय विहारबाट सामान लिएर सुनसरीतर्फ आउँदै गर्दा भारतीय सीमा सुरक्षा बल र स्थानीयवासीबीच भनाभन हुँदा गोली चलाइएको हो । अहिले सो क्षेत्र तनावग्रस्त छ । रासस  ... बाँकी अंश»

मधेस आन्दोलनको राप घटेन, लहानमा बस र कारमा आगजनी

२०७२ मङ्सिर ९ बुधबार, लहान । तराईमा जारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन मत्थर भएको सरकारी जिकिर औपचारिकतामै सिमित भएको छ । मंगलबार मात्रै सरकारले मधेसमा नागरिक समाजको पहलमा आन्दोलन केही शालिन भएको जिकिर गरेको थियो । सरकारी उद्भोषको केही घण्टा नबित्दै लहान तनाबग्रस्त बन्यो । यस्तै, राति लहान मेनरोड पूर्व बसपार्क नजिक रात्रिबस र एक कारमा आगजनी भएको छ ।   आगो लगाउने समूह अज्ञात भनिए पनि आन्दोलनसंगै जोडिएकाहरुले  उक्त हर्कत गरेको हुन सक्ने प्रहरीको ... बाँकी अंश»

पहाडी र थारु समुदायलाई झगडा गराउन षडयन्त्र हुदैछ – नेता देउवा

२०७२ मङ्सिर ८ मंगलबार, टेकराज अवस्थी । मंसिर । नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले पहाडी र थारु समुदायलाई झगडा गराउन षडयन्त्र भईरहेको बताउनु भएको छ । सुदूरपश्चिम निर्माणको प्रमुख आधार , कृषि पर्यटन जडीबुटि तथा जलबिद्युतको विकास र बिस्तार भन्ने मूल उद्देश्यका साथ शुरु भएको सुदूरपश्चिमाञ्चल महोत्सव डडेल्धुरामा नेता देउवाले उक्त कुरा बताउनु भएको हो ।  उद्घाटन समारोहमा बोल्दै नेता देउवाले दशगजा क्षेत्र कसैको पेवा नभएकोले आन्दोलन ... बाँकी अंश»

डा भट्टराईको संयोजकत्वमा नयाँशक्ति राष्ट्रिय अभियान घोषणा

२०७२ मङ्सिर ८ मंगलबार, काठमाडौँ। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्ति राष्ट्रिय अभियान गठन भएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर अभियानले विभिन्न संयोजकसमेत तोकेको जानकारी दिएको छ । मेची, कोसीको संयोजकमा राजेन्द्र किराँती र मध्य तराई संयोजकमा रामचन्द्र झा, काठमाडौँ र यसको आसपासको क्षेत्रका लागि गङ्गा श्रेष्ठलाई तोकिएको छ ।    यस्तै, गण्डकी–बाग्लुङ–म्याग्दी संयोजकमा देवेन्द्र पराजुली, मगरात—अवधमा वामदेव क्षेत्री, भेरी ... बाँकी अंश»

ऋण कि राहत ? भूकम्पपीडितलाई छान्न दिइने

२०७२ मङ्सिर ८ मंगलबार, नारायण न्यौपाने/रमेश लम्साल, काठमाडौँ । सरकारले भूकम्पपछिको घर तथा आवास निर्माणका लागि रु दुई लाख सरकारी राहत अनुदान लिनेले ऋण नपाउनेसम्बन्धी कार्यविधिलाई अन्तिम रुप दिन लागिएको छ ।  सङ्घीय मामिला तथा स्थानीय विकास र सहरी विकास मन्त्रालयले संयुक्त रुपमा तयार पारिरहेको सो कार्यविधिलाई केही समयभित्रै पूर्णता दिएर पारित गरिने छ । राहत र ऋण दुवै लिँदा सरकारी स्रोतको दुरुपयोग हुन सक्ने वा मिसमास हुने भएकाले त्यसलाई ध्यान दिँदै राहत लिनेले ऋण नपाउन ... बाँकी अंश»

निगमका खड्कालाई उर्जामा लैजान ८ करोडको चलखेल, प्रचण्डका स्वकीय सचिव चलखेलमा !

२०७२ मङ्सिर ८ मंगलबार, काठमाडौं। पेट्रोलियम पदार्थमा अरबौं रुपैयाँको चलखेल गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई जोगाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव चुडामणी खड्का लागि परेका छन्। आपूर्तिमन्त्री गणेशमान पुन र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थाहै नदिईकन स्वकीय सचिव खड्काले आयल निगमका कार्यकारी निर्देशक खड्कालाई बचाउन लागिपरेका छन्। पछिल्लो समय विभिन्न ठाउँमा आ ... बाँकी अंश»

नयाँ