समसामयिक

ओलीसँग कुरा भएरै संविधान संशोधन प्रस्ताव पेश गरिएको हो : प्रचण्ड

२०७३ पौष २५ सोमबार, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सहमति गरेर नै आइतबार संसद्मा संविधान संशोधनको प्रस्ताव पेश गरिएको बताएका छन् । प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओली र आफ्नो बीचमा एक खालको सहमत भएर नै प्रस्ताव टेबल गरिएको हो भने । प्रधानमन्त्री दाहालले भने, ‘उहाँहरुले विरोध गरिराख्ने, सरकारले प्रस्तावहरु टेबुल गर्ने भन्ने एक खालको सहमति भएकै हो ।’ दाहालले थ ... बाँकी अंश»

'झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक'

२०७३ पौष २५ सोमबार, इटहरी। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताउनुभएको छ ।    प्रेस चौतारी सुनसरीले इटहरीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भन्नुभयो, ‘‘सभामुखले झुक्याएर प्रस्ताव दर्ता गराउने काम संसदीय पद्दतिविरुद्ध छ ।’’    उहाँले प्रदेश नं ५ का जनताले नचाहेको र माग नै नगरेको विषय चलाएर सत्ता पक्षले संविधानको व्यवस्थालाई समेत ... बाँकी अंश»

धुर्मुस सुन्तलीद्वारा निर्माण हुनलागेको मुसहर बस्ती 'मह'ले शिलन्यास गर्ने

२०७३ पौष २५ सोमबार, बर्दिवास। हास्य कलाकारद्वय धुर्मुस(सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे) महोत्तरीको बर्दिवासमा सम्मानित हुनुभएको छ ।    धुर्मुस–सुन्तली आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिवास–२ को मुसहर बस्तीलाई सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्ती रु चार करोड ७८ लाखको लागतमा निर्माण गर्ने भएको छ । बस्तीका ५० परिवार मुसहरका लागि निर्माण हुने यी पूर्वाधारसहितका पक्की घर निर्माण कार्यको आज दिउँसो हास्य कलाकारकै अ ... बाँकी अंश»

दुई अस्पतालले सुरु गरे नि.शुल्क डायलाइसिस सेवा

२०७३ पौष २५ सोमबार, तिलोत्तमा (रुपन्देही) । रुपन्देहीमा रहेका दुई अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल र भैरहवामा रहेको सिद्धार्थ नगर सिटी हस्पिटलले उक्त सेवा सुरु गरेका छन् । सरकारले निःशुल्क मिर्गौला डायलाइसिसको लागि अनुमति दिएसँगै यी अस्पतालले सेवाको सुरुवात गरेका हुन् ।    गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले निःशुल्क डायलाइसिसका बिरामीको नियमित रुटिन परीक्षण पनि निःश ... बाँकी अंश»

पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउनु पर्छ : राष्ट्रपति भण्डारी

२०७३ पौष २५ सोमबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिन माग गरेको छ । पार्टीले उक्त दिन आयोजना गर्न लागेको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज निमन्त्रणा गर्न शीतलनिवास गएका पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीको नेतृत्वको समूहले बिदाको माग गरेको हो ।    सो अवसरमा राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहले मुलुकको एकीकरण गरी देशको पहिचान बनाएको बताउँदै राष्ट्रिय एकताका प्रतीकका रुपमा पृ ... बाँकी अंश»

‘लोकमान’ महाभियोगबारे काँग्रेस अहिलेसम्म मौन बस्नु दुःखद् : धनराज गुरुङ

२०७३ पौष २४ आइतबार, काठमाडौं । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महत्वपूर्ण सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने कांग्रेस सांसद धनराज गुरुङले कार्कीविरुद्धको महाभियोगबारे अहिलेसम्म काँग्रेसको आधिकारिक धारणा नआउनु दुःखद् भएको बताएका छन् । आइतबार सर्वोच्चले कार्की अयोग्य ठहरिएको फैसला सुनाएपछि हाम्राकुरासँग प्रतिक्रिया दिँदै काँग्रेस सांसद गुरुङले भने, ‘यत्रो राष्ट्रिय मुद्दामा संसदको ठूलो पार्टी काँग्रेसको आधिकारिक ... बाँकी अंश»

सडक भत्काउने शंकर ग्रुपको हिल्टन होटललाई दोहोरो कारबाही गरिने

२०७३ पौष २४ आइतबार, काठमाडौं । शंकर ग्रुप तथा प्रसिद्ध अन्तराष्ट्रिय पाँचतारे होटल हिल्टनको समेतको सहयोगमा काठमाडौंको नक्सालमा निर्माणाधीन सडक आईतबार विहान भासिए पछि स्थानीयहरु आक्रोसित बनेका छन् । मूलबाटोको आधा भन्दा बढी भाग भत्किएकोले अझै पनि त्यस सडकमा सवारी सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । हिल्टनको निर्माणाधीन स्थलको पूर्वी किनारामा भासिएको सडकका कारण अहिलेसम्म नक्साल भगवती बहालदेखि टेलिकम चोकसम्मको सडक अवरूद्ध भएको हो ।    कुनै पनि भवन निर्माण ... बाँकी अंश»

'लोकमान' मुद्दाको बहस सकियो

२०७३ पौष २४ आइतबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको योग्यता र चरित्रविरुद्ध परेको रिटको बहस सकिएको छ । बहस सकिएपछि न्यायाधीशहरु फैसलाका सुनाउन अध्ययनमा लागेका बताइएको छ । सम्भवतः फैसला आइतबार (आजै) आउने सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले हाम्राकुरालाई जानकारी दिए । आइतबार जवाफी बहस रहेको र १७ जनाले बहस गरेका रिट निवेदक ओमप्रकाश अर्यालले बताए । पुस ७ गते न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवड ... बाँकी अंश»

पुनःनिर्माणका हाकिमको दोस्रो स्पष्टीकरण– ‘काम नहुनुमा सरकार नै दाेषी'

२०७३ पौष २४ आइतबार, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओे) सुशील ज्ञवालीले दोस्रो पटक बुझाएको स्पष्टीकरणमा समेत सरकारलाई दोषी देखाएका छन् । सरकारले ज्ञवालीले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि गएको विहीबार दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले आइतबार विहान ११ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर स्पष्टीकरण बुझाएको सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । शुक्रबार ज्ञवालीलाई २४ घ ... बाँकी अंश»

एकाविहानै नक्सालमा पाँच तारे होटलले आधा बाटो भत्काए पछि

२०७३ पौष २४ आइतबार, काठमाडौं । काठमाडौंको नक्सालमा निर्माणाधीन एक पाँचतारे होटलको जग भत्किँदा आईतबार नक्साल भगवती बहालदेखि बालमन्दिर तर्फ जाने सडक अबरुद्ध भएको छ । आईतबार विहान साढे ६ बजेतिर हिल्टन होटलको निर्माणाधीन भवन भत्किएको हो । जसकाकारण निर्माणाधीन भवनको पूर्वी किनारामा पर्ने आधा सडक भत्किएको छ ।  हिल्टन होटल निर्माणका लागि ठेकेदार कम्पनी रोशन कन्सल्टेन्सीले निर्माण गर्दै आएको प्रहरीले जनाएको छ । घटनाबाट कुनै पनि मानवीय क्षति भने नभएको महानगरीय प ... बाँकी अंश»

अंशवण्डाको नाममा यसरी हुन्छ मालपोतमा भ्रष्टाचार (बेलिविस्तार)

२०७३ पौष २३ शनिबार, काठमाडौं । सुन्दा पनि अचम्म लाग्न सक्छ कि काठमाडौंका ८० प्रतिशत घर नामसारी गर्ने मालपोतका कर्मचारीहरुलाई चुस्त अख्तियार प्रशासन आउने हो भने काठमाडौंका घरहरु नामसारी गर्ने ८० प्रतिशत मालपोतका कर्मचारी भ्रष्टाचार मुद्दामा जेल जान्छन् । यत्तिकै पनि अहिले लोकोक्ति नै बनिसकेको छ कि नेपालको भ्रष्टाचारको अधिकांश हिस्सा मालपोत कार्यालयले ओगटेको छ भनेर । तर, कसरी हुन्छ त मालपोत कार्यालयमा घुसको मोलमोलाई ?      हाम्राकुरा डटकमले शुक्रबार महानगरक ... बाँकी अंश»

संसद चल्छ, संविधान संशोधन विधेयक अघि बढ्छ : प्रधानमन्त्री

२०७३ पौष २३ शनिबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि अवरुद्ध संसद् आइतबार देखि सञ्चालन भई महत्वपूर्ण विधेयक अघि बढ्ने बताएका छन् । राजनीतिज्ञ शान्ता श्रेष्ठ लिखित ‘मान्छेभित्रको मान्छे’ स्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले संसद् सुरु भएसँगै संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयकको प्रक्रिया अघि बढ्ने बताए । प्रधानमन्त्री दाहालले भने, ‘संसद् आइतबारदेखि फेरि संसद चल्दैछ, त्यहाँ हामीले ... बाँकी अंश»

रन्किए गोविन्द केसी : ‘आइओएमको अधिकार खोस्ने बेइमान प्रधानमन्त्री र शिक्षामन्त्री’

२०७३ पौष २३ शनिबार, काठमाडौं । चिकित्सा क्षेत्रको बेथितिविरुद्ध संघर्ष गर्दै आएको बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ गोविन्द केसीले आइओएम फ्याकल्टी बोर्डको अधिकार खोसेर प्रधानमन्त्री र शिक्षामन्त्रीले बेइमानी गरेको आरोप लगाएका छन् । शनिबार लिखित वक्तव्य जारी गरी केसीले सरकार आफुहरुसँग गरेका विभिन्न सम्झौताहरु तथा सुधार अभियानको प्रतिकुल अघि बढेको आरोप लगाएका हुन् । केसीले अहिले भएका गतिविधि फिर्ता लिन र आफुहरुसँग भएका सम्झौता कार्यान्वयन गर्न तीन हप्ताको अल्टि ... बाँकी अंश»

सहमति, सहकार्य र एकतालाई भुल्दा देशमा समस्या : नेतृ कोइराला

२०७३ पौष २३ शनिबार, काठमाडौं ।  नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सहमति, सहकार्य र एकताको भावनालाई भुल्दा देशमा राजनीतिक संकट बढिरहेको बताएकी छन् । जीपी कोइराला फाउण्डेशनद्वारा राजधानीमा आयोजित अन्तर कलेज बहस कार्यक्रममा बोल्दै सहमति, सहकार्य र एकताले नै राजनीतिक संकटले निकास पाउने बताइन् ।   ‘देशमा राजनीतिक संकट बढ्नुमा सहमति, सहकार्य र एकताको भावना नहुनु हो ,’ जीपी कोइराला फाउण्डेशनकी अध्यक्ष समेत रहेकी कोइरा ... बाँकी अंश»

पूर्वमा पनि लोडसेडिङ कम भएकै चर्चा, उद्योगीहरु उत्साही

२०७३ पौष २३ शनिबार, विराटनगर । तिहारपछि पूर्व क्षेत्रमा लोडसेडिङ कम भएपछि स्थानीयलाई राहत भएको छ । लोडसेडिङ कम भएपछि उद्योग, अस्पताल, कार्यालय र व्यपारिक प्रतिष्ठानहरुसँगै घरेलु काम काज सहज भएका छन् । स्थानीयमा सकारात्मक प्रभाव परेको छ ।   पछिल्ला केही दिन यता लोडसेडिङ घटेपछि सुनसरी–मोरङका औद्योगिक करिडोरका उद्योग तथा कलकारखानाहरु नियमित सञ्चालन हुन थालेका छन् । वर्षाैंदेखि लोडसेडिङ र कम भोल्टेजको समस्या झेल्दै आएका पूर्वका उद्योगीहरु लोडसेडिङ र कम भोल्टेजक ... बाँकी अंश»

बाग्मतीमा फोहरफाल्ने पक्राउ, २० हजार जरिवाना

२०७३ पौष २३ शनिबार, काठमाडौँ । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा शनिबार तिलगङ्गास्थित बाग्मती किनारमा फोहरफाल्ने चार पसल र एक होटल गरी पाँच कारबाहीमा परेका छन् । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही पाँच हजारका दरले २० हजार जरिवाना गरिएको काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीले बताए । “फोहर फाल्दा रङ्गेह ... बाँकी अंश»

‘औद्योगिक करिडोरलाई विद्युत्‌भार कटौती मुक्त गरिने’

२०७३ पौष २३ शनिबार, पर्सा। ऊर्जामन्त्री जनार्दन शर्माले वीरगन्ज औद्योगिक करिडोरलाई छिट्टै विद्युत्भार कटौतीमुक्त घोषणा गर्ने तयारी भइरहेको बताएका छन्  ।    प्रेस सेन्टर नेपाल पर्सा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा ऊर्जामन्त्रीले काठमाडौँ उपत्यकालाई पहिलो चरणमा घोषणा गरिएको विद्युत्भार कटौतीमुक्त अभियानको दोस्रो शृङ्खलामा वीरगन्ज औद्योगिक करिडोरलाई जोडिने बताए ।    ऊर्जामन्त्री  शर्माले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् क ... बाँकी अंश»

रसुवागढीमा भन्सार कार्यालयको प्रिफेब्रिकेटेट भवन बन्दै

२०७३ पौष २३ शनिबार, रसुवा । भन्सारको कामलाई सरलीकृत गर्न पहिलो चरणअन्तर्गत रसुवागढीको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा प्रिफेबिकेटेट भवन निर्माण अगाडि बढेको छ ।    सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रसुवाका प्रमुख राजेन्द्र खतिवडाका अनुसार भन्सारसम्बन्धी सबै कार्य नेपाल–चीनको सीमा क्षेत्र रसुवागढीबाटै व्यवस्थित तवरले सञ्चालन गराउन प्रिफेब्रीकेटेट भवन निर्माण हुन थालेको छ । भुइँ सतह मिलाउने कार्य पूरा भई समग्रमा ६० प्रतिशत काम पूरा भइसकेको छ ।  ... बाँकी अंश»

आयोगले प्रतिवेदन बुझायो, ४ महानगरपालिका सहित स्थानीय तह ७ सय १९ प्रस्ताव

२०७३ पौष २२ शुक्रबार, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । शुक्रबार आयोगले स‌ंघीय मामला तथा स्थानीय विकास मन्त्री माफर्त् प्रधानमन्त्रीलार्इ प्रतिवेदन बुझाएको स‌घीय मामला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिए ।    लामो समयसम्म प्रधानमन्त्री पुस्पकमल दाहालले समय नदिएपछि बुझाउन नसकेको आयोगले प्रस्ताव गरेको नयाँ संरचनामा ४ महानगरपालिका सहित ७ सय १९ वटा स्थानीय तहको प्रस्ताव गरिएको आयोगले ज ... बाँकी अंश»

ओलीको दाबी ‘एमालेले मधेशमा कार्यक्रम गरे ड्रोनले भ्याउँदैन स्याटेलाईटबाट फोटो खिच्नुपर्छ’

२०७३ पौष २२ शुक्रबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराईमा नेकपा एमाले कमजोर छ भनेर नसोच्न मधेशबादी दललाई चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा आयोजित नौ दलको संयुक्त शक्ति प्रदर्शन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मधेशमा ११ सिट जितेका मधेशी दलहरुले मधेशी जनताको भावनाको कुरा गर्न नसुहाउने तर्क गरे ।    उनले मधेशको नाममा मधेशी जनतालाई ठगेर खान पल्किएका केही दलहरुले मधेशबादी भन्नु सुहाउँदो नरहेको भन्दै ११ सिट भएकाले ४० सिट जितेको नेकपा एमाल ... बाँकी अंश»

नयाँ