समसामयिक

खतरनाक सुटर ठाकुरकाे नाउमा दर्जन बढी अपराध

२०७३ पौष ११ सोमबार, गौशाला  । सात बढी हत्या तथा दर्जनौँ साङ्गठनिक अपराधमा संलग्न  खतरनाक सुटर दिपेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीको सर्वाधिक खोजीमा रहेका ठाकुर फरार थिए । उनी शनिबार मात्रै पक्राउ परेका हुन् । बथनाहा गाविस–४ का दीपेन्द्र ठाकुरलाई महोत्तरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा ठाकुर महोत्तरी, धनुषा, सिराहा र सर्लाही जिल्लामा सात जनाभन्दा बढीको हत्या गरी फरार रहेको प्रहरीले बतायो । भारतको विभिन्न ठाउँमा लुक ... बाँकी अंश»

सँगैरहेका बाबुरामतिर इसारा गर्दै प्रचण्डले भने, ‘उहाँको बहिर्गमन सामान्य लागेको छैन’

२०७३ पौष ११ सोमबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाबुराम भट्टराईको बहिर्गमन सामान्य नरहेको बताएका छन् । माओवादी केन्द्रका दिवंगत सांसद भक्तिप्रसाद पाण्डेको स्मृतिमा प्रकाशित पुस्तक ‘चाचा’ भक्तिप्रसाद पाण्डेको सङ्घर्ष यात्राको बिमोचन गर्दै प्रधानमन्त्री दाहालले सँगै रहेका नयाँ शक्ति पार्टी संयोजक भट्टराईतिर इसारा गर्दै भने, ‘संविधान त बन्यो । तर, यसले मात्रै एउटा युगको प्रतिनिधित्व गर्दैनथ्यो । संविधान कार्यान्वयनको चुनौतीपूर्ण कार्यभार ब ... बाँकी अंश»

वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न काँग्रेसको चार बुँदे प्रस्ताव

२०७३ पौष ११ सोमबार, काठमाडौँ। व्यवस्थापिका–संसद्मा ठूलो दल नेपाली काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न चार बुँदे प्रस्ताव अघि सारेको छ ।    स्थानीय निकायको निर्वाचन तत्काल घोषणा, निर्वाचनका लागि विचाराधीन विधेयक पारित, व्यवस्थापिका–संसद्को अवरुद्ध बैठक तत्काल सञ्चालन र निर्वाचन आयोगलाई पूर्णता दिनुपर्ने प्रस्ताव अघि बढाएको हो ।    पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा काँग्रेसले संसदीय दलको कार्यालय सि ... बाँकी अंश»

'आदिवासी जनजाति आयोगसम्बन्धी विधेयक परिमार्जनको माग'

२०७३ पौष ११ सोमबार, काठमाडौँ । आदिवासी जनजातिका अगुवाले सरकारले प्रस्तुत गरेको आदिवासी जनजाति आयोगसम्बन्धी विधेयक व्यापक रुपमा परिमार्जन नगर्ने हो भने आफ्नो समुदायको हकअधिकारको संरक्षण सम्बद्र्धन तथा सशक्तीकरण हुन नसक्ने जिकिर गर्नुभएको छ ।    व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिले आदिवासी जनजातिका आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राय सुझाव लिन आयोजना गरेको कार्यशालामा सहभागी वक्ताहरुले उक्त दलिल गर्नुभएको हो ।    ... बाँकी अंश»

जीडीपीमा ३५ वर्ष : एशियाले छलाङ मार्दा, युरोप र अमेरिका हेरिरहे (भिडियोसहित)

२०७३ पौष ११ सोमबार, काठमाडौं । आर्थिक रुपमा उदारीकरण, विश्वव्यापीकरण र बहुराष्टिय सहकार्यको कारण सन् १९८० देखि अहिलेसम्मको स्थिती धेरै बदलिएको छ । अहिलेको व्यवसायको प्रक्रिया, अहिलेको अर्थतन्त्रको स्थिती र अन्य अरु कुरा समेत बदलिएको छ ।    हाउमच डट नेटले प्रकाशित गरेको एक प्रतिवेदनका अनुसार सन् १९८० देखि सन् २०१५ सम्मको ३५ वर्षे अवधिमा विश्वका अर्थतन्त्रमा ठूला भनिएका मुलुकहरुको जीडीपीमा ठूलो परिवर्तन आएको छ । अन्तराष्टिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्या ... बाँकी अंश»

फुटपाथबाटै कमाउधन्दा चलाउनेका कारण काठमाडौमा पैदल हिँड्नै गाह्रो !

२०७३ पौष १० आइतबार, काठमाडौं । काठमाडौंमा साँझको समय हिड्नु छ भने तपाई जहाँ सुकै जानूहोस् त्यहाँ कुनै आन्दोलनमा गएको भन्दा कम्ता सास्ती व्यहोर्नुपर्दैन । यस विषयमा स्थानीयहरु यत्ति धेरै आक्रान्त बनेका छन् कि फुटपाथमा असुरक्षित बनेर हिँडिरहेकाहरु मध्ये कोही व्यवस्थापन गर्न नसकेको भनेर महानगरपालिकालाई सराप्दै हिँडिरहेको भेटिन्छन् त यस विषयमा कतिपयले महानगरमा गएर समेत गुनासो गरिसकेको महानगरपालिकाले जनाएको छ ।  जब शहरमा धेरै मानिसहरुको बसोबास हुन्छ, अवश्य पनि ... बाँकी अंश»

एमाले र माओवादीका कार्यकर्ता ओईरिए काँग्रेसमा

२०७३ पौष १० आइतबार, बिचौर । नेपाली काँग्रेस बिचौर, ईलमपोखरी र दुधपोखरी गाउँ कार्य समितिको संयुक्त आयोजनामा बिचौरमा भएको संगठन सुदृढीकरण एबं बनभोज कार्यक्रममा सय भन्दा बढी ब्यक्तिहरु काँग्रेसमा प्रवेश गरेका छन् । एमाले र माओवादीकेन्द्रमा आबद्ध रहेका थुप्रै ब्यक्ति र स्वतन्त्र रहेका ब्यक्तिहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।   नेपाली काँग्रेस प्रबेश गर्नेहरुमा सबैभन्दा बढी बिचौर गाबिसका रहेका छन् । बिचौरबाट तारानाथ पौडल, अमर गुरुङ, राजेन्द्र मरहट्टा, लेख गिरी, उत ... बाँकी अंश»

हामीलाई वितण्डाकारी भन्ने प्रचण्डको ‘गुरिल्ला ट्रेल’ खास वितण्डा : ओली

२०७३ पौष १० आइतबार, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्ति उत्तेजक र द्वन्द्व निम्त्याउने खालका भएको टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजना हुने जनप्रदर्शनको तयारीबारे जानकारी दिन सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालका पछिल्ला अभिव्यक्तिहरु उत्तेजक र मुलुकलाई द्वन्द्व तर्फ लैजाने खालका भएको टिप्पणी गरेका हुन् । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल तानाशाही व्यवस्थाको प्रधानमन ... बाँकी अंश»

लगानी बोर्ड सुस्ताएको भन्दै सांसद मुर्मुरिए

२०७३ पौष १० आइतबार, काठमाडौँ । लगानी बोर्डले अगाडि बढाएका आयोजना प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै व्यवस्थापिकास संसद सदस्य (सांसद)हरुले आपत्ति जनाएका छन् । संसदको अर्थ समितिको आइतबार बसेको बैठकमा सांसदले ठूला जलविद्युत् आयोजना एवं भौतिक पूर्वाधारको विकासका लागि बोर्ड स्थापना गरिए पनि पछिल्ला दिनमा बोर्ड सुस्ताएको भन्दै आपत्ति जनाएका हुन् । पाँच महिनादेखि बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली, अरुण तेश्रो जस्ता राष्ट्रिय गौरवका आयोजनाको काम रोकि ... बाँकी अंश»

यस्तो बन्यो विपक्षी एमाले अलाइन्सको नयाँ रणनीति (विज्ञप्तिसहित)

२०७३ पौष १० आइतबार, काठमाडौं । प्रमुख विपक्षी एमालेसहितको गठबन्धनले आन्दोलनको नयाँ रणनीति बनाएको छ । पुस २२ गते एमाले सहित ९ राजनीतिक दलले आयोजना गर्न लागेको जनप्रदर्शनबारे विपक्षी गठबन्धनले आइतबार छलफल गर्दै नयाँ रणनीति बनाएको हो । एमाले केन्द्रीय प्रचार विभागले डाकेको बैठकले काठमाडौंमा हुने शक्ति प्रदर्शनका लागि ३ नम्बर प्रदेश कमिटी, केन्द्रीय मोर्चा संगठन र सम्पर्क समन्वय कमिटीले गर्ने काम तय गरेको छ । बैठकको निर्णय अनुसार पुस १० गतेदेखि १५ गतेसम्ममा पार्ट ... बाँकी अंश»

आफ्नै मन्त्रीले ल्याएको ऐनविरुद्ध उत्रियो श्रमिक काँग्रेस

२०७३ पौष १० आइतबार, विराटनगर । औधोगिक क्षेत्रमा कानुनी रुपमा बन्द हडताल गर्न नपाउने तथा नो वर्क नो पेको विरोध गर्दै नेपाली कांग्रेसनिकट नेपाल कारखाना श्रमिक संघले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघले विराटनगरमा पत्रकार सम्मेलनगरी औधोगिक  व्यवसाय सम्बन्धि ऐनमा भएको श्रमिक विरोधी दफाहरु खारेज गर्न भन्दै  श्रमिकसंघले आन्दोलनको घोषणा गरेको हो । सामाजिक सुरक्षा ऐन र श्रम ऐन संसदमा छलफलमा रहेकाले यो जस्ताको त्यस्तै लागु भए श्रमिकहरु मारमा पर्ने भन्दै संघले ... बाँकी अंश»

विश्वभर क्रिसमस धुमधामले मनाइँदै, नेपालमा गैरक्रिष्टियनको देखासिकी

२०७३ पौष १० आइतबार, काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन विश्वभर गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।      आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका ... बाँकी अंश»

रोल्पा घर्तीगाउँमै देखाइयो ‘प्रचण्ड’लाई कालो झण्डा

२०७३ पौष ९ शनिबार, घर्तीगाउँ, रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाललाई द्वन्द्वताका भन्ने गरिएको आधार इलाका रोल्पाकै घर्तीगाउँमा वडा–वडाबाट आएकाहरुले कालोझण्डा देखाएका छन् । शनिबार प्रधानमन्त्री दाहाल शहीद मार्गको अवलोकन गर्न भन्दै रुकुमको चुनुवाङ हुँदै रोल्पाको घर्तीगाउँ गुगेकै बेला घर्तीगाउँ १, २ र ७ नम्बर वडाबाट आएका समूहले कालो झण्डा देखाए । घर्तीगाउँ– १ उपल्लोडेराबाट मदन सिंह घर्तीमगर नेतृत्वको समूह, वडा नम्बर –२ खोलबाङबाट प्रेमसिंह घर्ती नेतृत्व ... बाँकी अंश»

काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय भेला-देउवाको आलोचनामा प्रयोग

२०७३ पौष ९ शनिबार, काठमाडौं । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलामा सहभागिहरुले नै भेलाको कुनै औचित्य नरहेको र पार्टी नेतृत्वको आलोचना गर्न मात्रै प्रयोग भएको बताएका छन् । शुक्रबार र शनिबार काठमाडौंमा भएको राष्ट्रिय भेलामा पार्टी सभापति देउवाकै आलोचना बढी भएको कार्यक्रममा सहभागि एक कोषाध्यक्षले बताए । संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९३औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित भेलाको उद्घाटनमै पार्टी नेतृत्वको आलोचना गरेका ... बाँकी अंश»

सत्ताधारीलाई ओलीले भने–किनबेचले संशोधन हुँदैन, सांसदलाई बेच्न राखेको खसी नठान्नुस्

२०७३ पौष ९ शनिबार, बागलुङ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको कार्यसूचीमा राखिएको संविधान संशोधन विधेयकबारे छलफल नै हुन नदिने बताएका छन् । एमाले बागलुङको आठौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले संसोधन विधेयक राष्ट्रहित विपरीत भएको भन्दै फिर्ता नभएसम्म सडक र सदनको दुबै विरोध सशक्त पार्ने र छलफल हुन नदिने बताएका हुन् । सरकारले संशोधनलाई छलफल गरी मतदानको प्रक्रियामा जान गरेको आग्रहलाई अस्वीकार गर्दै आएका अध्यक्ष ओलीले स्थानीय जनताको माग र संविधानको ... बाँकी अंश»

मन्त्रिपरिषदमा ज्ञानेन्द्रको वक्तव्य बारे छलफल भएको छ: मन्त्री लेखक

२०७३ पौष ९ शनिबार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहले हालै जारी गरेको प्रेस वक्तव्यलाई लिएर मन्त्रिपरिषदमा सचेतनापूर्ण ढंगले छलफल भएको स्पष्ट पारेका छन् ।   शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री लेखकले मन्त्रिपरिषदको बैठकमा उक्त प्रेस वक्तव्यलाई लिएर कुनै आधिकारिक निर्णय नभएपनि त्यसबारेमा बडो सचेतनापूर्ण रुपमा छलफल भएको बताएका हुन् । उनले भने,‘सरकारले देशको समसामयिक विषयम ... बाँकी अंश»

उपचार कथा : 'नेपाली हुल बाँधेर भारततिर, भारतीय बच्चा च्यापेर नेपालतिर'

२०७३ पौष ९ शनिबार, झापा। बिरामी भएपछि उपचारका लागि दिनहुँ काँकरभिट्टा हुँदै भारतका विभिन्न अस्पताल पस्नेहरुकै बीचमा सन्तोष तामाङ भने पाँच वर्षीय छोरा प्रशान्तलाई बोक्दै बिर्तामोडस्थित मेची आँखा अस्पताल पसे । भारत आसामको तीनचुके जिल्लाका सन्तोष आँखाका बिरामी छोरालाई उपचारका लागि विर्तामोड आए । भारतका विभिन्न अस्पतालमा रोग निको नभएपछि १३ हजार भारतीय रुपैयाँ भाडा तिरेर मेची आँखा अस्पताल पुगेका हुन् । “दुई वर्षदेखि छोराको उपचार गराउँदै आएको छु,”उनले भने,  & ... बाँकी अंश»

राप्रपा महाधिवेशनः चार हजार प्रतिनिधि छनोट हुने

२०७३ पौष ९ शनिबार, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै पटक क्षेत्रीय अधिवेशन गर्ने भएको छ ।    राप्रपा र राप्रपा नेपालबीचको एकीकरणपछि जिल्ला, गाउँ, नगरमा एकीकरणका क्रममा रहेको पार्टीले माघ २५ गते देशका ७५ जिल्लामा जिल्ला अधिवेशन गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी  दिए ।    पार्टीले क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गरेपछि फागुन २ गतेसम्म महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा न ... बाँकी अंश»

गोरु जुधाउन समिति गठन

२०७३ पौष ९ शनिबार, त्रिशूली (नुवाकोट) । तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ ।    जिल्लाको पहिचानका रुपमा रहेको तारुकाको गोरु जुधाइ मेला व्यवस्थित रुपमा सम्पन्न गराउनका लागि स्थानीय राजनीतिक दल र गोरुपालक किसानको सहमतिमा दीपेश शाक्यको अध्यक्षतामा नौ सदस्यीय गोरु जुधाइ मेला व्यवस्थापन समिति गठन भएको हो ।    तारुकामा भएको भेलाले गठन गरेको समितिका सचिवमा साधुराम सिग्देल र कोषाध्यक्षमा बद्री ढुङ्गान ... बाँकी अंश»

पाँचथरको लेकगाउँमा क्षेत्रिय खेलमैदान निर्माण

२०७३ पौष ९ शनिबार, पाँचथर । पाँचथरको लिम्बा ४ स्थित लेकगाउँमा क्षेत्रिय खेलमैदान निर्माण गरिएको छ । सांसद विकाश कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७१/०७२ मा ४ लाख रुपैया र स्थानियले १ लाख ५० हजार रुपैया रकम संकलन गरेर उक्त खेलमैदान निर्माण गरेको स्थानिय किसान कुमार राईले जानकारी दिए । उनले भने ,“पहिल्यै सामान्य खेलमैदान मात्रै थियो,तर पछि सांसद विकाश कोष बाट ४ लाख रुपैया प्राप्त भयो र वाँकी रकम स्थानियहरु मिलेरै संकलन गरेर खेलमैदान निर्माण गरेका हौ ।”   इलाभेन सा ... बाँकी अंश»

नयाँ