समसामयिक

निगमले राजस्व बुझाए पछि मात्र इन्धन दिने भनेपछि कर बुझ्न यातायातका कार्यालयलाई भ्याइनभ्याइ

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौँ । काठमाडौँ उपत्यकास्थित यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयमा सेवाग्राहीको भीड बिहानैदेखि बढेको छ । नेपाल आयल निगमले राजस्व नबुझाएका निजी सवारीसाधनका धनीलाई इन्धन नदिने सार्वजनिक सूचना जारी गरेपछि कर तिर्न सेवाग्राहीको ती कार्यालयमा भीड लागेको हो । सल्लाघारी भक्तपुरस्थित यातायात कार्यालय, ललितपुरको एकान्तकुना र ताल्चिखेल र काठमाडौँको सानोभ्याङमा रहेका यातायात कार्यालयमा कर तिर्ने सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारी ... बाँकी अंश»

अस्पष्ट दिल्ली निर्देशको असर : दलहरु फसादमा, तत्काल समस्या समाधान नहुने

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौं । तराई–मधेस आन्दोलन तोड्ने उपयुक्त विकल्प खोज्न नसकेका शीर्ष नीन दल र दिल्ली दौडाहापछि काठमाडौ पर्किएका केही मधेसी नेताबीच बिहिबार वार्ता हुने पूर्व कार्यसूची छ । बिहिबार सदन चलाउनकै लागि भएपनि दोहोरो छलफल गर्नुपर्ने आवश्यकता छ । स्वदेश फिर्तिअघि मधेसी मोर्चाका नेताले अब संवादबाटै अघि बढ्ने बताएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको रात्री भोज र भेटले मोर्चाको मन चिसो चिसैमा बदलिएको छ । मोर्चालाई विदेशमन्त्री स्वराजले परराष् ... बाँकी अंश»

काँग्रेस सभापतिमा मेरो उम्मेदवारी सुनिश्चित छ : नेता पौडेल

२०७२ मङ्सिर २३ बुधबार, फलेवास (पर्वत) । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको आगामी महाधिवेशनमा सभापतिको लागि आफुले उम्मेदवारी दिने सुनिश्चित भैसकेको खुलासा गर्नुभएको छ । नेपाल प्रेस यूनियन पर्वत शाखाले आज बिहान कुश्माबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले पार्टीले के भन्छ भन्दा पनि आफ्नो निर्णय आफैँ गर्ने भएकाले मेरो उम्मेदवारी रोकिँदैन । उहाँले अहिलेसम्म आफुले सुशील कोइराला र शेरबहादुर देउवा पक्षबीच मध्यस्थता गरेको बताउ ... बाँकी अंश»

रसुवागढी नाकामा सुख्खा बन्दरगाहा बन्दै

२०७२ मङ्सिर २३ बुधबार, धुन्चे (रसुवा) । नेपाल–चीनबीचको व्यापार व्यवसाय गर्ने उत्तरी रसुवागढी नाका क्षेत्रमा सुख्खा बन्दरगाहा बनाउन प्रक्रिया अगाडि बढेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको सुख्खा बन्दरगाहाको नियमनकारी प्रमुख संस्था नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रबन्धक हेमेन्द्र मोहन शाहीका अनुसार रसुवागढी नाकाको लागि चीन सरकारले सुख्खा बन्दरगाहा बनाई दिने सम्झौता भइसकेको कारण टिमुरे गाविसमा जमिनको रेखाङ्कन गर्ने काम सम्पन्न भएको छ ।  & ... बाँकी अंश»

दिल्ली भ्रमणपछि मधेशी नेता तनावमा

२०७२ मङ्सिर २३ बुधबार, काठमाडाै । नेपालमा भइरहेको आन्दोलनको भ्रम चिर्न भन्दै केहीदिन देखि दिल्ली भ्रमणमा रहेका मधेशी मोर्चाका शिर्ष नेताहरु बुधबार (आज) स्वदेश फर्किदै छन् । प्रमुख तिन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादीले तिन बुदे साझा धारणा बनाउना साथ दिल्ली गएका मधेशी नेताहरुले तीन दलको साँझा धारणालाई कुन रुपमा हेर्ने भन्ने निधो गरेर आउन लागेका हुन् ।    उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा भारत भ्रमणबाट फर्किए लगत्तै चामत्का ... बाँकी अंश»

दिल्ली यात्रा र सदन सकस !

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र मधेसी मोर्चाका शीर्षनेताहरु दिल्ली भेटले नेपालको राजनीतिमा मात्रै नभई भारतीय राजनीतिमा समेत तरंग सिर्जना गरेको छ । यो दुई चरणका भेटले सीमा नाकामा भइरहेको नाकाबन्दी हट्ने अनौपचारिक संकेत मिलेपनि यकिन गर्न सकिने वातावरण बनेको छैन । भारतको मध्यस्थतामा बनेको सहमति प्रस्तावमा मधेसी मोर्चाले हस्ताक्षर नगर्ने भएको छ । मोर्चाले हस्ताक्षर नगरेपनि नाकाबन्दी खोल्ने भारतको भित्रि मनसाय छ ।    परर ... बाँकी अंश»

सुशीलले गरे गगनलाई सम्मान

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले कोशलराज रेग्मी–जयबहादुर राई स्मृति पुस्तकालयको भवनमा सहयोग  गरेको भन्दै  नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापालाई सम्मान गरेका छन् ।  नेपाली काँग्रेस खोटाङ क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीतिक सङ्कट समाधानमा नेपाली काँग्रेसको भूमिका विषयक अन्तर्कृ्रयाका साथै कोशलराज रेग्मी–जयबहादुर राई स्मृति पुस्तकालयको भवनमा सहयोग गर्ने दातालाई सम्मान कार्यक्रम ... बाँकी अंश»

बाउन्न नेपाली एसएसबीको नियन्त्रणमा

२०७२ मङ्सिर २२ मंगलबार, इटहरी । पूर्वी नेपालका विभिन्न जिल्लाबाट रोजगारका लागि भारत जाने क्रममा सुनसरीको भन्टाबारी नाका हुँदै भारतको वीरपुर पुगेका ५२ नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।  उदयपुर, सप्तरी र दोलखा जिल्लाबाट वीरपुरस्थित भीमनगर पुगेका १९ महिला र ३३ पुरुषलाई एसएसबीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । सो विषयमा सूचना प्राप्त भइसकेको जानकारी दिँदै सुनसरीका प्रजिअ रविलाल पन्थले एसएसबीले नेपालको प्रहरीलाई जिम्मा ... बाँकी अंश»

तीन स्थानमा इन्धन भण्डारणस्थल बनाइदै

२०७२ मङ्सिर २२ मंगलबार, रमेश लम्साल/हरि लामिछाने, काठमाडौँ । सरकारले काभ्रेको पाँचखाल, नुवाकोटको त्रिशुली र तनहुँको खैरेनीमा इन्धन भण्डारणस्थल निर्माण गर्ने भएको छ ।  ती तीन स्थानमा छ÷छ हजार किलोलिटर क्षमताका पेट्रोल भण्डारणस्थल निर्माण गर्न लागिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताए । इन्धनको भण्डारणस्थल निर्माणका लागि चीन सरकारसमक्ष प्रस्ताव गरिएको उनले जानकारी दिए ।  चीन सरकारको सहयोगमा सोही स्थानमा एक÷एक हजार किलोलिटर क् ... बाँकी अंश»

भारतीय विदेश सचिव जयशंकरले भने– ‘मधेस आन्दोलनप्रति सद्भाव छ’

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौ । नयाँदिल्लीमा राजनीतिक भेटवार्ता गरिरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शिर्ष नेताहरुले भारतीय विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गरेका छन । झण्डै एक घण्टा भएको भेटवार्तामा आफुहरुले मधेस आन्दोलन र सरकारसँग भईरहेको बार्ताको विषयमा सबै कुरा राखेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । महतोले आफूले नेपाल सरकार बार्तामा गंभिर नभएको र नेपालका परराष्ट्रमन्त्रीले प्रस्तुत गरेको  तीन बुँदे प्रस्तावको औचित्य ... बाँकी अंश»

उपेन्द्रलाई भगतसिंहको सल्लाह–पहाडसँग अलग्याएर प्रदेश नबनाउनुस

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौ । समग्र मधेसलाई पहाडसँग अलग्याएर दुई प्रदेश बनाउनु पर्ने माग सहित आन्दोलन गरिरहेको मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारीले पहाडसँग पुरै अलग्याएर मधेस प्रदेश नबनाउन सुझाव दिएका छन । यादवसँगको भेटमा उनले मधेसमा दुई प्रदेश बनाए पनि पहाडसमेत जोडेर प्रदेश बनाउन सुझाव दिए । उनले भने,‘ पहाडसँग अलग्याएर प्रदेश बनाउँदा त्यसले राष्ट्रिय एकता कायम राख्न म ... बाँकी अंश»

' नेपालको विषयमा काँग्रेस आईलाई पनि भुमिका चाहियो '

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौ। भारतीय काग्रेस आईका बरिष्ठ नेता अभिषेक मनु सिंघवीले नेपालको समस्या समाधानकोलागि चौपक्षीय बार्ताको आवश्यकता रहेकोमा जोड दिदै प्रमुख प्रतिपषी दल काँग्रेस आईको भुमिका आवश्यक भएको जनाएका छन ।   नयाँ दिल्ली नीतिबागमा रहेको आफ्नै निवासमा हाम्रा प्रतिनिधी तथा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले नेपाल सरकार, आन्दोलनरत मधेसी मोर्चा, भारत सरकार र काग्रेस आई गरी चौपक्षीय छलफल हुनु पर्ने र त्यस्तो छलफल नेपाल वा भार ... बाँकी अंश»

बहुराष्ट्रियले तर्सियो एमाले

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका विभिन्न ११ बुँदे मागबारे दलहरु गम्भीर भए पनि ११ बुँदे भित्रकै बहुराष्ट्रिय राज्यको मुद्दाले ध्यान खिचेन । तर, पछिल्लो समय सत्ताधारी एमाले बहुराष्ट्रिय राज्यको बुँदाले झस्किएको छ । बहुराष्ट्रिय राज्यको अवधारणा र व्यवस्थाको खतराबारे एमाले आधिकारिक रुपमै बोलेको छ ।   सोमबार चितवनमा भएको विशेष राष्ट्रिय कार्यकर्ता भेलामा बहुराष्ट्रिय राज्यको गम्भीरताबारे आधिकारिक धा ... बाँकी अंश»

कांग्रेसको १३ औ महाधिवेशनमा नयाँ मुहारः नेतृ कोईराला

२०७२ मङ्सिर २२ मंगलबार, देवानन्द न्यौपाने, लम्की कैलाली। नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले राष्ट्र र राष्ट्रियता अहिले संकटमा परेको भन्दै सबै एक हुनु पर्नेमा जोड दिनु भएको छ । सुदुरपश्चिमको भ्रमणमा रहनु भएकी नेत्री कोईरालाले कैलालीको लम्कीमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुलुक बचाउन राष्ट्रिय एकता आवश्यक रहेको बताउनु भएको हो ।   नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा अन्तर्रा्ष्ट्रिय विभाग प्रमुखसमेत रहेकी कोइरालाले भारतको अघोषित नाकाबन्दीका कारण द ... बाँकी अंश»

‘राष्ट्रिय एकता’ कांग्रेसकै काँधमा

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौं । काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकताको अगुवाइ नेपाली काँग्रेसले गर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घले गरेको ‘संविधान उत्तर राजनीति र यसको कार्यान्वयनमा देखापरेको चुनौती’ विषयक अन्तक्र्रियामा महामन्त्री सिटौलाले राजनीतिक स्थायित्वका लागि राष्ट्रिय एकताको अगुवाइ काँग्रेसले गर्ने बताए ।     संविधान कार्यान्वयनका लागि राजनीतिक एकता आवश्यक रहेको औँल्याउँदै सिटौलाले भने, “बिनाराष्ट्रिय एकता संवि ... बाँकी अंश»

तराईका एमाले सांसदहरुले भने–‘संविधानको अन्तरवस्तु बुझाउन नसक्दा मधेसमा भ्रम’

२०७२ मङ्सिर २१ सोमबार, चितवन। तराई–मधेसबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का सांसदहरुले संविधानका अन्तरवस्तु तराईवासी बुझाउन नसक्दा भ्रम सिर्जना भएको बताएका छन् ।  एमालेको सोमबारदेखि चितवनको सौराहामा सुरु भएको राष्ट्रिय भेलामा सहभागी भएका तराईका सांसदले तराई आन्दोलन लामो समयसम्म रहन दिन नहुनेमा पनि जोड दिएका छन् ।  एमाले रौतहटका सांसद लालबाबु यादवले संविधानका अन्तरवस्तु तराईवासीलाई बुझाउन माग गर्दै स्वदेशमै बसेर समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए । उ ... बाँकी अंश»

स्वराजको जवाफ पर्खदै भारतीय विपक्षी दल, चित्त नबुझे नेपालको समर्थनमा संसद अवरुद्धको तयारी

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौ । नेपालको विषयलाई लिएर भारतको राज्यसभामा बहस गरिरहेका विपक्षी दलहरुले सोमबारको बैठकमा विदेश मन्त्री शुष्मा स्वराजको जवाफ सुनेपछि मात्रै थप निर्णय लिने भएका छन । नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँग कुरा गर्दै भारतीय कम्यूनिष्ट पार्टी माक्र्सबादी लेनिनबादीका संसद डी राजाले विदेशमन्त्री शुष्मा स्वराजको जवाफ चित्त बुझ्दो नभए बैठक अवरुद्ध पार्ने सम्मका आन्दोलन गर्न सकिने बताए । उनले नेपालसँगको सम्बन्ध विग ... बाँकी अंश»

मोर्चाको दिल्ली भेटपछि तीन दल तातिए, सदनबाटै समाधान खोज्न सहमत

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त मधेसी मोर्चाका नेताहरु दिल्ली दौडाहामा रहेका बेला मुख्य तीन दलले मोर्चा फकाउने रणनीति बनाएका छन् । उनीहरुले व्यवस्थापिका संसदको अवरोध हटाउन साझा धारणा बनाएका छन् । मोर्चालाई फकाउने साझा धारणाबाट विचलित नभएको दर्शाउन शीर्ष तीनदल रणनीतिक रुपमा अघि बढेका हुन् ।    सभामुख ओनसरी घर्तीले सोमबार बिहान डाकेको शीर्ष तीन दलको बैठकमा सदनको अवरोध हटाउनेबारे छलफल भएको छ । बैठकमा नेताहरुले मोर्चालाई सहमतिको मिलन वि ... बाँकी अंश»

पस्यो अख्तियार : १२ पूर्वमन्त्री, तीन सचिवसहित २९ व्यक्तिको कर्तुत खोल्दै (सूचिसहित)

२०७२ मङ्सिर २० आइतबार, काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘अकुत सम्पत्ति आर्जन गरेको आरोपमा’ १२ पूर्वमन्त्री र नेपाल सरकाका तीन बहालवाला सचिवसहित २९ जना भीआईपीविरुद्ध छानबिन थालेको छ । छानविन सुरु भएलगत्तै अख्तियारले सबै बैंङ्कहरुलाई आरोपी २९ जनाकाे बैंङ्क लकर आइतबारसम्म बन्द गर्न भनेको छ ।    अख्तियार प्रमुख लोकमानसिंह कार्कीले सबै बैंङ्कका प्रमुख कार्यकारी अधिकृतहरूलाई ब्रिफ गर्दै बैंङ्क लकर बन्द गर्न निर्देशन दिएका हुन् । प्रमुख आयुक्त का ... बाँकी अंश»

मोर्चाका नेताहरु दिल्लीमा सहारा खोज्दै, भारतीय पत्रकारको प्रश्न–‘आन्तरिक मामिला सल्टाउन दिल्ली किन’ ?

२०७२ मङ्सिर २० आइतबार, काठमाडौं । जारी मधेस आन्दोलन र वार्ता छोडेर मेधसी मोर्चामा आवद्ध चारै घटकका नेताहरु मधेस समस्या समाधानको उपाय खोज्न दिल्ली पुगेका छन् । उनीहरुले दिल्लीमा आइतबार राजनीतिक भेटघाटलाई तिब्रता दिए । भेटका क्रममा मधेस आन्दोलन र दलहरुबीच भएका संवादहरुबारे भारतीय राजनीतिज्ञलाई ब्रिफ गरेका छन् ।    शनिवार पटना र काठमाडौं वार्ता संगै जोडेर आइतबार दिल्लीमा जमघट भएका मधेसीनेताहरुले केही दिन अघि मात्रै शीर्ष तीन दलले राखेको राजनीतिक समितिमार्फत तीन ... बाँकी अंश»

नयाँ