समसामयिक

नेपालमा हुने अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा भारत सहभागी नहुने !

२०७३ बैशाख ३० बिहिबार, काठमाडौं । भारतले काठमाडौंमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनले सघाएको भन्दै जेठ ८ गते बुद्धको जन्मस्थान लुम्बिनीमा हुने २५६०औं वुद्ध जयन्ती समारोहमा सहभागि नहुने निर्णय गरेको छ ।    भारतीय सन्चारमाध्यमका अनुसार बौद्ध सम्मेलनमा चीनले सहयोग गरेको भन्दै आफ्नो तर्फबाट प्रधानमन्त्री त के सचिव स्तरका कोही अधिकारी सहभागि नहुने र समारोह बहिस्कार गर्ने निर्णय भएको छ । काठमाडौंमा आउँदो जेठ ६ र ७ (१९–२० मे) मा अन्तर्राष्ट्रिय बौद्ध सम्मे ... बाँकी अंश»

ल्यारक्याल लामाविरुद्ध ९ करोडको भ्रष्टाचार मुद्दा, सांसद पदबाट निलम्बन

२०७३ बैशाख ३० बिहिबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादी सांसद ल्यारक्याल लामाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । यो संगै लामा सांसद पदबाट निलम्बित भएका छन् । अख्तियारले लामाले पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी रुपबाट सम्पित्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्च जीवनस्तर यापन गरेको भनि आयोगमा परेको उजुरीबारे अनुसन्धान गर्दा लामाले आर्थिक हिनामिना गरेको  आरोप लगाएको छ । लामाको नगद र बैंक मौज्दात ... बाँकी अंश»

मन्त्रिपरिषद् बैठक : ओलीको भारत र चीन भ्रमणका सम्झौता कार्यान्वयन गर्न समिति गठन

२०७३ बैशाख ३० बिहिबार, काठमाडौं । सरकारले प्रधानमन्त्रीको भारत र चीन भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन गर्न समिति गठन गरेको छ । दिउँसो सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले परराष्ट्र सचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति गठन गरेको हो । यस्तै, बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा राष्ट्रिय सूचना तथा प्रविधि परिषद् गठन गरेको छ । मृगौला पीडितहरुको समस्यालाई ध्यानमा राख्दै बैठकले मृगौला रोगिका लागि निशुल्क डाइलशिसको व्यवस्था गर्ने निर्णय गरे ... बाँकी अंश»

बिपीका सुधारवादी कदममाथि चौतर्फी प्रहार

२०७३ बैशाख ३० बिहिबार, काठमाडौँ। नेपालको राजनीतिक इतिहास निकै तनावपूर्ण, स्वार्थप्रेरित र छिमेकी मुलुकबाट प्रभावित रहिआएको तथ्यलाई हालै प्रकाशित एक अर्को पुस्तकले पुनः उजागर गरेको छ। पत्रकार एवम् लेखक जगत नेपालद्वारा २०१७ सालको सेरोफेरोका राजनीतिक घटनाक्रमलाई समेटेर हालै प्रकाशित पुस्तक ‘पहिलो संसद्ः बिपी–महेन्द्र टकराव’ले यही वस्तुतथ्यलाई स्मरण गराएको छ।   नेपालको राजनीतिक घटनाक्रमलाई निकटबाट नियाल्न उत्सुक जोसुकैलाई यो पुस्तक सहयोगी हुनेमा कुनै द् ... बाँकी अंश»

कर्मचारी निर्वाचनमा एमाओवादी एजेण्डा हावी, १० प्रतिशत थ्रेसहोल्डको व्यवस्था

२०७३ बैशाख २९ बुधबार, काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेपाल निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन (सीबीए) निर्वाचनमा १० प्रतिशत थ्रेस होल्डको व्यवस्था हुने लगभग निश्चित भएको छ । सरकारले राय तथा सुझावको लागि भनेर पठाएको १० प्रतिशत थ्रेसहोल्डको व्यवस्था सहितको प्रस्तावमा लोकसेवा आयोगले स्वीकृति जनाएपछि तोकिएको मिति जेठ १९ गते निर्वाचन हुने सम्भावना पनि बढ्दै गएको छ ।   यसअघि, पटक–पटक एमाओवादीले थ्रेसहोल्डलाई सकेसम्म अन्त्य गर्नुपर्ने अडान लिएर कर् ... बाँकी अंश»

मिडियाले कुरा बङ्ग्याएको भन्दै देउवाले दिए प्रष्टिकरण (विज्ञप्तीसहित)

२०७३ बैशाख २९ बुधबार, काठमाडौं। कांग्रेस सभापति शेर बहादुर देउवाले मंगलबार व्यवस्थापिका संसद्मा तराई–काठमाडौं फाष्ट ट्र्याकको विषयमा बोलेको कुरालाई केही सञ्चारमाध्यमले बङ्ग्याएर अर्कै अर्थ लाग्नेगरी सम्प्रेषण गरेको आरोप लगाएका छन्। पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउँदै सरकार आफैंले फाष्ट ट्र्याक निर्माणको जिम्मा लिने बिषयमा दिएको अभिव्यक्ति बारेमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्रकाशित भएपछि नेपाली काँग्रेसले सो विषयमा ध्यानाकर्षण भएको जनाएको हो। बीर ... बाँकी अंश»

प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिन्छः उपप्रधानमन्त्री मैनाली

२०७३ बैशाख २९ बुधबार, काठमाडौ। उपप्रधान तथा महिला बालवालिका एवम समाज कल्याणमन्त्री सीपी मैनालीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरुवीच कुराकानी भएको बताएका छन। साक्षात्कारमा उनले भने,‘ प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने कुरा गठबन्धनमा भएको छ। यो असम्भव र अनुचित कुरा होईन। उपयूक्त समयमा यस्तो गर्न सकिन्छ।’   यद्यपि उपप्रधानमन्त्री मैनालीले नाकाबन्दी जस्तो अप्ठ्यारो परिस्थिति यो सरकारले द ... बाँकी अंश»

गगनविरुद्ध प्रायोजित समाचारः प्रकाशन संस्थाबाट दुख व्यक्त गर्दै गल्ती स्वीकार

२०७३ बैशाख २९ बुधबार, काठमाडौं। नेपाली काँग्रेसका युवा नेता गगन थापाको भनाइ भन्दै नेपाल सन्देश डटकममा प्रकाशित समाचारमा सो समाचार संस्थाले गल्ती स्विकारेको छ। गल्ती स्विकार्ने क्रममा नेपाल सन्देश डटकमले आफ्नो समाचार संस्थालाई नै प्रयोग गरिएकोमा दुख लागेको जनाएको छ।    २०७३ वैशाख २८ गते मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त भनाइ भन्दै नेपाल-भारत सम्वन्धका बारेमा नेपाली जनतालाई होच्याउने र भारतीय पक्षपोषण गर्नेगरि प्रकाशन भएको समाचारमा कुनै सत्यता ... बाँकी अंश»

ओली सरकारलाई ‘म्यादी’ भन्दा प्रचण्डको चित्त दुख्यो

२०७३ बैशाख २९ बुधबार, काठमाडौँ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सकारलाई म्यादी सरकार भनेको आफुलाई मन नपरेको बताएका छन् । व्यवस्थापिका संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्ने क्रममा दाहालले नेपालमा सात सालदेखि नै म्यादी सरकार चलेको भन्दै नेपालका हरेक समस्या समाधान गर्न राष्ट्रिय एकताको सरकारको जरुरी रहेको बताए । दाहालले भने, ‘वास्तविक भन्ने हो भने, आज सम्म हामी सबैले चलाएका सरकार म्यादी नै हुन् ।’ म्यादी सरकार होइ ... बाँकी अंश»

भारतको चाहाना विपरीत स्थानिय निकायको निर्वाचन असम्भवः बिजुक्छें

२०७३ बैशाख २९ बुधबार, भक्तपुर। नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानिय निकायको निर्वाचनको मिति तय भएता पनि भारतले नचाहे सम्म निर्वाचन असम्भव रहेको बताउनु भएको छ।   साक्षतकार कार्यक्रममा उनले स्थानिय निकायको निर्वाचन हुन नदिन नेपाली काँग्रेस, एमाओवादी र मधेशबादी दलहरुलाई भारतले उपयोग गरेको आरोप लगाउँदै भारतले नचाहेसम्म स्थानिय निकायको निर्वाचन असम्भब रहेको बताउनु भएको हो।   भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यायले नेपाल ... बाँकी अंश»

उपेन्द्र यादवले ‘गोलमोटल’ बोलेपछि संचारकर्मी झुक्किए

२०७३ बैशाख २९ बुधबार,  विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक संघीयतामा गइसकेकाले केन्द्र सरकारले स्थानीय निकायको निर्वाचन गराउन नमिल्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहान संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले प्रादेशिक संरचनामा मुलुकलाई नलगेसम्म स्थानीय निकायको निर्वाचन गर्न नमिल्ने बताए । अध्यक्ष यादवले, स्थानीय निकायको निर्वाचन प्रादेशिक सरकारको क्षेत्राधिकार भित्रपर्ने भएकाले केन्द्रीय सरकारले क्षेत्रअधिकार तोड ... बाँकी अंश»

बैद्य फर्काउँदै प्रचण्ड

२०७३ बैशाख २९ बुधबार, काठमाडौँ । एकीकृत माओवादीले विगतमा आफूबाट अलग भएका विभिन्न माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बिहान बसेको स्थायी समितिको बैठकले नेकपा क्रान्तिकारी (माओवादी)लगायत पार्टीसँग एकताको निर्णय गरेको हो । एकताका लागि दुबै पार्टीबीच चलिरहेका छलफलका आधारमा एमाओवादीले सो निर्णय गरेको हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा महासचिव रामबहादुर थापा नेतृत्वको समूह तत्काल एकताका ला ... बाँकी अंश»

द्वन्द्वपीडितको उजुरीः दाङमा १२०, रोल्पामा २९३

२०७३ बैशाख २९ बुधबार, तुलसीपुर (दाङ)। दाङ जिल्लाबाट सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा स्थानीय शान्ति समितिमार्फत अहिलेसम्म १२० वटा उजुरी दर्ता भएका छन्।   स्थानीय शान्ति समितिका कार्यालय सचिव हेमराज अधिकारीका अनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगतर्फ ९५ वटा र बेपत्ता छानबिन आयोगतर्फ २५ वटा उजुरी दर्ता भएका छन्।   यही वैशाख २ गतेदेखि सुरु गरिएको उजुरी सङ्कलन अभियान आगामी असार २ गतेसम्म जारी रहनेछ। बलात्कार, अपहरण, हत्या, घरध्वस्त, विस्थापन, घा ... बाँकी अंश»

“लेखेर राख्नुस् प्रमाणपत्र दिएर ऋण पाईदैन”

२०७३ बैशाख २९ बुधबार, काठमाडौं । सरकारले सार्वजनिक गरेको सरकारको निति तथा कार्यक्रम मध्ये अहिले सवै भन्दा बढी चर्चामा छ - शैक्षिक प्रमाणपत्र राखेर ऋण लिने विषय । सुन्दा निकै राम्रो मानिएको यो योजनालाई जान्ने बुझ्नेहरुले भने चुलाचुलामा ग्यासको पाईप पुर्याउने जस्तो हावादारी गफको संज्ञा दिएका छन् । अधिकाँशले यस्लाई सस्तो लोकप्रियताका लागि घोषणामा सिमित हुने कार्यक्रमको रुपमा लिएका छन् ।    वैङकीङ क्षेत्रका व्यक्तिहरुले त यसलाई व्यवहारिक र संभव छैन भनिसकेका छन् भ ... बाँकी अंश»

तत्काल बैद्य–वादलको सम्बन्ध टुट्ने र पार्टी फुट्ने खतरा टर्‍याे

२०७३ बैशाख २८ मंगलबार, काठमाडौं । फुटको संघारमा रहेको मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका सङ्गठन विभाग प्रमुख रामबहादुर थापाको गुटगत भेला छलफल नै नगरी टुंगिएको छ । जसले तत्काल बैद्यबाट अलग हुने खतरा टरेको छ । मंगलबार डाकेको केन्द्रीय समितिको बैठक औपचारिकतामा प्रवेश नगरी टुंगिएयो । अध्यक्ष मोहन वैद्य बैठकमा नआउने भएपछि थापा समूहले वैद्यलाई पनि एमाओवादीसँगको एकताका लागि मनाउने निर्णय गरेको बताइएको छ । थापा समूहले वैद्यसँग समेत वार्ता गर्ने निर्णय गरे ... बाँकी अंश»

सरकार सानातिना-हल्काफुल्का होइन, साँचो कुरा गर्छ : प्रम ओली

२०७३ बैशाख २८ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अप्ठ्यारा र बाधा एवं विरोधमा नअल्झिेर देशका लागि सही कामको अगुवाइमा अघि बढ्ने बताएका छन् । ओलीले भने, ‘केहीले ठाउँ नपाएर सरकारको विरोध गरेका छन्, अनेक अभद्र गाली गर्ने संस्कारमा आफूलाई सीमित राखेका छन् तर सरकार सानातिना हल्काफुल्का कुरामा अल्झेर होइन, देशका लागि साँचो र सही बाटोबाट अघि बढ्न चाहन्छ ।’ पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर ... बाँकी अंश»

विना सहमति कसरी हुन्छ स्थानीय निकायको निर्वाचन ? हावादारी कुरा गर्ने : देउवा

२०७३ बैशाख २८ मंगलबार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले न्यायपालिकालाई राजनीतीकरण र भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएर सहमतिको वातावरणलाई लत्याइएको आरोप लगाएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारेको छलफलका क्रममा देउवाले भने, ‘अहिलेको सबैभन्दा ठूलो समस्या भनेको बजेट कार्यान्वयनको समस्या हो, त्यो सहमति नभइकन कार्यान्वयन गर्छु भन्नु महत्वाकाङ्क्क्षी कुरा ... बाँकी अंश»

देशभर मौसम वदली, काठमाडौंमा भारी वर्षा नहुने

२०७३ बैशाख २८ मंगलबार, काठमाडौं । देशभरको मौसममा वदली आएसंगै केही स्थानमा वर्षा भएको छ । काठमाडौं उपत्यकामा समेत वदलीले वर्षा भएको छ । भारी वर्षा होइन, यो क्षणिक वर्षा हो, जल तथा मौसम पूर्वानुमान महाशाखा मौसमविद् शान्ति कँडेलले भनिन्, ‘बंगालको खाडीबाट आएको जलवाष्फयुक्त हावाले मौसम बदली भएको हो, स्थानीय वायु प्रणालीको सक्रियतको पनि प्रभाव त रहन्छ नै ।’ काठमाडौंमा यत्ति नै पानी पर्छ भन्ने भन्न नसकिएपनि क्षणिक पानी पर्ने तर मौसम वदली एक दुई दिन कायम रहने कंडेलको भनाई छ । ... बाँकी अंश»

हिजो प्रचण्ड लडिरहँदा महन्थ ठाकुर, राजेन्द्र महतोहरु कहाँ थिए ? : यादव

२०७३ बैशाख २८ मंगलबार, महोत्तरीे । सिचाई मन्त्री उमेश कुमार यादवले विगतमा विभिन्न दलका थुप्रै मन्त्रीहरु सिँचाई मन्त्री बनेपनि तराई मधेशको बारेमा कसैले नसोचेको जिकिर गरेका छन् । एमाओवादीले सिँचाई मन्त्रालय पाउने वित्तिकै सबभन्दा पहिले तराई मधेशका लागि विशेष कार्यक्रम ल्याएको बताउँदै मन्त्री यादवले अझै यो कार्यक्रम असफल होस् भनि दलहरु लागेको ठोकुवा गरे । सोमबार महोत्तरीमा अखिल नेपाल किसान महासंघ (क्रान्तकारी)ले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले समृद्ध तरा ... बाँकी अंश»

गल्ती प्रचण्डको, कारवाही दिपकुमारलाई !

२०७३ बैशाख २८ मंगलबार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागेपनि त्यसको सँजाय भने दिपकुमार उपाध्ययलाई भएको छ । सरकार ढाल्ने चलखेल गरेको भन्दै भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई सरकारले प्रतिशोधपुर्ण तरिकाले कारवाही गरेको हो । जवकी सरकार ढाल्ने चलखेल दिपकुमारले गरेको भन्ने कुरा सरकारले वाहेक अन्य कसैले भन्न सकेको छैन । सरकारले पनि स्पष्टसंग भन्न सकेको छैन ।   सरकार ढाल्ने चलखेलका कु ... बाँकी अंश»

नयाँ