समसामयिक

यथास्थितीमा हुने निर्वाचन मधेशी मोर्चालाई अस्वीकार्य

२०७३ पौष १५ शुक्रबार, काठमाडौँ । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यथास्थितीमा हुने निर्वाच आफूलाईै स्वीकार्य नभएको बताएको छ । मोर्चाको  बिहीबार र शुक्रबार राजधानीमा भएको बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा तराई –मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नगरी घोषणा हुने निर्वाचनले समस्या समाधान गर्नुको साटो द्वन्द्व मात्र बढाउने बन्दै सो निर्वाचन आफूलाई स्वीकार्य नभएको बताएका हुन् । उसले व्यवस्थापिका–सं ... बाँकी अंश»

वानेश्वरमा सरकारी गाडी माथि आगजनी

२०७३ पौष १५ शुक्रबार, काठमाडौं । वानेश्वरमा शुक्रबार सरकारी गाडी माथि आगजनी भएको छ । वानेश्वरको अल्फाविटा अगाडि बा२झ १३९२ नं को सवारीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । सो घटनामा संलग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ । वानेश्वर प्रहरी बृत्तका प्रहरी विनय भुजेलले यस विषयमा थप छानविन भईरहेको तर अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको बताए ।   ... बाँकी अंश»

घाँटी रेटेर बारामा दुई युवाको हत्या

२०७३ पौष १५ शुक्रबार, बारा।घाँटी रेटेर हत्या गरिएको अवस्थामा बाराको जंगलमा दुई जना युवाहरुकाे शव फेला परेको छ । धारिलो चक्कुको प्रयोगबाट घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनीहरुको शव बुधवार बेलुकी फेला परेको हो ।जिल्लाको करैया गाबिस अन्तरर्गत पर्ने जंगलमा ती युवकहरुको लास फेला परेको जिल्ला प्रहरी कार्यालय कलैया बाराले बताएको छ ।    पूर्व पश्च्मि महेन्द्र राजमार्गको दक्षिण पर्टी १४ किलो मिटर भन्ने जंगलमा पर्ने सहजनाथ महादेव मन्दिर भन्दा २ किलो मिटर पूर्व तथा उ ... बाँकी अंश»

जुन जिल्लामा सभामुख, उपराष्ट्रपति र उपप्रधानमन्त्री छन् त्यहींका युवाको विचल्ली

२०७३ पौष १५ शुक्रबार, लिबाङ  । रोल्पा जिल्लाबाट प्रतिनिधित्व गरेका नेताले सिङ्गो देश र शासन सत्ता चलाइरहँदा पनि रोल्पालीको हैसियतमा भने परिवर्तन आउन नसकेको रोल्पाली जनताको गुनासो छ । दशवर्षे सशस्त्र द्वन्द्वका कारण थिलथिलो परेको रोल्पाको मुटु र टुक्राटुक्रामा विभक्त भएका रोल्पालीका मनमा अझै पनि महलमपट्टी लगाउन नसके इतिहासले सबैलाई धिक्कार्ने रोल्पाली जनताले बताएका छन् ।    “हाम्रा प्रतिनिधिले प्रधानमन्त्री, सभामुख, उपराष्ट्रपति तथा उपप्रधानमन्त्री जस् ... बाँकी अंश»

तमू ल्होसार पर्व मनाइँदै, देशमा सार्वजनिक विदा

२०७३ पौष १५ शुक्रबार, काठमाडौं । गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर तमू ल्होसार पर्व मनाइरहेका छन् । ल्हो को अर्थ ‘वर्ष’ र सारको अर्थ ‘नयाँ’ हुन्छ ।    ल्होसारको अवसरमा आफन्त तथा साथीभाइ भेला भई मीठामीठा परिकार खाने प्रचलनसमेत रहेको छ ।   पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको तर्क छ ।   तमू ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । काठ ... बाँकी अंश»

शहरी विकास विभागको २० अर्ब चलाउने डिजी रिक्त

२०७३ पौष १४ बिहिबार, काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत्को शहरी विकास तथा भवन निर्माण विभागमा झण्डै दुई महिनादेखि महानिर्देशक(डिजी)को पद खाली छ । मन्त्रालयले माग गरेको इन्जिनियर, सब इन्जिनियर लगायतका विभिन्न पदहरुमा कूल ५ सय ८० जना प्राविधिकहरुको पदपूर्तिको विषयलाई लिएर झण्डै दुई महिना अघि तत्कालीन महानिर्देशकलाई फिर्ता बोलाइएपछि अहिलेसम्म विभागमा महानिर्देशक नियुक्त गरिएको छैन । प्राविधिकहरुको नियुक्ति प्रक्रियामा गैरकानूनी काम गरेको भेटिएपछि शहरी विक ... बाँकी अंश»

लडाइकैबीच भएको हो सातौं राष्ट्रिय खेलकूद,‘जात्रा’ नभनिदिनुस्

२०७३ पौष १४ बिहिबार, काठमाडौं । दु–दुई वर्षमा हुनु पर्थ्याे । तीन पटकसम्म सर्‍याे । चौथो पटकमा खेलकूद भइ छाड्यो । राष्ट्रिय खेलकूदको पूर्वाञ्चल संस्करण फेरि पनि होला कि नहोलाकै बिचमा सुरु भयो । कुनै पनि खेल रोकिएनन् । हुनै नसकेको खेलकूद भयो । अभाव र राम्ररी तयारी  हुन नपाउँदै प्रतियोगिता भयो, यसको महत्वपूर्ण पाटो यही हो । सातौं राष्ट्रिय खेलकूद हदै फितलो भयो भन्ने टिप्पणीहरु भइरहेकैबीच प्रतियोगिता स्थलबाटै कमल खनालले हाम्राकुरासँग वेलिविस्तारमा भने, ‘कतिपय ठाउ ... बाँकी अंश»

देशभर निःशुल्क डायलाइसिस गर्ने अस्पतालको संख्या ४३ पुग्यो

२०७३ पौष १४ बिहिबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले निःशुल्क डायलाइसिस सेवा संचालनका लागि विरेन्द्र सैनिक अस्पताल र १० निजि अस्पताल सहित ११ ओटा स्वास्थ्य संस्थाहरुलाई अनुमती दिएको छ । संपूर्ण डायलाइसिस निःशुल्क गर्ने मन्त्रालयको निर्णय भएपनि कतिपय विरामीहरुले डायलाईसिस गर्न नपाएकाले थप स्वास्थ्य संस्थाहरुलाई डायलाईसिस सेवा संचालनका लागि अनुमती दिइएको हो । डायलाईसीस सेवा संचालनका लागि निवेदन दिएका र मापदण्ड पुरा गरेका मध्ये काठमाडौ उपत्यका बाहिरका स्वास्थ् ... बाँकी अंश»

बिहीबारको मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

२०७३ पौष १४ बिहिबार, काठमाडौँ । सरकारले पोखरा खानेपानी सुधार आयोजनाका लागि रु चार अर्ब ४३ करोड विनियोजन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र समग्र शिक्षाका लागि एसियाली विकास बैंक (एडिबि) बाट प्राप्त हुने दुई अर्ब १२ करोड स्वीकृति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी ... बाँकी अंश»

चिसोका दिन आए, हुस्सुले जनजीवन अस्तव्यस्त, जहाज पनि उड्न पाएनन्

२०७३ पौष १४ बिहिबार, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर मौसम बिग्रिएको छ । पुसको मध्य भइसकेकाले अब दिनानुदिन चिसो बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    विगतका तुलनामा हुस्सुसमेत ह्वात्तै बढेको छ । हुस्सुकै कारण बिहीबार काठमाडौं उपत्यकामा चिसो बढेको छ । गत डिसेम्बर ९ तारिखमा यो वर्षकै सर्वाधिक कम तापक्रम ४.४ डिग्री सेन्टिग्रेड मापन गरिएकामा बिहीबार बिहान ४.६ मापन गरिएको मौसम महाशाखाले जनाएको छ ।    मौसमविद् शम्भु श्रेष्ठले अब दैनिक यो क् ... बाँकी अंश»

साफ महिला फुटबल : माल्दिभ्सको पोष्टमा नेपालको ९ गोल

२०७३ पौष १३ बुधबार, काठमाडौं । भारतको सिलिगुढीमा जारी चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले शानदार दोस्रो जित निकालेको छ । कञ्चनजंघा रंगशालामा वुधबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ९ गोल गर्दैै शानदार जित हासिल गरेको हो । यो जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।    नेपालका लागि सावित्रा भण्डारीले सावित्राले ह्याट्रिक सहित ५ गाेल गरिन् । १२औं, २८अाै‌, ३९अाै‌ं, ५०अाैं र ६३अाैं मिनेटमा गोल गरेकी हुन् । यस्तै, नेपालका लागि हिरा कुमारी भुजेल, ... बाँकी अंश»

प्रधानमन्त्रीले भने–‘सिंहदरबारमा थन्किएको अधिकार जनताको दैलोसम्म लैजानुस्’

२०७३ पौष १३ बुधबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा थन्किएको अधिकार जनताको घर दैलोसम्म लैजान भनेका छन् । प्रशासनिक पुनःसंरचना समितिका पदाधिकारी र मन्त्रीहरुलाई सामुन्ने राखेर प्रधानमन्त्री दाहालले संघीयताको मर्म सिंहदरबारमा भएको अधिकार जनताको घर दैलोसम्म लैजाननु रहेको बताउँदै नागरिकका घर–घरसम्म अधिकार लैजान भनेका हुन् । वुधबार दिउँसो सिंहदरबारमा प्रशासनिक पुनःसंरचना समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘संघीयताको म ... बाँकी अंश»

खेल्दा खेल्दै अँध्यारो भो, नतिजा आएन

२०७३ पौष १३ बुधबार, सुनसरी । सातौं राष्ट्रिय खेलकूद अन्तर्गत पुरुष फुटबलको दोस्रो सेमिफाइनलको नतिजा रोकिएको छ । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा त्रिभुवन आर्मी र मध्यमाञ्चलबीचको सेमिफाइनलको नतिजा रोकिएको हो । खेल चल्दा चल्दै अध्यारो भएपछि पेनाल्टी सुटआउट हुन सकेन । निर्धारित समयमा गोल हुन नसकेको खेल ३० मिनेट अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पेनाल्टी गर्ने समयमा मैदानमा अध्यारो भएपछि विहिबार विहान पेनाल्टी गर्ने गरी खेल स्थगित गरिएको असाेसिएट  रेफ् ... बाँकी अंश»

ओलीले सत्ताधारीलाई सोधे कुन राजनीति गर्नु हुन्छ ?

२०७३ पौष १३ बुधबार, काठमाडौं । राजनीतिक गत्यावरोध अन्त्य गर्ने प्रमुख तीन दलको प्रयास फेरि पनि विफल भएको छ । सत्तारुढ दुई दल काँग्रेस र माओवादी केन्द्रले प्रमुख विपक्षी एमालेसँग वुधबार गरेको छलफल समेत उपलब्धिमूलक बन्न सकेन । बैठकमा सत्तारुढ र विपक्षी दुबै तिरका नेता मख्ख देखिएपनि पुरानो अडानबाट टसमस भएनन् । सत्तापक्षबाट संविधान संशोधन विधेयकलाई संसदबाट टुंगो लगाउने पहिले देखिकै प्रस्ताव आयो, बैठकबाट बाहिरिएपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘हामीले फ ... बाँकी अंश»

हाउजिङ व्यवसायका खलनायक सुधीर बस्नेत प्रहरीको फन्दामा

२०७३ पौष १३ बुधबार, काठमाडौं । हाउजिङ व्यवसायका खलनायक सुधीर बस्नेत प्रहरीको फन्दामा परेका छन् । हाउजिङका लागि भन्दै सर्वसाधारणबाट करोडौं रकम लिएर फरार रहेका बस्नेतलाई मंगलबार राति ११ बजे अदालतको फैसला कार्यान्वयन इकाई र प्रहरीको टोलीले उनको धापासीस्थित घरबाट पक्राउ गरेको हो।     डेढ अर्व बढी रकम ठगी गरेर उनी भारतमा लुक्दै आएका थिए। सूचनाको आधारमा राति घरमा सुतिरहेकै अवस्थामा बिस्ताराबाट प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका ... बाँकी अंश»

काठमाडौं उपत्यकामा ८० प्रतिशत बढी घर नियम विपरित बनाइएका

२०७३ पौष १३ बुधबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा निर्माण भएका करिब एक हजार घरधनीले नियम विपरीत घर निर्माण भएको जनाउँदै निवेदन दिएका छन् । नियम विपरीत निर्माण भएका घरलाई करको दायरामा ल्याउनका लागि कामपाले चालेको अभियानमा अहिलेसम्म करिब एक हजार घरधनीले निवेदन दिएको कामपा, राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए ।    कामपाले एक महिनाअघि ३५ वटै वडामा नियम विपरीत निर्माण भएका घरलाई निवेदन दिनका लागि सूचना दिएको थियो । नक्सा पास नभएको तर नियम विपरीत न ... बाँकी अंश»

चौथो महिला साफ च्याम्पियनसिपः नेपाल माल्दिभ्स भिड्दै

२०७३ पौष १३ बुधबार, सिलिगुडी । भारतको सिलिगुडीमा जारी चौथो महिला साफ च्याम्पियनसिप फुटबलको आप्mनो खेलमा नेपालले बुधबार साँझ माल्दिभ्ससंग खेल्दैछ । पहिलो खेलमा नेपालले भुटानलाई ८–० ले हराएको थियो भने माल्दिभ्सले श्रीलंकामाथि ५–२ को विजयी नतिजा ल्याएको थियो ।  नेपालका मुख्य प्रशिक्षक कुमार थापाले यो नतिजालाई हेर्दै बुधबारको खेल ०–० बाट खेल्नुपर्ने बताएका छन् । दुवै टोलीको अंकको अवस्था एउटै भएकाले माल्दिभ्स विरुद्धको खेलमा अलि बढी मेहनत गर्नुपर्ने उनको भना ... बाँकी अंश»

‘चौका’ विवादले महिला क्रिकेटको स्वर्ण पूर्वाञ्चललाई चिठ्ठा

२०७३ पौष १२ मंगलबार, इटहरी । सातौं राष्ट्रिय खेलकूद अन्तर्गत महिला क्रिकेटतर्फको स्वर्ण पूर्वाञ्चलले पाएको  छ । विभागिय सशस्त्र प्रहरी बलको एपीएफसँगको फाइनल विवादित भएपछि पूर्वाञ्चललाई चिठ्ठा परेको हो । १८ दशमलव ४ ओभरको खेल चलिरहँदा ‘चौका’को विवाद निस्कियो । विवाद बढ्दै जाँदा खेलबाट बाहिरिएको सशस्त्र खेल्न नमानेपछि निर्णायकले पूर्वाञ्चललाई विजेता घोषणा गरे । पूर्वाञ्चलले दिएको ६४ रनको लक्ष्य पछ्याउने क्रममा ७ बलमा ५ रन आवश्यक रहेकै अवस्थामा चौका भएको–नभ ... बाँकी अंश»

प्रधानमन्त्रीलाई समय मिलाउनै कठिन !

२०७३ पौष १२ मंगलबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदन बुझ्न समय दिन सकेका छैनन् । प्रतिवेदन तयार भएको एक साता विति सक्दा समेत प्रधानमन्त्री दाहालले प्रतिवेदन बुझ्ने समय नदिएका हुन् । आयोग पदाधिकारीले पटक–पटक प्रतिवेदन बुझ्न आग्रह गर्दा चासो नदिएपछि सोमबार लिखित पत्र नै पठाएको छ । सरकारले आयोगले तयार पारेको प्रतिवेदन बुझ्नको लागि प्रधानमन्त्रीलाई समय माग्दै पत्र पठाएको आयोगका अध्यक्ष बालानन्द पौडेल ... बाँकी अंश»

‘गाैहत्या मुलुकको एकता भड्काउन गरिएको ग्राण्ड डिजाईनको पहिलो चरण’

२०७३ पौष १२ मंगलबार, काठमाडौं । गत पुष ५ गते धनगढी—डडेलधुरा राजमार्गअन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुते सडकखण्डको छेउछाउमा ठूलो संख्यामा गाईगोरु मरेको अवस्थामा फेला परेपछि अहिले मध्यपश्चिमको जनजीवन तनावग्रस्त भएको छ । हिन्दूवादी युवाहरुले मंगलबार पनि दाङ लगायतका मध्यपश्चिम बन्दको आह्वान गरेका छन् । हिन्दू धर्मको आस्थाको जनावर गाई गोरु मार्नेलाई कडा कारबाहीको माग गर्दै आह्वान गरिएको बन्दका कारण दाङ सदरमुकाम घोराहीमा बजार पसल खुलेका छैनन् । सार्बजनिक यात ... बाँकी अंश»

नयाँ