समसामयिक

हामी संशोधन प्रस्तावको पक्षमा भोट हाल्छौंः उपेन्द्र यादव 

२०७४ असार २६ सोमबार, काठमाडौं। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधिन रहेको संविधान संशोधन विद्येयकको पक्षमा रहेकोले प्रस्तावको पक्षमा नै मतदान गर्ने स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टी संशोधन प्रस्तावको पक्षमा नै रहेको स्पष्ट पारे। ... बाँकी अंश»

३३४ तहमध्ये अब धरान उपमहानगरपालिकाको परिणाम आउन बाँकी, एमाले अगाडि

२०७४ असार २६ सोमबार, धरान । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भएका ३३४ तहमध्ये अब सुनसरीको धरान उपमहानगरपालिकाको मतपरिणाम मात्र आउन बाँकी भएको छ । ... बाँकी अंश»

सरकारको नयाँ रणनीतिः संविधान संशोधनपछि मात्र सरकार विस्तार

२०७४ असार २६ सोमबार, चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताएका छन् । ... बाँकी अंश»

आषाढ पूर्णिमामै किन मनाईन्छ गुरु पूर्णिमा, कसरी जन्मिए व्यास ? 

२०७४ असार २५ आइतबार, काठमाडौं । आषाढ पूर्णिमालाई हरेक साल गुरु पूर्णिमा मान्ने गरिएको छ । यस वर्षको गुरु पूर्णिमा आईतबार नेपाल तथा विश्वका हिन्दू धर्मालम्बीहरुले मनाएका छन् । यस पूर्णीमाको दिन शिष्यहरुले आफ्नो गुरुको पूजा गर्दछन् । तथा उनीहरुले गुरुहरुलाई विभिन्न मिठाई तथा उपहारहरु समेत दिने गर्दछन् ।  ... बाँकी अंश»

झापा कांग्रेसको आक्रमक निर्णय : नौजना क्रियाशील सदस्य निकालिए

२०७४ असार २५ आइतबार, भद्रपुर। स्थानीय निर्वाचनमा नगरको नेतृत्वलाई हराउन भूमिका खेलेको भन्दै नौजना क्रियाशील सदस्यलाई पार्टीबाट निकालिएको छ । अन्तर्घात गरेको भन्दै नेपाली काँग्रेस भद्रपुर नगर समितिले उनीहरुलाई पार्टीबाट निकाल्ने निर्णय गरेको हो । ... बाँकी अंश»

संविधान संशोधनका लागि यसरी खोजिँदै छ मिलनविन्दु

२०७४ असार २५ आइतबार, काठमाडौं । संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई स्थानीय तहको निर्वाचनमा ल्याउन र संविधान कार्यान्वयनमा सामेल गराउन सत्ता गठबन्धनले कसत थालेका छन् । ... बाँकी अंश»

'राम्रो दाता भेटियो भने पशुपति मन्दिर पनि भत्काएर क्रियापुत्री भवन बनाउँ न त !'

२०७४ असार २५ आइतबार, काठमाडौं । शनिबार पशुपति क्षेत्रमा भत्काईएको मन्दिर जनप्रतिनिधिको दबाबपछि पुनः निर्माण गर्न निर्देशन दिईएको छ । शनिबार क्रियापुत्री भवन निर्माण गर्नको लागि भनेर भत्काईएको चार शिवालय क्षेत्रको मन्दिर पुनर्निर्माण गर्न माग गर्दै काठमाडौं महानगरपालिका वडा नं ८ का वडाध्यक्ष दिनेश कुमार ड्रंगोलको नेतृत्वमा गएको टोलीले कोषका कर्मचारीहरुलाई झपारेका थिए । उनीहरुले मन्दिर भत्काउन स्वीकृति दिईएकोमा कडा विरोध गर्दै त्यो निर्णय तत्काल खारेज गरी पुरानै शैलीमा मन्दिर निर्माण गर्न निर्देशन समेत दिएका थिए । सो लगत्तै कोषले पनि मन्दिर भत्काउने सुरेन्द्र बहादुर बस्नेतलाई तत्काल मन्दिर बनाईदिन निर्देशन दिएको छ ।  ... बाँकी अंश»

संघीय समाजवादीले भन्यो– ‘दुई तिहाई पुगे पनि संविधान संशोधन नहुने खतरा छ’

२०७४ असार २५ आइतबार, काठमाडौं । संघीय समाजवादी फोरमले अहिलेको संविधान संशोधन प्रस्तावलाई परिमार्जन गरेर मात्रै संसदमा छलफल गराउनु पर्ने निष्कर्ष निकालेको हो । ... बाँकी अंश»

काँग्रेसको विकल्प काँग्रेसमै खोज्न पौडेलको आग्रह

२०७४ असार २५ आइतबार, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट स्थानीय तहमा निर्वाचित प्रतिनीधिहरुलाई जनताको स्वार्थलाई आफ्नो स्वार्थका रुपमा लिएर काम गर्न निर्देशन दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट कास्कीका बिभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले गाँउ गाँउमा स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिका काम हेरेर कांग्रेसको पक्षमा जनमत बन्ने भएकाले असल भएर काम गर्न निर्देशन दिए।  ... बाँकी अंश»

अन्तरघातीलाई काँग्रेसले शुरु गर्‍यो कारवाही, कतै निष्कासन कतै निलम्वन 

२०७४ असार २५ आइतबार, काठमाडौं। स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसले पार्टी भित्रकै 'अन्तरघाती' हरुलाई कार्वाही शुरु गरेको छ। नेपाली कांग्रेसको विधानको परिच्छेद–५ को दफा–३४ को उपदफा २ तथा नेपाली कांग्रेस, केन्द्रिय कार्यालयको २०७४ आषाढ ७ गतेको पत्रानुसार विभिन्न जिल्लाका स्थानिय समितिहरुले पार्टी उमेद्वारहरुलाई नै अन्तरघात गरेर हराउनेहरुलाई कार्वाही शुरु गरेको हो। ... बाँकी अंश»

विराटनगर महानगरपालिकामा काँग्रेस विजयी

२०७४ असार २५ आइतबार, विराटनगर। विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ। गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए। ... बाँकी अंश»

राजपाका नेताले भने, ‘प्रधानमन्त्री शेरबहादुरजी चमत्कार गर्नुहुन्छ’

२०७४ असार २४ शनिबार, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवले एक साताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे संसद छाड्ने चेतावनी दिएका छन् । राजपाको अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने र संसद छाड्ने चेतावनी दिएका हुन् । ... बाँकी अंश»

कुलमानले ल्याए नयाँ रिपोर्ट : सप्तकोशी करीडोरबाट २५ हजार मेगावाट विजुली

२०७४ असार २४ शनिबार, काठमाडौं। सप्तकोशी नदीका सहायक सातवटा र बाँकी केहि खोलावाट बनेको सप्तकोशी करिडोरमा २५ हजार मेगावाट विद्युत निस्किन सक्ने देखिएको छ। जापान सहयोग नियोग जाइकाले सन् १९८५ मा नै अध्ययन गरेको यो रिपोर्ट पहिलोपटक सर्वासाधारणका लागि सार्वजनिक भएको हो। ... बाँकी अंश»

दार्जिलिङमा फेरि तनाव : दुई युवा गोली लागेर ढले

२०७४ असार २४ शनिबार, दार्जिलिङ । नेपाली भाषी बहुल दार्जिलिङमा फेरि तनाव बढेको छ । तनाव बढ्दै गएपछि प्रर्दशनकारीमाथि सुरक्षाकर्मीले फेरि गोली वर्षाएका छन् । सुरक्षाकर्मीको गोली लागेर दुई युवाको मृत्यु भएको छ । ... बाँकी अंश»

ओलीले भने–अर्को संविधान संशोधन प्रस्ताव ल्याए एमाले तयार

२०७४ असार २४ शनिबार, विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर पारित हुने गरी अर्को साझा प्रस्ताव ल्याउन भनेका छन् । ... बाँकी अंश»

‘दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सबैभन्दा सफल’ –डा यादव (अन्तर्वार्ता)

२०७४ असार २४ शनिबार, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गरेका छन् । ... बाँकी अंश»

सत्ताधारी काँग्रेस र माओवादी केन्द्रले राजपासंग गरे संविधान संशोधन प्रक्रिया अघि बढाउने सहमति

२०७४ असार २४ शनिबार, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय जनता पार्टी नेपाल राजपाले संविधान संशोधन प्रक्रिया अघि बढाउने सहमति गरेका छन् । ... बाँकी अंश»

किशोरीहरु तातिएपछि भत्कियो छाउपडी गोठ, रोकियो सदियौंको कुप्रथा

२०७४ असार २३ शुक्रबार, बझाङ । गाउँभरी छाँउ गोठहरु थिए । धुँवा र पानीले टम्म भएका ससाना घर जहाँ महिनाबारी भएका बेला गाउँका महिला तथा किशोरी गाँउमा रहेका चार पाँच वटा छाउगोठ (छाउ कुल्ला)हरुमा दैनिक सात आठ जना महिलाहरु बस्ने गर्दथे । परम्परागत रुपमा बनेका छाउँ गोठहरु जहाँ ओड्ने बिच्छ्याउने गतिलो लुगा हुन्थेन र बत्ति समेत नहुने ती गोठहरुमा अध्यारो नै भए पनि बस्नु पर्दथ्यो । छाउकुल्लाहरुमा जहाँ महिनाबारी हुँदा हामीहरुले एक हप्ता कठिन र जोखिमपूर्ण तरिकाले बस्नु पथ्र्यो रुपान्तरण कक्षा लिन आएकी एक खप्तड छान्ना गाउँपालिका वडा नम्बर ३ कि किशोरी प्रमिशा रोकायाको भनाई हो यो ।  ... बाँकी अंश»

डिभोर्स भएकी श्रीमतीलाई जवर्जस्ती बसाइयो पतिको किरियामा

२०७४ असार २३ शुक्रबार, बिर्तामोड । छोडपत्र (डिभोर्स) पछि काजकिरिया कस्तो बिडम्बना । हाम्रो समाज अझै पनि १८औं शताब्दीमा रहेछ भन्ने पुष्टि भएको छ । अर्जुनधारा नगरपालिका निवासी ४८ वर्षीय देवीमाया पौडेल (ढकाल)–सँग भएको घट्नाले । गाउँ र समाज दवावमा पारेर देवीमाया पौडेल (ढकाल)–लाई जवरजस्ती छोडपत्र भएका श्रीमानको काजकिरिया गर्न लगाएका छन् । ... बाँकी अंश»

आफैं खटेर चुनाव जिताउने काँग्रेसका केन्द्रीय नेतालाई पुरस्कृत गर्लान् देउवाले ? 

२०७४ असार २३ शुक्रबार, त्यस्तै, कपिलबस्तु र गुल्मीका नेताहरुलाई उचित सम्मान गर्नुपर्ने देखिएको छ । त्यहाँ कम्युनिष्टको गढ तोडेर नेपाली काँग्रेसका उम्मेदवारहरु ९ वटा मध्ये ५ वटा स्थानीय तहमा विजयी भएका छन् । तनहुँमा पनि शीर्षस्थ नेताहरुको शाख जोगिएको छ । तनहुँमा काँग्रेस कूल ६ ठाउँमा, एमाले ३ र माओवादी एक स्थानमा विजयी भएको छ।   ... बाँकी अंश»

नयाँ